शपथ खाएको भोलिपल्टै सुदूरपश्चिमका मुख्यमन्त्री अल्पमतमा !

बैशाख ७, काठमाडौँ । सुदूपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नियुक्त हुनुभएका नेकपा एकिकृत समाजवादी प्रदेश संसदीय दलका नेता दीर्घबहादुर सोडारी शपथ लिएकै भोलिपल्ट अल्पमतमा परेका छन् । नागरिक उन्मुक्ति पार्टीको रञ्जिता श्रेष्ठ खेमाका एक जना प्रदेश सभा सदस्यले समर्थन फिर्ता लिएको घोषणा गरेपछि सोडारी अल्पमतमा परेका हुन् । मन्त्री पदको शपथका लागि प्रदेश प्रमुखको कार्यालय बोलाएको तर बिना विभागीय मन्त्री बनाउने र मन्त्रालय फुटाएर विभाग तोक्ने भनेर अपमान गरेको भन्दै प्रदेश सभा सदस्य टीका थापाले समर्थन फिर्ता लिएको घोषणा गरेका थिए । ‘मलाई मन्त्रीको शपथ खाने भनेर प्रदेश प्रमुखको कार्यालय बोलायो, पछि…

पुरा पढ्नुहाेस्

सुदूरपश्चिमको मुख्यमन्त्रीमा सोडारीको दाबी

बैशाख ६, काठमाण्डौँ । एकीकृत समाजवादीका संसदीय दलका नेता दीर्घबहादुर सोडारीले सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीका लागि दाबी पेश गरेका छन् । बिहिबार माओवादी केन्द्र, एमाले, नागरिक उन्मुक्ति पार्टी, एकीकृत समाजवादीको समर्थनसहित सोडारीले प्रदेश प्रमुख नजिर मियाँ समक्ष मुख्यमन्त्रीका लागि दाबी पेश गरेका हुन्। प्रदेशमा बहुमतका लागि २७ सांसद आवश्यक पर्दछ । सुदूरपश्चिममा काँग्रेसका १८, माओवादी केन्द्रका ११, एमालेका १०, नागरिक उन्मुक्तिका ७, एकीकृत समाजवादीका ४, राप्रपाका एक र एक जना स्वतन्त्र प्रदेशसभा सदस्य छन्। सोडारीले एमालेका ११, माओवादीका १०, एकीकृत समाजवादीका ४, नाउपा रन्जिता पक्षका २ र एक स्वतन्त्र सांसद गरि…

पुरा पढ्नुहाेस्

सुदूरपश्चिममा फेरि लडाईँ : एमालेले दीर्घ सोडारीलाई मुख्यमन्त्रीमा नस्वीकार्ने

बैशाख ५, धनगढी । सत्ता गठबन्धनको संकट टरेको अनुमान भइरहेका बेला सुदूरपश्चिममा फेरि अर्को किचलो शुरु भएको छ । मंगलबार सुदूरपश्चिम प्रदेश सरकार निर्माणमा सत्ता गठबन्धनबीच भएको सहमति एक दिनमै भत्केको छ । सत्ता गठबन्धनको विकल्पका रुपमा तयार भएको कांग्रेस, नागरिक उन्मुक्ति रेशम पक्ष र समाजवादी गठबन्धन भत्किए पनि फेरि एमालेले मुख्यमन्त्रीमा नेकपा एकीकृत समाजवादीका दीर्घबहादुर सोडारीको विकल्प खोजेको छ । एमालेले सोडारीको विकल्प खोज्नु पर्ने अडान राखेपछि सुदूरपश्चिममा मुख्यमन्त्रीको दाबी पेश गर्ने तयारी रोकिएको छ । ‘सोडारी विवादास्पद व्यक्ति हुन् । उनकाविरुद्ध सम्पत्ति शुद्धिकरणमा मुद्दा छ । अख्तियारले मुद्दाको…

पुरा पढ्नुहाेस्

सुदूरपश्चिमको मुख्यमन्त्रीमा दुवै दाबी अस्वीकृत, नयाँ दाबी पेश गर्न दुई दिन

बैशाख ५, काठमाण्डौँ । सुदूरपश्चिमको मुख्यमन्त्रीको दाबी पेश गरेका लक्ष्मणकिशोर चौधरी र कैलाश चौधरीको दाबी प्रदेश प्रमुख नजिर मियाँले अस्वीकृत गरेका छन् । एउटै दलका दुई जनाको दाबी पेस हुन आएकोले निष्कर्षमा पुग्न नसकिएको प्रदेश प्रमुख कार्यालयद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ । मुख्यमन्त्री मियाँले नयाँ दाबीका लागि वैशाख ६ गते बेलुका ५ बजेसम्मको समय दिएका छन् ।

पुरा पढ्नुहाेस्

मधेश सरकारबाट बाहिरियो लोसपा, विश्वासको मतसमेत नदिने

बैशाख ४, काठमाण्डौँ । लोकतान्त्रिक समाजवादी पार्टी लोसपा मधेश प्रदेश सरकारबाट बाहिरिएको छ । मंगलबार बसेको लोसपाको संसदीय दलको बैठकले सरकारबाट बाहिरिने र मुख्यमन्त्री सरोजकुमार यादवलाई विश्वासको मतसमेत नदिने निर्णय गरेको हो । दलको निर्णयसँगै वन तथा वातावरणमन्त्री रमेशप्रसाद कुर्मीले राजीनामा दिएका छन् ।

पुरा पढ्नुहाेस्

सुदूरपश्चिममा नाउपाका लक्ष्मणकिशोरलाई समर्थन गर्ने कांग्रेसको औपचारिक निर्णय

बैशाख ३, काठमाडौँ । नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेश संसदीय दलले मुख्यमन्त्रीमा नागरिक उन्मुक्ति पार्टीको रेशम चौधरी पक्षलाई समर्थन गर्ने औपचारिक निर्णय गरेको छ । सुदूरपश्चिमको कामचलाउ सरकारका मुख्यमन्त्री समेत रहेका कांग्रेस संसदीय दलका नेता कमलबहादुर शाहको अध्यक्षतामा आज ९सोमबार० बिहान बसेको संसदीय दलको बैठकले नाउपाका मुख्यमन्त्रीका उम्मेदवार लक्ष्मणकिशोर चौधरीलाई समर्थन गर्ने निर्णय गरेको हो । कांग्रेसका प्रमुख सचेतक विक्रम धामीले नाउपाका लक्ष्मणकिशोरलाई समर्थन गर्ने निर्णय गरिएको जानकारी दिए । उनका अनुसार काँग्रेसले यसअघि कुनै पनि दललाई समर्थन नगर्ने निर्णय लिएको थियो ।

पुरा पढ्नुहाेस्

सुदूरपश्चिममा कांग्रेस, समाजवादी र नागरिक उन्मुक्तिबीच आलोपालो गर्ने

बैशाख २, काठमाडौँ । सुदूरपश्चिममा नेपाली काँग्रेस, एकीकृत समाजवादी र नागरिक उन्मुक्ति पार्टीबीच सरकारमा आलोपालो गर्ने सहमति भएको छ । तीन दलबीच मुख्यमन्त्रीमा आलोपालो गर्ने सहमति भएको हो । सहमतिअनुसार पहिला नाउपाका लक्ष्मण किशोरलाई मुख्यमन्त्री बनाउने सहमति भएको छ ।

पुरा पढ्नुहाेस्

सुदूरपश्चिम प्रदेश सभा सदस्य घनश्याम चौधरी नाउपा पार्टीबाट निलम्बित

चैत्र ३०, काठमाण्डौँ । नागरिक उन्मुक्ति पार्टी नाउपाका सुदूरपश्चिम प्रदेश सभा सदस्य घनश्याम चौधरीलाई पार्टीले निलम्बन गरेको छ । पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठले शुक्रबार प्रदेश सभामुख भीमबहादुर भण्डारीलाई पत्र पठाउँदै चौधरीलाई पार्टीबाट ३ महिना निलम्बन गरिएको जानकारी दिएकी हुन् । अध्यक्ष श्रेष्ठको हस्ताक्षरमा जारी भएको पत्रमा प्रदेश सभा सदस्य चौधरीलाई पार्टीका विभिन्न विषयमा छलफल गर्न पटक(पटक बोलाउँदा पनि सहभागी नभएको र स्पष्टिकरण पनि चित्तबुझ्दो नभएकोले निलम्बन गरिएको उल्लेख छ ।

पुरा पढ्नुहाेस्

सरकार जोगाउन नसकेपछि सुदूरपश्चिमका मुख्यमन्त्री शाहद्वारा राजीनामा

चैत्र २२, धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल शाहले पदबाट राजीनामा दिएका छन् । सरकार अल्पमतमा परेपछि उनले राजीनामा दिएका हुन् । सरकार जोगाउन अन्तिम समयसम्म प्रयास गरे पनि विश्वासको मत जुट्न नसक्दा उनी राजीनामा दिन बाध्य भएका हुन् । आजै लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्ली चौधरीले पनि अल्पमतमा परेपछि राजीनामा दिएका थिए । मुख्यमन्त्री शाहले आजै विश्वासको मत लिने कार्यतालिका थियो । विश्वासको मत दिने नदिने विषयमा नागरिक उन्मुक्ति पार्टीभित्र चर्को मतभेद भएको र स्वतन्त्र सांसदले समेत विश्वासको मत नदिने भएपछि मुख्यमन्त्री शाहले राजीनामा दिएका हुन् ।

पुरा पढ्नुहाेस्

सुदूरपश्चिम सरकारमा नाउपाका ५ सांसद : मन्त्री छोड्न अध्यक्ष रञ्जिताको लिखत निर्देशन !

चैत्र १६, काठमाडौँ । नागरिक उन्मुक्ति पार्टी नाउपाकी अध्यक्ष रञ्जिता श्रेष्ठले सुदूरपश्चिम प्रदेश सरकार छाड्न संसदीय दलका नेतालाई निर्देशन दिएकी छिन् । शुक्रबार अध्यक्ष रञ्जिताले प्रदेश संसदीय दलका नेता घनश्याम चौधरीलाई पत्र लेखेर सरकार छोड्न लिखित निर्देशन दिएकी हुन् । टीकापुरमा बुधबार बसेको पार्टीको संस्थापक केन्द्रीय सदस्यहरुको बैठकले समर्थन फिर्ता लिने निर्णय गरेको भन्दै उनले पत्रमा सरकार नछोडे पार्टीको विधान आकर्षित हुने चेतावनी समेत दिएकी थिईन् । पार्टीका संरक्षक रेशम चौधरीको निर्देशनमा सुदूरपश्चिममा नाउपाका ७ मध्ये ५ सांसद मन्त्री बनेका छन् ।

पुरा पढ्नुहाेस्