कोशीका मुख्यमन्त्री कार्कीलाई हटाउन एमाले-माओवादीले गरे संकल्प प्रस्ताव दर्ता !

बैशाख ३, काठमाडौँ । कोशी प्रदेशमा केदार कार्की नेतृत्वको सरकार ढालेर नयाँ सरकार गठन गर्न नेकपा एमाले र माओवादी केन्द्रले प्रदेशसभामा संकल्प प्रस्ताव पेस गरेका छन् । उनीहरूले २५ वैशाखभित्र कार्कीले विश्वासको मत लिनुपर्ने अथवा राजीनामा दिनुपर्ने व्यहोरा संकल्प प्रस्तावमा उल्लेख गरेका छन् । नेकपा एमाले संसदीय दलका प्रमुख सचेतक रेवतीरमण भण्डारी प्रस्तावक रहेको उक्त संकल्प प्रस्तावको समर्थकमा एमाले प्रदेश सांसद किशोरचन्द्र दुलाल र माओवादी सांसद गणेश उप्रेती छन् । यसअघि एमाले र माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लिदै प्रदेशको अधिवेशन माग गरेका थिए । दुई दलको माग अनुसार…

पुरा पढ्नुहाेस्

कोशीको मुख्यमन्त्रीमा हिक्मत कार्कीको दाबी, प्रदेश प्रमुखलाई बुझाए बहुमत सांसदको हस्ताक्षर

चैत्र २६, काठमाण्डौँ । कोशी प्रदेशमा सरकारलाई दिएको समर्थन फिर्ता लिएका एमाले र माओवादी केन्द्रले नयाँ सरकार बनाउनेबारे प्रदेश प्रमुख परशुराम खापुङसमक्ष निवेदन दिएका छन् । आज एमाले र माओवादीले कांग्रेसका केदार कार्की नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिएका थिए । एमाले र माओवादीका ५२ सांसदहरूले एमाले संसदीय दलका नेता हिक्मत कार्कीलाई मुख्यमन्त्री नियुक्तिका लागि प्रक्रिया सुरु गर्न निवेदन प्रदेश प्रमुख समक्ष बुझाएका छन् । कोशीमा कार्कीको सरकार संविधानको धारा १६८ को उपधारा ५ अनुसार बनेको हो । त्यसैले अब नयाँ सरकार कसरी बनाउने भन्ने कुरा स्पष्ट छैन ।

पुरा पढ्नुहाेस्

कोशीमा कांग्रेसको सरकार ढाल्न गठबन्धनको कसरत

चैत्र २५, मोरङ । कोशी प्रदेशमा सरकार फेर्न गठबन्धनका दलहरूले छलफल थालेका छ । नयाँ सरकार बनाउन विषयमा आज एमाले र माओवादीका नेताहरूले छलफल गरेका छन् । केन्द्रीय सत्ता गठबन्धनमा रहेको नेकपा एसका संसदीय दलका नेता राजेन्द्रकुमार राई नआएपछि भोलिसम्मका लागि बैठक स्थगित गरिएको छ । यता नेकपा एमालेले मुख्यमन्त्री केदार कार्कीलाई दिएको समर्थन फिर्ता लिने भएको छ । केन्द्रमा नयाँ सत्ता समीकरण निर्माण भएपश्चात मुख्यमन्त्री कार्कीले राजीनामा नदिएपछि नयाँ सरकार गठन प्रक्रिया अगाडि बढाउन एमाले र माओवादी केन्द्रका नेताहरुबीच छलफल जारी रहेको छ ।

पुरा पढ्नुहाेस्

कोशीका मुख्यमन्त्री भन्छन्-‘बलमिच्याइँ गरी सत्ता परिवर्तनको सपना नदेखे हुन्छ’

चैत्र ९, मोरङ । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले केन्द्रमा सत्ता गठबन्धन फेरिए पनि कोशी प्रदेश सरकार नफेरिने दाबी गरेका छन् । आज मोरङको ग्रामथान गाउँपालिकामा आयोजित झिलकुमारी लुइँटेल स्मृति पत्रकारिता पुरस्कार वितरण कार्यक्रममा मुख्यमन्त्री कार्कीले बलमिच्याइँ गरी सत्ता परिवर्तनको प्रयास गर्नेलाई दिवास्वप्न नदेख्न आग्रह गरे । संविधान बाहिर एक इञ्च पनि सरकार नजाने बताउँदै मुख्यमन्त्री कार्कीले भने, ‘संविधान बाहिर राजनीतिक दल जान सक्दैनन् । चाहे छिटोछिटो बोल्ने लेख्ने गृहमन्त्री रवि लामिछाने हुन् वा पूर्व प्रधानमन्त्री केपी शर्मा ओली, प्रधानमन्त्री पुष्पकलम दाहाल । उहाँहरु यहाँको प्रदेश प्रमुख भए पनि संविधान…

पुरा पढ्नुहाेस्

हतुवागडीमा आगलागी: एकै परिवारका तीन बालबालिकाको जलेर मृत्यु

चैत्र ४,काठमाडौँ । भोजपुरको हतुवागडी गाउँपालिका–७ मा भएको आगलागीमा एकै परिवारका तीन जना बालबालिकाको ज्यान गएको छ । आगलागीमा परेर पाँच वर्षका प्रनिष कार्की, ७ वर्षकी दीपशिखा कार्की र ३ वर्षका बालक दियुनिष कार्कीको ज्यान गएको जिल्ला प्रहरी कार्यालय भोजपुरका सूचना अधिकारी दलकुमार राईले जानकारी दिए । प्रहरीका अनुसार पाँच वर्षीय बालक प्रनिष कार्की, केदार कार्कीका छोरा हुन् भने अरु दुई जना केदारका भाइ रमेश कार्कीका छोराछोरी हुन् ।

पुरा पढ्नुहाेस्

टक्सारमा आगलागी:छ वटा घर जलेर नष्ट

चैत्र ३,काठमाडौँ । भोजपुर नगरपालिका–१२ टक्सारमा आगलागीका कारण छ वटा घर जलेर नष्ट भएका छन् । आगो अनियन्त्रित हुँदै गएको छ । मालबाँसे गाउँ नजिकैको जङ्गलमा लागेको आगो हावाहुरीले उडाएर बस्तीमा पसेपछि घरहरु जलेका जिल्ला प्रहरी कार्यालय भोजपुरका सूचना अधिकारी दलकुमार राईले जानकारी दिए । उनका अनुसार मानवीय क्षति भने भएको छैन । सेना, प्रहरी र स्थानीयले आगो निभाउने प्रयास गरिरहेका छन् । तर तीव्र रुपमा हुरीबतास चलिरहेकाले आगो निभाउन समस्या भएको जिल्ला प्रहरी कार्यालय भोजपुरका सूचना अधिकारी दलकुमार राईले बताए ।

पुरा पढ्नुहाेस्

एकै दिनमा २ वटा डिप बोरिङ र १८ वटा स्यालो ट्युबवेलको उद्घाटन

फागुन १०,भरतपुर । भरतपुर वडा नम्बर १७ मा एकै दिनमा २ वटा डिप बोरिङ र १८ वटा स्यालो ट्युबवेलको उद्घाटन गरिएको छ । बिहिबार एक कार्यक्रमका बीच भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले दुबै थरीका बोरिङ्को उद्घाटन गरिन् । भरतपुर महानगरपालिकामा भूमिगत सिँचाई कार्यालयबाट ५० वटा डिप ट्युबवेल, ३३० वटा स्यालो ट्युबवेल र महानगरपालिकाबाट ७०० बढी स्यालो ट्युबवेल हाल्ने काम भइसकेको छ । कार्यक्रमलाई सम्बोधन गर्दै महानगर प्रमुख दाहालले सिँचाईको अभावले बाली लगाउन सकिएन भन्ने अवस्था हट्दै गएको उल्लेख गरिन् ।भरतपुरमा सञ्चालित भूमिगत र सतह सिँचाईले कृषकको मुहारमा खुसी आएको महशुस…

पुरा पढ्नुहाेस्

विराटनगर जुट मिल्समा आगलागी, २० लाख बराबरको क्षति

फागुन ९,विराटनगर । बन्द अवस्थामा रहेको विराटनगर जुट मिल्समा आगलागी भएको छ । विराटनगर महानगरपालिका–१६ मा रहेको नेपालको पहिलो उद्योगमा मंगलबार राति आगलागी भएको हो । आगलागीबाट २० लाख बराबरको क्षति भएको मोरङका प्रहरी नायव उपरीक्षक (डीएसपी) रञ्जनकुमार दाहालले बताए । बन्द उद्योगमा कसरी आगलागी भयो भन्ने खुलेको छैन । कसैले आगो लगाएको जस्तो देखिएको र घटनाको अनुसन्धान भइरहेको प्रहरी स्रोतले बतायो । ‘आगो सुरु भएको स्थानमा विद्युत सर्ट हुनसक्ने सम्भावना नभएका कारण कसैले आगो लगाएको हुनसक्छ,’ प्रहरी स्रोतले भन्यो, ‘घटना शंकास्पद भएकाले दायरा फराकिलो बनाएर अनुसन्धान सुरु गरिएको छ…

पुरा पढ्नुहाेस्

प्रदेशको नामाकरणमा कोशी सरकारको चासो, आन्दोलनरत पक्षसँग पाँच बुँदे सहमति

माघ २६, काठमाडौँ । कोशी प्रदेशको पुनः नामकरण गर्न सरकार सकारात्मक बनेको छ । कोशीको नाम परिवर्तन हुनु पर्ने माग गर्दैै लामो समयदेखि आन्दोलनमा रहेको संयुक्त संघर्ष समितिसँगको चरणवद्ध वार्तामा सरकारी पक्षले पुनः नामकरणका लागि पहल गर्ने प्रतिबद्धता जनाएको हो । बिहीबार र शुक्रबार भएको वार्तामा दुई पक्षबीच ५ बुँदे सहमति भएको छ । कोशी प्रदेशको पुनः नामकरणका लागि पहल गर्ने र आन्दोलनलाई शान्तिपूर्ण बनाउनेलगायत ५ बुँदे सहमति भएको छ । यस्तै आन्दोलनका घाइतेको उपचार खर्च सरकारले व्यहोर्ने, आन्दोलनकारीलाई लगाएको मुद्दा फिर्ता लिने, पहिचान पक्षधरले आन्दोलनको स्वरुप परिवर्तन गर्ने सहमति…

पुरा पढ्नुहाेस्

कोशी मन्त्रिपरिषद् विस्तार हुँदै, दिउँसो ४ बजे शपथ

माघ २६, काठमाण्डौँ । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले मन्त्री मण्डल विस्तार गर्ने भएका छन् ।प्रदेश प्रमुखको कार्यालयका अनुसार दिउँसो ४ बजे शपथ हुने तय भइसकेको छ । १ राज्यमन्त्रीसहित ५ जना मन्त्री बनाउने तयारी मुख्यमन्त्री कार्कीको छ । मुख्यमन्त्री कार्यालय स्रोतका अनुसार नयाँ थप हुने मन्त्रीहरूमा कांग्रेसबाट प्रदीपकुमार सुनुवार स्वास्थ्य, रामकुमार खत्री कृषि उद्योग तथा सहकारी र इन्दिरा थापा स्वास्थ्य राज्यमन्त्री बन्ने छन् ।​

पुरा पढ्नुहाेस्