उद्योग व्यापार संघ बुटवलको अध्यक्षमा विष्णुप्रसाद पाण्डे निर्वाचित

पुस ३,काठमाडौँ । उद्योग व्यापार संघ बुटवलको अध्यक्षमा विष्णुप्रसाद पाण्डे निर्वाचित भएका छन् । संघको बुटवलमा सम्पन्न पाँचौँ साधारणसभा तथा तेस्रो अधिवेशनबाट पाण्डेको नेतृत्वमा २५ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन भएको हो । संघको वरिष्ठ उपाध्यक्षमा लोकनाथ पन्थी, उद्योग उपाध्यक्षमा पदम जि।सी।, वाणिज्य उपाध्यक्षमा केशव श्रीस, महिला उपाध्यक्षमा अन्जु पाण्डे, महासचिवमा यमलाल मरासिनी, सचिवमा कोशलराज भण्डारी, कोषाध्यक्षमा नम्रता थापा र सहकोषाध्यक्षमा अर्जुन गिरी निर्वाचित भएका निर्वाचन समिति संयोजक दामोदर घिमिरेले बताए । कार्य समिति सदस्यहरूमा न्याजुद्दिन मियाँ, विनोद खाती, देवेन्द्र राना, विष्णु मरासिनी, दिपीका क्षेत्री, विशाल पन्थी, विनोद आचार्य,सौरभ भुसाल, दिल…

पुरा पढ्नुहाेस्

पेस्तोलसहित एकजना पक्राउ

मंसिर २५,काठमाडौँ । रुपन्देहीमा सशस्त्र प्रहरीले पेस्तोलसहित एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सियारी गाउँपालिका–२ का ४१ वर्षीय ‘अमेरिका’ भनिने अजय थारु रहेका सशस्त्र प्रहरी सुरक्षा बेस अमुवाका प्रहरी निरीक्षक दिपक खड्काले जानकारी दिए । अन्दाजी ६ एमएमको रिभल्वर पेस्तोलसहित थारुलाई राति ११ बजे पक्राउ गरी आवश्यक कारबाहीका लागि इलाका प्रहरी कार्यालय छपियामा बुझाइएको सशस्त्र प्रहरी बल नम्बर २७ गण रुपन्देहीका प्रवक्ता मोहन न्यौपानेले जानकारी दिए ।

पुरा पढ्नुहाेस्

टिकटक प्रतिबन्धविरुद्धको रिटमा आज पूर्ण सुनुवाइ हुँदै

मंसिर १९, काठमाडौँ । सामाजिक सञ्जाल टिकटकमा प्रतिबन्ध लगाउने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा परेको रिटमा आज देखि पूर्ण सुनुवाइ हुने भएको छ । सर्वोच्चले १४ रिटको एकसाथ प्रारम्भिक सुनुवाइ गर्दै सरकारका नाममा कारण देखाऊ आदेश जारी गर्दै आजका लागि पूर्ण सुनुवाइको मिति तय गरेको हो । न्यायाधीश विनोद शर्माको इजलासले मंसिर ५ गते कारण देखाऊ आदेश जारी गर्दै मंसिर १५ भित्र टिकटक बन्द गर्नुको कारणसहितको लिखित जवाफ पेस गर्न आदेश गरेको थियो । एकल इजलासले निवेदकहरूले माग गरेबमोजिम अन्तरिम आदेश जारी गर्न अस्वीकार गरेको हो । गत कात्तिक २७ गते…

पुरा पढ्नुहाेस्

बालकृष्ण खाणले न्याय पाउनेमा देउवा आशावादी

मंसिर १२,काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेता बालकृष्ण खाणले न्याय पाउनेमा आफू आशावादी रहेको बताएका छन् । आज मङ्गलवार रुपन्देहीको भैरहवामा नेपाली कांग्रेस रुपन्देही कार्यसमितिको प्रथम जिल्ला सम्मेलनमा सभापति देउवाले खाणले न्याय पाउनेमा आफू आशावादी रहेको बताए । भैरहवासमेत पर्ने रुपन्देही क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभाका लागि उम्मेदवारी दिएका कांग्रेस नेता खाणलाई फसाइएको आरोप कार्यकर्ताहरूले लगाएका थिए । ‘बालकृष्ण खाण यहाँको नेता हो, तपाईँहरूले चुनेर पठाएको प्रतिनिधि पनि हो, त्यस कारण तपाईँहरूलाई चिन्ता लाग्नु स्वाभाविक कुरा हो’, देउवाले भने, ‘तर मलाई विश्वास छ, उहाँले न्याय पाउनुहुनेछ ।’ अदालतमा…

पुरा पढ्नुहाेस्

लुम्बिनी प्रदेशका तत्कालीन सचिव अधिकारीसहित चारजना विरुद्ध भ्रष्टाचार मुद्दा

कार्तिक १९, काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले लुम्बिनी प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका तत्कालीन प्रदेश सचिव वैकुण्ठ अधिकारीसमेत चारजनाविरुद्ध विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको छ । उनीहरुविरुद्ध एक करोड ३१ लख ६० हजार बराबरको बिगो र कैद सजायको माग गर्दै आज विशेष अदाल काठमाडौंमा मुद्दा दायर गरिएको आयोगका सहायक प्रवक्ता देवीप्रसाद थपलियाले जानकारी दिए । आर्थिक वर्ष २०७५र७६ मा सो मन्त्रालयले विभिन्न कृषि समूह, सहकारी संस्थामार्फत् किसानलाई कृषियन्त्र आपूर्ति गर्ने क्रममा प्रदेश सरकारलाई बदनियतपूर्वक हानि नोक्सानी पुर्‍याइ भ्रष्टाचार गरेको पाइएको आयोगले जनाएको छ । सम्झौताविपरीत कम…

पुरा पढ्नुहाेस्

एमाले कर्णालीको नेतृत्वका लागि आज मतदान हुँदै

असोज १४, सुर्खेत । नेकपा एमाले कर्णाली प्रदेशको भावी नेतृत्व चयनका लागि आज मतदान हुँदैछ । अध्यक्षका उम्मेदवार मध्ये दुइले उम्मेदवारी फिर्ता लिए पछि तीन जना भावी अध्यक्षका लागि प्रतिस्पर्धामा छन्। मतदान आज बिहान ८ बजेदेखि सुरू हुने जनााइएको छ । अध्यक्षका पाँच उम्मेदवार मध्ये राजबहादुर शाही र प्रेमबहादुर सिंहले उम्मेदवारी फिर्ता लिएका हुन् । निर्वाचन समितिका अनुसार कर्णाली प्रदेशको भावी अध्यक्षका गुलावजंग शाह, मीन बहादुर शाही, राजबहादुर शाही, प्रेमबहादुर सिंह र प्रकाश रोकायाले उम्मेदवारी दर्ता गराएका थिए । कर्णालीमा अध्यक्षका लागि तीन जनासहित उपाध्यक्षका लागि तीन, सचिवका लागि दुई…

पुरा पढ्नुहाेस्

एमालेको लुम्बिनी प्रदेश अधिवेशन: नयाँ नेतृत्व चयनका लागि मतदान हुँदै

भाद्र १९,काठमाडौँ । एमालेको लुम्बिनी प्रदेश अधिवेशनमा नयाँ नेतृत्व चयनका लागि आज मतदान हुँदैछ । बिहान ८ बजेदेखि मतदान शुरू हुने निर्वाचन समितिले जनाएको छ । एमाले लुम्बिनीको अध्यक्षमा राधाकृष्ण कँडेल र हरि रिजाल प्रतिस्पर्धामा हुनुहुन्छ । पाल्पाका कँडेल उपाध्यक्ष विष्णु पौडेल समूहका र प्युठानका रिजाल महासचिव शङ्कर पोखरेल समूहका रुपमा चिनिन्छन् । कँडेल प्रदेश कमिटीको वर्तमान अध्यक्ष र रिजाल केन्द्रीय सदस्य हुनुहुन्छ । सचिवमा भने लक्ष्मण आचार्य निर्विरोध भइसक्नुभएको छ । सचिवबाहेक अध्यक्ष, उपाध्यक्ष र दुई उपसचिव तथा सदस्यहरुमा चुनाव हुन लागेको हो । चुनावले ५ पदाधिकारीसहित २०५ सदस्यीय…

पुरा पढ्नुहाेस्

लुम्बिनीमा माओवादीले ‘जनतासँग माओवादी रूपान्तरण विशेष अभियान’ सञ्चालन गर्ने

साउन ३२,काठमाडौँ । नेकपा (माओवादी केन्द्र) लुम्बिनी प्रदेशले तीन चरणमा ‘जनतासँग माओवादी रूपान्तरण विशेष अभियान’ सञ्चालन गर्ने भएको छ। पहिलोचरण आगामी भदौ १–१५, दोस्रो चरण भदौ १६–२५ र तेस्रो चरण भदौ २६ देखि मङ्सिर १५ मा विभिन्न कार्यक्रम आयोजना हुने लुम्बिनी प्रदेश कमिटिको बैठकले निर्णय गरेको छ। अभियानलाई प्रभावकारी बनाउन १२ लक्ष्य र १२ उद्देश्य तय गरी कार्यविधि निश्चित गरेको पार्टीका केन्द्रीय सदस्य जगप्रसाद शर्माले बताए। प्रदेश अध्यक्ष सुदर्शन बरालको अध्यक्षता र केन्द्रीय सचिव प्रदेश इन्चार्ज हितमान शाक्यको आतिथ्यतामा बसेकोे बैठकले १२ जिल्लाका १०९ पालिकामा पार्टी सङ्गठन सुदृढ गर्ने, ९८३…

पुरा पढ्नुहाेस्

चोरी मुद्दाका फरार प्रतिवादी १८ वर्षपछि पक्राउ

जेठ ६, दाङ । प्रहरीले चोरी मुद्दाका फरार प्रतिवादीलाई १८ वर्षपछि पक्राउ गरेको छ । पक्राउ पर्नेमा दाङ गढवा गाउँपालिका वडा नं. २ महदेवा निवासी ५२ वर्षीय भागीराम चौधरी रहेका छन् । चौधरीलाई चोरी मुद्दामा जिल्ला अदालत दाङको २०६० फागुन २ गतेको फैसलाले ४ वर्ष ११ महिना २ दिन कैद सजाय तोकेको थियो । त्यही मुद्दामा चौधरीलाई पुनरावेदन अदालत तुलसीपुरले २०६२ असार १९ गते ४९ हजार पाँचसय रुपैयाँ जरिबाना तोकेको थियो । त्यसैगरी त्यही मुद्दामा उनलाई पुनरावेदन अदालत तुलसीपुरले नै २०६२ कात्तिक ८ गते ७६ हजार पचास रुपैयाँ जरिबाना तोकेको…

पुरा पढ्नुहाेस्

भैरहवा विमानस्थलमा फेरि जजिरा एयरलाइन्सले उडान रोक्यो

बैशाख २९,काठमाडौँ । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा फेरि जजिरा एयरलाइन्सले उडान रोकेको छ । कुबेत–भैरहवा उडान गरिरहेको यो एयरलाइन्सले करिब ३ हप्तादेखि उडान रोकेको हो । योसँगै भैरहवा अन्तर्राष्ट्रिय विमानस्थल फेरि अन्तर्राष्ट्रिय उडानविहीन भएको छ । ६ पुसदेखि २५ फागुनसम्म उडान रोकेको जजिराले आन्तरिक कारण देखाएर उडान रोकेको हो । जजिराले यसअघि एक हप्ताअघिदेखि नै उडान सुरु गर्ने बताएपनि प्राविधिक कारण देखाएर उडान गरेन । नेपाल नागरिक उड्डयन प्राधिकरणका सहप्रवक्ता ज्ञानेन्द्र भुल जजिराले रातमा उडान गर्दा विमामनस्थलमा ‘ओभर टाइम’ दिएर ड्युटी लगाउँदा सञ्चालन खर्च बढेकाले बिहानको समयमा सार्न अनुरोध गरेपछि त्यसकै…

पुरा पढ्नुहाेस्