बैशाख १६,काठमाडौँ । पोखरा महानगरपालिकाको मेयरमा बागी उम्मेदवारी दिएका नेपाली कांग्रेसका दुई जनाले मनोनयन फिर्ता लिएका छन् । मेयरमा बागी उम्मेदवारी दिनुभएका ऋषिराम सापकोटा र नन्दप्रसाद तिवारीले आज शुक्रवार निर्वाचन अधिकृतको कार्यालयमा गइ मनोनयन फिर्ता लिएका हुन् । तर कांग्रेसबाटै बागी उम्मेदवारी दिएका विमल कार्कीले भने उम्मेदवारी फिर्ता लिएका छैनन् । मनोनयन फिर्ता लिएपछि सापकोटाले केही दिन साङ्केतिक विद्रोह गरेको तर आफूहरूको कारणले देशको स्थिति असहज हुने देखेर फिर्ता लिएको बताए । त्यस्तै तिवारीले भने कांग्रेसको इमानदार कार्यकर्ताको हैसियतमा पार्टीको निर्णय मानेर सत्तारूढ गठबन्धनका उम्मेदवारलाई मत दिनु आफूहरुको दायित्व भएको…
Read MoreCategory: प्रदेश ४
पोखरामा कांग्रेसका पदाधिकारीलाई कार्यकर्ताले थुने
बैशाख ११,पोखरा । पोखरा महानगरपालिकामा चुनावी तालमेलको विपक्षमा रहेका नेपाली कांग्रेसका कार्यकर्ताले जिल्ला समिति कास्कीका पदाधिकारीलाई पार्टी कार्यालयमा थुनेका छन् । सत्तारुढ गठबन्धनभित्र पोखरा महानगरपालिकाको मेयरको उम्मेदवार कांग्रेसले पाउनुपर्ने माग गर्दै आएका उनीहरुले जिल्ला समितिका पदाधिकारी बैठकमा रहेका बेला थुनिदिएका हुन् । सत्तारुढ गठबन्धनमा पोखराको मेयरको उम्मेदवार नेकपा एकीकृत समाजवादीले पाउने सहमति भइसको छ । कांग्रेसका जिल्ला सचिव भानु ढकालले आफूहरु थुनिएको बताए । ‘भित्र बैठक चलिरहेको छ । कार्यकर्ताहरु आएर थुनिदिनुभएको छ । बाहिर निस्किन दिनुभएको छैन,’
Read Moreवालिङमा जीप दुर्घटना : ४ जना गम्भिर, ७ जना सामान्य घाइते
बैशाख ४,काठमाडौँ । स्याङजाको वालिङमा जीप दुर्घटना भएको छ । वालिङ नगरपालिका वडानम्बर १२ माथिल्लो डाँडाखर्कस्थित फिरफिरे स्कुल नजिकै दुर्घटना भएको हो । दुर्घटनास्थलबाट चार जनालाई अचेत अवस्थामा निकालिएको जिल्ला प्रहरी कार्यालय स्याङजाले जानकारी दिएको छ । अन्य केही घाइतेलाई उद्धार गरी वालिङ अस्पतालमा पठाइएको छ । दुर्घटना भएको जीपको नम्बर पनि खुलेको छैन । थप विवरण संकलन भइरहेको प्रहरीले जनाएको छ । जीपमा ११ जना सवार रहेको खुलेको छ ।
Read Moreबेनी–मालढुङ्गा सडक दैनिक पाँच घण्टा बन्द: वैकल्पिक सडक प्रयोग गर्न आग्रह
बैशाख ३,काठमाडौँ । म्याग्दी र मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी–मालढुङ्गा सडक स्तरोन्नतिका लागि आजदेखि दैनिक पाँच घण्टा बन्द गर्न थालिएको छ । मालढुङ्गा–बेनी सडक निर्माणको कामलाई गति दिन आउँदो वैशाख २५ गतेसम्म दैनिक पाँच घण्टा गाडीको आवतजावत बन्द गरिएको बेनी–जोमसोम–कोरला सडक आयोजनाले जनाएको छ । बिहान ११ बजेदेखि दिउँसो ४ बजेसम्म गाडी चलाउन रोकिएको छ । यसअघि गएको पुस १५ देखि माघ १४ गतेसम्म पनि दैनिक पाँच घण्टा गाडीको आवागमन बन्द गरिएको थियो । बेनी–मालढुङ्गा सडक बन्द हुने समयमा बेनी–रत्नेचौर–बाग्लुङ हुँदै मालढुङ्गा जोड्ने वैकल्पिक सडक प्रयोग गर्न सकिनेछ । एम्बुलेन्स…
Read Moreपोखरा महानगरको मेयरमा कार्की,पहारी र आचार्यसहित १२ जनाको नाम सिफारिस
बैशाख २,कास्की । पोखरा महानगरपालिकाको मेयर र उपमेयर पदका उम्मेदवार छान्नका लागि नेकपा एमालेले आकाङ्क्षी सबैको नाम सिफारिस गरेको छ । एमाले पोखरा नगर कमिटीले मेयरका आकाङ्क्षी १२ जना र उपमेयरका आकाङ्क्षी ९ जनाको नाम केन्द्रमा सिफारिस गरेको हो । यसअघि केन्द्रीय कमिटीले एक पदमा बढीमा तीन जनाको नाम मात्रै सिफारिस गर्न निर्देशन दिएपछि सर्वसम्मतको प्रयास भए पनि सफल नभएपछि सबैको नाम सिफारिस गरिएको पोखरा नगर कमिटीका अध्यक्ष दिलिप न्यौपानेले जानकारी दिए । यसअघि तीन दिनसम्म निरन्तर बैठक बसेर पनि सर्वसम्मत हुन नसकेपछि आज शुक्रवार मतदानबाट उम्मेदवारको नाम टुङ्ग्याउन लागिएको…
Read Moreपोखरामा प्रबुद्ध नागरिक गोष्ठी सम्पन्न
चैत्र २७, पोखरा । हिन्दूराष्ट्र स्वाभिमान जागरण अभियानद्धारा प्रबुद्ध नागरिक गोष्ठी एवम् साहित्य परिचय कार्यक्रम सम्पन्न भएको छ । अभियान, पोखरा कास्की० को आयोजनामा भएको सो कार्यक्रममा सर्वोच्च अदालतका पुर्व प्रधानन्यायधिश गोपाल पराजुलीले हिन्दूधर्मको रक्षाका लागि हिन्दूहरु स्वयम जागरुक हुुनपर्नेमा जोड दिनुभएको छ । धर्म निरिपक्षताले नेपाली समाजलाई विभाजन गरेकाले यो हिन्दूधर्माबलम्बीहरुका लागि धोका भएको उनको भनाई छ । पुर्व प्रधानन्यायधिस पराजुलीले सवैलाई बन्धुुत्वको भावले समेट्ने हिन्दूधर्मलाई आधार मानी राष्ट्रलाई हिन्दूराष्ट्रको पहिचानको रुपमा विकास गर्न सुझाव दिएका थिए । नेपाल प्रहरीका पुर्व प्रहरी अतिरिक्त महानिरिक्षक तथा अभियानका केन्द्रिय सदस्य कल्याण…
Read Moreगण्डकीका मन्त्री दीपक मनाङेले कर्मचारी कुटे !
चैत्र २३,काठमाडौँ । गण्डकी पदेशका खेलकुद मन्त्री राजीव गुरुङ (दीपक मनाङे) ले कर्मचारीमाथि कुटपिट गरेका छन् । मनाङेले हिजो मङ्गलवार कार्यालय छुट्टी हुने समयमा अधिकृत प्रकाश ओझामाथि कुटपिट गरेका हुन्। घटनाको कारणबारे आधिकारिक जानकारी बाहिरिएको छैन । कुटपिटबारे मन्त्रालयकै कर्मचारी खुलेर बोल्न मानेका छैनन् । कुटिएका कर्मचारी ओझाको मोबाइल स्विच अफ छ । ओझा अस्पतालमा उपचाररत रहेका जानकारी प्राप्त भएको छ । मन्त्री मनाङेले पनि यस विषयमा बोल्न मानेनन् । युवा स्वरोजगारसम्बन्धी कार्यविधि निर्माण गर्ने क्रममा विवाद भएपछि मन्त्रीले हात हालेको बताइएको छ । डेढ वर्षअघि पनि मनाङेले कास्की एन्फा…
Read Moreमोदी–लेखनाथ विद्युत प्रसारण लाइन तथा सबस्टेसन परियोजनाको उद्घाटन
चैत्र १४, काठमाडौ । भारत सरकारको २५० मिलियन अमेरिकी डलर ऋण सहयोगमा निर्माण भएका मोदी–लेखनाथ विद्युत प्रसारण लाइन तथा सबस्टेसन परियोजना अन्तर्गतका तीनवटा सबस्टेसनहरुको कास्की जिल्लाको लह चोकमा उद्घाटन भएको छ । यो परियोजना भारत स्वतन्त्र भएको ७५ वर्षको उत्सव मनाउन भारत सरकारले अघि सारेको “[email protected] आजादीका अमृत महोत्सव”अन्तर्गत यस वर्ष नेपालमा उद्घाटन गरिने ७५ वटा परियोजनाहरु मध्येको एक हो । मोदी–लेखनाथ परियोजना अन्तर्गत ४२ किमि लामो विद्युत प्रसारण लाइनको निर्माण भएको छ भने नयाँ मोदी, लह चोक र लेखनाथमा सबस्टेसनहरुको निर्माण भएका छन् । भारतको एक्जिम बैंकको आर्थिक सहयोग…
Read Moreखोले साग बेचेर पनि मनग्गे पैसा !
चैत्र १३,म्याग्दी । धारो, कुवा, खोला वा चिस्यान बढी हुने सिमसार क्षेत्रमा त्यसै खेर गइरहेको खोले साग बेचेर पनि मनग्गे पैसा कमाउन सकिन्छ भन्ने कुरा धेरैलाई अनौठौ लाग्ला । म्याग्दीको रघुगङ्गा गाउँपालिका–४ दग्नामका बासिन्दाले खोले साग र डुँडे साग बेचेर मनग्गे आम्दानी गर्दै आइरहेका छन् । दग्नामका ७२ वर्षीय दलबहादुर गर्बुजाले गाउँको छेउमा रहेको पानीको धारो (पधेरो) को माथिपट्टी रहेको जग्गामा खोले साग लगाएर एक सिजनमा रु आठदेखि रु १० हजारसम्म आम्दानी गर्दै आएको छ भने त्यहाँका सोमबहादुर बर्देवा, राजन वर्देवा लगायत विद्यालयमा पढ्ने बालबालिकाले डुँडे साग बेचेर एक सिजनमा…
Read Moreगण्डकी प्रज्ञा प्रतिष्ठानले नृत्यको अनुसन्धान गर्दै
चैत ४, पोखरा । गण्डकी प्रज्ञा प्रतिष्ठानद्वारा आयोजित विभिन्न जातिको नृत्यका बारेमा यतिवेला अनुसन्धान भइरहेको छ । लोपोन्मुख नृत्यको संरक्षण गर्दै पुस्तान्तरण गर्ने लक्ष्यका साथ अनुसन्धान सुरु गरिएको हो । गत माघ १ गतेदेखि सुरु भएको अनुसन्धान कार्य चैत मसान्तभित्र सक्ने तयारी गरिएको गण्डकी प्रज्ञा प्रतिष्ठानका उपकुलपति तथा अध्ययन अनुसन्धान उपसमिति संयोजक गोरे गुरुङले जानकारी दिए । उनका अनुसार अनुसन्धानकर्ता अहिले गण्डकीका ११ वटै जिल्ला पुगेर अनुसन्धान सुरु गरिएको छ । यही चैत ३० गतेभित्रमा अनुसन्धान प्रतिवेदनसहितको सामग्री प्रतिष्ठानलाई बुझाउनुपर्ने समय निर्धारण गरिएको छ । अनुसन्धानकर्तामार्फत अक्षर र भिडियोसमेतका जानकारी…
Read More