जेठ १४,काठमाडौँ । पालिका तहको चुनावमा हालसम्म ३८५ जना स्वतन्त्र उम्मेदवार निर्वाचित भएका छन् । निर्वाचन आयोगका अनुसार पालिका तहको चुनावमा २४ राजनीतिक दल सहभागी हुँदा स्वतन्त्र उम्मेदवार दुई सय ६६ पुरुष र एक सय १९ महिला निर्वाचित भएका हुन् । निर्वाचन आयोगका अनुसार स्वतन्त्र उम्मेदवारमध्ये नगरपालिका प्रमुखमा सात र गाउँपालिका अध्यक्षमा छ जना निर्वाचित भएका छन् । काठमाण्डौ महानगरपालिकासहित धरान उपमहानगरपालिका, धनगढी उपमहानगरपालिका र जनकपुर उपमहानगरको प्रमुख पदमा स्वतन्त्र उम्मेदवार निर्वाचित भएका छन् । काठमाण्डौ महानगरमा स्वतन्त्र उम्मेदवार बालेन्द्र साहले ६१ हजार ७६७ मत प्राप्त गरी निर्वाचित हुनुभएको छ…
Read MoreCategory: स्थानीय चुनाव २०७९
स्थानीय तहको निर्वाचनमा अन्तरघात भएको भन्दै एमालेका २१ नेता-कार्यकर्ताद्धारा पार्टी परित्याग
जेठ १४, काठमाण्डौ । स्थानीय तहको निर्वाचनमा अन्तरघात भएको भन्दै एमालेका २१ नेता-कार्यकर्ताले पार्टी परित्याग गरेका छन् । सर्लाहीको हरिवन नगरपालिका १ का वडाध्यक्षका उम्मेदवार रामबहादुर क्याप्छाकी र २ का वडाध्यक्षका उम्मेदवार अर्जुन महतो कुशवाहासहित २१ जना नेता कार्यकर्ताले पार्टी छाडेका हुन् । निवर्तमान अध्यक्षसमेत रहेका दुवै जना यसपटकको निर्वाचनमा पराजित भएपछि अन्तरघातको आरोप लगाएका छन् । एमाले परित्याग गरेका सबैले स्वतन्त्र भएर बस्ने विज्ञप्तिमा उल्लेख गरेका छन् ।
Read Moreपोखरा महानगरपालिकाका नवनिर्वाचित मेयर धनराज आचार्यसँग स्पष्टीकरण माग
जेठ १४, काठमाण्डौ । पोखरा महानगरपालिकाका नवनिर्वाचित मेयर धनराज आचार्यलाई निर्वाचन आयोगले स्पष्टीकरण सोधेको छ । बिहीबार प्रदर्शनी केन्द्रमा आयोजना गरिएको विजय उत्सव समारोहमा मेयर आचार्यले निर्वाचन आयोगले मतपत्रमा चुनाव चिह्नलाई सही तरिकाले नराखेका कारण स्थानीय तहमा निर्वाचनमा ठूलो संख्यामा मत बदर भएको अभिव्यक्ति दिएका थिए । यही कारण उनलाई २४ घण्टे स्पष्टीकरण सोधिएको हो।
Read Moreकाठमाडौं महानगरकी उपमेयर डंगोलले भनिन्–’शासक होईन सेवकको रुपमा काम गर्नेछु’
जेष्ठ १३, काठमाडौ । काठमाडौं महानगरपालिकाकी नवनिर्वाचित उपमेयर सुनिता डंगोलले मतदाताले महानगर हाँक्ने जिम्मेवारी युवाहरुलाई दिएको भन्दै त्यसलाई इमान्दारितापूर्वक निर्वाह गर्ने बताएकी छन् । उपमेयरमा निर्वाचित भएपछि धन्यवाद ज्ञापन गर्दै डंगोलले उपमेयरको जिम्मेवारी शासक नभइ सेवकको रुपमा काम गर्ने बताएकी छन् ।
Read Moreकाठमाडौ महानगरका मेयर बालेन शाहलाई माधव नेपालको बधाई
जेठ १३, काठमाण्डौ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले काठमाडौंका नवनिर्वाचित मेयर बालेन शाहलाई बधाई दिएका छन् । स्वतन्त्र उम्मेदवार बालेन काठमाडौंको मेयरमा निर्वाचित भएपछि अध्यक्ष नेपालले आज उनलाई बधाई दिँदै सफल कार्यकालको शुभकामना दिएका हुन् । ‘काठमाडौं महानगरपालिकाको प्रमुख पदमा जनताको लोकप्रिय मतसहित निर्वाचित हुनुभएकोमा युवा उम्मेदवार बालेन्द्र साह बालेन जीलाई हार्दिक बधाई एवम् सफल कार्यकालको शुभकामना,’ अध्यक्ष नेपालले भनेका छन्, ‘यहाँले सार्वजनिक रूपमा प्रतिबद्धता गरेअनुरूप काठमाडौंलाई उत्कृष्ट शहर बनाउने लगायतका सबै असल कार्यमा सहयोग एवम् सहकार्य गर्न हाम्रो पार्टी सदैब तत्पर रहेको छ।’
Read Moreमहानगरको मेयर जितेका बालेन भन्छन्-‘काठमाडौंलाई विश्वकै उत्कृष्ट सहर बनाउनेछु’
जेठ १३, काठमाडौं । काठमाडौं महानगरपालिकाका नवनिर्वाचित मेयर बालेन्द्र साह बालेनले आफ्नो सम्पूर्ण समय महानगरपालिकाको व्यवस्थापनका लागि दिने प्रतिबद्धता गरेका छन् । मेयरमा निर्वाचित भएपछि प्रतिक्रपया दिंदै उनले अबको पाँच वर्ष आफ्नो क्षमता, ज्ञान र कुशलता काठमाडौंलाई पूर्ण विकासित र विश्वकै उत्कृष्ट सहर बनाउन लगाउने प्रतिबद्धतासमेत गरे । नगरवासीले दिएको अत्यधिक मतले आफू एकदमै खुसी भएको प्रतिक्रिया दिंदै उनले नगरवासीको मतलाई ऊर्जाको रुपमा लिएको बताए ।
Read Moreकाठमाडौं महानगरको प्रमुखमा निर्वाचित बालेन धन्यवाद सभा गर्दै
जेठ १३, काठमाडौं । काठमाडौं महानगरपालिकाको प्रमुख पदमा स्वतन्त्र उम्मेदवार बालेन साह निर्वाचित भए । मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार बालेन ६१ हजार ७६७ मत ल्याएर निर्वाचित भएका हुन् । उनले पाँच दलसहितको सत्ता गठबन्धन र नेकपा एमालेका उम्मेदवारमाथि भारी मतान्तरले जित निकालेका हुन् । उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसकी सिर्जना सिंहले ३८ हजार ३४१ र नेकपा एमालेका केशव स्थापितले ३८ हजार ११७ मत प्राप्त गरे । आँखीझ्याल चुनाव चिन्हबाट स्वतन्त्र उम्मेदवार सुमन सायमीले १३ हजार ७७० मत ल्याए । उपप्रमुख ९उपमेयर० मा भने सुनिता डंगोल अत्याधिक मतले निर्वाचित भइन्…
Read Moreतिलोत्तमा नगरको प्रमुखमा गृहमन्त्रीका भाइ विजयी
जेठ १३, बुटवल । रूपन्देहीको तिलोत्तमा नगरपालिकाको प्रमुखमा नेपाली कांग्रेस र उपप्रमुखमा नेकपा एमाले विजयी भएको छ । नगरको प्रमुखमा कांग्रेसका रामकृष्ण खाँण विजयी भएका छन् । खाँण गृहमन्त्री बालकृष्ण खाँणका सहोदर भाइ हुन् । तिलोत्तमामा खसेको ६४ हजार ७२० मतमध्ये कांग्रेसका खाँणले २४ हजार ३९६ मत प्राप्त गरे । नेकपा एमालेका उमेदवार मोहन चापागाईंले २३ हजार ६३१ मत ल्याएका छन् । उपप्रमुखमा भने एमालेकी जागेश्वरी चौधरी भारी मतान्तरसहित विजयी भएकी छन् । चौधरीले २३ हजार ८६ मत ल्याएकी छन् । उनका निकटतम प्रतिद्वन्दी माओवादी केन्द्रका हेमन्त पाण्डेले ११ हजार…
Read Moreवीरगन्जका नवनिर्वाचित मेयर सिंह र उपमेयर आलमको शपथ ग्रहण सम्पन्न
जेठ १२,विरगञ्ज । मधेश प्रदेशको एक मात्र महानगरपालिका वीरगन्जका नवनिर्वाचित मेयर राजेशमान सिंह र उपमेयर इम्तियाज आलमले पद तथा गोपनियतको सपथ लिएका छन् । वीरगन्जको पुरानो बसपार्क परिसरमा बिहीबार साँझ आयोजित खुल्ला समारोहमा नगवरवासीको बिचमा नवनिर्वाचित मेयर सिंहले प्रमुख निर्वाचन अधिकृत धर्मराज पौडेलबाट पद तथा गोपनियतको सपथ लिएका हुन् ।त्यस लगतै नवनिर्वाचित उपमेयर इम्तियाज आलमले नवनिर्वाचित मेयर सिंहबाट पद तथा गोपनीयताको सपथ लिए । त्यसपछि नवनिर्वाचित मेयर सिंहले ३२ वटै वडाका वडाअध्यक्ष र वडा सदस्यले सपथ खुवाए । वीरगन्ज महानगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत निश्चछलराज पाण्डेको अध्यक्षतामा भएको समारोहमा पुर्व उपप्रधानमन्त्री…
Read Moreकाठमाडौँ-१४ मा कांग्रेसका उम्मेदवार सुमन श्रेष्ठ विजयी
जेठ १२,काठमाडौँ । काठमाडौँ महानगरपालिका वडा नम्बर १४ मा कांग्रेसका उम्मेदवार सुमन श्रेष्ठ विजयी भएका छन् । उनी ३ हजार ४ सय २० मत प्राप्त गरेर विजयी भएका हुन् । उनका निकटतम प्रतिद्धन्दी एमालेकी उम्मेदवार रश्मी श्रेष्ठले ३ हजार ३ सय ४६ मत प्राप्त गरिन् । यता राप्रपाका उम्मेदवार आनन्दप्रसाद श्रेष्ठले १ हजार ८ सय ८३ मत ल्याए । स्वतन्त्र उम्मेदवार माहिर शर्माले लौरो चिन्हबाट ३ सय ४३ मत ल्याए । काठमाडौँ महानगरको अन्तिम मतगणना सकिएसंगै मेयरमा बालेन्द्र साह विजयी भएका छन् ।
Read More