नयाँ पार्टी गठनका लागि मधेस झरेका हुन् ठाकुर ?

साउन २६, काठमाण्डौ । जसपा अध्यक्षबाट उपेन्द्र यादव पक्षले हटाउने निर्णय गरिरहेका बेला महन्थ ठाकुर सोमबार जनकपुरमा अगुवा कार्यकर्तासँग छलफलमा थिए । राजनीतिक जीवनको उत्तरार्द्धमा ‘कठिन मोड’ मा पुगेका ठाकुर एक साताअघि मधेस झरेका हुन् । ठाकुरसँग यति बेला न पार्टी न त छ राजनीतिक विरासत । निर्वाचन आयोगले यादवलाई पार्टीको आधिकारिकता दिएपछि आफ्नो पक्षका सांसदको पद कसरी जोगाउने भन्ने तनाव थपिएको छ, ठाकुरमाथि । जसपामा सर्वसम्मत ‘नेतृत्व’ मानिने ठाकुरसँग पार्टी नै नरहेपछि मधेस झरेका हुन् । मधेसमा तीव्र राजनीतिक गतिविधि गरिरहेका छन् । उनको यो सक्रियता नयाँ पार्टी गठनका…

Read More

बालुवाटारमा भूमिगत गिरोह

साउन २६, काठमाण्डौ । प्रधानमन्त्रीको जिम्मेवारी सम्हालेको एक महिना बितिसक्दा पनि शेरबहादुर देउवाले मन्त्रिपरिषद्लाई पूर्णता दिन सकेका छैनन् । अहिले सबैले यही कुरामा प्रधानमन्त्री देउवाको आलोचना गरिरहेका छन् । देउवाले मन्त्रिपरिषद्लाई पूर्णता दिन नसकेको मात्र होइन सचिवालयमा कसैलाई पनि नियुक्त गर्न सकेका छैनन् । स्वकीय सचिवमा सहयोगी भानु देउवालाई नियुक्त गर्ने उनको चाहानामा पत्नी आरजु बाधक बनेकी छन् । उनी भानुलाई कुनै पनि हालतमा नियुक्त गर्ने पक्षमा छैनन् । भतिज प्रकाश देउवालाई स्वकीय सचिव नियुक्त गर्नुपर्ने आरजुको अडानका कारण सचिवालय रिक्त भएको हो । यसबाट बालुवाटारमा दुई गुट रहेको प्रस्ट…

Read More

ओली समूहमा सज्जन मान्छे भेट्नै मुस्किल

साउन २६, काठमाडौ । दुई तिहाइ बहुमत नजिक रहेर सरकारमा शक्तिशाली ‘इन्ट्री’ गरेका केपी शर्मा ओली अन्ततः विश्वासको मत पाउन नसक्ने दयनीय अवस्थाबाट बाहिरिन पर्‍यो । इतिहासकै दुर्लभ अवसर र शक्तिसहित सरकारमा उक्लिएका ओली यस्तो अवस्थामा पुग्नु सबैभन्दा बढी जिम्मेवार उनको कार्यशैली र उनको समूह नै हो। तीन वर्षभन्दा केही बढी समय सरकारको नेतृत्व गरेका ओलीले पाँच वर्ष कार्यकाल रहेको प्रतिनिधिसभालाई दुई(दुई पटक विघटन गरेर आफ्नो खुट्टामा बन्चरो प्रहार गरे । यसका अलावा झन्डै साढे ३ वर्षको समय अरूलाई खिसिट्युरी गरेर, अपमान गरेर, जनतालाई बेसार पानी खान सिकाएर बिताए। नागरिक…

Read More

एमालेमा अध्यक्ष शक्तिशाली बनाउने प्रयास

साउन २६, काठमाण्डौ । नेपाल कम्युनिस्ट पार्टी एमाले विधान संशोधन गर्दै अब शक्तिशाली अध्यक्षको सांगठनिक संरचनामा जाने भएको छ । ललितपुरको च्यासलस्थित तुलसीलाल स्मृति प्रतिष्ठानमा सोमबार बसेको केन्द्रीय कमिटी बैठकले विधान संशोधन प्रस्ताव पारित गरेको छ । एमाले सचिव एवं प्रवक्ता प्रदीप ज्ञवालीले अब महाधिवेशनबाट अध्यक्ष र केन्द्रीय सदस्य मात्रै निर्वाचित हुने बताए । उनले केन्द्रमा रहने १२ पदाधिकारी महाधिवेशनबाट निर्वाचित केन्द्रीय सदस्यले चयन गर्ने व्यवस्था विधानमा संशोधन गरिएको बताए । महाधिवेशनबाट सबै पदाधिकारी निर्वाचित हुँदा गुटबन्दी बढेको तथा अध्यक्षलाई पूरै कार्यकाल काम गर्न असजिलो भएको निष्कर्षसहित एमालेले विधान संशोधन…

Read More

मनाङका बाढीपीडित पुनर्वासको पर्खाइमा !

साउन २६, काठमाण्डौ । गत असार १ गते मस्र्याङ्दी नदीमा आएको बाढीका कारण गाउँ नै डुबानमा परी बगर बनेपछि गाउँमाथिको डाँडामा त्रिपालको भरमा बस्दै आएका नासो गाउँपालिका–१ ताल गाउँका बासिन्दा पुनर्वासको पर्खाइमा छन् । ताल गाउँको मात्रै ५९ घर विस्तापित भएको छ । त्रिपालको भरमा बसेका स्थानीयहरुको पुनर्वासको त कुरै छोडौँ, राहतका लागि आकाशमा उडेको हेलिकोप्टर देख्दा स्थानीयलाई ‘आकाशको फल, आँखा तरि मर’ भन्ने जस्तै भएको छ । दुई दिनअघि मात्र पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल, उर्जामन्त्री पम्फा भुसाललगायको टोली स्थलगत अध्ययनका लागि मनाङ पुगेको थियो तर उक्त टोली पनि ताल गाउँ…

Read More

नेपाल समूहबाट खनाल पक्ष अलग

साउन २६, काठमाण्डौ । एमाले नेता माधव नेपाल र झलनाथ खनाल समूहभित्र दुई धार प्रष्ट देखिएको छ । एउटा धार पार्टी एकताको पक्षमा खुलेको छ । अर्को धार नयाँ पार्टी निर्माण गर्नुपर्ने पक्षमा देखिएको छ । त्यो दुई धार त्यतिबेला बलियो बन्यो जतिबेला नेता झलनाथ खनाल मृगौलाको समस्याका कारण नर्भिक अस्पतालमा भर्ना भए । नर्भिक अस्पतालबाट भारत जाने दिन खनालको नाममा एउटा विज्ञप्ति जारी भयो, जुन नेता भीम आचार्यले मस्यौदा गरेका थिए । उक्त विज्ञप्तिमा एकताको विकल्प नभएको सन्देश थियो, त्यही सन्देशपछि नेपाल–खनाल समूहभित्र दुई धार प्रष्फुटन भयो । र,…

Read More

सानिमा लाइफको आईपीओमा २४ लाखभन्दा बढीको आवेदन, कहिले होला बाँडफाँट ?

साउन २६, काठमाडौं । सानिमा लाइफ इन्स्योरेन्स कम्पनीको प्राथमिक सार्वजनिक निष्काशन आईपीओमा २४ लाखभन्दा बढीले आवेदन दिएका छन् । साउन २० गतेदेखि २४ गतेसम्म खुला गरिएको आइपिओमा बुधबार साँझसम्म २४ लाख १९ हजार १२७ जनाले आवेदन दिएका हुन् । तीन अर्ब ६९ करोड ४३ लाख ४४ हजार रुपैयाँ रकम बराबरको तीन करोड ६९ लाख ४३ हजार ४४० कित्ताका लागि आवेदन परेको बिक्री प्रबन्धक प्रभु क्यापिटलले जनाएको छ । उक्त कम्पनीकानुसार मागको तुलनामा ६ दशमलव ८४ गुणा बढीको आवेदन परेको थियो ।  

Read More

मैलुङखोला जलविद्युत कम्पनीको आईपीओ बाँडफाँट हुँदै, तपाईको भागमा कति ?

साउन २६, काठमाडौं । मैलुङ खोला जलविद्युत कम्पनी लिमिटेडको आईपीओ साउन २६ गते मंगलवार बाँडफाँट हुने भएको छ । कम्पनीले साउन १४ गतेदेखि १९ गतेसम्म सर्वसाधारणमा आईपीओ विक्री गरेको थियो । सर्वसाधारणका लागि छुट्याईएको प्रतिकित्ता रू १०० अंकित दरको रू ७ करोड ३६ लाख २८ हजार ६०० बराबरको ७ लाख ३६ हजार २८६ कित्ता आईपीओमध्ये ६ लाख ८४ हजार ७४६ कित्ता सार्वजनिक निष्कासन मार्फत विक्री गरेको हो । कुल कित्तामध्यबाट २ प्रतिशत अर्थात १४ हजार ७२६ कित्ता शेयर कर्मचारीहरुका लागि र ५ प्रतिशत अर्थात ३६ हजार ८१४ कित्ता शेयर सामूहिक…

Read More

लोकसेवाको विज्ञापन तत्काल अघि नबढाउन आदेश

साउन २६, काठमाण्डौ । सर्वोच्च अदाललते लोक सेवा आयोगले सङ्घको शाखा अधिकृतमा पदका लागि गरेको खुल्ला विज्ञापनको पदपूर्ति प्रक्रिया तत्काल अघि नबढाउन अन्तरिम आदेश जारी गरेको छ । न्यायाधीशहरू तेजबहादुर केसी र डा कुमार चुडालको संयुक्त इजलासले आज २०७६ माघमा ५६० र २०७७ माघमा ११४ गरी ६७४ रिक्त पद पूर्तिका लागि आयोग गरेको विज्ञापन अघि नबढाउन अन्तरिम आदेश जारी गरेको हो । आयोग विरुद्ध अर्जुन घिरिरेले दायर गरेको रिट निवेदनमा उक्त आदेश भएको हो । कर्मचारी समायोजना गर्दा सङ्घमा भएका ३४ जना शाखा अधिकृतलाई दरबन्दी नभएको भन्दै स्थानीय तहमा पठाइएको…

Read More

केही दिन भित्रै मन्त्रिपरिषद् बिस्तार हुने गठबन्धनका नेताहरुको भनाई

साउन २६, काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता देवेन्द्र पौडेलले एमाले भित्रको अन्र्तसंघर्षको किनारा लागिसकेपछि मन्त्रीपरिषद् विस्तार हुने बताएका छन् । सोमवार काठमाडौंमा आयोजिक एक अन्तत्र्रिmयामा बोल्दै नेता पौडेलले गठबन्धनमा सामेल एमाले वरिष्ठ नेता माधवकुमार नेपाल पक्ष पार्टीभित्र अन्तरसंघर्षमा रहेको र अन्तरसंघर्ष किनारा लागिसकेपछि मन्त्रिपरिषद् विस्तार हुने बताएका हुन् । सरकारको साझा कार्यक्रम पनि आइसकेको अवस्थामा एमाले भित्रको शक्ति संघर्षका कारण मन्त्रिपरिषद् विस्तारमा ढिलाइ भएको भन्दै उनले अबको दुई, तीनदिन भित्र सरकार बिस्तार हुने बताए ।  

Read More