पाकिस्तानमा चट्याङ र वर्षाका कारण ४१ जनाको मृत्यु

बैशाख ४, काठमाण्डौँ । पाकिस्तानमा शुक्रबारदेखि आइतबारसम्ममा चट्याङ, हावाहुरी र वर्षाका कारण कम्तीमा ४१ जनाको मृत्यु भएको अधिकारीहरूले सोमबार जानकारी दिएका छन् । मृतकमध्ये २८ जनालाई चट्याङ लागेको थियो । पाकिस्तानको राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरण एनडिएमएले आगामी दिनमा थप वर्षा हुने भएकाले पहिरो र आकस्मिक बाढीको चेतावनी दिएको छ ।पाकिस्तानको सबैभन्दा ठूलो र बढी जनसंख्या भएको प्रान्त पञ्जाबमा शुक्रबारदेखि आइतबारसम्म चट्याङ लागेर २१ जनाको मृत्यु भएको छ । ‘मैले एनडिएमएलाई प्रान्तहरूसँग समन्वय गर्न भनेको छु। र एनडिएमएले क्षति भएका क्षेत्रहरूमा राहत सामग्री प्रदान गर्न,’ प्रधानमन्त्री शहबाज शरिफले सोमबार भने ।…

पुरा पढ्नुहाेस्

भारतले बंगलादेशलाई दियो ईद उपहारमा जमिन ! दुई देशबीच ५० वर्षपछि जमिन आदानप्रदान

बैशाख १, काठमाण्डौँ । भारत र बंगलादेशबीच ५० वर्षपछि जमिन आदानप्रदान भएको छ । बंगलादेशका जनताले यसलाई ईद उपहार भनेका छन् । भारतले सीमावर्ती ठाकुरगाउँको रानीशंकोई उपजिल्लाको ५६८६ एकड जमिन बंगलादेशलाई हस्तान्तरण गरेको हो । जवाफमा भारतले पनि बंगलादेशबाट १४.६८ एकड जमिन अधिग्रहण गरेको छ । भारतीय पक्षबाट बीएसएफ सीमा सुरक्षा बल र बंगलादेश पक्षबाट बीजीबी बोर्डर गार्ड बंगलादेशबीच झण्डा बैठकमा भूमि आदानप्रदान भएको थियो ।

पुरा पढ्नुहाेस्

युक्रेनको राजधानी किभमा रहेको ठूलो विद्युत केन्द्रमा रुसको आक्रमण

चैत्र ३०,काठमाडौँ । रुसले युक्रेनको राजधानी किभमा रहेको ठूलो विद्युत केन्द्र, ट्रिपिल्या पावर प्लान्टमा आक्रमण गरी पूर्ण नष्ट गरेको छ । राजधानी किभसहित युक्रेनको तीन ठूला शहरमा बिजुली पुर्याईरहेको विद्युत् केन्द्रमा क्षति पुगेको एउटा ठूलो पावर प्लान्टमा आक्रमण भएको ऊर्जा कम्पनी सेन्टर एनर्गोले पुष्टि गरेको छ । आक्रमणका कारण विनाशको मात्रा डरलाग्दो रहेको कम्पनीले जनाएको बीबीसीको खबरमा उल्लेख छ । रुसले लामो समयदेखि युक्रेनको ऊर्जा प्रणालीलाई जानाजानी आक्रमणको निशाना बनाउँदै आएको छ । रुसले हिजो गरेको आक्रमणमा ट्रान्सफर्मर, टर्बाइन, जेनेरेटरमा क्षति पुग्नुका साथै पावर प्लान्ट पूर्ण रूपमा नष्ट भएको हो…

पुरा पढ्नुहाेस्

भारतबाट झण्डै छ हजार कामदार इजरायल जाने

चैत्र २९,काठमाडौँ । यस वर्ष अप्रिल र मे महिनामा भारतबाट झण्डै छ हजार कामदार इजरायल जाने भएका छन् । २०२३ अक्टोबरदेखि गाजामा इजरायली आक्रमणका कारण इजरायलले श्रमिक अभावको समस्या सामना गरिरहेका कारण भारतबाट श्रमिक लैजाने इजरायलको प्रधानमन्त्री कार्यालयले जनाएको छ । द्वन्द्व शुरु हुनुअघि प्यालेस्टिनी क्षेत्रबाट ठूलो सङ्ख्यामा मानिस काम गर्न इजरायल गएका थिए । वेस्ट बैंकका झण्डै ८० हजार र गाजाका १७ हजार मानिस कामका लागि इजरायल जाने गर्थे । तर अक्टोबर ७ देखि यस क्षेत्रबाट श्रमिक आवतजावत बन्द भएको छ । भारतीय कामदारलाई हवाई जहाजबाट अनुदानमा इजरायल लगिने…

पुरा पढ्नुहाेस्

लाखौँ मानिसद्धारा सन् २०२४ को पहिलो खग्रास सूर्य ग्रहण अवलोकन

चैत्र २७,काठमाडौँ । उत्तर अमेरिकाको मेक्सिकोदेखि क्यानडाका लाखौँ मानिसले आश्चर्य र उत्साहका साथ सन् २०२४ को पहिलो खग्रास सूर्य ग्रहण हेरेका छन् । पृथ्वी र सूर्यकोबीचमा चन्द्रमा घुम्दा सूर्यग्रहण लागेको हेरेका धेरै मानिसले दिनमै रात परेको यो एक अद्वितीय घटना भएको बताएका बीबीसीले जनाएको छ । यो ग्रहण मेक्सिकोको तटबाट शुरु भई सम्पूर्ण उत्तर अमेरिकी महादेशमा फैलिएर क्यानाडाको न्यू फाउन्ड ल्याण्डमा पुगेर सकिएको थियो । न्युयोर्कको नियाग्रा फल्समा रहेको बादलमा पनि ग्रहणको प्रभाव परेको खबरमा उल्लेख छ । एशियाली देशबाट भने ग्रहण देखिएको थिएन । चन्द्रमा सूर्य भन्दा पृथ्वीको ४…

पुरा पढ्नुहाेस्

मोजाम्बिकमा डुङ्गा पल्टिँदा ९१ जनाको ज्यान गयो, ३४ जना बेपत्ता

चैत्र २६, काठमाण्डौँ । मोजाम्बिकको उत्तरी प्रान्त नामपुलामा डुङ्गा पल्टिँदा कम्तीमा ९१ जनाको ज्यान गएको छ । मोजाम्बिक टापु नजिकै मानिसहरूले भरिएको डुङ्गा पल्टिँदा कम्तीमा ९१ जनाको ज्यान गएको र ३४ जना हराइरहेका सरकारी रेडियो मोजाम्बिकलाई उद्धृत गर्दै चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ । पाँच जना जीवितै भेटिएका छन् । ज्यान गुमाउनेहरूमा धेरैजसो बालबालिका छन् । नामपुला प्रान्तका राज्य सचिव जेमे नेटोले मोसुरिल जिल्लाबाट प्रस्थान गरेको यो डुङ्गामा एक सय ३४ जना यात्रु सवार थिए । हैजाको प्रकोपबारे गलत जानकारी फैलिएपछि मानिसहरू हतार–हतार गएर आफ्नो गाउँ छाड्ने क्रममा दुर्घटना…

पुरा पढ्नुहाेस्

अमेरिकाको फ्लोरिडामा गोली चल्दा २ जनाको मृत्यु, ७ घाइते

चैत्र २६, काठमाण्डौँ । संयुक्त राज्य अमेरिकाको फ्लोरिडा राज्यको उपनगर ‘मियामीमा’ गोली चल्दा दुई जनाको मृत्यु हुनुको साथै अन्य सात जना घाइते भएको स्थानीय कानून प्रवर्तन अधिकारीले बताएका छन् । मियामीको मनोरञ्जनस्थल सिटीप्लेस डोरालको बारमा बिहान सबेरै ग्राहकहरूबीच झगडा भएपछिसुरक्षा गार्ड, प्रहरी अधिकारी र बन्दुकधारीबीच गोली हानाहान भएको थियो । उक्त घटनामा बन्दुकधारी र सुरक्षा गार्डको मृत्यु भएको छ । डोराल शहरका एक प्रहरी अधिकारी र अन्य छ जनालाई गोली लागेको छ । घाइते प्रहरी अधिकारीलाई अस्पतालबाट डिस्चार्ज गरिएको छ भने दुई जनाको अवस्था गम्भीर रहेको बताइएको छ ।

पुरा पढ्नुहाेस्

वोरिङको पानी पिउँदा ५ बालबालिकाको मृत्यु !

चैत्र २४, काठमाण्डौँ । पाकिस्तानको सिन्ध प्रान्तस्थित संघर जिल्लामा बेरिङको दूषित पानी पिउँदा पाँच बालबालिकाको मृत्यु भएको छ । हाते पम्पबाट तानिएको दूषित पानीसेवन गर्दा चारदेखि आठ वर्ष उमेर समूहका बालबालिकाको मृत्यु भएको पाकिस्तान टुडेले जनाएको छ । विषाक्त पानी सेवनपछि तुरुन्तै उनीहरूलाई अस्पताल लगिएको अधिकारीले जनाएका छन् । उनीहरूमा ज्वरो, बान्तालगायत असहजताको सामना गरेको उपचारको क्रममा बताएका थिए । उपचारको क्रममा अस्पतालमा नै मृत्यु भएको हो । घटनापछि स्वास्थ्य अधिकारीसहितको एक टोली पानीको परीक्षण गर्न उक्त गाउँ पठाइएको थियो । जिल्ला स्वास्थ्य अधिकारीले पानीमा हानिकारक पदार्थ रहेको प्रमाणित गरेपछि…

पुरा पढ्नुहाेस्

वर्ड फ्लुको सङ्क्रमण कोरोनाभन्दा कति गुणा बढी खतरनाक हुन्छ ?

चैत्र २४, काठमाण्डौँ । वर्ड फ्लुको सङ्क्रमण द्रुत रूपमा महामारीको रूप लिन सक्ने र यसबाट हुने मृत्युदरलाई विचार गर्दा यो कोरोना महामारीभन्दा सय गुणा बढी खतरनाक साबित हुन सक्नेछ । एच५एन१ भाइरस गम्भीर अवस्थातर्फ गइरहेको र यसले विश्वव्यापी महामारी निम्त्याउन सक्ने ठुलो डर रहेको दाबी वैज्ञानिकहरूको दाबी छ । पिट्सबर्गमा वर्ड फ्लुबारे अनुसन्धान गरिरहेका एक वैज्ञानिकले यस्तो चेतावनी दिएका हुन् । एच५एन१ भाइरसले मानिसलगायत धेरै स्तनधारी जीवहरूलाई सङ्क्रमण गर्न सक्ने चेतावनी वैज्ञानिक डा सुरेश कुचिपुडीले दिएका छन् । कुचिपुडीका अनुसार भाइरस महामारी निम्त्याउन सक्ने दिशामा सर्दै गएको छ । वर्ड…

पुरा पढ्नुहाेस्

इरानको दक्षिणपूर्वी क्षेत्रमा भएको भिडन्तमा २८ जनाको मृत्यु

चैत्र २३, काठमाण्डौँ । इरानको दक्षिणपूर्वी प्रान्त सिस्तान र बलुचिस्तानमा बुधबार राति भएको भीषण झडपमा परी कम्तीमा २८ जनाको मृत्यु भएको इरानको सरकारी समाचार संस्था इरनाले जनाएको छ । जैश अल–जुल्म नामक लडाकू समूहका सदस्यहरूले यस क्षेत्रका सेना र प्रहरीका कार्यालयहरूमा आक्रमण गरेपछि हिंसा भड्किएको थियो । रिपोर्टका अनुसार रास्क काउन्टीमा इरानको ‘इस्लामिक रिभोल्युसनरी गार्ड्स कोर आईआरजीसी’ को एक सैन्य चौकी, आईआरजीसी मुख्यालय र चाबहार काउन्टीमा कोस्टगार्ड प्रहरी कार्यालयलाई लक्षित गरी आक्रमण गरिएको थियो ।

पुरा पढ्नुहाेस्