जेठ १४, काठमाण्डौ । शिक्षा विकास तथा समन्वय इकाइ चितवनले शनिबार र आइतबार गरी हप्तामा दुई दिन विदा सबै विद्यालयमा लागू गर्न निर्देशन दिएको छ । इकाइले स्थानीय तहका शिक्षा प्रमुख, नेपाल शिक्षक महासंघ चितवन एवं प्याब्सन चितवनको संयुक्त बैठकबाट हप्ताको दुई दिन विदा कार्यन्वयन गर्ने÷गराउने निर्णय भएको भन्दै विद्यालयमा पत्राचार गरेको छ ।
Read MoreCategory: शिक्षा/स्वास्थ्य
शिक्षा र स्वास्थ्य सम्वन्धि ताजा समचार
२७औं दीक्षान्त समारोह दोस्रो चरणमा विभिन्न सङ्कायका गरी एक हजार ७१२ जना दीक्षित हुने
जेठ १४, काठमाण्डौ । काठमाडौँ विश्वविद्यालयका २७औं दीक्षान्त समारोह दोस्रो चरणमा विभिन्न सङ्कायका गरी एक हजार ७१२ जना दीक्षित हुने भएका छन् । आगामी जेठ २० गते विश्वविद्यालयमा स्नातक र स्नातकोत्तर तहमा अध्ययन गर्ने स्वदेशी र विदेशी विद्यार्थी दीक्षित हुने भएका हुन् । कार्यक्रममा कला, शिक्षा, इन्जिनियरिङ, व्यवस्थापन, विज्ञान र चिकित्सा विज्ञान विधाका गरी ११ जना पीएचडी तथा एमफिल ४३ सहित स्नातक र स्नातकोत्तर तहका विद्यार्थी दीक्षित हुनेछन् ।
Read Moreमङ्कीपक्सको सङ्क्रमण देखिए १११५ मा सम्पर्क गर्न आग्रह
जेठ १४, काठमाडौँ । हाल विश्वका विभिन्न देशमा फैलिरहेको सरुवा रोग मङ्कीपक्सप्रति सचेत रहन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आग्रह गरेको छ । नेपाल पनि उक्त रोगको जोखिममा रहेको भन्दै मन्त्रालयले सचेत रहन सबैमा आग्रह गरेको हो । मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले नेपालमा जोखिम भए पनि अहिलेसम्म मङ्कीपक्सका सङ्क्रमित फेला नपरेको बताए । उनले नेपालमा सङ्क्रमण नदेखिए पनि सचेत हुनुपर्ने बताए । यो रोग भाइरसबाट सर्ने सरुवा रोग हो । सङ्क्रमित व्यक्ति वा पशुसँग नजिकको सम्पर्कमा आउँदा जनावरका र्याल, घाउ, खटिरा, शरीरबाट निस्कने तरल पदार्थ र दूषित सतह र सामग्रीबाट…
Read Moreसरकारले पाँचदेखि एघार वर्षसम्मका बालबालिकालाई कोरोना विरुद्धको खोप दिने
जेठ १३, काठमाण्डौ । सरकारले पाँचदेखि एघार वर्षसम्मका बालबालिकालाई कोरोनाविरुद्ध कोभिड–१९ विरुद्धको फाइजर खोप दिइने भएको छ । अमेरिकी सरकारको सहयोगमा कोभ्याक्समार्फत पाँचदेखि एघार वर्षसम्मका बालबालिकालाई कोरोनाविरुद्ध ९कोभिड–१९० विरुद्धको फाइजर खोप दिइने भएको हो । स्वास्थ्य सेवा विभाग व्यवस्थापन महाशाखा अन्तर्गत आपूर्ति व्यवस्थापन शाखाका प्रमुख सुरेश चौरसियाले कोभ्याक्स सुविधामार्फत नेपालले ८४ लाख मात्रा खोप प्राप्त गर्न लागेको जानकारी दिए । उनले सोही कार्यक्रम अन्तर्गत असार महिनाभित्र बालाबालिकाहरुलाई खोपको पहिलो मात्रा दिइने जानकारी दिए ।
Read Moreकाठमाडौं महानगरपालिकाले बिहीबारदेखि कोभिड–१९ विरुद्धको खोप अभियान सञ्चालन
जेठ १२, काठमाडौं । काठमाडौं महानगरपालिकाले बिहीबारदेखि कोभिड–१९ विरुद्धको खोप अभियान सञ्चालन गरेको छ । महानगरपालिकाले एक सूचना जारी गर्दै तीन दिन मोडर्ना र फाइजर खोप दिइने जनाएको छ । महानगरका ३२ वटै वडा कार्यालयका सामुदायिक शहरी स्वास्थ्य क्लिनिक र वडाले तोकेका स्थानमा बिहान १० देखि अपराह्न ४ बजेसम्म खोप लगाइनेछ । पहिलो र दोस्रो डोज लगाएको तीन महिना पूरा भएका १८ वर्षमाथिका सबैलाई मोडर्ना खोप र १२ वर्षदेखि र १७ वर्षसम्मका नागरिकलाई मोडर्ना वा फाइजर खोप दिन सकिने महानगरले जनाएको छ ।
Read Moreजेठ १६ गतेदेखि हुने १२ कक्षाको परीक्षा समय परिवर्तन
जेठ १२, काठमाडौं । जेठ १६ गतेदेखि हुने १२ कक्षाको परीक्षा समय परिवर्तन भएको छ । यसअघि ११ बजेदेखि तोकिएको परीक्षा समय परिवर्तन गरी बिहान ८ बजेदेखि ११ बजेसम्मका लागि तोकिएको छ ।राष्ट्रिय परीक्षा बोर्डले सूचना जारी गरी परिक्षा समय परिवर्तन भएको जनाएको हो । विभिन्न सरोकारवाला निकायको परामर्शका आधारमा परीक्षा समय परिवर्तन गरिएको बोर्डले जनाएको छ ।
Read Moreसामुदायिक विद्यालय र अस्पतालहरुमा जोडिने इन्टरनेटमा ५० प्रतिशत छुट दिने
जेठ १०, काठमाडौ । आगामी आर्थिक वर्षदेखि सरकारले माध्यमिक तहका सामुदायिक विद्यालय र अस्पतालहरुमा जोडिने इन्टरनेटमा ५० प्रतिशत छुट दिने भएको छ । मंगलबार राष्ट्रियसभा र प्रतिनिधिसभालाई संयुक्त सम्बोधन गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले यस्तो बताएकी हुन् । ग्रामीण दूरसञ्चार कोषको उपयोग गरी यो छुट अर्थात सहुलियत प्रदान गरिने छ। साथै सातै प्रदेशका कम्तीमा सय माध्यमिक विद्यालयमा छानिएका विषयहरुमा समान गुणस्तरको शिक्षा उपलब्ध गराउन सूचना प्रविधिको प्रयोग गरिनेछ। त्यसैगरी देशभर उच्च गतिको इन्टरनेट सेवा उपलब्ध गराउन पूर्वाधार विस्तार र पहुँच वृद्धिका कार्यक्रमलाई तिव्रताका साथ कार्यन्वयन गर्ने बताइएको छ। योसँगै नेपालको आफ्नै…
Read Moreसेन्ट लरेन्स कलेजमा छात्रालाई यौन दुर्व्यवहार गर्ने एमाले नेता पक्राउ
जेठ १०,काठमाडौँ । चाबहिलको सेन्ट लरेन्स कलेजमा छात्रालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले क्याम्पसका कोअर्डीनेटरलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा काभ्रे घर भएका जनार्दन अधिकारी छन् । अधिकारी नेकपा एमालेका नेता हुन् । उनी पूर्व सञ्चारमन्त्रीको मिडिया विश्लेषकका पनि नियुक्त भएका थिए । नेकपा एमालेको काभ्रे जिल्ला समितीले उनलाई २०७४ मा प्रदेश सभा सदस्यमा सिफारिस गरेको थियो । सेन्ट लरेन्स कलेजका विद्यार्थीले आन्दोलन गरेपछि प्रहरीले उनलाई पक्राउ गरेको हो । घटनाबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी सुदीप गिरीले बताए । उनले भने–‘यो संवेदनशील विषय हो, हामी अनुसन्धान…
Read Moreसेन्ट लरेन्स कलेजका विद्यार्थी आन्दोलित ! शिक्षक अधिकारीमाथी यौन दुर्व्यवहारको आरोप
जेठ १०,काठमाडौँ । आफ्नै शिक्षकले यौन दुर्व्यवहार गरेको भन्दै सेन्ट लरेन्स कलेज चाबहिलका विद्यार्थी आन्दोलित भएका छन् । कलेजका कोअर्डिनेटर जनार्दन अधिकारीले कक्षा ११ र १२ मा पढ्ने किशोरीहरूलाई यौन दुर्व्यवहार गर्ने गरेको विद्यार्थीले आरोप लगाएका छन् । कोअर्डिनेटर अधिकारीले पटकपटक यौन दुर्व्यवहार गरेको भन्दै कक्षा ११ र १२ मा पढ्ने विद्यार्थीहरूले यतिबेला प्रहरी वृत्त गौशाला अगाडि विद्यालय पोसाकमै प्रदर्शन गरेका छन् । दुर्व्यवहारबारे विद्यालयलाई जानकारी गराउँदा समेत विद्यालयले ती शिक्षकलाई कारबाही नगरेको भन्दै विद्यार्थीहरूले प्रदर्शनी गरेका हुन् । कलेजका कोअर्डिनेटरसमेत रहेका अधिकारीले आफूसँगै सुत्न र त्यसो नगरे रेस्टिकेट गरिदिनेसम्मको…
Read Moreमंकीपक्स संक्रमित देशबाट नेपाल आउनेलाई क्वारेन्टिन बस्न आग्रह
जेठ १०, काठमाडौँ । सरकारले मंकीपक्स भाइरसको संक्रमण नेपालमा पनि फैलनसक्ने भन्दै उच्च सतर्कता अपनाउन आग्रह गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विश्वमा मंकीपक्सको संक्रमण फैलिरहेकोले नेपालमा पनि सम्भावित खतरा हुनसक्ने भन्दै त्यसतर्फ सचेत रहेर स्वास्थ्य शतर्कता अपनाउन सरकारले नागरिकलाई आग्रह गरेको हो । स्वास्थ्य मन्त्रालयले मंकीपक्स संक्रमण फैलिएका मुलुकबाट नेपाल भित्रने स्वदेशी तथा विदेशी नागरिकहरूलाई दुई हप्ता क्वारेन्टिन बस्न आग्रह गरेको छ । मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले मंकीपक्सको संक्रमणबाट बच्न व्यक्तिगत सरसफाई र क्वारेन्टाइनमा बस्ने कुरालाई ध्यान दिनुपर्ने बताए । सकेसम्म बाहिरी कुनै पनि सामानहरू नछुने र…
Read More