राप्रपाले इलाम-२ मा लक्ष्मी गुरुङलाई उम्मेदवार बनाउने

चैत्र १५, काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीले इलाम–२ मा लक्ष्मी गुरुङलाई उम्मेदवार चयन गरेको छ । बिहीबार बसेको पार्टीको संसदीय समितिको बैठकले गुरुङलाई उम्मेदवार चयन गरेको राप्रपा प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए ।

पुरा पढ्नुहाेस्

नेपाल–भारत विद्युत् आयात सम्झौता नवीकरण, असार दोस्रो सातापछि के हुन्छ ?

चैत्र १५, काठमाडौँ । नेपाल र भारतबीच विद्युत् आयात सम्झौता नवीकरण भएको छ । सम्झौता अनुसार भारतको एक्सचेन्ज मार्केटबाट आगामी तीन महिनासम्म ५ सय ५४ मेगावाट विद्युत् आयात गर्न पाइने छ । एक वर्षका लागि हुनुपर्ने सम्झौता २०८१ असार दोस्रो सातासम्मका लागि मात्र भएको हो । त्यसमध्ये ५ सय मेगावाट ढल्केबर–मुजफ्फरपुर प्रसारण लाइन र ५४ मेगावाट टनकपुरबाट आयात गरिने छ । अहिले नेपालले भारतबाट ६ सय ५० मेगावाट विद्युत् आयात गर्न पाउने व्यवस्था छ ।

पुरा पढ्नुहाेस्

किरियापुत्री दाजुभाइले दिए एसइई परीक्षा

चैत्र १५, काठमाण्डौँ । पुतलीबजार नगरपालिका ४ मा रहेको सरस्वती मावि परिक्षा केन्द्रबाट दुई जनाले माध्यमिक शिक्षा परीक्षा एसइई दिएका छन् । फेदिखोला ४ घर भई सिद्धार्थ मावि फेदिखोला १ मा अध्ययनरत सङ्गम क्षेत्री र सौगात क्षेत्री दुई दाजुभाइले परीक्षा दिएका हुन् । बाबाको मृत्यु भएका चौथो दिनमा परीक्षा दिएका सङ्गमको ०४३००५६५ आई र सौगातको ०४३००५६८ एल सिम्बोल नम्बर छ । शिक्षा विकास तथा समन्वय एकाइ स्याङ्जाका प्रमुख विश्वराज आचार्यले पहिलो दिनको परीक्षामा चार हजार ९९ जना परीक्षार्थी सहभागी भएको र ३४ जना अनुपस्थित रहेको बताउनुभयो । परीक्षामा १९ छात्रा…

पुरा पढ्नुहाेस्

एकीकृत समाजवादीबाट इलाम-२ मा जीतबहादुर र बझाङ-१ मा दिलबहादुर उम्मेदवार

चैत्र १५, काठमाडौँ । नेकपा एकीकृत समाजवादीले आगामी बैशाख १५ गते हुने उपनिर्वाचनका लागि उम्मेद्वारको टुंगो लगाएको छ । पार्टीले इलाम क्षेत्र नम्बर–२ मा जीतबहादुर राईलाई टिकट दिएको छ । यस्तै, बझाङ–१ ‘क’मा दिलबहादुर सिंहलाई उमेदवार तय गरिएको हो ।

पुरा पढ्नुहाेस्

प्रतिकूल मौसम : आन्तरिक र अन्तर्राष्ट्रिय हवाई उडान प्रभावित

चैत्र १५, काठमाडौँ । प्रतिकूल मौसमका कारण मुलुकको हवाई उडान सामान्य प्रभावित भएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका अनुसार ‘भिजिबिलिटी’ कमजोर हुँदा आन्तरिक र अन्तर्राष्ट्रिय दुवैतर्फको उडान प्रभावित भएको हो । विमानस्थलका प्रवक्ता सुवास झाले भिजिबिलिटी कमजोर हुदाँ केही अन्तर्राष्ट्रिय उडान प्रभावित भएको बताए । उनका अनुसार एयर चाइनाको जहाज ‘डाइभर्ट’ भएको छ भने अन्य जहाज आकाशमा फन्को लगाउने होल्ड भएका छन् । अहिले पनि सिचुवना एयरलाइन्सको जहाज होल्डमा रहेको छ । “प्रतिकूल मौसमले विमानस्थलको भिजिबिलिटी कमजोर रहेको छ । एक घण्टा अगाडि एक हजार छ सय मिटरमात्रै भिजिबिलिटी रहेकामा…

पुरा पढ्नुहाेस्

सुनको मूल्य १ हजार १०० रुपैयाँ बढ्यो, तोलाको कतिमा हुँदैछ कारोवार ?

चैत्र १५, काठमाडौँ । नेपाली बजारमा सुनको मूल्य तोलामा १ हजार १०० रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार तोलामा १ लाख २६ हजार ८०० रुपैयाँमा कारोबार भएको छापावाल सुन बिहीबार बढेर तोलामा १ हजार २७ हजार ९०० रुपैयाँ कायम भएको हो । यस्तै तेजावी सुन तोलामा १ लाख २७ हजार ३०० रुपैयाँमा कारोबार हुँदा चाँदीको मूल्य तोलामा १ हजार ५१० रुपैयाँ कायम भएको छ। बुधबार चाँदीको मूल्य १ हजार ४९० रुपैयाँ कामय भएको थियो ।

पुरा पढ्नुहाेस्

बीपीको शालिकमा माल्यार्पण गर्दै गगन थापाले पुन: सुरु गरे संवाद यात्रा

चैत्र १५, काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले रोकिएको ‘संवाद यात्रा’ फेरि सुरु गरेका छन् । केन्द्रीय सदस्य केशवकुमार बुढाथोकीको निधनपछि स्थगित गरिएको संवाद यात्रा रोकिएको ठाउँबाट सुरु गरिएको हो । नवलपरासीको गोपीगञ्जमा रहेको बीपी कोइरालाको शालिकमा माल्यार्पण गर्दै सुरु भएको हो । गत १३ माघमा थापाले यात्रा सुरु गरेका थिए । २३ माघबाट यात्रा रोकिएको थियो । यो हुलाकी राजमार्ग केन्द्रित यात्रा हो । यसअघि गत माघ १३ गते झापाको मेची पुलबाट सुरु भएको संवाद यात्रा माघ २२ गते नवलपरासीको गोपीगञ्जमै पुगेर रोकिएको थियो ।

पुरा पढ्नुहाेस्

प्रधानमन्त्री दाहाल र कांग्रेस सभापति देउवाबीच छलफल

चैत्र १५, काठमाण्डौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल र प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच छलफल भएको छ ।प्रधानमन्त्री निवास बालुवाटारमा बिहीबार भएको भेटमा सङ्क्रमणकालीन न्याय, सङ्घीय संसद्लाई सहजरुपमा सञ्चालन गर्ने लगायतका विषयमा छलफल भएको प्रधानमन्त्रीका प्रेस विज्ञ मनोहरि तिमिल्सिनाले जानकारी दिए । गृहमन्त्री रवि लामिछानेको नियुक्तिलाई लिएर कांग्रेसले संसद्मा विरोध गर्दै आएको छ। गृहमन्त्री लामिछानेलाई पोखराको सूर्यदर्शन सहकारी संस्थाको बचत हिनामिनाको आरोप लागेको छ। लामिछानेको नियुक्तिले सहकारीको हितामिना छानबिन प्रभावित हुने कांग्रेसको भनाइ छ । त्यस्तै, संक्रमणकालीन न्याय सम्बन्धी विधेयक लामो समयदेखि संसद्मा अड्किएको छ। त्यसलाई टुंगोमा पु¥याउने…

पुरा पढ्नुहाेस्

टोबहादुर रायमाझी अस्पताल भर्ना

चैत्र १५, काठमाडौँ । नेकपा एमालेका पूर्वसचिव टोपबहादुर रायमाझीलाई मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा चिकित्सकको निगरानीमा राखिएको छ । नक्कली भुटानी शरणार्थी प्रकरणमा हिरासतमा रहेका नेता रायमाझीको मुटुमा समस्या भएपछि बुधबार उनलाई उक्त सेन्टरमा भर्ना गरिएको थियो ।नेता रायमाझीको स्वास्थ्य अवस्था स्थिर रहेको जानकारी दिँदै उहाँको उपचारमा संलग्न वरिष्ठ मुटुरोग विशेषज्ञ डा चन्द्रमणि पौडेलले उनलाई मुटुको चालको निगरानी गर्न सेन्टरमा राखिएको बताए ।

पुरा पढ्नुहाेस्

बन्चरेडाँडा जाने फोहरको परिमाण कम गर्ने कार्ययोजना तत्काल लागू हुने

चैत्र १५, काठमाडौँ । शहरी विकासमन्त्री धनबहादुर बुढाले बन्चरे डाँडाको ल्याण्डफिल साइटमा जाने फोहरको परिमाणलाई कम गर्ने गरि स्थानीय तहसँग समन्वय गर्ने बताएका छन् । सिंहदरबारस्थित शहरी विकास मन्त्रालयमा बुधबार बसेको बैठकमा मन्त्री बुढाले बन्चरेडाँडामा फोहर बिर्सजन गरिरहेका सवै स्थानीय तहहरूलाई यथाशिघ्र फोहोरमैला वर्गीकरण गरी ल्याण्डफिल साईटमा जाने फोहरको परिमाण कम गर्न लागि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमार्फत परिपत्र गर्ने व्यवस्था मिलाउन निर्देशन दिए का हुन् । बैठकले काठमाडौं उपत्यकाको फोहर व्यवस्थापनका लागि अल्पकालीन र दीर्घकालीन कार्ययोजना समेत कार्यान्चयन गर्ने निर्णय गरेको छ । जसअन्तर्गत अल्पकालिन कार्ययोजनामा शहरी विकास…

पुरा पढ्नुहाेस्