जेठ १३,काठमाडौँ । नेपाल उद्योग बाणिज्य महासंघका केन्द्रिय सदस्य तथा कृषि उद्यम तथा अनुसन्धान केन्द्रका सभापति अरुाराज सुमार्गीले सरकारले कृषिको निति बनाउदा साना किसानलाई समेट्न नसकेको बताएका छन् ।एशोसिएसन अफ नेपाल एग्रिकल्चरल जर्नालिस्टस् (अनाज) ले आयोजना गरेको कृषि निति र बजेट आत्मनिर्भरता र साना किसानका सवाल विषयक बहस कार्यक्रममा बोल्दै सुमार्गीले साना किसानमात्रै होइन् समग्र किसानको विषयमा सरकारले ठोस अनुसन्धान नै गर्न नसकेको बताए । उनले कृषिमन्त्ती महेन्द्र राय यादवसमेत सहभागी बहसमा भाग लिदै भने–सरकारले कृषिमा नारा दियो तर कार्यक्रम दिन सकेन् ,नत कुनै अनुसन्धानको दायरालाई फराकिलो बनाउन सक्यो ।…
Read MoreCategory: प्रदेश ३
गल्छी गाउँपालिकाले आपतकालिन अवस्थाका विरामीलाई निशुल्क एम्बुलेन्स सेवा उपलब्ध गराउने
जेठ १०,धादिङ । धादिङको गल्छी गाउँपालिका अध्यक्ष केदार खतिवडाले पदभार ग्रहण गरेका छन् । उनले पदभार ग्रहण गर्दै आपतकालिन अवस्थाका विरामीलाई निशुल्क एम्बुलेन्स सेवा उपलब्ध गराउने पहिलो निर्णयसमेत गरेका छन् । गल्छीका नवनिर्वाचित जनप्रतिनिधिहरुको पहिलो कार्यपालिकाको बैठकले गल्छीको स्वास्थ्य संस्थाले अन्य अस्पतालमा सिफारिस गरिएका गल्छीका आपतकालिन अवस्थाका विरामीहरुका लागि निशुल्क एम्बुलेन्स सेवा दिने निर्णय गरेको हो । खतिवडाले आजै गल्छी गाउँ पालिका उपाध्यक्ष भाईकाजी तिवारी, वडा अध्यक्ष तथा वडा सदस्यहरुलाई सपथ ग्रहण गराएका थिए । सपथग्रहणपछि पदबहाली गरिएको थियो ।
Read Moreधुनिवेशीलाई १ बर्षभित्रमा बालमैत्री स्थानीय तह घोषणा गरिने
जेठ १०,धादिङ । धुनिवेशी नरगपालिकाले १ बर्षभित्रमा बालमैत्री स्थानीय तह घोषणा गर्ने भएको छ । नवनिर्वाचित नगरप्रमुख बालकृष्ण आचार्यले सोमबार पदभार ग्रहण गरेपछि सो निर्णय गरेका हुन् । नगरपालिकाले एक बर्षभित्र बालमैत्री स्थानीय तह निर्माण गर्न सबै किसिमको कार्य अघि बढाएको नगरप्रमुख आचार्यले बताए । नगरपालिकामा बालमैत्री स्थानीय तह कार्यान्वयन निर्देशिका अनुसार बाल अधिकारका चार पक्ष बाल बचाउ,बाल संरक्षण,बाल विकास र बाल सहभागिता रहेका छन् । बालमैत्री स्थानीय तह घोषणा गर्न गैरविभेदिकरण,बालबालिकाको सर्वोत्तम हित,बालबालिकाको सर्वाङ्गिण विकास,बालबालिकाको सहभागिता र विचारको सम्मान,सन्निकटताको सिदान्त,समाविशेीकरणको सिदान्त,समुदायका आधारित विकासको सिदान्त लगायत निर्देशक सिदान्त रहेका छन्…
Read Moreसेन्ट लरेन्स कलेजका विद्यार्थी आन्दोलित ! शिक्षक अधिकारीमाथी यौन दुर्व्यवहारको आरोप
जेठ १०,काठमाडौँ । आफ्नै शिक्षकले यौन दुर्व्यवहार गरेको भन्दै सेन्ट लरेन्स कलेज चाबहिलका विद्यार्थी आन्दोलित भएका छन् । कलेजका कोअर्डिनेटर जनार्दन अधिकारीले कक्षा ११ र १२ मा पढ्ने किशोरीहरूलाई यौन दुर्व्यवहार गर्ने गरेको विद्यार्थीले आरोप लगाएका छन् । कोअर्डिनेटर अधिकारीले पटकपटक यौन दुर्व्यवहार गरेको भन्दै कक्षा ११ र १२ मा पढ्ने विद्यार्थीहरूले यतिबेला प्रहरी वृत्त गौशाला अगाडि विद्यालय पोसाकमै प्रदर्शन गरेका छन् । दुर्व्यवहारबारे विद्यालयलाई जानकारी गराउँदा समेत विद्यालयले ती शिक्षकलाई कारबाही नगरेको भन्दै विद्यार्थीहरूले प्रदर्शनी गरेका हुन् । कलेजका कोअर्डिनेटरसमेत रहेका अधिकारीले आफूसँगै सुत्न र त्यसो नगरे रेस्टिकेट गरिदिनेसम्मको…
Read Moreस्थानीयलाई जेलमा थुनेर बन्चरेडाँडामा दादागिरी शैलीले फोहोर फ्याँकियो !
जेठ १०,धादिङ । काठमाडौं उपत्यकाको फोहोर धादिङको धुनिबेंसीस्थित बन्चरेडाँडामा बनिरहेको डम्पिङ साइटमा बिसर्जन सुरु भएको छ । आज बिहान ९० वटा गाडीले बन्चरे डाँडामा बनिरहेको डम्पिङ साइटको सेल–१ मा फोहोर बिसर्जन गरेको काठमाडौं महानगरपालिका वातावरण विभागकी निमित्त प्रमुख सरीता राईले जानकारी दिइन् । अहिले फोहोर बोकेर आएका गाडी प्रहरीको सुरक्षामा बिर्सजन भइरहेको छ । यता धुनिवेशी नगरपालिका वडा नम्बर १ का अध्यक्ष मानबहादुर तामाङसहित केही स्थानीयलाई प्रहरीले पक्राउ गरेको छ । अध्यक्ष तामाङसहितका स्थानीयले बन्चरे डाँडामा आवश्यक संरचना तयार नभएको,जनप्रतिनिधिसंग कुनै किसिमको सहकार्य नगरेको, बल प्रयोग भएको लगायत विषयमा माग…
Read Moreचटयाङ लागेर उदयपुरमा एक युवतीको मृत्यु, धादिङमा दुई जना घाइते
जेठ ८, काठमाण्डौ । उदयपुरको कटारी नगरपालिका–११ गोठडाँडामा चटयाङ लागेर एक युवतीको मृत्यु भएको छ । घरमा बसिरहेको बेला वर्षातसँगै परेको चट्याङले लागेर स्थानीय ४५ वर्षीया भक्तकुमारी बुढाथोकीको मृत्यु भएको प्रहरी निरीक्षक मोहन थापाले बताए । चट्याङ लागेर घाइते बुढाथोकीको उपचारको क्रममा मध्याह्न मृत्यु भएको प्रहरी निरीक्षक थापाले बताए । यस्तै दक्षिणी धादिङको महाभारत क्षेत्र अन्तरगत चेपाङ गाउँमा शनिबार राती चट्याङ पर्दा दुई जना घाइते भएका छन् । बेनिघाट रोराङ गाउँपालिका वडा नम्बर ८ स्थित दार्गाजुममा चट्याङ लाग्दा दुई जना चेपाङ घाईते भएका हुन् । घरमा बसीरहेको अवस्थामा चट्याङ लाग्दा…
Read Moreबेलकोटगढीको मेयरमा जगत लामा विजयी
जेठ ७,काठमाडौँ । बेलकोटगढी नगरपालिकामा गठबन्धनको तर्फबाट नेकपा माओवादी केन्द्रका जगत बहादुर गुरुङ (जगत लामा) नगरप्रमुखमा विजयी भएका छन् । उनि १३ हजार २ सय २२ मत ल्याएर विजयी भएका हुन् । उनका निकटतम प्रतिद्धन्दी नेकपा एमालेका उम्मेदवार राजेन्द्ररमण खनालले ६ हजार ७ सय ९४ मत ल्याए । यता नगरउपप्रमुखमा गठबन्धनको तर्फबाट नेपाली कांग्रेसको उम्मेदवार शिव दाहालले १० हजार ७ सय ६६ मत ल्याएर विजयी भए । उनका निकटतम प्रतिद्धन्दी एमालेकी उम्मेदवार रुपा सापकोटाले ७ हजार २ सय ७४ मत ल्याइन् ।
Read Moreबागमती प्रदेशको वर्षे अधिवेशन आह्वान
जेठ ६, काठमाण्डौ । बागमती प्रदेशको शुक्रवार बसेको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् बैठकले जेठ १३ गते बिहान ११ बजे वर्षे अधिवेशन आह्वानका लागि प्रदेश प्रमुखको कार्यालयमा सिफारिस गर्ने निर्णय गरेको छ ।
Read Moreथाक्रेमा अध्यक्षमा आचार्य,उपाध्यक्षमा थापा विजयी, वडामा को – को ?
जेठ ६, धादिङ । जिल्लामा मतपरिणाम आउन बाकी रहेको अन्तिम पालिका थाक्रेमा पनि मतगणना सकिएको छ । ११ वटा वडाको अन्तिम मतपरिणाम आउदा पालिका अध्यक्ष रामकुमार आचार्यले १० हजार ३ सय ५५ मत ल्याएर विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्दी नेपाली कांग्रेसका रामप्रसाद बिँडारीले ८ हजार १ सय १६ मत ल्याए । यता उपाध्यक्षमा माओवादी केन्द्रका यन्त्रबहादुर थापा (जिदगी) ९ हजार ४ सय ३१ मत ल्याएर विजयी भएका छन । उनका निकटतम प्रतिद्वन्दी एमालेकी अम्बिका रुपाखेतीले ९ हजार ९१ मत ल्याइन । वडामा को-को भए विजयी ? वडा नं…
Read More‘हेटौँडा उपमहानगरपालिकामा १२ वटा वडाको मत परिणाम हेर्नुहोस्’
जेठ ५, काठमाण्डौ । वाग्मती प्रदेशको राजधानी हेटौँडा उपमहानगरपालिकामा १२ वटा वडाको मत परिणाम आएको छ । निर्वाचन कार्यालयले दिएको जानकारीअनुसार १२ मध्ये ६ वटा वडामा नेपाली कांग्रेस विजयी भएको छ भने ६ वटै वडामा नेकपा एमाले विजयी भएको छ। हेटौँडा १, २, ३, ६, १६ र १७ नम्बर वडाको वडाध्यक्षमा कांग्रेसका उम्मेदवार विजयी भएका हुन् । वडा १ मा सविन न्यौपाने, २ मा विष्णुगोपाल महर्जन, ३ नम्बरमा ढलक बहादुर थापा, ६ नम्बरमा विष्णु बहादुर दाहाल, १६ नम्बरमा रामकृष्ण कोइराला र १७ नम्बरमा उद्धव सत्याल विजयी भएका हुन् । त्यसैगरी,…
Read More