धनुषामा श्रीमतीको हत्या गरी घरमै खाल्डो खनेर शव लुकाउने श्रीमान् र जेठाजु पक्राउ

बैशाख १०, काठमाण्डौँ । धनुषामा श्रीमतीको हत्या गरेको आरोपमा श्रीमान् र जेठाजु पक्राउ परेका छन् । सात महिनाअघि श्रीमतीको हत्या गरी फरार रहेका दुवै जनालाई धनुषा प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेमा धनुषाको सहिदनगर नगरपालिका–७ नेमुवाटोलका ५५ वर्षीय सुदीप ठाकुर र ६० वर्षीय उदित ठाकुर रहेका छन् । दुवैमाथि ४५ वर्षीया रेखादेवी ठाकुरको हत्या गरेको आरोप छ । पक्राउ परेका सुदीप रेखादेवीका श्रीमान् तथा उदित जेठाजु रहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक रञ्जन अवालेले जानकारी दिए । गत वर्ष कात्तिक १० गते रेखादेवीको उनका श्रीमान् सुदीपसँग…

पुरा पढ्नुहाेस्

मोबाइल चार्ज गर्दा करेन्ट लागेर बालकको निधन

बैशाख १०, काठमाडौँ । लालीगुराँस नगरपालिका–५ दागपा, तेह्रथुममा मोबाइल चार्ज गर्दा करेन्ट लागेर एक बालकको मृत्यु भएको छ । शनिबार राति साढे सात बजे फोन चार्ज गर्ने क्रममा पिनमा औंला गएपछि करेन्ट लाग्दा नौ वर्षीय सुदीप लिम्बुको निधन भएको हो । इलाका प्रहरी कार्यालय बसन्तपुरका प्रमुख इन्सपेक्टर खगेन्द्र एकटेलका अनुसार करेन्ट लागेर घाइते भएपछि बालकलाई उपचारका लागि जिल्ला अस्पताल तेह्रथुम लैजाँदै गर्दा बाटोमै मृत्यु भएको थियो । इन्सपेक्टर एकटेलले बालबालिका वा अभिभावकले फोन चार्ज गर्ने क्रममा ध्यान दिन समेत आग्रह गरेका छन् ।

पुरा पढ्नुहाेस्

आजको मौसम : यी प्रदेशमा वर्षा र हावाहुरीको सम्भावना

बैशाख १०, काठमाडौँ । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार सोमबार गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रही कोशी, मधेस र बागमती प्रदेशमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने छ । गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका थोरै स्थानहरूमा तथा कोशी र बाग्मती प्रदेशको पहाडी भूभागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ । कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा हल्का हिमपातको…

पुरा पढ्नुहाेस्

मुखियापट्टी मुसहरनिया गाउँपालिकाको अत्यन्तै जरुरी सूचना

बैशाख ९, काठमाण्डौँ । मुखिया पट्टी गाउँपालिकाले एक सूचना जारी गर्दै गाउँपालिका क्षेत्रभित्र सम्बन्धित निकायको स्वीकृति तथा अनुमति नलिइकन सञ्चालनमा रहेका निजी विद्यालय एवम् कोचिङ सेन्टरहरुले शैक्षिक शत्रमा विद्यार्थीहरुको नामाङ्कन गर्नु अगाडी जानकारी गराउन आग्रह गरेको छ । कुनै नगरपालिका गाउँपालिकामा सञ्चालित विद्यालय कोचिङ सेन्टरहरुले यातायतको साधन बस, अटो रिक्सा पालिका क्षेत्र भित्र गुडाउँदा तथा विद्यार्थीहरू ओसारपसार गर्नु पूर्व गाउँ कार्यपालिकाको कार्यालयमा जानकारी गराउ पनि आग्रह ग।िरएको छ । साथै सूचनालाई वेवास्ता गरी नामाङ्कन गराएमा ओसारपसार गराईएको पाइएमा कानून अनुसार कारवाहि प्रकृया अगाडि बढाईने सूचनामा उल्लेख छ ।

पुरा पढ्नुहाेस्

नेपाल मेडिकल कलेजको एनआइसियूको स्तरोन्नति

बैशाख ९, काठमाण्डौँ । नेपाल मेडिकल कलेजको एनआइसियूको स्तरोन्नति गर्दै नयाँ वेड थप गरिएको छ । नवजात शिशुहरुको उपचारका लागि सञ्चालित १० वेडको एनआइसियूमा १४ वटा नयाँ वेडहरु थप गरि २४ वटा पुर्याइएको हो । शुक्रबार कलेजका प्रबन्ध निर्देशक प्रा।डा। जैनुद्धिन अन्सारीले थप गरिएका नयाँ वेडहरुको उद्घाटन गर्दै सघन उपचार आवश्यक नवजात शिशुहरुलाई गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्न नयाँ एनआइसियू वेडहरु थप गरिएको बताए । समय अगाडी जन्मने शिशुहरु, कठिन अवस्थामा जन्म लिएका शिशुहरु तथा जन्मजातै कुनै रोगको शिकार भएका शिशुहरुलाई २४ सैं घण्टा विशेषज्ञ चिकित्सकको प्रत्यक्ष निगरानीमा राखेर उपचार…

पुरा पढ्नुहाेस्

नक्कली भुटानी शरणार्थी प्रकरणमा १० प्रतिवादीको मुद्दामा आज अन्तिम सुनुवाइ हुँदै

बैशाख ९, काठमाडौँ । नक्कली भुटानी शरणार्थी प्रकरणमा पुर्पक्षका लागि थुनामा रहेका १० प्रतिवादीको रिटमा सर्वोच्च अदालतमा आज सुनुवाइ हुँदैछ । नक्कली भुटानी शरणार्थी प्रकरणका अभियुक्त आङटावा शेर्पाले गएको माघ १४ गते बन्दी प्रत्यक्षीकरण रिट दायर गरेका थिए । त्यसपछि बाँकी नौ अभियुक्तले क्रमशः बन्दी प्रत्यक्षीकरण रिट दर्ता गरेका थिए । पछिल्लो पटक चैत २५ मा न्यायाधीशद्वय कुमार रेग्मी र टेकप्रसाद ढुंगानाको इजलासमा परेको प्रतिवादीको रिट ‘हेर्दाहेर्दै’ मा राखिएको थियो ।

पुरा पढ्नुहाेस्

वीरगञ्ज आदर्शनगर ट्रान्सपोर्टमा प्रहरी छापा : लाखौँ मूल्यका भन्सार छलीका सामग्री बरामद

दिपू वर्णवाल बैशाख ९, वीरगञ्ज । वीरगञ्ज महानगरपालिका – १० आदर्शनगरस्थित श्री दुर्गा क्यारियर ट्रान्सपोर्टमा सशस्त्र प्रहरी र वीरगञ्ज भन्सार कार्यालयले संयुक्त रूपमा छापा मारी गरेर लाखौँ मूल्य बराबरको भन्सार छलीका सामग्री बरामद गरेको छ । सशस्त्र प्रहरी बल नेपाल नम्बर १३ गण वीरगञ्जका प्रवक्ता एवम् सशस्त्र प्रहरी नायव उपरीक्षक डिएसपी देवेन्द्र बहादुर सिंहका अनुसार प्रस्तावित सीमा सुरक्षा गुल्म वीरगञ्जका प्रमुख डिएसपी सुरज रिजाल नेतृत्वको टोलीले वीरगञ्ज भन्सार कार्यालयसँग मिलेर शनिबार श्री दुर्गा ट्रान्सपोर्टमा छापा मारी गरेर ५० लाख रुपैयाँ बराबरको भन्सार छलीका सामग्री बरामद गरेको हो । छापामारी गर्दै…

पुरा पढ्नुहाेस्

मकवानपुरमा टिपरको ठक्करबाट घाइते भएका एक पुरुषको मृत्यु

बैशाख ९, काठमाण्डौँ । मकवानपुरको हेटौंडामा टिपरको ठक्करबाट घाइते भएका एकजना पुरुषको मृत्यु भएको छ । मृत्यु हुनेमा हेटौंडा उपमहानगरपालिकावडा नम्बर ११ थानाभर्‍याङ बस्ने ५५ बर्षका भिम बहादुर बिडारी रहेका छन् । शनिवार साँझ हेटौँडा १० स्थित बसपार्क पिपलबोटमा बसपार्कबाट कर्रातर्फ जाँदै गरेको प्र।२–०३–००१ ख ६८५४ नं टिपरले बाप्र ०३–००५ प ३५११ नम्बरको स्कुटरलाई ठक्कर दिएको थियो । टिपरको ठक्करबाट दाँया हात र शरिरका विभिन्न भागमा चोट लागेका बिडारीको उपचारको क्रममा मृत्यु भएको हो ।

पुरा पढ्नुहाेस्

पाल्पा र गुल्मीमा डढेलो निभाउने क्रममा चार जना घाइते

बैशाख ९, पाल्पा । सामुदायिक र राष्ट्रिय वनमा लागेको डढेलो निभाउने क्रममा पाल्पा र गुल्मीमा चार जना घाइते भएका छन् । शनिबार दिउँसोदेखि महाभारत क्षेत्रमा लागेको डढेलो निभाउने क्रममा पाल्पाको रैनादेवी छहरा–१ सिद्धेश्वरका ५५ वर्षीय टोपबहादुर बुढा गम्भीर घाइते भएका छन् । स्थानीय स्वास्थ्य संस्थामा उपचारपछि थप उपचारका लागि तानसेनस्थित मिसन अस्पतालमा रिफर गरिएको रैनादेवी छहरा–१ सिद्धेश्वरका वडाध्यक्ष सोमबहादुर दर्लामीले बताए । माथागढी गाउँपालिका–४ झडेवा जामुनडाँडामा डढेलो निभाउने क्रममा ६५ वर्षीय पूर्णबहादुर कामु मगर घाइते भएको वडाध्यक्ष शंकर दर्लामीले जानकारी दिए । कामु मगरको अवस्था भने सामान्य रहेको छ ।

पुरा पढ्नुहाेस्

आज महावीर जयन्ती तथा अहिंसा दिवस मनाइँदै

बैशाख ९, काठमाडौँ । आज २६२३औँ महावीर जयन्ती तथा अहिंसा दिवस मनाइँदै छ । हरेक वर्षको चैत्र शुक्ल त्रयोदशीका दिन नेपाललगायत विश्वभर छरिएर रहेका जैन धर्मावलम्बीद्वारा विभिन्न कार्यक्रमहरू आयोजना गरी महावीर जन्मजयन्ती मनाउने गरिन्छ । महावीरले आफ्ना अनुयायीहरूका लागि मोक्षका पाँच मार्ग अहिंसा, सत्य, अचौर्य, ब्रह्मचारी र अपरिग्रहका सिद्धान्तहरू परिपालन गरेका थिए। नेपालमा वैदिक, बौद्ध, जैन, शिखलगायतका समुदायबाट प्रत्येक वर्ष उत्साहपूर्वक महावीर जयन्ती मनाउने गरिएको छ । दुई हजार ६२२ वर्षअघि यसैदिन वैशालीको क्षत्रीय कुण्डग्रामका अधिपति राजा सिद्धार्थ एवं रानी त्रिशलाको छोराका रूपमा महावीरको जन्म भएको थियो । राजकीय सुखसुविधा…

पुरा पढ्नुहाेस्