थप १ हजार १८ जनामा डेंगु सङ्क्रमण !

आश्विन २१,काठमाडौँ । पछिल्लो २४ घण्टामा थप १ हजार १८ जनामा डेंगु सङ्क्रमण पुष्टि भएको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडिसिडि)को तथ्याङ्क अनुसार २४ घण्टामा एक हजार १८ जना डेंगु सङ्क्रमित थपिनुका साथै एक जना सङ्क्रमितको मृत्यु भएको छ । योसँगै नेपालमा डेंगु सङ्क्रमणबाट ४२ जनाको मृत्यु हुनुका साथै ३१ हजार १५१ जनामा डेंगु पुष्टि भएको ईडिसिडिको तथ्याङ्कमा उल्लेख गरिएको छ । चिकित्सकका अनुसार डेंगुको ज्वरो एडिस जातको लामखुट्टेको टोकाइबाट सर्ने एक प्रकारको सरुवा रोग हो । एडिस जातका लामखुट्टेले घाम उदाएको दुई घण्टापछि र घाम अस्ताउनुभन्दा दुई…

Read More

उम्मेदवारले १८ बुँदे स्वघोषणा पत्रमा हस्ताक्षर गर्नुपर्ने

आश्विन २१,काठमाडौँ । यही असोज २३ गते आइतवार हुने मनोनयन दर्ताका क्रममा उम्मेदवारले १८ बुँदे स्वघोषणा पत्रमा हस्ताक्षर गर्नुपर्ने भएको छ । निर्वाचन आयोगले आज शुक्रवार विज्ञप्ति निकालेर मङ्सिर ४ गते हुने चुनावका लागि उम्मेदवारले मनोनयनपत्रसँगै स्वघोषणा पत्रमा हस्ताक्षर गर्नुपर्ने जनाएको छ । आयोगका अनुसार उम्मेदवारले आफू नेपालको संविधानप्रति पूर्ण निष्ठावान् रहेको, २५ वर्ष उमेर पूरा भएको नेपाली नागरिक भएको स्वघोषणा गर्नुपर्ने छ । उम्मेदवार कुनै सङ्घीय कानुनले अयोग्य नभएको, सरकारी कोषबाट पारिश्रमिक वा आर्थिक सुविधा पाउने गरी कुनै लाभको पद धारण नगरेको, कुनै पनि सरकारी निकायलाई कुनै जिन्सी वा…

Read More

नेपालको आर्थिक वृद्धिदर ५.८ प्रतिशत हुने विश्व बैंकको संशोधित अनुमान

आश्विन २१,काठमाडौँ । विश्व बैंकले नेपालको चालु आर्थिक वर्षमा नेपालको वृद्धिदर ५ दशमलव ८ प्रतिशत हुने संशोधित अनुमान सार्वजनिक गरेको छ । बैंकले सार्वजनिक गरेको ‘साउथ एसिया इकोनोमिक फोकस’ मा यसअघि गरिएको ३ दशमलव ७ प्रतिशतमात्र रहने प्रक्षेपणलाई संशोधन गरी यो वर्ष ५ दशलमव ८ प्रतिशत वृद्धिदर पुग्ने उल्लेख छ । कोरोनाविरुद्धको खोप अभियान प्रभावकारी बनेको, सीमा नाकाबाट व्यापार सहज भएको र लगानीका लागि कर्जा प्रवाहको अवस्थालाई मध्यनजर गरेर नेपालको आर्थिक वृद्धिदर ५ दशमलव ८ प्रतिशत पुग्ने प्रक्षेपण गरिएको विश्व बैंकले जनाएको छ । यसलाई निकै महत्त्वपूर्ण उपलब्धिका रूपमा लिन…

Read More

एमाले नेतृ गंगा चौधरीले स्वतन्त्र उम्मेदवारी दिने

नेकपा एमालेकी नेतृ गंगा चौधरी सत्गौवाले स्वतन्त्र उम्मेदवारी दिने घोषणा गरेकी छन् । चौधरी दाङ १ बाट प्रतिनिधिसभा सदस्यमा उम्मेदवार हुने दौडमा थिइन् । तर एमाले नेतृत्वले शान्ता चौधरीलाई उम्मेदवार बनाउने तयारी गरेपछि चौधरी असन्तुष्ट बनेकी हुन् । संघमै दाबी गरेका रेवतीरमण शर्मालाई भने प्रदेशमा उम्मेदवार बनाउने तयारी एमालेको छ । निवर्तमान सांसद समेत रहेकी चौधरीले क्षेत्र नम्बर १ मै स्वतन्त्र उम्मेदवारी दिने बताएकी छन् । ‘मेरो निर्वाचन क्षेत्रबाट म भन्दा क्यापेबल अर्को उम्मेदवार छैन । अझ बाहिरबाट ल्याएर उम्मेदवार बनाएपछि मैले स्वतन्त्र उम्मेदवारी दिने निर्णय लिएकी हुँ’, चौधरीले अनलाइनखबरसँग भनिन्…

Read More

सन्दीपलाई क्रिकेट संघका अध्यक्ष चन्दले भेटे

आश्विन २१,काठमाडौँ । प्रहरीको कस्टडीमा रहेका क्रिकेटर सन्दीप लामिछानेलाई क्रिकेट संघका अध्यक्षले भेटेका छन् । प्रहरी वृत्त गौशालास्थित हिरासतमा गएर नेपाल क्रिकेट संघ (क्यान)का अध्यक्ष चतुर बहादुर चन्दले उनीसँग भेट गरेका हुन् । शुक्रवार बिहान सन्दीपलाई भेट्न चन्द गौशाला पुगेको जिल्ला प्रहरी परिसर काठमाडौँका एक जना अधिकृतले बताए । भदौ २३ मा क्यानको कार्यसम्पादन समितिको बैठकले सन्दीपलाई राष्ट्रिय टिमबाट निलम्बन गर्ने निर्णय गरेको थियो । लामिछाने विरुद्ध प्रहरी वृत्त गौशालामा १७ वर्षीया किशोरीले भदौ २१ मा जबरजस्ती करणीको कसुरमा जाहेरी दिएकी थिइन् । विदेशमा क्रिकेट खेलिरहेका सन्दीप आफूविरुद्ध पक्राउ पुर्जी…

Read More

सत्ता गठबन्धनको बैठकबीच लोसपा नेताहरु बालुवाटार प्रवेश

आश्विन २१,काठमाडौँ । सत्ता गठबन्धनसँग चुनावी तालमेलका लागि लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का नेताहरु बालुवाटार पुगेका छन् । पार्टी दलीय सत्ता गठबन्धनबाट जसपा बाहिरिएपछि लोसपाका नेताहरु बालुवाटार पुगेका हुन् । कांग्रेस, माओवादी, एकीकृत समाजवादी र राष्ट्रिय जनमोर्चा सम्मिलित गठबन्धनसँग चुनावी तालमेलका लागि लोसपाका वरिष्ठ नेता शरदसिंह भण्डारी, नेता अनिल झापा र जितेन्द्र सोनल बालुवाटार पुगेका हुन् । सिट बाँडफाँट टुंग्याउन कांग्रेस, माओवादी, एकीकृत समाजवादी र राष्ट्रिय जनमोर्चाका नेताहरुबीच विहान ९ बजेदेखि बालुवाटारमा बैठक जारी छ । बैठककै बीचमा लोसपा नेता बालुवाटार प्रवेश गरेको माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालका स्वकीय सचिव रमेश…

Read More

पूर्वबाट मौसममा केही सुधार, पश्चिममा ठूलो पानी पर्ने

आश्विन २१,काठमाडौँ । हिजो दिनभरी लगातार झरी परे पनि काठमाण्डौ उपत्यकासहित आसपासका क्षेत्रमा बिहानदेखि झरी रोकिएको छ । पानी पार्ने प्रणाली पश्चिमतर्फ सरेसँगै काठमाण्डौसहित आसपासका क्षेत्रमा घाम लागेको छ । बिहान घाम लागे पनि दिउँसो पछि भने हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आजदेखि पूर्वबाट मौसममा केही सुधार देखिएको तर पश्चिममा ठूलो पानी पर्ने मौसमविद् सञ्जिब अधिकारीले जानकारी दिए । उहाँका अनुसार सुदूरपश्चिम, कर्णाली, र लुम्बिनी प्रदेशमा भोलिसम्म नै ठूलो वर्षाको सम्भावना छ । मौसमविद् अधिकारीका अनुसार काठमाण्डौमा भने हिजो अस्तिको जस्तो पानी…

Read More

बारा बस दुर्घटना: ज्यान गुमाउनेको संख्या १७ पुग्यो

आश्विन २१,काठमाडौँ । पूर्व–पश्चिम राजमार्गअन्तर्गत बाराको तीन नम्बर पुल नजिक हिजो भएको बस दुर्घटनामा ज्यान गुमाउनेको संख्या १७ पुगेको छ । भरतपुर अस्पतालमा गएराति बारा कलैयाकी १२ वर्षीया कृतिका चौधरीको ज्यान गएपछि मृतकको संख्या १७ जना पुगेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरीक्षक बामदेव गौतमले जानकारी दिए । हिजो हेटौंडा र चितवनका अस्पतालमा गरी १६ जनाले ज्यान गुमाएका थिए । ज्यान गुमाएका सबै १७ जनाको परिचय खुलेको छ । हेटौंडा अस्पतालमा ल्याइएका मृतकको शव पोष्टमार्टम गरी आफन्तले बुझेका छन् । घाइतेमध्ये २१ जनाको चितवन, आठ जनाको वीरगञ्ज र पाँच जनाको…

Read More

झरीले प्रभावित भएको भन्दै निर्वाचन तालिका फेर्न दबाब

आश्विन २१,काठमाडौँ । केही राजनीतिक दलले प्रत्यक्षतर्फको मनोनयन दर्ताको कार्यतालिका फेरबदल गर्न निर्वाचन आयोगमा ‘दबाब’ दिन थालेका छन् । केही दिनदेखि परेको झरीका कारण कार्यक्षेत्रमा जान ढिलाई भएको भन्दै उनीहरुले कार्यतालिका परिमार्जन गर्न आग्रह गरेका हुन् । निर्वाचन आयोगले प्रत्यक्षतर्फ मनोनयन दर्ताका लागि २३ असोज (आगामी आइतबार) का लागि मिति तोकेको छ । त्यो दिन कार्यालय समयमा इच्छुकहरुले मनोनयनपत्र दर्ता गर्न पाउँछन् । तर सत्ता गठबन्धनले सिट बाँडफाँट टुंग्याएको छैन भने एमाले पनि जनता समाजवादी, राप्रपा लगायतका दलसँग तालेमलको प्रयासमा छ । केही दलका नेताहरुले निर्वाचन तालिका फेरबदल गर्न आयोगका…

Read More

गठबन्धनमा गठजोड मिलाउनै सकस, कांग्रेसमा संस्थापनइतरको चेतावनी

असोज २०, काठमाण्डौँ । सत्तारुढ गठबन्धनका शीर्ष नेताहरुको बैठक अहिले जारी छ । प्रधानमन्त्रीको सरकारी निवास, बालुवाटारमा जारी बैठकमा अधिकतम लचकता अपनाउँदै सहमतिका लागी प्रयास भैरहेको जसपा अध्यक्ष उपेन्द्र यादबले जानकारी दिए । उम्मेदवारी दर्ता गर्ने दिन अब तीन दिन मात्रै बाँकी रहँदा गठबन्धनमा सहमति जुट्न सकेको छैन । कार्यदलका सदस्यहरु समेत सहभागी बैठकमा एकभन्दा बढी दलको दाबी रहेको क्षेत्रहरुमा सहमतिको प्रयास भइरहेको छ । यसैबिच गठबन्धनको बैठकका बसेकै कारण कांग्रेसको कार्यसम्पादन समितिको बैठक बस्न सकेको छैन । विहान ९ बजेका लागी कार्यसम्पादन समिति बैठक बोलाएपनि अहिलेसम्म बैठक बस्न नसकेको…

Read More