गठबन्धनमा गठजोड मिलाउनै सकस, कांग्रेसमा संस्थापनइतरको चेतावनी

असोज २०, काठमाण्डौँ । सत्तारुढ गठबन्धनका शीर्ष नेताहरुको बैठक अहिले जारी छ । प्रधानमन्त्रीको सरकारी निवास, बालुवाटारमा जारी बैठकमा अधिकतम लचकता अपनाउँदै सहमतिका लागी प्रयास भैरहेको जसपा अध्यक्ष उपेन्द्र यादबले जानकारी दिए । उम्मेदवारी दर्ता गर्ने दिन अब तीन दिन मात्रै बाँकी रहँदा गठबन्धनमा सहमति जुट्न सकेको छैन । कार्यदलका सदस्यहरु समेत सहभागी बैठकमा एकभन्दा बढी दलको दाबी रहेको क्षेत्रहरुमा सहमतिको प्रयास भइरहेको छ । यसैबिच गठबन्धनको बैठकका बसेकै कारण कांग्रेसको कार्यसम्पादन समितिको बैठक बस्न सकेको छैन । विहान ९ बजेका लागी कार्यसम्पादन समिति बैठक बोलाएपनि अहिलेसम्म बैठक बस्न नसकेको…

पुरा पढ्नुहाेस्

राप्ती र बबईमा आएको बाढीले तीन सय पचास घर डुबानमा

असोज २०, बाँके । अविरल वर्षाका कारण राप्ती नदीमा आएको बाढीले बाँकेका तल्लो तटीय क्षेत्रका तीन सयभन्दा बढी घर डुबानमा परेका छन । वर्षापछि राप्ती नदीमा आएको बाढीले बाँके डुडुवा गाउँपालिका-१ अन्तर्गत पर्ने चौफेरी, कृषि चौफेरी र पाझा गाउँका तीन सयभन्दा बढी घर डुबानमा परेको हो । बाढी घरभित्र पानी पसेपछि यहाँका स्थानीय गाउँपालिकाले निर्माण गरेको आश्रयस्थलमा आश्रय लिएर बसेका छन् । अत्यावश्यक सामाग्री लिएर स्थानीयहरू आश्रयस्थलमा बसिरहेको गाउँपालिका अध्यक्ष नरेन्द्रकुमार चौधरीले जानकारी दिए । अहिले पनि वर्षा भइरहेकाले नदीमा पानीको सतह बढ्दै गएको छ । अविरल वर्षाले बाँकेको कुसुमस्थित…

पुरा पढ्नुहाेस्

बारा बस दुर्घटनामा मृतकको संख्या १६ पुग्यो

असोज २०, मकवानपुर । बारामा यात्रुबाहाक बस दुर्घटनामा परी मृत्यु हुनेको संख्या १६ जना पुगेको छ । नारायणगढबाट पथलैयातर्फ जाँदै गरेको ०६–००१ ख ०१० नम्बरको बस आज बिहान जितपुर सिमरा–२२ मा पर्ने तीन नम्बर पुल नजिक सडकमा अनियन्त्रित भइ दुर्घटना भएको हो । दुर्घटनामा ३६ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरीक्षक बलराम श्रेष्ठले जानकारी दिए । घाइतेको हेटौँडा अस्पताल, चुरेहिल अस्पताल र मकवानपुर सहकारी अस्पतालमा उपचार भइरहेको छ । घाइते केहीलाई थप उपचारका लागि चितवन लगिएको छ । मृतकमा चुरेहिल अस्पतालमा ९ जना लगिएकोमा दुई जना रहेको…

पुरा पढ्नुहाेस्

वर्षेनी बालबालिका हराउने क्रम बढ्दो, गत वर्ष ४ हजार बढी बेपत्ता

असोज २०, काठमाडौँ । भविष्यको कर्णधार मानिने बालबालिकाहरु वर्षेनी हराउने क्रम बढ्दो देखिएको छ । बेपत्ता हुनेहरुमा बालक भन्दा बालिका झण्डै तेब्बरले बढी रहेका केन्द्रीय प्रहरीको तथ्यांकले देखाएको छ । केन्द्रीय प्रहरी प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक (डिआइजी) टेक प्रसाद राईले सामाजिक मानसिक, तथा मनोवैज्ञानिक कारणबाट बालिकाहरु धेरै घर छोडेर हिड्ने गरेको बताए । नेपाल प्रहरीको तथ्यांक अनुसार आर्थिक वर्ष २०७६/७७ मा ८ सय ३१ बालक र १८ सय ९८ बालबालिका गरी २७ सय २९ जना बालबालिका हराएका थिए भने २५ सय ७ बालबालिका फेला परेका छन् । तीमध्ये दुइ…

पुरा पढ्नुहाेस्

बिमानस्थलबाटै पक्राउ परे सन्दीप लामिछाने

असोज २०, काठमाडौँ । नेपाली क्रिकेटको राष्ट्रिय टोलीका निलम्बित कप्तान सन्दीप लामिछानेलाई बिमानस्थलबाटै प्रहरीले पक्राउ गरेको छ । कतार एयरवेजको विमानबाट आज बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिएलगत्तै उनलाई पक्राउ गरिएको हो । आफू आज स्वदेश फर्किन लागेको जानकारी सामाजिक सन्जालमार्फत् दिएका उनले कतार एयरवेजको क्यूआर ६४८ कलसाइन भएको विमानमार्फत बिहान १० बजे ओर्लिने भने पनि खराब मौसमका कारण उक्त विमान निर्धारित समयभन्दा केही बेर ढिलो अवतरण भएको थियो ।​ । प्रहरीले उनलाई विमानस्थलबाट सिधै गौशला बृतमा लगेको छ । उनको स्वस्थ्य परीक्षणको तयारी भइरहेको प्रहरीले जनाएको छ । सन्दीपमाथि गएको…

पुरा पढ्नुहाेस्

नारायणी नदीमा बहाव बढेपछि गण्डक ब्यारेजका २२ वटा ढोका खोलिए

असोज २०, काठमाडौँ । अविरल वर्षाका कारण नारायणी नदीमा पानीको बहाव बढ्न थालेपछि त्रिवेणीस्थित गण्डक ब्यारेजका २२ वटा ढोका खोलिएको छ । मंगलबारदेखि परेको वर्षाका कारण नारायणी नदीमा पानीको बाहव बढ्दा यसले क्षति पु्र्याउन सक्ने भएकाले ब्यारेजका २२ वटा ढोका खोलिएको हो । रातिदेखिनै नारायणी नदीको जलसहत बढ्ने क्रममा रहेकाले हुनसक्ने जोखिमीलाई मध्यनजर गर्दै गण्डक ब्यारेजका ३६ वटा ढोकामध्ये २२ वटा ढोका खोलिएको त्रिवेणीस्थित इलाका प्रहरी कार्यालयका प्रहरी नायब निरीक्षक रजिन रानाले जानकारी दिए । उनका अनुसार बिहान ७ बजे ब्यारेजमा पानीको सतह दुई लाख चालिस हजार क्युसेक पुगेको छ…

पुरा पढ्नुहाेस्

कात्तिकदेखि चालुपुँजी प्रकृतिका कर्जा प्रवाह गर्न पाउने

असोज २०, काठमाडौँ । नेपाल राष्ट्र बैंकले चालु पूँजी कर्जाको मार्गदर्शन कार्यान्वयनमा केही लचकता देखाउँदै बैंक तथा वित्तीय संस्थालाई १ कात्तिकदेखि लागू गर्ने व्यवस्था गरेको छ । केन्द्रीय बैंकले क, ख र ग वर्गका इजाजतपत्र प्राप्त संस्थाहरुलाई जारी गरेको एकीकृत निर्देशन, २०७८ मा संशोधन गर्दै १ कात्तिकदेखि बैंक तथा वित्तीय संस्थाहरुले चालुपुँजी प्रकृतिका कर्जा प्रवाह, नवीकरण वा पुनरावलोकन गर्न पाउने व्यवस्था गरेको हो । यस्तो प्रकृतिका कर्जा प्रवाह, नवीकरण वा पुनरावलोकन बैंक तथा वित्तीय संस्थाहरुले चालुपुँजी कर्जासम्बन्धी मार्गदर्शन, २०७९ बमोजिम गर्नुपर्ने व्यवस्था राष्ट्र बैंकले गरेको छ । चालुपुँजी कर्जासम्बन्धी मार्गदर्शन,…

पुरा पढ्नुहाेस्

कांग्रेस संस्थापनइतर पक्षको आज छुट्टै भेला

असोज २०, काठमाडौँ । नेपाली कांग्रेसको संस्थापनइतर शेखर कोइराला पक्षले आज छुट्टै भेला बोलाएको छ । भेला दिउँसो २ बजे बत्तीसपुतलीस्थित अनुपम फुडल्याण्डमा बस्नेछ । भेलाले खबरदारीपछि संस्थापन पक्षले सच्याएर बुझाएको समानुपातिक उमेदवारको बन्दसूचीमा समीक्षा गर्नेछ । आफ्नो माग संस्थापन पक्षले पूरा नगरे विद्रोह गर्ने चेतावनीपछि बन्दसूची हेरफेर गर्दै शेखर समूहका नेताको नाम थप गरिएको थियो । आफ्नो समूहबाट प्रत्यक्षतर्फ उमेदवार बन्न इच्छुक र सक्षम व्यक्तिको नाम संकलन गर्ने भेलाले उनीहरुको सूची संसदीय बोर्डमा रहेका सदस्यलाई बुझाउने विषयमा छलफल गर्ने बताइएको छ ।  

पुरा पढ्नुहाेस्

गठबन्धनको बैठक लगातार अनिर्णित, आज पुनः बैठक बस्दै

असोज २०, काठमाडौँ । लगातार अनिर्णित बनिरहेको सत्ता गठबन्धनको बैठक आज पनि बस्दैछ । प्रधानमन्त्री निवास बालुवाटारमा सिट बाँडफाँटको टुंगो लगाउने भन्दै हिजो लामै समय बसेको गठबन्धनका शीर्ष नेताहरुसहितको बैठकमा कुरा मिल्न नसकेपछि बैठक पुनः आज बस्ने गरी स्थगित भएको थियो । हिजोको बैठकमा सामूहिक तथा छुट्टाछुट्टै छलफल भएको थियो । प्रतिनिधिसभा सदस्यतर्फ सिट संख्यामा दलहरुले राखेको अडानका कारण सहमति जुट्न सकेको छैन । हालसम्म भएको छलफलअनुसार कांग्रेसलाई ८५, माओवादी केन्द्रलाई ४४, एकीकृत समाजवादीलाई १८ तथा जनता समाजवादी पार्टीलाई १६ सिट दिने कुरा भएको छ । यस्तै राष्ट्रिय जनमोर्चाले दुईवटा…

पुरा पढ्नुहाेस्

वर्षाका कारण म्याग्दीका सबै ग्रामीण सडक अवरुद्ध

असोज २०, म्याग्दी । लगातारको वर्षाले राष्ट्रिय गौरवको बेनी–जोमसोम सडक लगायत म्याग्दीका प्रायः सबै ग्रामीण सडक अवरुद्ध भएको छ । तीन दिनदेखिको वर्षाका कारण बेनी–जोमसोम सडक अन्तर्गत म्याग्दी खण्डको दर्जनौँ स्थानमा पहिरो गएको छ । पहिरोकै कारण बेनी–भकुण्डे, बेनी–पाखापानी, बेनी–दरबाङ, बेनी–पुलाचौर लगायत सडक अवरुद्ध भएको हो । कतिपय स्थानमा सडक भासिएको छ । राष्ट्रिय गौरवको बेनी–जोमसोम सडकका सुपरभाइजर इन्द्रसिंह शेरचनले घुमाउने ताल, बैसरी, बेग खोला, तातोपानी भीर, जलथले, गुईठे भीर, रुप्से झरना र काभ्रेभीर लगायत सडक वर्षाले सडक अवरुद्ध बनाएको छ । खहरे र ग्रामीण क्षेत्रका खोलाहरुमा भेलबाडी आएको छ…

पुरा पढ्नुहाेस्