अर्थतन्त्रलाई सुधार्ने अर्थसचिव कृष्णहरी पुष्करको उद्घोष ! शेयरबजार चम्कने यसरी गरे संकेत !

पुरा पढ्नुहाेस्

यश कुमार र मेचु धिमालको स्वरमा ‘गाह्रो छ’को म्यूजिक भिडियो सार्वजनिक

काठमाडौँ । गायक यश कुमार र गायिका मेचु धिमालको स्वर रहेको ‘गाह्रो छ’को म्यूजिक भिडियो सार्वजनिक भएको छ । गीतमा बेगम नेपालीको शब्द, ऋषि खड्काको संगीत, कमल सौरागको एरेन्ज र कुमार रानाको मिक्सिङ र मास्टरिङ छ । भिडियोमा रियाशा दाहाल र बेगम नेपाली ‘भटभटे माइला’ फिचर्ड छन् । रोमान्टिक फ्लेभरको गीतमा रियाशा र बेगमको जोडी निकै सुहाएको छ । रियाशा र बेगम टेलिफिल्म ‘गाह्रो छ हो’मा रुचाइएका जोडी हुन् । भिडियो बेगम फिल्मस्को व्यानरमा निर्माण गरिएको हो र भिडियोको छायांकन कुलेखानीमा गरिएको छ । काजिश श्रेष्ठको कोरियोग्राफी र निर्देशन रहेको…

पुरा पढ्नुहाेस्

छक्का पन्जा ४ को ‘सिरूपाते जुंगामा’ गीत सार्वजनिक (भिडिओ)

काठमाण्डौँ । गत शुक्रबारदेखि प्रदर्शन भइरहेको फिल्म छक्का पन्जा ४ को दोस्रो गीत सार्वजनिक भएको छ । मंगलबार ओएसआर डिजिटल युट्युब च्यानलमार्फत फिल्मको सिरूपाते जुंगामा बोलको गीत सार्वजनिक गरिएको हो । बाबुल गिरीको स्वर रहेको गीतमा शंकर अधिकारीको शब्द रहेको छ भने संगीत, संगीत संयोजन तथा मिसिङ बाबुलकै छ । गीतको भिडिओमा दीपकराज गिरी र बेनिशा हमाललाई देख्न सकिन्छ । हेमराज विसीले निर्देशन गरेको फिल्ममा दीपक र बेनिशासँगै दीपाश्री निरौला, केदार घिमिरे, निर्मल शर्मा, बुद्धि तामाङ, राज आचार्य, सुश्मा निरौला, बेदना राईलगायत कलाकारको अभिनय छ । फिल्मको कथा दीपकराज गिरीले…

पुरा पढ्नुहाेस्

नेपाल ग्रामीण चलचित्र महोत्सव वैशाखमा, चलचित्र दर्ता आह्वान

काठमाडौं। नेपाल ग्रामीण चलचित्र महोत्सवको दोस्रो संस्करण आउँदो वैशाखमा हुने भएको छ। सेलिब्रेटी नेपालको आयोजना रहेको महोत्सवको उद्देश्य पर्यटन प्रवर्द्धनसँगै नेपाली फिल्मलाई ग्रामीण बजारमा पुर्‍याउने रहेको महोत्सवका अध्यक्ष रघुनाथ सापकोटाले जानकारी दिए। उनका अनुसार महोत्सवमा नेपाली मौलिक ग्रामिण कथावस्तुमा बनेका चलचित्र समावेश गरिनेछ। महोत्सवको लागि चलचित्र दर्ता आह्वान गरिएको अध्यक्ष सापकोटाले जानकारी दिए। महोत्सवमा गाउँले परिवेशमा निर्माण गरिएका स्वदेशी छोटा चलचित्र, डकुमेन्ट्री, फिचर चलचित्र र भाषाभाषीका चलचित्र सहभागी हुनेछन्। जुरी टिमले छनोट गरेका चलचित्रहरू अत्याधुनिक प्रविधिमा स्क्रिनिङ गर्ने र उत्कृष्ट चलचित्रलाई अवार्ड प्रदान गरिनेछ। दर्शकलाई नेपाली मौलिक फिल्मप्रति आकर्षित गराउनु…

पुरा पढ्नुहाेस्

‘दिलमाया-२’को टिजर सार्वजनिक

काठमाण्डौँ । राजु गिरीको निर्देशनमा निर्माण भएको सिनेमा ‘दिलमाया-२’को अफिसियल टिजर सार्वजनिक भएको छ। आइतबार सार्वजनिक टिजरमा अभिनेता तथा निर्माता किरण नेपाली र सेन्जल पौडेललाई मुख्य भुमिकामा प्रस्तुत गरिएको छ। लभस्टोरी कथामा निर्माण भएको सिनेमाको टिजरले दर्शकको मन जित्न सक्ने देखिन्छ। राजु गिरी प्रोडक्सनको व्यानरमा निर्माण भएको सिनेमामा किरण र सेन्जलका अलवा सविन बास्तोला, राजु गिरी, अस्मिता बस्नेत, नारायण खाती, हिरा देवि श्रेष्ठ, माया श्रेष्ठ, काजल गिरी, कंगना गिरी, कमल वली लगायतका कलाकारको अभिनय रहेको छ। ‘दिलमाया-२’ को लेखन तथा निर्देशन स्वयंम राजु गिरीको नै रहेको छ। बिष्णु निराकर र…

पुरा पढ्नुहाेस्

डाडापारी गाउँमा मुकुन्द र बिनु कार्कीको रोमान्स (भिडियोसहित)

माघ ४,काठमाडौँ । मोडल मुकुन्द भट्ट र बिनु कार्कीको नयाँ भिडियो डाडापारि गाउँमा युट्युव रिलिजको केही समयमै धेरै मन पराइएको छ । डेकेन्द्र श्रेष्ठको शब्द, संगीत र निर्माण रहेको गीतमा गिता नगकोटीको स्वर समावेश छ । भिडियोमा मुुकुन्द र बिनु रोमान्टिक देखिएका छन् । पछिल्लो समय म्युजिक भिडियोमा निकै व्यस्त मुकुन्द भट्ट यो गीतबाट सकारात्मक प्रतिक्रिया आइरहेको बताउँछन् । ह्यान्डसम मोडलको छवि बनाएका मुकुन्द लामो समयदेखि फिल्म प्रदर्शन क्षेत्रमा पनि सक्रिय छन् । फिल्मको लामो अनुभवले पनि आफूलाई सांगीतिक भिडियोमा काम गर्न हौसला मिलेको उनको भनाई छ । दर्जनौं भिडियो…

पुरा पढ्नुहाेस्

नेपाल बैंकको संदेशमुलक दशैं भिडियो “मामाघर” सार्वजनिक (भिडियोसहित)

आश्विन १२,काठमाडौँ । नेपाल बैंक लिमिटेडले बडा दशैंको अवसरमा संदेशमुलक दशैं भिडियो “मामाघर” सार्वजनिक गरेको छ । दशैंमा बालबच्चाहरुको मामाघर प्रतिको मोह तथा बाल मनोबिज्ञानलाई कलात्मक ढंगले प्रस्तुत गर्न खोजिएको भिडियोमा चाडपर्बहरुमा दिदिभाई दाजुबहिनीहरुको मायाममता तथा सम्झनालाइ समेत मार्मिक ढंगले प्रस्तुत गरिएको देखिन्छ । करिव ३ मिनेटको यो भिडियोमा छोरीको बुद्दिमतापूर्ण व्यवहारले लामो समयको अन्तरालमा आमा र मामाको भेट सम्भव भएको छ भने दशैंमा मामाघरमा गई टिका लगाउन पनि छोरी सफल भएको देखिन्छ । सानो छदाको दिदिभाईको माया स्नेह विवाहपश्चात विस्तार कम हुंदै गई दुरी बढ्दै जाने र एकले अर्कोलाई…

पुरा पढ्नुहाेस्

बोरिङ खन्ने क्रममा ग्याससहितको लेदोमाटो निस्कियो ! (भिडियोसहित)

साउन ३,काठमाडौँ । काठमाडौंको जोरपाटीमा बोरिङ खन्ने क्रममा ग्याससहितको लेदोमाटो निस्किएको छ। स्थानीय सन्तवीर लामाको घरमा बोरिङ खन्ने क्रममा मंगलबार बिहान लेदो माटोसहितको फोहरा निस्किएको प्रहरीले जनाएको छ। नेपाल प्रहरीका प्रवक्ता प्रहरी नायब महानिरीक्षक टेकप्रसाद राईले जोरपाटी चोक नजिक बिहान ३०० फिट खनेपछि सुरुमा ग्यासजस्तो पदार्थ देखिएको र पछि लेदो मिसिएर आएको जानकारी दिए। फोहरा घरभन्दा माथि पुगेकाले वरपरका अन्य केही घरमा समेत लेदोमाटो पुगेको छ। उक्त घटनाको अनुसन्धानका लागि खानी तथा भूगर्भ विभागका अधिकारीलाई बोलाइएको प्रहरीले जनाएको छ। अहिले सो क्षेत्र सुरक्षा सतर्कता अपनाइएको छ। भिडियो सौजन्य: रामेश्वर चौलागाई

पुरा पढ्नुहाेस्

फिल्म ‘चिसो मान्छे’ नेपालसँगै अमेरिका र क्यानडामा पनि प्रदर्शन हुने

काठमाण्डौ । दिपेन्द्र के खनालको निर्देशनमा बनेको फिल्म ‘चिसो मान्छे’ नेपालसँगै अमेरिका र क्यानडामा पनि एकै दिन प्रदर्शन हुने भएको छ। फिल्मको निर्माण पक्षले बताएअनुसार फिल्म असार ३ गते नै क्यानडा र अमेरिकाका विभिन्न सहरमा प्रदर्शनमा आउने भएको हो । कोरोनाकालको समयमा श्रीमानको शव लिन काठमाडौं आएकी महिला र शव लिएर घर फर्किदाँको कथालाई फिल्ममा महिलाको मनोविज्ञानको विषयलाई समेटिएको छ। केही दिनअघि फिल्मका ट्रेलर सार्वजनिक हुँदा फिल्मलाई सकारात्मक प्रतिक्रिया मिलेको थियो। खनालको निर्देशनमा बनेको फिल्मको कथा तथा छायांकन पनि उनैले गरेका छन्। डिएस डिजिटलको ब्यानरमा बनेको फिल्मलाई शर्मिला पाण्डेले निर्माण…

पुरा पढ्नुहाेस्

‘कबड्डी’को चौंथो श्रृंखलाले नेपाली बक्सअफिसमा ओपनिङ कीर्तिमान कायम

जेठ १४, काठमाण्डौ । ‘कबड्डी’को चौंथो श्रृंखलाले नेपाली बक्सअफिसमा ओपनिङ कीर्तिमान कायम गरेको छ । मुलुकका डेढ सय हलबाट रिलिज भएको फिल्मले पहिलो दिन शुक्रबार २ करोड ९० लाख रुपैयाँ कमायो । यो कमाइ कुनै नेपाली फिल्मले घरेलु बक्सअफिसमा कायम गरेको ओपनिङको व्यवसायिक कीर्तिमान हो । यसअघि ‘छक्कापञ्जा २’ ले फिल्म रिलिज भएको पहिलो दिन १ करोड ८० लाख रुपैयाँ कमाएको थियो ।

पुरा पढ्नुहाेस्