जेठ १५,काठमाडौँ । सरकारले आज आउँदो आर्थिक वर्ष २०७९/०८० को लागि बजेट सार्वजनिक गर्दैछ । जेठ १५ गते संसद्का दुवै सदनमा बजेट पेस गर्नुपर्ने संवैधानिक व्यवस्था छ । अर्थमन्त्री जनार्दन शर्माले दिउँसो चार बजे आर्थिक वर्ष २०७९/८० को राजश्व र व्यायको वार्षिक अनुमान सार्वजनिक गर्न लागेका हुन् । प्रतिनिधि सभाको हिजो बसेको दोस्रो बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले अर्थमन्त्री शर्माले प्रस्तुत गर्ने आउँदो आर्थिक वर्षको बजेटको समय तालिका घोषणा गरेका हुन्। सरकारले जेठ १० गते सङ्घीय संसद्को संयुक्त बैठकमा पेस गरेको नीति तथा कार्यक्रम बहुमतले पारित भइसकेको छ । देशको अर्थतन्त्र…
Read MoreAuthor: OnlineKendra
आज गणतन्त्र दिवस, देशभर विभिन्न कार्यक्रम गरी मनाइँदै
जेठ १५,काठमाडौँ । आज गणतन्त्र दिवस । देशभर विभिन्न कार्यक्रम गरी मनाइँदै छ । गणतन्त्र घोषणा भएको १४ वर्ष पूरा भइ १५ वर्ष लागेको छ । जननिर्वाचित पहिलो संविधान सभाबाट २०६५ साल जेठ १५ गते निरङ्कुश राजतन्त्रको विधिवत् अन्त्य गर्दै नेपालमा सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको घोषणा भएको थियो। २०६३ साल वैशाख ११ गते तत्कालीन राजा ज्ञानेन्द्र शाहले आन्दोलनरत दलको मार्गचित्रबमोजिम २०५९ साल जेठ ८ गते विघटन भएको संसद् पुनःस्थापना गरे। गणतन्त्र स्थापनाका लागि यही आन्दोलन जगका रूपमा स्थापित भयो। संसद् विघटनपछि सशस्त्र द्वन्द्वका कारण चुनाव हुन सकेन। चुनाव नभएपछि…
Read Moreस्थानीय चुनाव: ३८५ जना स्वतन्त्र उम्मेदवार निर्वाचित
जेठ १४,काठमाडौँ । पालिका तहको चुनावमा हालसम्म ३८५ जना स्वतन्त्र उम्मेदवार निर्वाचित भएका छन् । निर्वाचन आयोगका अनुसार पालिका तहको चुनावमा २४ राजनीतिक दल सहभागी हुँदा स्वतन्त्र उम्मेदवार दुई सय ६६ पुरुष र एक सय १९ महिला निर्वाचित भएका हुन् । निर्वाचन आयोगका अनुसार स्वतन्त्र उम्मेदवारमध्ये नगरपालिका प्रमुखमा सात र गाउँपालिका अध्यक्षमा छ जना निर्वाचित भएका छन् । काठमाण्डौ महानगरपालिकासहित धरान उपमहानगरपालिका, धनगढी उपमहानगरपालिका र जनकपुर उपमहानगरको प्रमुख पदमा स्वतन्त्र उम्मेदवार निर्वाचित भएका छन् । काठमाण्डौ महानगरमा स्वतन्त्र उम्मेदवार बालेन्द्र साहले ६१ हजार ७६७ मत प्राप्त गरी निर्वाचित हुनुभएको छ…
Read Moreसरकारको नीति तथा कार्यक्रम बहुमतले पारित
जेठ १४,काठमाडौँ । प्रतिनिधिसभा बैठकबाट सरकारको नीति तथा कार्यक्रम बहुमतले पारित भएको छ। जेठ १० गते राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसद्को संयुक्त बैठकमा प्रस्तुत गर्नुभएको नेपाल सरकारको वार्षिक नीति तथा कार्यक्रम शनिबार सदनबाट बहुमतले पारित भएको हो। नीति तथा कार्यक्रममाथि छलफल सकिएपछि नीति तथा कार्यक्रम संशोधनका छ वटा प्रस्ताव पेश भएका थिए। संशोधनका लागि पेश भएका सबै प्रस्ताव बहुमतले अस्वीकृत भएको घोषणा सभामुख अग्निप्रसाद सापकोटाले गर्नुभएको थियो। नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाफ प्रधानमन्त्री शेरबहादुर देउवाले दिएपछि प्रतिनिधिसभा सदस्य हृदयेश त्रिपाठी, दुर्गा पौडेल, शेरबहादुर तामाङ, भीम रावल, प्रेम सुवाल र…
Read Moreपत्नी हत्यामा संलग्न रन्जन कोइराला फेरि पक्राउ
जेठ १३,काठमाडौँ । पत्नी हत्यामा संलग्न रन्जन कोइराला पक्राउ परेका छन् । शुक्रवार उनी काठमाडौंको नयाँ बानेश्वरबाट पक्राउ परेका हुन् । सशस्त्र प्रहरी बलका पूर्वडिआईजी कोइरालालाई नयाँ बानेश्वरबाट पक्राउ गरिएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका एसएसपी बसन्त कुँवरले बताए । बिहिबार सर्वोच्च अदालतका कामु प्रधानन्यायाधीश दिपक कुमार कार्की, न्यायाधीश टंकबहादुर मोक्तान र कुमार चुडाल सम्मिलित संयुक्त इजलासले उनलाई जन्मकैदको फैसला गरेको थियो । यसअघिका प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा र न्यायाधीश तेजबहादुर केसीले गरेको फैसला पुनरावलोकन भएसँगै उनी फेरि पक्राउ परेका हुन् । सशस्त्र प्रहरीका पूर्वडीआईजी रञ्जन कोइरालालाई श्रीमतीको हत्या गरेको…
Read More‘सरकारले कृषिको निति बनाउदा साना किसानलाई समेट्न सकेन्’ : सभापति सुमार्गी
जेठ १३,काठमाडौँ । नेपाल उद्योग बाणिज्य महासंघका केन्द्रिय सदस्य तथा कृषि उद्यम तथा अनुसन्धान केन्द्रका सभापति अरुाराज सुमार्गीले सरकारले कृषिको निति बनाउदा साना किसानलाई समेट्न नसकेको बताएका छन् ।एशोसिएसन अफ नेपाल एग्रिकल्चरल जर्नालिस्टस् (अनाज) ले आयोजना गरेको कृषि निति र बजेट आत्मनिर्भरता र साना किसानका सवाल विषयक बहस कार्यक्रममा बोल्दै सुमार्गीले साना किसानमात्रै होइन् समग्र किसानको विषयमा सरकारले ठोस अनुसन्धान नै गर्न नसकेको बताए । उनले कृषिमन्त्ती महेन्द्र राय यादवसमेत सहभागी बहसमा भाग लिदै भने–सरकारले कृषिमा नारा दियो तर कार्यक्रम दिन सकेन् ,नत कुनै अनुसन्धानको दायरालाई फराकिलो बनाउन सक्यो ।…
Read Moreनागढुंगा सुरुङमार्ग आयोजनाको म्याद ८६ दिन थपियो
जेठ १२,काठमाडौँ । धादिङ सिस्नेखोलादेखि काठमाडौं सतुंगल जोड्ने निर्माणाधीन नागढुंगा सुरुङमार्ग आयोजनाको म्याद ८६ दिन (करिब तीन महिना) थपिएको छ। कोभिडको पहिलो तथा दोस्रो लहरका कारण आयोजना निर्माणको काम पछाडि धकेलिएको भन्दै जापानी कम्पनी हाज्मा आन्दो जेभीले म्याद थपको प्रस्ताव गरेको थियो। जापानी कम्पनी हाज्माले ४१६ दिन म्याद थप प्रस्ताव गरेको थियो। तर आयोजना कार्यालयलये ८६ दिन थप गर्ने भएको हो। लकडाउन अवधिमा काम हुन नसकेको दिन हिसाब गरेर म्याद थप गरिएको आयोजना प्रमुख नरेशमान शाक्यले बताए। यसको औपचारिक निर्माण २०७६ कात्तिक २८ गतेदेखि थालिएको हो। शाक्यका अनुसार हालसम्म सुरुङ…
Read Moreवीरगन्जका नवनिर्वाचित मेयर सिंह र उपमेयर आलमको शपथ ग्रहण सम्पन्न
जेठ १२,विरगञ्ज । मधेश प्रदेशको एक मात्र महानगरपालिका वीरगन्जका नवनिर्वाचित मेयर राजेशमान सिंह र उपमेयर इम्तियाज आलमले पद तथा गोपनियतको सपथ लिएका छन् । वीरगन्जको पुरानो बसपार्क परिसरमा बिहीबार साँझ आयोजित खुल्ला समारोहमा नगवरवासीको बिचमा नवनिर्वाचित मेयर सिंहले प्रमुख निर्वाचन अधिकृत धर्मराज पौडेलबाट पद तथा गोपनियतको सपथ लिएका हुन् ।त्यस लगतै नवनिर्वाचित उपमेयर इम्तियाज आलमले नवनिर्वाचित मेयर सिंहबाट पद तथा गोपनीयताको सपथ लिए । त्यसपछि नवनिर्वाचित मेयर सिंहले ३२ वटै वडाका वडाअध्यक्ष र वडा सदस्यले सपथ खुवाए । वीरगन्ज महानगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत निश्चछलराज पाण्डेको अध्यक्षतामा भएको समारोहमा पुर्व उपप्रधानमन्त्री…
Read Moreकाठमाडौँ-१४ मा कांग्रेसका उम्मेदवार सुमन श्रेष्ठ विजयी
जेठ १२,काठमाडौँ । काठमाडौँ महानगरपालिका वडा नम्बर १४ मा कांग्रेसका उम्मेदवार सुमन श्रेष्ठ विजयी भएका छन् । उनी ३ हजार ४ सय २० मत प्राप्त गरेर विजयी भएका हुन् । उनका निकटतम प्रतिद्धन्दी एमालेकी उम्मेदवार रश्मी श्रेष्ठले ३ हजार ३ सय ४६ मत प्राप्त गरिन् । यता राप्रपाका उम्मेदवार आनन्दप्रसाद श्रेष्ठले १ हजार ८ सय ८३ मत ल्याए । स्वतन्त्र उम्मेदवार माहिर शर्माले लौरो चिन्हबाट ३ सय ४३ मत ल्याए । काठमाडौँ महानगरको अन्तिम मतगणना सकिएसंगै मेयरमा बालेन्द्र साह विजयी भएका छन् ।
Read Moreकटारी नगरपालिकाको वडा नम्बर ३ मा पुस्कर खड्का विजयी
जेठ १२,उदयपुर । कटारी नगरपालिकाको वडा नम्बर ३ मा पुस्कर खड्का विजयी भएका छन् । नेपाली कांग्रेसबाट उम्मेदवार रहेका खड्काले ७ सय ८७ मत प्राप्त गरी विजयी भए । उनका निकटतम प्रतिद्धन्दी जनता समाजवादी पार्टीका उम्मेदवार सुरेन्द्र राईले ५ सय ३२ मत प्राप्त गरे । कटारी उद्योग बाणिज्य संघका अध्यक्ष समेत रहेका खड्का कटारीमा लोकप्रिय व्यवसायी तथा समाजसेवीको रुपमा स्थापित छन् । उनले निर्वाचित भएपछि कटारी ३ को विकासमा आफु निरन्तर लाग्ने बताए । खड्काले अनलाइनकेन्द्रसंग भने-‘मलाई यहाँको सबै समस्या थाहा छ, आम जनताको सेवा गर्ने मेरो रहर पुरा भएको…
Read More