कर्णालीका मुख्यमन्त्री कँडेलले विश्वासको मत लिँदै

बैशाख १३,काठमाडौँ । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले आज विश्वासको मत लिँदैछन् । त्यसका लागि कर्णाली प्रदेश सभाको बैठक आज दिउँसो ३ बस्दै छ । मुख्यमन्त्री कँडेलले आज विश्वासको मत लिन लागेकाले प्रदेश सभाको बैठक दिउँसो तीन बजे बोलाइएको सूचना अधिकारी उपेन्द्र कुमार गुरुङले जानकारी दिए । कर्णाली प्रदेशसभा ४० सदस्य छन् । नेपाली कांग्रेसका १४, नेकपा माओवादी केन्द्रका १३, नेकपा एमालेका १० जना सांसद छन् । यसैगरी राप्रपा, एकीकृत समाजवादी र स्वतन्त्रका एकरएक सांसद छन् । नेकपा एमाले र माओवादी केन्द्रको मात्रै संख्या जोड्ने हो भने पनि मुख्यमन्त्री कँडेलले…

पुरा पढ्नुहाेस्

नागढुङ्गा- नौबिसे सडक कस्तो बन्दैछ ? कालोपत्रे धमाधम हुँदै गर्दा यस्तो देखियो !

बैशाख ९,काठमाडौँ । नागढुंगा नौविसे सडक विस्तारको काम धमाधम भैरहेको छ । यतिबेला नौविसेदेखि खत्रिपौवा सम्म कालोपत्रेको लागि तयारी भैरहेको छ भने खानिखोला र नौविसेमा कालोपत्रे भैरहेको छ । हेर्नुस भिडियो ।

पुरा पढ्नुहाेस्

राजेन्द्र पाण्डेको अगुवाईमा “हाईवे क्यान्सर प्रिभेन्सन एण्ड रिसर्च सेन्टर स्थापना गरिदै

राज ढुंगानाबैशाख ८,काठमाडौँ । “हाईवे क्यान्सर प्रिभेन्सन एण्ड रिसर्च सेन्टर” स्थापना गर्न धादिङ क्षेत्र नम्बर १ का सांसद तथा पुर्वमन्त्री राजेन्द्र पाण्डेले पहलकदमी लिएका छन् । धादिङको थाक्रे १ बिर्ताचौरमा हाईवे क्यान्सर प्रिभेन्सन एण्ड रिसर्च सेन्टर स्थापना गर्न आज धादिङ लगायत विभिन्न जिल्लाका व्यक्तिहरुको भेला आयोजना गरिएको थियो । तरकारी, खाद्यान्न र फलफुल जस्ता कृषिजन्य उपजहरुको उत्पादनका क्रममा रासायनिक मल र विषादीको अत्याधिक प्रयोग, खाद्य सामाग्रीहरुमा अखाद्य वस्तुहरुको मिसावट, निम्न गुणस्तरका औषधीको प्रयोगका कारण अर्वुद रोगका पिडितहरुको संख्या दिन प्रतिदिन बढ्दै गर्दा सो सेन्टरको निर्माण गर्न लागिएको पाण्डेले बताए ।…

पुरा पढ्नुहाेस्

सुनकोसी-मरिण डाइभर्सन: सुरुङ छिचोल्न ११० मिटर बाँकी, वैशाख २६ गते सुरुङ ब्रेक थ्रु गर्ने तयारी

बैशाख ८,सिन्धुली । राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको सुनकोसी मरिण डाइभर्सन परियोजनाको सुरुङ निर्माण अन्तिम चरणमा पुगेको छ । आयोजनाको सुरुङ खन्ने काम अब एक सय १० मिटर मात्रै बाँकी रहेको छ । तराई–मधेसका विभिन्न जिल्लामा १२ महिना नै सिँचाइ सुविधा पुर्‍याउने लक्ष्यका साथ सुरु गरिएको निर्माण प्रक्रियामा उल्लेख्य सफलता हासिल भएको छ । कुनै भौगोलिक जटिलता उत्पन्न नभएका खण्डमा यही वैशाख २६ गते विशेष समारोहको आयोजना गरी सुरुङ ब्रेक थ्रु गर्ने अन्तिम तयारी गरिएको आयोजनाले जनाएको छ । सुनकोसी मरिण डाइभर्सन आयोजनाका प्रमुख मित्र बरालका अनुसार कूल १३ दशमलव…

पुरा पढ्नुहाेस्

मुस्ताङमा तीन वर्षमा लेक लागेर २९ जनाले ज्यान गुमाए

बैशाख ६,मुस्ताङ। मुस्ताङमा तीन वर्षमा लेक लागेर २९ जनाले ज्यान गुमाएका छन् । मुस्ताङ भ्रमण तथा मुक्तिनाथ दर्शन गर्ने यात्री बढेसँगै लेक लागेर ज्यान गुमाउनेको सङ्ख्या पनि बढिरहेको छ । जिल्ला प्रहरी कार्यालय मुस्ताङकाअनुसार आर्थिक वर्ष २०७८/७९ देखि २०८०/८१ को चैत मसान्तसम्म लेक लागेर २९ जनाको ज्यान गएको हो । यो आर्थिक वर्षको असोजदेखि चैतसम्मको सात महिनामै ११ जनाको ज्यान गएको मुस्ताङका प्रहरी नायब उपरीक्षक भोजराज पाण्डेले जानकारी दिनुभयो । दुई हजार पाँच सय मिटर वा त्यो भन्दा माथिको उचाइमा पुग्दा शरीरमा अक्सिजनको मात्रा कम हुने अवस्थालाई लेक लाग्नु भनिन्छ…

पुरा पढ्नुहाेस्

ठमेल र दरबारमार्ग क्षेत्रलाई चौबिसै घण्टा सञ्चालन गर्न विशेष सुरक्षा योजना तयार

चैत्र २९,काठमाडौँ । जिल्ला प्रहरी परिसर काठमाडौँका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) भुपेन्द्रबहादुर खत्रीले ठमेल र दरबारमार्ग क्षेत्रलाई चौबिसै घण्टा सञ्चालन गर्नका लागि प्रहरीले विशेष सुरक्षा योजना तयार पारेको बताएका छन् । सामुदायिक सेवा केन्द्र टुँडालदेवी, प्रहरी वृत्त महाराजगञ्ज तथा मालिगाउँले आज यहाँ आयोजना गरेको ‘लागूऔषध दुर्व्यसनी तथा साइबर अपराध न्यूनीकरणसम्बन्धी अन्तरक्रिया’मा उनले ठमेल र दरबारमार्गलाई चलायमान बनाउन विशेष सुरक्षा योजना बनाइएको बताएका हुन् । “ठमेल र दरबारमार्ग क्षेत्र चौबिसै घण्टा खुलाउनका लागि अपराध हुनसक्ने सम्भावित क्षेत्रको प्रहरीले सुक्ष्म अनुसन्धान गरिरहेको छ, नेपाल प्रहरी र पर्यटक प्रहरीको जनशक्ति थप गरी…

पुरा पढ्नुहाेस्

सेवाग्राहीसँग घुस लिँदै गर्दा सब–इन्जिनियरसहित दुई जना पक्राउ

चैत्र २९,पोखरा । सेवाग्राहीसँग घुस लिँदै गरेको अवस्थामा पोखरा महानगरपालिकाको सब-इन्जिनियरसहित दुई जना पक्राउ परेका छन् । पोखरा महानगरको नक्सा शाखामा कार्यरत सब(इन्जिनियर उषा किरण रोकाया र गोदार कन्सल्टेन्सीमा कार्यरत सुरज कुँवरलाई सेवाग्रहीसँग घुस लिएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको गण्डकी प्रदेश कार्यालय पोखराबाट खटिएको टोलीले आज पक्राउ गरेको हो । उनीहरूको साथबाट सेवाग्रहीसँग लिएको डेढ लाख रुपैयाँ पनि बरामद भएको छ । उनीहरूले घर सम्पन्न प्रमाणपत्र दिनका लागि डेढ लाख रुपैयाँ मागेका थिए । पोखरा–५ का अध्यक्ष विष्णुप्रसाद बरालकाअनुसार अहिले प्रारम्भिक अनुसन्धान जारी छ ।

पुरा पढ्नुहाेस्

शुभ यात्रा यातायातको छैटौ साधारण सभा सम्पन्न

चैत्र १७ काठमाडौँ। सुभायात्रा यातायात प्रा लि ले आफ्नो स्थापनाको छैटौ साधारण सभा सम्पन्न गरेको छ। स्वयम्भु स्थित एक पार्टीप्यालेसमा भएको कार्यक्रममा प्रमुख अतिथि पूर्व मन्त्री तथा साम्सद बेदुराम भुसाल,बागमती प्रदेशका प्रदेश साम्सद उद्धब थापा,सार्वजनिक यातायात केन्द्रिय महासंघ नेपालका अधक्ष्य डोलनाथ खनाल,सार्वजनिक यातायात महासंघका संरक्षक होम प्रसाद अधिकारी लगायत यातायात मजदुरहरुको उपस्थिति रहेको थियो। कार्यक्रममा यातायात क्षेत्रको बिषयमा बक्ता हरुले सुभकामनाका साथै आफ्नो विचार ब्यक्त गरेका थिए। कार्यक्रममा बोल्दै संस्थाका अधक्ष्य गोपीकृष्ण थापाले पेट्रोलियम गाडी बाट फाइदा कम भइरहेको परिप्रेक्ष्यमा इ भी बजारमा प्रवेश गर्न आबस्यक भैसकेको र अध्ययन गरेर…

पुरा पढ्नुहाेस्

मुखियापट्टी मुसहरनिया गाउँपालिका होली मिलन सम्पन्न

चैत्र १३,काठमाडौँ । मधेसमा दिनदिनै होली पर्वको रौनक छ। आइतबार सुरु भएको होली मङ्लबारसम्म खेल्ने तयारी मधेसमा छ । आईतबार मुखियापट्टी मुसहरनिया गाउँपालिकाको कार्यालय टुल्सियहिमा हर्षका साथ होली मिलन कार्यक्रम सम्पन्न भएको छ । आपसी भाइचारा एवं सदभावको पर्यायको रुपमा मनाईने होलिको मान्यता रहेको हो । मुखियापट्टी मुसहरनिया गाउँपालिका अध्यक्ष जय कुमार यादवको अध्यक्षतामा कर्यालय परिसरमा आयोजित होली मिलन समारोहमा पालिकाका सयौँको संख्यामा सर्वसाधारण, जनप्रतिनिधिहरु, कर्मचारी , शिक्षक, स्थानीय राजनितीकर्मी , समाजसेवी लगायतको सहभागिता रहेको थियो।उक्त समारोहबीच आफनो मन्तब्य राख्दै प्रमुख प्रशासकीय अधिकृत सावन कुमार चौधरीले होली धार्मिक एवं वैज्ञानिक…

पुरा पढ्नुहाेस्

उपत्यकामा होली मनाउन हिँडेका दुई सय ४१ सवारी चालक कारबाहीमा

चैत्र ११,काठमाडौँ । होलीलाई लक्षित गर्दै काठमाडौँसहित देशभर प्रहरीले विशेष सुरक्षा योजना लागू गरेको जनाएको छ । काठमाडौँ उपत्यकामा आइतबार दिउँसो १२ बजेसम्म दुई सय ४१ सवारी साधनलाई होल्ड गर्दै चालकलाई कारबाही गरिएको छ । काठमाडौँ उपत्यकामा आइतबार मध्यान्ह १२ बजेसम्म २४१ सवारी चालक कारबाहीमा परेको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवं एसएसपी जीवन कुमार श्रेष्ठले बताए । दुई पाङ्ग्रे २३३ र आठ वटा चार पाङ्ग्रे सवारीसाधन चालक कारबाहीमा परेका हुन् । एसएसपी श्रेष्ठका अनुसार लाइसेन्स नबोक्ने, मापसे गरेर सवारी चलाउनेलगायत कारबाहीमा परेका हुन् । काठमाडौँमा वसन्तपुर, दरबारमार्ग, सामाखुसी,…

पुरा पढ्नुहाेस्