ओलीको विवादास्पद टिप्पणी: माघ १९ अघि प्रचण्ड–ज्ञानेन्द्रको साँठगाँठ थियो

मंसिर २९, काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र पूर्वराजा ज्ञानेन्द्र शाहबीच विगतमा गोप्य साँठगाँठ भएको दाबी गरेका छन्। प्रचण्डसँगको साँठगाँठकै कारण ज्ञानेन्द्रले माघ १९ को दिन शासनसत्ता हातमा लिएको ओलीको दाबी छ । मनोनित केन्द्रीय सदस्यहरुको शपथ ग्रहण कार्यक्रमलाई बुधबार ललितपुरमा सम्बोधन गर्दै ओलीले भने, ‘माघ १९ मा ज्ञानेन्द्र र प्रचण्डबीच सहमति भएर त्यो उधुम भएको थियो ।’ प्रचण्डले बाहिर क्रान्ति र राष्ट्रियताको कुरा गर्ने तर भित्रभित्र प्रतिक्रियावादी शक्तिसँग साँठगाँठ गरेको ओलीले आरोप लगाए । त्यसको शिकार नेपाल भएको र त्यसको मार अहिले…

Read More

विमानस्थलबाट १ किलो सुन बरामद, ५ बंलादेशी नागरिक पक्राउ

मंसिर २९, काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १ किलो ३११ ग्राम सुन, चेनरोल, औँठी र चुरासहित पाँच बङ्गलादेशी नागरिक पक्राउ परेका छन् । पक्राउ पर्नेहरुमा ३० वर्षीय तौहिदुल तनविर, एमडि युनुस अलि, ५० वर्षीय सोभान तालुकदार, २५ वर्षीय जाहिदुल इस्लाम र ३७ वर्षीय एमडि मिराजुल इस्लाम रहेका छन् । पक्राउ परेकामध्ये तौहिदुलको साथबाट २१६ ग्राम, युनुसको साथबाट २३३ ग्राम, सोभानको साथबाट १०० ग्राम, जाहिलदुलको साथबाट ३३२ ग्राम र मिराजुलको साथबाट ४३० ग्राम सुन बरामद गरिएको प्रहरीले जनाएको छ । हिमालयन एयरलाइन्सको उडानद्वारा दुबईबाट काठमाडौँ हुँदै मङ्गलबार बङ्गलादेश जान लागेका उनीहरुलाई…

Read More

प्रदेश २ : प्रदेशसभा बैठक अवरुद्ध

सिर २९, जनकपुरधाम । प्रदेश २ प्रदेशसभाको विपक्षी दल लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले प्रदेशसभा बैठक अवरुद्ध गरेको छ । प्रदेश सरकारले ल्याएको दुईवटा अध्यादेशको विरोधमा बैठक अवरुद्ध भएको हो । प्रदेशसभाको चालु अधिवेशनको पहिलो बैठकमा दलहरुको तर्फबाट धारणा राखेपछि सभामुख सरोज यादवले सामाजिक विकासमन्त्री नवलकिशोर साहलाई कृषि र विज्ञान प्रविधिसम्बन्धी अध्यादेश पेश गर्न समय दिएका थिए । लगत्तै लोसपा सांसदहरुले प्रदेश बैठक अवरुद्ध गरेका हुन् । लोसपा सांसद परमेश्वर साहले प्रदेश सभा अधिवेशन अन्त्य गरी अध्यादेश ल्याउनु अलोकतान्त्रिक रहेको भन्दै यसलाई दर्ता हुन नदिने बताए । उनले अध्यादेश फिर्ता…

Read More

देउवालाई पौडेलले बधाई दिँदै भने- लोकतन्त्रको रक्षा र सुशासन दिन सफलता मिलोस्

सिर २९, काठमाडौँ । नेपाली कांग्रेसको सभापतिमा निर्वाचित शेरबहादुर देउवालाई नेता रामचन्द्र पौडेलले बधाई दिएका छन् । एकताबद्ध कांग्रेस निर्माण, लोकतन्त्रको रक्षा र सुशासन दिन ध्यान पुगोस् भन्दै पौडेलले देउवालाई बधाई दिएका हुन् । लोकतन्त्र र संविधान खतरामुक्त नभएको तथा देशलाई अस्थीरतातिर धकेल्ने प्रपञ्च जारी रहेको बताउँदै पौडेलले यी खतराबाट पार लगाउन एकताबद्ध र सुदृढ कांग्रेस आवश्यक रहेकामा जोड दिएका छन् । आफूहरू राष्ट्रिय जीवन र पार्टी जीवनको इतिहासको अत्यन्तै गम्भीर मोडमा रहेको उल्लेख गर्दै पौडेलले भनेका छन्, ‘एकातिर सात दशक लामो संघर्षबाट नेपाली जनताले स्थापित गरेको लोकतन्त्र र संविधान…

Read More

माल्टामा गाँजाले पायो वैधानिकता

मंसिर २९, काठमाडौँ । युरोपेली देश माल्टाले व्यक्तिगत प्रयोगको लागि गाँजालाई वैधानिकता दिने कानुन पास गरेको । यसै हप्तादेखि लागु हुनेगरी नयाँ कानुन संसदबाट पास भएपछि माल्टामा गाँजाको व्यक्तिगत प्रयोगलाई वैधानिकता मिलेको बेलायती पत्रिका द गार्जियनले जनाएको छ । संसदबाट पारित भएको कानुनलाई राष्ट्रपतिले प्रमाणित गरेपछि यसै हप्ताबाट लागु हुने माल्टाका मन्त्री ओवेन बोनिचीले बताएको खबरमा उल्लेख छ । उनले गाँजाको व्यक्तिगत प्रयोगलाई वैधानिकता दिँदा आपराधीकरण घट्ने र मानिसले औषधिको रुपमा समेत सजिलै प्रयोग गर्न पाउने भएकाले खुसी लागेको बताए । माल्टा गाँजालाई वैधानिकता दिने पहिलो युरोपेली देश समेत बनेको…

Read More

ओलीले गराए मनोनीत केन्द्रीय सदस्यहरुलाई शपथ ग्रहण

मंसिर २९, काठमाडौँ । नेकपा एमालेको केन्द्रीय कमिटीका मनोनीत सदस्यहरुले आज शपथ ग्रहण गरेका छन् । एमाले अध्यक्ष केपी शर्मा ओलीले मनोनीत केन्द्रीय सदस्यहरुलाई केहीबेरअघि तुलसीलाल प्रतिष्ठान च्यासलमा शपथ ग्रहण गराएका हुन् । एमालेले खुला २०, महिला १५ र पार्टी एकताको प्रक्रियाबाट आएका नौ जना गरी जम्मा ४४ जनालाई केन्द्रीय सदस्यमा मनोनीत गरेको थियो । एमालेको विधानमा भएको व्यवस्था अनुसार केन्द्रीय कमिटीको कुल संख्या ३०१ अन्तर्गत १० प्रतिशत सदस्य मनोनीत गरिएको हो ।

Read More

आज सुनको भाउ ५ सय घट्यो

मंसिर २९, काठमाडौँ । सुनको भाउ तोलामा ५ सय रुपैयाँले घटेको छ । आज सुनको भाउ तोलामा ९२ हजार ३ सय रुपैयाँ तोकिएको छ । आज चाँदीको भाउ भने स्थिर छ । चाँदी हिजो जस्तै तोलाको १२ सय १० रुपैयाँमा किनबेच भइरहेको छ ।

Read More

आज २७औँ काठमाण्डौ महानगर दिवस, सवै वडामा सार्वजनिक बिदा

मंसिर २९, काठमाडौँ । काठमाण्डौ महानगरपालिकाले आज धुमधामका साथ २७ औँ महानगर दिवस मनाउँदै छ । आज वसन्तपुरमा परम्परागत बाजासहित विशेष कार्यक्रम हुँदैछ । कार्यक्रममा अग्रज कलाकारलाई सम्मान गरिने छ भने सुशासन पत्रकारिता पुरस्कार तथा अन्य क्षेत्रगत पुरस्कार पनि वितरण गरिने महानगरपालिकाका प्रवक्ता इश्वरमान डंगोलले जानकारी दिए । काठमाण्डौ महानगरपालिकालाई २०५२ साल मङ्सिर २९ गते महानगर घोषणा गरिएको थियो । यसैलाई आधार मानेर हरेक वर्षको मंसिर २९ गतेलाई महानगर दिवसका रुपमा मनाउने गरिएको छ । यस्तै, दिवसका अवसरमा आज काठमाण्डौका ३२ वटै वडामा सार्वजनिक बिदा दिइएको छ । आफ्नो कार्यकालमा…

Read More

आज काठमाण्डौको न्यूनतम तापक्रम सबैभन्दा कम

मंसिर २९, काठमाडौँ । आज काठमाण्डौको न्यूनतम तापक्रम यस वर्षकै सबैभन्दा कम छ । बिहान पौने ९ बजेको मापनमा काठमाण्डौको न्यूनतम तापक्रम ४.३ डिग्री सेल्सियस मापन गरिएको छ । यस अघि बिहान ६ बजे ४. ६ डिग्री सेल्सियस मापन गरिएको थियो । मौसविद् मन्जु बासीकाअनुसार अहिले नेपालमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव छ । यसकै कारण आज काठमाण्डौमा पारिलो घाम लाग्ने सम्भावना कम रहेको उनले बताइन । उनकाअनुसार आज वाग्मती र गण्डकी प्रदेश तथा प्रदेश १ र २ को मौसम आंशिक बद्ली हुने सम्भावना छ । पश्चिमी न्यून चापीय…

Read More

अमेरिकामा कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या आठ लाख नाघ्यो

मंसिर २९, काठमाडौँ । अमेरिकामा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या आठ लाख नाघेको छ । कोरोना संक्रमणबाट हिजोसम्म अमेरिकामा आठ लाख चार सय जनाको मृत्यु भएको बीबीसीले जनाएको छ । अमेरिकामा अहिलेसम्म पाँच करोड जना भन्दा धेरैमा संक्रमण पुष्टि भएको छ । अमेरिकामा कोरोनाका कारण पहिलो व्यक्तिको मृत्यु भएको ६ सय ५० दिनमा ८ लाख जनाको मृत्यु हुनुले निकै भयावह अवस्था देखाएको जनस्वास्थ्य विज्ञहरुलाई उद्धृत गर्दै खबरमा उल्लेख छ । मृत्यु हुनेमध्ये धेरैजसो बृद्धबृद्धा र खोप नलगाएका नागरिक रहेका छन् । जोन्स हप्किन्स ब्लुमबर्ग विश्वविद्यालयका महामारीविद् डाक्टर केरी अल्थोपले कोरोनाविरुद्ध…

Read More