कर्णाली प्रदेश: कांग्रेस संसदीय दलको नेतामा शाही सर्वसम्मत चयन

पौष ८,काठमाडौँ । कर्णाली प्रदेश कांग्रेस संसदीय दलको नेतामा जीवनबहादुर शाही सर्वसम्मत चयन भएका छन् । प्रदेशसभा सदस्यहरुको शुक्रबार बसेको बैठकले शाहीलाई दलको नेतामा सर्वसम्त चयन गरेको हो । दलको नेतामा दावी गर्दै आएका अर्का नेता राजिवविक्रम शाह दलको नेताबाट पछि हटेका छन् । शाहकै समर्थनमा जीवनबहादुर शाही दलको नेतामा सर्वसम्मत भएको कांग्रेस प्रदेश प्रवक्ता दमन शाहीले जानकारी दिए । राजिव दाइले दलको नेतामा उम्मेद्वारी नै दिनुभएन, उहाँकै समर्थनमा जीवन दाइ सर्वसम्मत दलको नेतामा चएन हुनुभएको छ,’ प्रवक्ता शाहीले भने । कर्णाली प्रदेश सरकारको मुख्यमन्त्री समेत रहका शाही पुनः मुख्यमन्त्रीमा…

पुरा पढ्नुहाेस्

कर्णालीका अर्थमन्त्री विष्ट अस्वस्थ, उपचारको लागि काठमाडौँ ल्याइयो

असार २७,काठमाडौँ । कर्णाली प्रदेशका आर्थिक मामिला मन्त्री विन्दमान विष्ट अस्वस्थ भएका छन् । उनलाई आज बिहान उपचारका लागि काठमाडौंको मेडिसिटी अस्पतालमा ल्याइएको छ । उनी फोक्सो र घाँटीको समस्याबाट पीडित छन् । बजेट निर्माणको बेलादेखि नै अस्वस्थ थिए । दुई दिनअघि समस्या बढेपछि कणरली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भर्ना गरिएको थियो । चिकित्सकको सल्लाहअनुसार आज बिहान हवाई जहाजबाट काठमाडौं ल्याइएको उनको सचिवालयका एक जना सदस्यले जानकारी दिए ।

पुरा पढ्नुहाेस्

कर्णाली प्रदेश सरकारमा आज सार्वजनिक बिदा

असार १५,काठमाडौँ । कर्णाली प्रदेश सरकारले आज सार्वजनिक बिदा दिएको छ । असार १५ गते धान दिवसका अवसरमा प्रदेश सरकारले सार्वजनिक बिदा दिएको हो । प्रदेश सरकारले जुम्लाबाहेक कर्णालीका नौ जिल्लामा सार्वजनिक बिदा दिने निर्णय गरेको प्रदेश सरकारको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले निकालेको विज्ञप्तिमा उल्लेख छ । प्रदेश सरकारको गएको चैत २९ गते मन्त्रिपरिषद् बैठकको निर्णयअनुसार बिदा दिइएको कानुन मन्त्रालयका प्रवक्ता निधिराज न्यौपानेले जानकारी दिए। आज देशभर राष्ट्रिय धान दिवस मनाइँदैछ ।

पुरा पढ्नुहाेस्

पोखरीमा डुबेर दुई बालिकाको मृत्यु

असार १४, काठमाडौ । कैलालीमा खेल्ने क्रममा पोखरीमा डुबेर दुई बालिकाको मृत्यु भएको छ । जिल्लाको लम्कीचुहा नगरपालिका- ८ का स्थानीय लालबहादुर बिष्टकी ७ वर्षीया आश्रिया बिष्ट र सोही ठाउँका भीमबहादुर कुवँरकी ६ वर्षीया छोरी भावना कुवँरको पोखरीमा डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ । स्थानीय बडिमालिका इटाभट्टा पछाडि खेलिरहेको अवस्थामा नजिकै रहेको पोखरीमा डुबेको अवस्थामा भेटिएपछि तत्काल उनीहरूको उद्धार गरे पनि बचाउन नसकिएको प्रहरीको भनाइ छ।

पुरा पढ्नुहाेस्

जाजरकोटमा जीप दुर्घटना: ३ जनाको मृत्यु, ८ जना घाइते

जेठ २७,जाजरकोट । यहाँको जुनीचाँदे गाउँपालिका–५ मा जीप दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ । ४ जना गम्भीर घाइते भएका छन् भने अन्य ४ जनाको अवस्था सामान्य रहेको जाजरकोटका प्रमुख जिल्ला अधिकारी रामबहादुर शाहीले बताए । सुर्खेतबाट जाजरकोटका लागि छुटेको क ०२–००१ च ०३४१ नम्बरको जीप दुर्घटना भएको हो । दुर्घटनामा गम्भीर घाइते भएकाहरुको उद्धारका लागि हेलिकप्टर पठाइएको प्रजिअ शाहीले बताए । गृहमन्त्री बालकृष्ण खाणले हेलिकप्टरमार्फत घाइतेको उद्धार गर्न निर्देशन दिएका थिए।

पुरा पढ्नुहाेस्

कालिकोटस्थित रासकोट अस्पतालमा सहयोग सामग्री हस्तान्तरण

जेठ २१,कालिकोट । सुदुरपश्चिमको बिकट जिल्ला कालिकोटको रासकोट स्थित रासकोट अस्पताललाई हङकङ स्थित हङकङ नेपाल हिन्दू एशोसिएसन (हिन्दू मन्दिर) ले संकलन गरी पठाएको सहयोग सामग्री दिब्य सेवा समाज काठमाण्डौको समन्वयमा अस्पताल परिसरमै पुर्याएर हस्तान्तरण गरिएको छ। दिब्य सेवा समाजका अध्यक्ष रामभक्त श्रेष्ठ र सचिव शिरोमणि दवाडीले अस्पतालका प्रवन्धक कौशल न्यौपाने सहित चिकित्सकको टोलीलाई सहयोग सामग्री हस्तान्तरण गरेका हुन् । संचारकर्मी रबि लामिछानेको अगुवाइमा अस्पतालको भौतिक पूर्वाधार निर्माण गरिएपछि स्थानीय समाजसेवीहरूकै सक्रियतामा अस्पताल संचालनमा ल्याएको छ। कार्यरत कर्मचारी र चिकित्सकको तलब रासकोट नगरपालिकाले उपलब्ध गराएपनि अस्पतालसम्म बिरामी पुर्याउने एम्बुलेन्स,उपचारमा प्रयोग हुने…

पुरा पढ्नुहाेस्

बर्दियामा ७ वर्षीया बालिकामाथी जबर्जस्ती करणी

जेठ १९, बर्दिया । बर्दियामा ७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा मधुवन नगरपालिका-३ भगरैया बस्ने ४४ वर्षीय कृष्ण बहादुर कामीलाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ । कामीले ती बालिकालाई माछा मार्न गएको अवस्थामा सोमबार बिहान जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय ढोढरीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

पुरा पढ्नुहाेस्

‘सहकारीमार्फत लगानी गरेर कृषिको विकास गरौँ ‘ : सुमार्गी

फागुन २७,रोल्पा । कृषि उद्यम केन्द्रका सभापति तथा नेपाल उद्योग बाणिज्य महासंघका केन्द्रिय सदस्य अरुणराज सुमार्गीले कृषिको उदारिकरण गर्न आवश्यक रहेको बताएका छन् । रोल्पा उद्योग बाणिज्य महासंघको १८ औँ बार्षिक साधारण सभामा सम्बोधन गर्दै सुमार्गीले ९० प्रतिशत नागरिक कृषिमा आधारित भएको कारण राज्यले कृषिमा लगानी बढाउनु पर्नेमा जोड दिए । उनल सहकारीमार्फत कृषिमा लगानी गरेर कृषिको विकास सम्भव रहेको बताए । सुमार्गीले सहकारीमार्फत कृषिमा लगानी गरेर प्रविधिको उच्चतम प्रयोग गरेमात्रै नेपाल उत्पादनमा अघि बढ्ने बताए । उनले कृषि क्रान्तीको लागी सरकारले निजी क्षेत्रसंग मिलेर अघि बढ्न सुझाव दिएका छन्…

पुरा पढ्नुहाेस्

कर्फ्यू आदेश जारी गरेपछि वीरेन्द्रनगर सुनसान !

फागुन १७, सुर्खेत । स्थानीय प्रशासनले कर्फ्यू आदेश जारी गरेपछि कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर मंगलबार विहानैदेखि सुनसान बनेको छ । अमेरिकी सहयोग परियोजना एमसीसी सम्झौताविरुद्धको आन्दोलन उग्र बनेपछि सोमबार बेलुकादेखि लगाइएको कर्फ्यूका कारण वीरेन्द्रनगर सुनसान बनेको हो । प्रशासनले कर्फ्यू तोड्ने व्यक्तिलाई आवश्यकतानुसार सुरक्षाकर्मीले गोलीसमेत चलाउन सक्ने आदेश दिएको छ । मुख्य बजार क्षेत्रमा ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ भने प्रहरीले माइकिङ गर्दै सर्वसाधारणलाई घर बाहिर ननिस्किन आग्रह गरेको छ । कर्फ्यू आदेश जारी भएपछि महाशिवरात्रि पर्वसम्बन्धी आयोजना गरिएका विभिन्न कार्यक्रम स्थगित भएका छन् । यहाँका शिव मन्दिरहरु सुनसान…

पुरा पढ्नुहाेस्

नेकपा एसको चेतावनीले कर्णाली प्रदेश सरकारमा तरंग

माघ २२, काठमाडौँ । कर्णाली प्रदेश सरकार विस्तार फेरि अन्योलमा परेको छ । तीन मन्त्रालय नपाए सरकारलाई दिएको समर्थन फिर्ता लिने नेकपा एकीकृत समाजवादीको चेतावनीपछि सरकारमा नयाँ तरंग उत्पन्न भएको हो । नेतृत्व परिवर्तन भएको तीन महिनापछि मुख्यमन्त्री जीवन बहादुर शाहीले भोलि सरकारलाई पूर्णता दिने तयारी गरेका थिए । तर, एकीकृत समाजवादीले गत वैशाख २ को सहमतिअनुसार नै अघि बढ्ने दाबी गरेपछि भोलि मन्त्रिपरिषद् विस्तार नहुने पक्कापक्की भएको हो । सहमतिअनुसार पूर्व–मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले राजीनामा दिएको र जीवनबहादुर शाही मुख्यमन्त्री बनेको स्मरण गराउँदै सहमतिअनुसार तीन मन्त्रालयको दाबी नछोड्ने एकीकृत समाजवादीका…

पुरा पढ्नुहाेस्