बिरिसु मिडिया प्रा.लिको दोस्रो वार्षिकोत्सव, २८ श्रष्टा सम्मानित

चैत्र १५, काठमाडौँ । बिरिसु मिडिया प्रालिको दोस्रो वार्षिकोत्सव तथा श्रष्टा सम्मान कार्यक्रम सम्पन्न भएको छ । माननिय संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री हित बहादुर तामाङको प्रमुख आतिथ्यतामा काठमाडौँको अनामनगरस्थित सामाजिक विकास भवनमा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा सामाजिक,व्यवसायिक,कलाकारिता र पत्रकारितामा विशेष योगदान दिएका २८ जना व्यक्तित्वहरुलाई सम्मान गरिएको थियो । कार्यक्रममा प्रमुख अतिथिको रुपमा सम्बोधन गर्दै माननिय मन्त्री हित बहादुर तामाङले शुभकामना व्यक्त गर्नुहुँदै विविध क्षेत्रमा आवद्ध व्यक्तिहरुलाई सम्मान प्रदान गर्नाले हौसला मिल्ने र सम्पूर्ण सम्मानित व्यक्तिहरुलाई बधाई ज्ञापन गरे । उनले बिरिसु मिडियाले नमुना योग्य कार्य…

पुरा पढ्नुहाेस्

मुगु जीप दुर्घटनामा दुईजनाको मृत्यु

चैत्र १५, काठमाण्डौँ । मुगुमा जीप दुर्घटना हुँदा दुईंजनाको ज्यान गएको छ । गमगढीबाट सोरुकोटका लागि छुटेको जीप कच्यागाउँ नजिकै दुर्घटना हुँदा दुईंजनाको ज्यान गएको छ भने चारजना घाइते भएका छन् । मुगुका प्रमुख प्रहरी नायब उपरीक्षक वीरेन्द्र थापाका अनुसार ज्यान गुमाउनेमा जीप चालक कविराज नेपाली र परिचय नखुलेका एकजना महिला रहेकी छिन् । कच्ची र साँघुरो चार मोड भन्ने ठाउँको सडकबाट जीप खसेको थियो ।

पुरा पढ्नुहाेस्

एसईई आजदेखि सुरु, ५ लाख परीक्षार्थी सहभागी हुँदै

चैत्र १५, काठमाडौँ । यो बर्षको बिहीबार सुरु माध्यमिक शिक्षा परीक्षा एसईईमा ५ लाख ४ हजार ४ सय १४ विद्यार्थी सहभागी हुँदै छन् । जसमा छात्रा २ लाख ५० हजार ७ सय ७२, छात्र २ लाख ५३ हजार ६ सय २७ र लैगिक अल्पसंख्यक १५ जना रहेका छन् । तीमध्ये १५ हजार ७ सय ४९ जना प्राविधिक धारतर्फका विद्यार्थी रहेको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ । गतवर्षको तुलनामा यसपटक परीक्षार्थी १२ हजारले कम छन् । यस वर्ष थपिएका २७ वटासहित देशभरका २ हजार ६४ केन्द्रमा परीक्षा हुँदैछ । यस्तै विदेशस्थित एक मात्र परीक्षा केन्द्र जापानमा…

पुरा पढ्नुहाेस्

आजको मौसम : कोशी, बागमती र गण्डकीमा वर्षा, हिमाली क्षेत्रमा हिमपात

चैत्र १५, काठमाडौँ । नेपालमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहँदा अहिले कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागमा हल्का वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागका अनुसार दिउँसो पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रही अन्यत्र आंशिक बदली रहने छ । कोशी, बागमती र गण्डकी प्रदेशसहित अन्य एकाध स्थानमा पनि हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । त्यसैगरी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागमा हल्का हिमपातको सम्भावना रहेको विभागको भनाइ छ।साथै, राति देशका पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू–भागमा आंशिक बदली…

पुरा पढ्नुहाेस्

‘सहकारी प्रकरणमा रवि लामिछानेविरुद्ध प्रमाण भेटिएन’ : महानिरीक्षक कुँवर

चैत्र १४, काठमाडौँ । नेपाल प्रहरीका महानिरीक्षक बसन्त कुँवरले सहकारी प्रकरणमा रवि लामिछानेको संलग्नता नदेखिएको बताएका छन् । प्रतिनिधिसभाको राज्य व्यवस्था समितिको आजको बैठकमा बोल्दै महानिरीक्षक कुँवरले सहकारी प्रकरणमा रवि लामिछानेको नाम आएको भए पनि अहिलेसम्म कुनै प्रमाण नदेखिएको बताएका हुन् । कुँवरले सहकरी प्रकरणको मुख्य नायक जीबी राई रहेको आफूहरुको पनि बुझाइ रहेको बताउँदै उनी मलेसियामा रहेको बताएका छन् । उनले भने, जीबी राई मलेसिया रहेको जानकारी पाएका छौँं । सुपुर्दगी सन्धि नभएकाले सहयोग गर्न मलेसिया सरकार बाध्य छैन । हामी रेड कर्नर नोटिस, इन्टरपोललाई आग्रह गरेका छौं ।…

पुरा पढ्नुहाेस्

मेयर गोपाल हमालकी छोरी आरती सकुशल भेटिइन्

चैत्र १४, काठमाडौँ । धनगढी उपमहानगरपालिकाका नगर प्रमुख गोपाल हमालकी छोरी सम्पर्कमा आएकी छिन् । हमालले छोरी आरती सकुशल भेटिएको जानकारी दिए । उनले फेसबुकमा लेख्दै भनेका छन्, ‘सबैको खोजीको प्रयासले मेरी जेठो छोरी आरती गोवामा सकुशल भेटिएको र स्वास्थ्य अवस्था कमजोर रहेको सम्पूर्ण शुभचिन्तकमा जानकारी गर्दछु । खोजी कार्यमा सहयोग गर्नु हुने सम्पूर्ण महानुभावहरू, गोवामा बस्नु हुने सहयोगी नेपाली दाजुभाई दिदिबहिनीहरू सहित सम्पूर्णमा हार्दिक धन्यवादसहित कृतज्ञता व्यक्त गर्दछु । साथै मेरो जेठो छोरी आरती, कान्छी छोरी आर्जु र ज्वाइँसंगै भएको सम्पूर्णमा जानकारी गर्दछु ।’ यसअघि नगर प्रमुख हमालले मंगलबार…

पुरा पढ्नुहाेस्

भोलीदेखि शुरु हुने एसईईको सम्पूर्ण तयारी पूरा,पाँच लाख चार हजार बिद्यार्थीहरु सहभागी हुने

चैैत्र १४, भक्तपुर । बिहीबारदेखि सुरु हुने माध्यमिक शिक्षा परीक्षा एसइईको सम्पूर्ण तयारी पुरा भएको छ । चैत १५ देखि २७ गतेसम्म सञ्चालन हुने यस वर्षको एसइर्ई परीक्षाको अन्तिम तयारी पुरा भएको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ । बोर्डका अध्यक्ष प्रा डा महाश्रम शर्माले भालिदेखि सञ्चालन हुने परीषाको सम्पूर्ण तयारी पूरा भएको भन्दै प्रश्न पत्र र उत्तर पुस्तिका जिल्ला जिल्ला पुर्‍याइएको जानकारी दिए। उनले परीक्षालाई शान्तिपूर्ण रूपमा सम्पन्न गर्न सबैलाई आह्वान पनि गरे । “भोलिदेखि देशभर एकैसाथ सुरु हुने एसइई परीक्षाको सम्पूर्ण तयारी पुरा भएको छ । पहिलो दिन अङ्ग्रेजी…

पुरा पढ्नुहाेस्

रुपन्देहीमा हतौडा हानेर एक महिलाको हत्या, एक जना पक्राउ

चैत्र १४, रूपन्देही । जिल्लाको सुद्धोधन गाउँपालिका ६ वेलहिया घर भई सियारी गाउँपालिका ७ राम जानकी चोक डेरा गरी बस्ने ७० वर्षीया उजेली लोधको हत्या आरोपमा प्रहरीले एक जनालाई प्रहरीले पक्राउ गरेको छ । घटनामा संलग्न रहेको आरोपमा सियारी गाउँपालिका-७ अमुवा बस्ने २९ वर्षीय प्रभुनाथ थारूलाई गएराति प्रहरीले पक्राउ गरेको हो । उजेलीलाई सुतेको अवस्थामा अपरिचित व्यक्तिले फलामको हतौडा प्रहार गर्दा बेहोस भई उपचारको लागि भिम अस्पताल भैरहवा लगिएको थियो ।उनको उपचारको क्रममा मृत्यु भएको खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय छपियाबाट खटिएको प्रहरीले घटनामा संलग्न प्रभुनाथलाई उनकै घरबाट पक्राउ…

पुरा पढ्नुहाेस्

ठेक्का लिएर समयमै काम नगर्ने २३ निर्माण कम्पनी कालोसूचीमा, ३ वर्षसम्म काम गर्न नपाउने

चैत्र १४, काठमाडौँ । समयमै आयोजना सम्पन्न नगर्ने झन्डै दुई दर्जन ठेकेदार कम्पनी कालोसूचीमा परेका छन् । सरकारले आयोजनाको ठेक्का लिएर समयमै सम्पन्न नगर्ने २३ ठेकेदार कम्पनीलाई कालोसूचीमा राखेको हो । कार्यालयले सार्वजनिक खरिद ऐन, २०६३ को दफा ६३ को उपदफा १ बमोजिम निर्माण कम्पनीलाई कालोसूचीमा राखेको सार्वजनिक खरिद अनुगमन कार्यालयले जनाएको छ । कार्यालयका अनुसार २ निर्माण कम्पनीलाई ३ वर्ष, १ निर्माण कम्पनीलाई २ वर्ष, २ वटा निर्माण कम्पनीलाई डेढ वर्षसम्मका लागि कालोसूचीमा राखिएको हो । ५ निर्माण कम्पनीलाई १३ महिना र अन्य १३ निर्माण कम्पनीलाई १ वर्षसम्मका लागि…

पुरा पढ्नुहाेस्

सुनकोशीमा बेपत्ता दुई बालकको शव भेटियो, एकको अवस्था अझै अज्ञात

चैत्र १४, काठमाण्डौँ । होली खेलेर नुहाउने क्रममा सुनकोशीमा बेपत्ता भएका दुई बालबालिक मृत फेला परेका छन् । उनीहरु आइतबारदेखि हराइरहेका थिए । जसमा बुधबार त्रियुगा नगरपालिका–१४ साउने बस्ने बर्ष ९ की रेखा मगरको शव भेटिएको हो । यस्तै मंगलबार सोही ठेगाना बस्ने बर्ष ६ का रिदम मगरको शप मृत फेला परेको थियो । रेखाको शव उदयपुरको त्रियुगा नगरपालिका–२४ स्थित सिम्ले नजिक दुर्गे ढुङ्गामा फेला परेको र रिदमको शव खोटाङको बाराहापोखरी गाउँपालिका–२ टप्पुभ न्ने स्थानमा फेला परेको थियो । अझै एक ९ वर्षका लोकचन्द्र मगर वेपत्ता रहेका छन् । होली…

पुरा पढ्नुहाेस्