हतुवागडीमा आगलागी: एकै परिवारका तीन बालबालिकाको जलेर मृत्यु

चैत्र ४,काठमाडौँ । भोजपुरको हतुवागडी गाउँपालिका–७ मा भएको आगलागीमा एकै परिवारका तीन जना बालबालिकाको ज्यान गएको छ । आगलागीमा परेर पाँच वर्षका प्रनिष कार्की, ७ वर्षकी दीपशिखा कार्की र ३ वर्षका बालक दियुनिष कार्कीको ज्यान गएको जिल्ला प्रहरी कार्यालय भोजपुरका सूचना अधिकारी दलकुमार राईले जानकारी दिए । प्रहरीका अनुसार पाँच वर्षीय बालक प्रनिष कार्की, केदार कार्कीका छोरा हुन् भने अरु दुई जना केदारका भाइ रमेश कार्कीका छोराछोरी हुन् ।

पुरा पढ्नुहाेस्

टक्सारमा आगलागी:छ वटा घर जलेर नष्ट

चैत्र ३,काठमाडौँ । भोजपुर नगरपालिका–१२ टक्सारमा आगलागीका कारण छ वटा घर जलेर नष्ट भएका छन् । आगो अनियन्त्रित हुँदै गएको छ । मालबाँसे गाउँ नजिकैको जङ्गलमा लागेको आगो हावाहुरीले उडाएर बस्तीमा पसेपछि घरहरु जलेका जिल्ला प्रहरी कार्यालय भोजपुरका सूचना अधिकारी दलकुमार राईले जानकारी दिए । उनका अनुसार मानवीय क्षति भने भएको छैन । सेना, प्रहरी र स्थानीयले आगो निभाउने प्रयास गरिरहेका छन् । तर तीव्र रुपमा हुरीबतास चलिरहेकाले आगो निभाउन समस्या भएको जिल्ला प्रहरी कार्यालय भोजपुरका सूचना अधिकारी दलकुमार राईले बताए ।

पुरा पढ्नुहाेस्

चैत्र २ गतेदेखि हेटौंडामा आठौं प्रदेश स्तरीय महिला उद्यमी प्रदर्शनी

फागुन ३०,हेटौडा । बागमती प्रदेशको राजधानी हेटौंडामा आठौं प्रदेश स्तरीय महिला उद्यमी प्रदर्शनी २०८० हुने भएको छ । मकवानपुर उद्योग वाणिज्य संघको महिला उद्यमी विकास समितिले चैत्र २ गतेदेखि प्रदेश स्तरीय महिला उद्यमी प्रदर्शनी आयोजना गर्न लागेको हो । बुधबार हेटौंडामा पत्रकार सम्मेलन गर्दै समितिले ११ वर्षपछि “पर्यटन, कृषि, लघु उद्यमशीलता–महिला सहभागिता आजको आवश्यक्ता” भन्ने नाराका साथ प्रदर्शनी गर्न लागिएको जानकारी दिएको हो । पत्रकार सम्मेलनमा महिला उद्यमी विकास समितिकी सभापति अंकिता सुमार्गीले प्रदर्शनीले महिलाहरुको उद्यमशीलताको प्रवर्द्धनमा टेवा पुग्ने अपेक्षा राखेको बताइन् । प्रदर्शनीमा महिला उद्यमीहरुको हस्तकलाका उत्पादनहरु, अन्य वस्तु…

पुरा पढ्नुहाेस्

भारतद्वारा डोटी जिल्लामा उच्च प्रभाव सामुदायिक विकास परियोजनाको शिलान्यास

फागुन २९,डोटी । नेपाल–भारत विकास सहकार्य’ अन्तर्गत भारत सरकारको २ करोड ८९ लाख आर्थिक सहयोगमा जिल्लाको बडीकेदार गाउँपालिकास्थित श्री केदार ज्योतिपुञ्ज बहुमुखी क्याम्पसको लागि निर्माण गरिने भवनको आज बडीकेदार गाउँपालिकाका अध्यक्ष भैरव बहादुर साउद र काठमाडौंस्थित भारतीय राजदूतावासका द्वितीय सचिव प्रशान्त कुमार सोनाले शिलान्यास गरे । कार्यक्रममा राजनीतिक प्रतिनिधि, सरकारी अधिकारी, समाजसेवी, क्याम्पस व्यवस्थापनका प्रतिनिधि, प्राध्यापक, अभिभावक तथा विद्यार्थीहरुको पनि उपस्थिति रहेको थियो । ‘नेपाल–भारत विकास सहकार्य’ अन्तर्गतको भारत सरकारको अनुदान सहयोग विभिन्न सुविधाहरुसहितको दुई तल्ले क्याम्पस भवनको निर्माणका लागि उपयोग गरिएको थियो । भारत सरकार र नेपाल सरकारबीच भएको…

पुरा पढ्नुहाेस्

थाक्रेमा बालेरो गाडी दुर्घटना: १ जनाको मृत्यु, ५ जना घाईते

फागुन १२,काठमाडौँ । धादिङको थाक्रेमा भएको बालेरो गाडी दुर्घटनामा १ जनाको मृत्यु भएको छ । घटनामा चालक सहित अन्य ५ जना घाईते भएका छन् । नौबिसेबाट काउलेका लागि गुडेको बा १६ च ८११३ नम्बरको बोलेरो काउलेमा दुर्घटना हुँदा थाक्रे ८ काउलेका ८० वर्षिय शेर बहादुर तामाङको मृत्यु भएको ईलाका प्रहरी कार्यालय खानीखोलाले जनाएको छ । मृतक तामाङको शव धार्के स्थित साईबाबा सामुदायिक अस्पतालमा रहेको छ । दिउँसो ३ बजे तिर भएको दुर्घटनामा घाईते हुनेहरुमा सोहि ठाउँका चालक विष्णु स्याङ्ताङ सहित शरण तामाङ, विष्णु तामाङ, शर्मिला तामाङ र राम विश्वकर्मा रहेका…

पुरा पढ्नुहाेस्

एकै दिनमा २ वटा डिप बोरिङ र १८ वटा स्यालो ट्युबवेलको उद्घाटन

फागुन १०,भरतपुर । भरतपुर वडा नम्बर १७ मा एकै दिनमा २ वटा डिप बोरिङ र १८ वटा स्यालो ट्युबवेलको उद्घाटन गरिएको छ । बिहिबार एक कार्यक्रमका बीच भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले दुबै थरीका बोरिङ्को उद्घाटन गरिन् । भरतपुर महानगरपालिकामा भूमिगत सिँचाई कार्यालयबाट ५० वटा डिप ट्युबवेल, ३३० वटा स्यालो ट्युबवेल र महानगरपालिकाबाट ७०० बढी स्यालो ट्युबवेल हाल्ने काम भइसकेको छ । कार्यक्रमलाई सम्बोधन गर्दै महानगर प्रमुख दाहालले सिँचाईको अभावले बाली लगाउन सकिएन भन्ने अवस्था हट्दै गएको उल्लेख गरिन् ।भरतपुरमा सञ्चालित भूमिगत र सतह सिँचाईले कृषकको मुहारमा खुसी आएको महशुस…

पुरा पढ्नुहाेस्

विराटनगर जुट मिल्समा आगलागी, २० लाख बराबरको क्षति

फागुन ९,विराटनगर । बन्द अवस्थामा रहेको विराटनगर जुट मिल्समा आगलागी भएको छ । विराटनगर महानगरपालिका–१६ मा रहेको नेपालको पहिलो उद्योगमा मंगलबार राति आगलागी भएको हो । आगलागीबाट २० लाख बराबरको क्षति भएको मोरङका प्रहरी नायव उपरीक्षक (डीएसपी) रञ्जनकुमार दाहालले बताए । बन्द उद्योगमा कसरी आगलागी भयो भन्ने खुलेको छैन । कसैले आगो लगाएको जस्तो देखिएको र घटनाको अनुसन्धान भइरहेको प्रहरी स्रोतले बतायो । ‘आगो सुरु भएको स्थानमा विद्युत सर्ट हुनसक्ने सम्भावना नभएका कारण कसैले आगो लगाएको हुनसक्छ,’ प्रहरी स्रोतले भन्यो, ‘घटना शंकास्पद भएकाले दायरा फराकिलो बनाएर अनुसन्धान सुरु गरिएको छ…

पुरा पढ्नुहाेस्

काठमाडौँको सितापाइलामा ३ जना मृत फेला

फागुन ९,काठमाडौँ । काठमाडौँको सितापाइलामा ३ जना मृत फेला परेका छन् । घटनास्थलमा उपत्यका प्रहरी कार्यालय र जिल्ला प्रहरी परिसर काठमाडौँका अनुसन्धान अधिकृतहरु पुगेका छन् । मृतक एउटै परिवाार भित्रका सदस्यहरु हुन् । मृत फेला पर्नेमा एकजना महिला र दुईजना बच्चा छन् । प्रारम्भिक अनुन्धानमा हत्या भएको ‘आशंका’ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँले बताएको छ । घटनाको विषयमा अनुसन्धान सुरु भएको प्रहरीले जानकारी दिएको छ ।

पुरा पढ्नुहाेस्

हेटौडा एकेडेमीले बनाएको क्रिकेट मैदानको टमटासहित क्रिकेटरले गरे निरिक्षण

फागुन ३,काठमाडौँ । हेटौंडा उपमहानगरपालिका–११, स्थित हेटौंडा एकेडेमीको जग्गामा क्रिकेट मैदान निर्माण गरिएको हो । जिल्लामा राष्ट्रियस्तरका क्रिकेट प्रतियोगिता सञ्चालनका लागि मैदान नभएका बेला एकेडेमीको ३ बिघा जग्गामा क्रिकेट मैदान बनाइएको हो । हेटौंडा उपमहानगरपालिकाका प्रवक्ता सविन न्यौपानेले हेटौंडा एकेडेमीले मैदान तयार गरेर क्रिकेट खेलाडी उत्पादनमा सघाउ पुर्‍याएको बताए । हेटौंडा एकेडेमीका सञ्चालक अरुणराज सुमार्गीले निर्माणाधीन क्रिकेट मैदानलाई रंगशालाको रुपमा विकास गर्ने लक्ष्य रहेको बताए । त्यस्तै क्रिकेट एकेडेमी स्थापना गरेर क्रिकेट खेलाडी उत्पादन गर्ने पनि योजना रहेको उनले बताए । मैदानका लागि पर्याप्त जग्गा रहेको, प्राविधिक दृष्टिकोणले पनि उपयुक्त…

पुरा पढ्नुहाेस्

प्रथम जितपुरसिमरा महोत्सव २०८० हुने

बारा । जितपुरसिमरा उपमहानगरपालिकामा पहिलो पटक महोत्सव हुने भएको छ । जितपुरसिमरा नगर उद्योग बाणिज्य संघको आयोजनामा प्रथम जितपुरसिमरा महोत्सव– २०८० हुने भएको हो । आगामी फागुन १८ देखि ३० गतेसम्म जितपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ३ स्थित बजनीमा महोत्सव आयोजना गरिने जितपुरसिमरा नगर उद्योग वाणिज्य संघका अध्यक्ष मोहन शर्माले जानकारी दिए । उद्योग, कृषि र पर्यटनलाई प्राथमिकता दिएर आयोजना गर्न लागिएको महोत्सवले समग्र आर्थिक क्षेत्रमा टेवा पुग्ने अपेक्षा गरिएको अध्यक्ष शर्माले बताए । महोत्सवले स्थानीय कृषि उत्पादनका हिसाबले देशभर प्रख्यात रहेको र बारामा पर्यटनका लागि पनि महत्वपूर्ण छ भन्ने पुष्टि…

पुरा पढ्नुहाेस्