राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद श्रेष्ठले दुर्गा प्रसाईंसँग २ करोड मागेको आरोप

चैत्र २६, काठमाण्डौँ । पछिल्लो समय राजा ल्याउने तथा बैंक ब्याज र लघुवित्त विरुद्ध आन्दोलन गर्दै हिँडेका मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँग आर्थिक माग गरेको अडिओ बाहिरिएपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सांसद ढाकाकुमार श्रेष्ठ विवादमा परेका छन्। उनलाई निलम्बन गर्न लागेको पार्टीले जनाएको छ। पोखराका सहकारी अभियन्ता भन्ने श्रेष्ठले सहकारीको पैसासमेत अपचलन गरेको आरोप खेप्दै आएका थिए। अडिओ बाहिरिएपछि रास्वपाले सांसद श्रेष्ठलाई निलम्बन गर्न लागेको हो। श्रेष्ठले प्रसाईंसँग २ करोड रुपैंया मागेको आरोप छ, =

पुरा पढ्नुहाेस्

धौलागिरी बेसक्याम्प नजिकै एभरेस्ट एयरको हेलिकोप्टर दुर्घटना, पूर्ण विवरण आउँदै

चैत्र २६, पोखरा । धौलागिरि बेसक्याम्प नजिकै एभरेस्ट एयरको हेलिकोप्टर दुर्घटना भएको छ। पोखरा अन्तर्राष्ट्रिय विमानस्थल तथा नागरिक उड्डयन प्राधिकरणका अनुसार धौलागिरि बेसक्याम्पमा ल्यान्ड गर्ने क्रममा हेलिकोप्टर दुर्घटनामा परेको हो । उक्त हेलिकोप्टर बेसक्याम्पसमा सामान लिएर पुगेको भनिए पनि यथार्थ र पूर्ण विवरण भने आइसकेको छैन ।

पुरा पढ्नुहाेस्

छोडेर गएका लेखराजको घर पुग्दा प्रचण्डले सम्झिएको ४० वर्ष लामो सहयात्रा

चैत्र २६, काठमाण्डौँ । नेपालको राजनीतिमा सहकार्य र विभाजन नौलो होइन। राजनीतिक रुपमा कष्टप्रद यात्रा तय गरेका नेताहरु आज अलग भएका छन्। माओवादीमा पछिल्लो समय विभाजनको श्रृङखला नै चल्यो। सोही कारणले सँगैका सहकर्मी आज अलग राजनीतिक धारमा पुगेका छन्। उसो त राजनीतिमा स्थायी शत्रु र मित्र हुँदैन भनेर समेत चित्रित गरिन्छ। नेपालको कम्युनिष्ट आन्दोलनमा विभाजनको रोग निकै पुरानो हो। त्यसैको प्रभाव पछिल्लो समय माओवादीमा पनि परेको छ। यस्तै माओवादी आन्दोलनमा लागेका हितैषी सहकर्मी हुन् पुष्पकमल दाहाल प्रचण्ड र लेखराज भट्ट। हाल प्रधानमन्त्री रहेका प्रचण्डका निकटस्थ सहकर्मी लेखराज भट्ट अहिले अलग…

पुरा पढ्नुहाेस्

राष्ट्रपतिको प्रेस सल्लाहकारमा किरण पोखरेल नियुक्त

चैत्र २६, काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलको प्रेस सल्लाहकारमा किरण पोखरेल नियुक्त भएका छन् । राष्ट्रपति पौडेलले आइतबार पोखरेल आफ्नो प्रेस सल्लाहकारमा नियुक्त गरेका हुन्। राष्ट्रिय सूचना आयोगका पूर्वआयुक्त पोखरेल कांग्रेसनिकट नेपाल प्रेस युनियनका पूर्वअध्यक्ष हुन् ।

पुरा पढ्नुहाेस्

नागरिकता विधेयक प्रमाणीकरण गरिदिन राष्ट्रपतिलाई खाँणको आग्रह

चैत्र २६, जनकपुरधाम । नेपाली कांग्रेसका नेता बालकृष्ण खाँणले नागरिकता विधेयक प्रमाणीकरण गरिदिन राष्ट्रपति रामचन्द्र पौडेललाई सार्वजनिक रुपमा आग्रह गरेका छन् । जनकपुरमा आइतबार नेपाल प्रेस युनियन धनुषाले गरेको पत्रकार सम्मेलनमा उनले नागरिकता विधेयक प्रमाणीकरण गरिदिन राष्ट्रपति पौडेललाई सार्वजनिक रुपमा आग्रह गरेका हुन्। संघीय संसदका दुवै राष्ट्रिय सभा र प्रतिनिधिसभाले पारित गरेर पठाएको नागरिकता विधेयक तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले प्रमाणीकरण नगरी रोकेर राखेकी थिइन्। तर, अहिले नयाँ राष्ट्रपतिको रुपमा रामचन्द्र पौडेल छन्। उनी कांग्रेसबाट राष्ट्रपति बनेका हुन्। नागरिकता विधेयक प्रमाणीकरण गर्नुपर्ने पक्षमा कांग्रेस रहँदै आएका बेला पूर्वगृहमन्त्री समेत रहेका खाँणले…

पुरा पढ्नुहाेस्

झलनाथ खनाल भन्छन्- एमालेमा फर्कने होइन, सबै वाम एक गराउने हो

काठमाडौं। नेकपा(एकीकृत समाजवादी) का सम्मानित नेता तथा पूर्व प्रधानमन्त्री झलनाथ खनालले एमालेमा फर्कने कुनै मनशाय नरहेको बताएका छन्। उनले आइतबार डिसी नेपालसँगको कुराकानीमा सबै वामपन्थी दललाई एकै ठाउँमा ल्याउन प्रयत्न गरिरहेको बताउँदै आफू वाम एकताको पक्षमा रहेको बताएका हुन्। सबै कम्युनिष्टबीच एकता गर्दै नेपालमा क्रान्तिकारी पार्टी निर्माण गर्ने अभियानमा लागेको बताउँदै उनले एमालेमा फर्कने मनस्थितिमा रहेको भन्ने न्यौपानेको आरोपमा सत्यता नरहेको टिप्पणी गरेका छन्। शनिबार एकीकृत समाजवादी परित्याग गरेका पार्टीका तेस्रो वरियताका नेता मुकुन्द न्यौपाले पार्टीमा खनाल पक्ष अध्यक्ष माधव नेपालसँग असन्तुष्ट रहेको र उचित अवसर दिए एमालेमा फर्कने तयारीमा…

पुरा पढ्नुहाेस्

चितवन-२ का २९ मतदानस्थल अति संवेदनशिल, तीनवटा सुरक्षा निकाय परिचालित

चितवन । आगामी वैशाख १० गते हुने उपनिर्वाचनमा चितवन निर्वाचन क्षेत्र नं २ का ४३ मध्ये २९ मतदानस्थललाई अतिसंवेदनशिलको सूचिमा राखिएको छ। निर्वाचन स्थललाई दुई भागमा वर्गीकरण गर्दै बाँकी १४ स्थललाई भने संवेदनशिल स्थलको सूचिमा राखिएको प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले जानकारी दिए । उपनिर्वाचनमा सबै मतदान स्थललाई सुरक्षाका दृष्टिले बराबरी महत्वका साथ लिइएको उनको भनाइ छ । “सम्पूर्ण राजनीतिक दलको ध्यान उपनिर्वाचन हुने क्षेत्रमा पर्ने भएकाले सबै उत्तिकै संवेदनशिल छन्”, उनले भने, “राजनीतिक दल, नागरिक समाज तथा जनताको समेत चासो बढ्ने भएकाले सबै स्थलमा सुरक्षा व्यवस्था कडा बनाउने तयारीमा…

पुरा पढ्नुहाेस्

पाटन क्याम्पसमा स्वतन्त्र उम्मेदवार बिष्ट बिजयी

चैत्र २६, काठमाडौँ । पाटन संयुक्त क्याम्पसमा सभापतिमा स्वतन्त्र उम्मेदवार सुशील विष्ट विजयी भएका छन्। शनिवार सम्पन्न स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनवाट स्वतन्त्र उम्मेदवार बिष्ट बिजयी भएका हुन । गत चैत ५ गते हुनु पर्ने निर्वाचन आन्तरिक कारणले स्थगित भए पछि शनिवार निर्वाचन गरिएको थियो। जुन निर्वाचनवाट बिष्ट ८४१ मतसहित बिजय भएका हुन्। उनका निकटतम प्रतिस्पर्धी नेकपा एमाले निकट अनेरास्ववियुका उम्मेदवार सुरेश जिसी भने ६७२ मतमा सिमित भएका छन्। सचिव पदमा अनेरास्ववियुका अभिनाष भण्डारी र कोषाध्यक्षमा अनेरास्वयुविकै तिलक बहादुर कुमाल विजयी भएका छन्। दुई जना सदस्य अखिल क्रान्तिकारीका विजयी भएका छन्।…

पुरा पढ्नुहाेस्

त्रिभुवन अन्तराष्ट्रिय बिमानस्थलको सुधारको खाका १५ दिन भित्र पेश गर्न गृहमन्त्रीको निर्देशन

चैत्र २६, काठमाडौँ । उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले त्रिभुवन अन्तराष्ट्रिय बिमानस्थलको तत्कालीन र दीर्घकालीन सुधारको खाका १५ दिन भित्र पेश गर्न निर्देशन दिएका छन् । शनिबार बिमानस्थलस्थित अध्यागमन कार्यालयको अनुगमन तथा निरीक्षणका साथै सेवाग्राहीको गुनासो सुन्दै उपप्रधान एवं गृहमन्त्री श्रेष्ठले बिमानस्थलको बिभिन्न बिषयमा सुधारका लागि खाका तयार गरि १५ दिन भित्र पेश गर्न निर्देशन दिएका छन्। सेवा प्रवाहको अवस्था, सेवाग्राहीले भोग्ने गरेका दुःख र हैरानी, लगेजको सुरक्षाको प्रश्न, राष्ट्रिय सुरक्षालाई केन्द्रमा राखेर ‘अपराध र अपराधी’ नियन्त्रणमा शुन्य सहनशीलता, डिजिटलाईजेसन लगायतको विषयमा सुधारको खाका तयार पार्न उनले निर्देशन दिएका छन्।…

पुरा पढ्नुहाेस्

संघीय निजामती विधेयकविरुद्ध कर्मचारीद्वारा आन्दोलनको तयारी

चैत्र २६, काठमाडौँ । सरकारले आफूहरूको वृत्ति विकासमा गम्भीर असर पर्ने र एकैपटक फाजिलमा पर्ने गरी संघीय निजामती सेवा विधेयक अघि बढाएपछि सरकारकै शाखा अधिकृत र उपसचिव स्तरका कर्मचारीले त्यसविरुद्ध आन्दोलनको तयारी गरेका छन् । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृतको पद प्रदेश सेवाको हुने गरी संघीय निजामती सेवा विधेयक ल्याउने गृहकार्य अघि बढाएपछि कर्मचारीहरुले असन्तुष्टि व्यक्त गर्दै त्यस विरुद्ध आन्दोलन गर्ने तयारी गरेका हुन् । । सरकारको सो कदमका कारण हाल केन्द्रमा रहेका शाखा अधिकृत र उपसचिव गरी ७ सय जना भन्दा बढी फाजिलमा…

पुरा पढ्नुहाेस्