आज नेप्सेमा २२ अंकको गिरावट,कारोबार रकम २ अर्ब

माघ १९,काठमाडौँ । शेयर बजार आज बिहीवार उच्च अङ्कले घटेको छ । शेयर बजार परिसूचक नेप्से आज २२ दशमलव १२ अङ्कले घटेर दुई हजार ९४ दशमलव ५४ विन्दुमा झरेको छ । सबै समूहको शेयर घटेर बजार राताम्मे भएको दिन आज बीमा, विकास बैंक, माइक्रोफाइनान्स र जलविद्युत् समूहको शेयर उच्च अङ्कले ओरालो लागेको छ । आज दुई सय ५७ वटा कम्पनीका ५८ लाख ९८ हजार कित्ता शेयर दुई अर्ब नौ करोड ६४ लाख रुपैयाँमा कारोबार भएका छन् । सबैभन्दा धेरै स्टान्डर्ड चाटर्ड बैंकको १० करोड १३ लाख रुपैयाँको शेयर किनबेच भयो…

पुरा पढ्नुहाेस्

माओवादी र नेसपाबीच पार्टी एकताका लागि आज वार्ता हुने

माघ १०,काठमाडौँ । नेकपा माओवादी केन्द्र र नेपाल समाजवादी पार्टी (नेसपा) बीच पार्टी एकताका लागि मंगलबार वार्ता हुने भएको छ । दुई पार्टीको वार्ता टोली छलफलमा बस्न लागेका हुन् । दुई पार्टीबीच एकता गर्न बनेको वार्ता टोेलीमा माओवादी केन्द्रका तर्फबाट संयोजक कृष्णबहादुर महरासहितका नेता छन् भने नेसपाका तर्फबाट गंगानारायण श्रेष्ठ सहितको नेता रहेका छन् । टोलीको बैठक मंगलबार दिउँसो २ बजे बस्ने तय भएको नेसपा वार्ता टोलीका संयोजक गंगानारायण श्रेष्ठले बताए । ‘हामी दुई पार्टीका वार्ता टोलीको बैठक दिउँसो २ बजे बस्न लागेको छ’ श्रेष्ठले भने, ‘दुई पार्टीका नेतालाई सहज…

पुरा पढ्नुहाेस्

काठमाडौंको सिभिल मलमा एक युवकले आफैंमाथि आगो लगाए, ट्रमा सेन्टरमा उपचार हुँदै

माघ ५, काठमाण्डौँ । काठमाडौंको सुन्धारास्थित सिभिल मलमा एक युवकले आफ्नै शरीरमा पेट्रोल छर्केर आगो लगाएका छन् । उनको तत्काल उद्धार गरी उपचारका लागि राट्रिय ट्रमा सेन्टरमा पठाइएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी दिनेशराज मैनालीले जानकारी दिए । अन्दाजी ३0 वर्षीय विशाल लामिछानेले सिभिल मलको भुइँतलामा बिहीबार दिउँसो ११ः४0 मा आफ्नै जीउमा आगो लगाएको प्रहरीले जनाएको छ । आगो लगाउँदै गरेको अवस्थामा प्रहरीको टोलीले फेला पारी उनको उद्धार गरी राष्ट्रिय ट्रमा सेन्टर अस्पतालमा उपचार रहेको एसपी मैनालीले बताए। घटनाको कारण खुलेको छैन र यस विषयमा अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ…

पुरा पढ्नुहाेस्

लिखित परीक्षा एवं अन्तर्वार्ता सम्वन्धी चन्द्रागिरी नगरपालिकाको सूचना

लिखित परीक्षा एवं अन्तर्वार्ता सम्वन्धी चन्द्रागिरी नगरपालिकाको सूचना  

पुरा पढ्नुहाेस्

जाडो मौसमबाट गाडी सुरक्षित राख्न पौष २० देखि सुजुकीको विन्टर फ्री सर्भिस

पौष १९,काठमाडौँ । नेपालको लागि सुजुकी गाडीको आधिकारिक बिक्रेता तथा सीजी होल्डिंग्स्को अटोमोबाइल डिभिजन सीजी मोटोकर्पले आउँदो पुस २० देखि २२ गतेसम्म विन्टर फ्री सर्भिस क्याम्प’को आयोजना गर्ने भएको छ । जाडो मौसमले सवारी साधनमा नराम्रो प्रभाव पार्नसक्ने भएकोले, हामीले यसमा ध्यान पुर्‍याउन अत्यन्त जरुरी हुन्छ । सुजुकी ग्राहकलाई यो बिषयमा जानकारी गराउन र ग्राहकको गाडीलाई राम्रो अवस्थामा राखिराख्न सो क्याम्प संचालन हुन लागेको कम्पनीले जनाएको छ । सर्भिस क्याम्प अवधि भर सुजुकीका ग्राहकले आफ्नो गाडीको सर्भिसमा आकर्षक छुट र अन्य अफर पाउनको साथै १५ जना लक्की ग्राहकले फ्री सर्भिस…

पुरा पढ्नुहाेस्

पार्टीका मन्त्रीहरुलाई माधव नेपालको प्रशिक्षण

असार १५, काठमाण्डौ । नेकपा (एकीकृत समाजवादी)पार्टीका अध्यक्ष माधव कुमार नेपालले पार्टीबाट सरकारमा सहभागी मन्त्रीहरुलाई प्रशिक्षण दिएका छन् । दुई दिनअघि मन्त्रीको शपथ दिएका पार्टीका ४ मन्त्री र १ राज्यमन्त्रीलाई नेपालले बुधबार बिहान प्रशिक्षण दिएका हुन् । पार्टी कार्यालय तीनकुनेमा एक घण्टादेखि नेपालले नवनियुक्त मन्त्रीहरुलाई प्रशिक्षण दिइरहेको एक नेताले जानकारी दिए । मन्त्री भएपछि के गर्ने के नगर्ने भनेर उनले प्रशिक्षण दिइरहेका छन् । यसअघि मन्त्री भएकालाई पनि मन्त्री हुनेबित्तिकै प्रशिक्षण दिएका थिए । प्रशिक्षणमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठ , सहरी विकासमन्त्री मेटमणि चौधरी, श्रम तथा सामाजिक…

पुरा पढ्नुहाेस्

चुनाव प्रचारको क्रममा लडेर मृत्यु

बैशाख १९, प्युठान । प्युठानको नौबहिनी गाउँपालिका २ लिघामा भीरबाट लडेर एक वृद्धको मृत्यु भएको छ । स्थानीय तह निर्वाचनको प्रचारका क्रममा लिघा सिरिवाङका ५६ वर्षीय धन बहादुर थापामगरको मृत्यु भएको इलाका प्रहरी कार्यालय बाहनेका प्रहरी निरीक्षक भानुभक्त अर्यालले बताए । अर्यालका अनुसार थापामगरको घटनास्थलमै मृत्यु भएको हो । आइतबार नेपाली कांग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादी सहितको गठबन्धन टोलीसँग उनी गाउँमा भोट माग्न गएका थिए । गाउँमा घरदैलो गरी फर्किने क्रममा मगरको लडेर मृत्यु भएको स्थानीयले बताएका छन् । यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।

पुरा पढ्नुहाेस्

विन्दावासिनी हाइड्रोपावरको आईपीओमा आजदेखि आवेदन खुल्ला

बैशाख ११,काठमाडौँ । विन्दावासिनी ​ हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको १० लाख कित्ता बराबरको प्राथमिक सेयर (आईपीओ ) आवेदन खुल्ला भएको छ । कम्पनीले आयोजना प्रभावित कास्की र लमजुङका बासिन्दाका लागि आइतबारबाट १० करोड बराबरको १० लाख कित्ता सेयर जारी गरेको हो । स्थानीयले कम्तीमा १० कित्तादेखि अधिकतम १ लाख कित्तासम्म आवेदन दिन पाउनेछन् । आवेदन भने ढिलोमा २५ गतेसम्म दिन सक्नेछन् । एक अर्ब जारी पूँजी भएको कम्पनीले १० प्रतिशत अर्थात १० लाख कित्ता सेयर स्थानीयलाई बिक्री गर्नेछ । स्थानीयलाई सेयर बिक्री गरेपछि कम्पनीले आम सर्वसाधारणलाई सेयर बिक्री गर्नेछ । कम्पनीको…

पुरा पढ्नुहाेस्

केशव स्थापितले दिए प्रदेश सांसदबाट राजीनामा

बैशाख ११,काठमाडौँ । बागमती प्रदेश सभा सदस्य केशव स्थापितले पदबाट राजीनामा दिएका छन् । नेकपा एमालेले काठमाडौं महानगरपालिकाको मेयरको उम्मेदवार बनाएपछि स्थापितले राजीनामा दिएका हुन् । जनप्रतिनिधिले पुन उम्मेदवार हुन राजीनामा दिने संवैधानिक व्यवस्था अनुसार स्थापितले राजीनामा दिएका हुन् । संविधानको धारा १८० को खण्ड ( क ) र प्रदेश सभा नियमावली २०७४ को नियम १८४ अनुसार राजीनामा पत्र बुझाएको बागमती प्रदेश सचिवालयले जनाएको छ ।

पुरा पढ्नुहाेस्

सेञ्चुरी बैंकको शताब्दी बचत खातामा उच्चतम ब्याज र बीमाको सुविधा

बैशाख २, काठमाडौं। सेञ्चुरी कमर्सियल बैंक लिमिटेडले नयाँ वर्ष २०७९ को शुभअवसरमा बचतकर्ताहरुको हितलाई ध्यानमा राखेर शताब्दी बचत खाता संचालनमा ल्याएको छ । शताब्दी बचत खातामा ग्राहकहरुले वार्षिक ८.०३ प्रतिशतको उच्च व्याजदरका साथसाथै ७ लाख रुपैयाँ सम्मको निःशुल्क बीमा सुविधा प्राप्त गर्न सक्नेछन । यस खातामा १ लाखसम्मको स्वास्थ्य बीमा, १ लाखसम्मको विभिन्न १८ घातक रोगको बीमा र ५ लाख सम्मको दुर्घटना बीमाको व्यवस्था रहेको छ । शताब्दी बचतखाता खोल्दा ग्राहकहरुलाइ मोबाइल बैंकिंग, इन्टरनेट बैंकिङ्ग, भिषा डेबिट कार्ड, लकर सेवा, डिम्याट खाता र मेरो शेयर निःशुल्क प्रदान गरिने छ ।…

पुरा पढ्नुहाेस्