जेठ १५,काठमाडौँ । सरकारले आज आउँदो आर्थिक वर्ष २०७९/०८० को लागि बजेट सार्वजनिक गर्दैछ । जेठ १५ गते संसद्का दुवै सदनमा बजेट पेस गर्नुपर्ने संवैधानिक व्यवस्था छ । अर्थमन्त्री जनार्दन शर्माले दिउँसो चार बजे आर्थिक वर्ष २०७९/८० को राजश्व र व्यायको वार्षिक अनुमान सार्वजनिक गर्न लागेका हुन् । प्रतिनिधि सभाको हिजो बसेको दोस्रो बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले अर्थमन्त्री शर्माले प्रस्तुत गर्ने आउँदो आर्थिक वर्षको बजेटको समय तालिका घोषणा गरेका हुन्। सरकारले जेठ १० गते सङ्घीय संसद्को संयुक्त बैठकमा पेस गरेको नीति तथा कार्यक्रम बहुमतले पारित भइसकेको छ । देशको अर्थतन्त्र…
Read MoreCategory: अर्थ/सेयर
नेपालकाे अार्थिक गतिविधि
पेट्रोलियम पदार्थमा लगाइएको कर घटाइने
जेठ १४, काठमाडौँ । सरकारले पेट्रोलियम पदार्थमा लगाइएको कर घटाउन सैद्धान्तिक सहमति दिएको छ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले शुक्रबार सङ्घीय संसद्मा बोल्दै कर घटाउन मन्त्रिपरिषद्ले सैद्धान्तिक सहमति दिएको बताएका हुन् । पेट्रोलिमय पदार्थको पूर्वाधार र भन्सार शुल्क घटाउन अर्थ मन्त्रालयलाई सैद्धान्तिक सहमति दिएको मन्त्रालयले जानकारी दिएको छ तर कुनमा कति घटाउने भन्ने निर्णय भैसकेको छैन । पेट्रोलियम पदार्थमा लगाइएको उच्च करका कारण मूल्य बढ्दै गएको भन्दै त्यसको चौतर्फी विरोध भएको थियो । अर्थतन्त्रको समग्र क्षेत्रमा परेको प्रभाव तथा निगमको कार्य सञ्चालन वित्तीय व्यवस्थापन तथा व्यापार विविधिकरण लगायतका क्षेत्रमा समग्र सुधार…
Read Moreदैलेखमा पेट्रोलियम पदार्थ अन्वेषण गर्न दुई वर्ष समय थप
जेठ १४, दैलेख । पेट्रोलियम पदार्थ अन्वेषण तथा उत्खननका लागि दुई वर्ष समय थप गरिएको छ । जिल्लाको ज्वाला क्षेत्रमा जारी अन्वेषण तथा उत्खननका लागि दुई वर्ष थपिएको हो । पेट्रोलियम पदार्थ अन्वेषण तथा उत्खननका लागि सन् २०२२ फेब्रुअरी २८ सकिएपछि २०७८ चैत १४ गते बसेको मन्त्रिपरिषद्को बैठकले दैलेखमा रहेको पेट्रोलियम पदार्थ अन्वेषण तथा उत्खननका लागि दुई वर्ष समय थप गरेको खानी तथा भूगर्भ विभागका भूगर्भविद् डा।गणेशनाथ त्रिपाठीले बताए । डा।त्रिपाठीले चिनिया टोली नेपाल आउन साथ दैलेखमा रहेको पेट्रोलियम पदार्थ अन्वेषण तथा उत्खनन अन्तर्गत दोस्रो चरणको काम सुरु हुने बताए…
Read Moreमौद्रिक नीतिको तेश्रो त्रैमासिक समीक्षा सार्वजनिक (पूर्णपाठसहित)
जेठ १३, काठमाण्डौ । नेपाल राष्ट्र बैंक चालु आर्थिक वर्ष २०७८र७९ को मौद्रिक नीतिको तेश्रो त्रैमासिक समीक्षा आज शुक्रबार सार्वजनिक गरेको छ । मौद्रिक नीतिको समिक्षामा कुनैपनि नीतिगत हेरफेर भने भएको छैन । यसअघिका अर्धवार्षिक नीतिहरूलाई निरन्तरता दिइएको छ । चालु आर्थिक वर्षको नौ महिनासम्मको आर्थिक तथा वित्तीय स्थिति, मौद्रिक नीतिमा उल्लिखित नीति तथा कार्यक्रमहरूको कार्यान्वयन अवस्था, नेपाल सरकारको चालु आर्थिक वर्षको बजेटको अर्द्धवार्षिक मूल्याङ्कन र राष्ट्रिय एवम् अन्तर्राष्ट्रिय आर्थिक परिदृश्यलाई ध्यानमा राखी मौद्रिक नीतिको यो समीक्षा प्रतिवेदन सार्वजनिक गरिएको राष्ट्र बैंकले जनाएको छ । Monetary-Policy-2078-79-3rd-Quarter-Review
Read Moreजेठ २० गतेदेखि बिन्ध्यबासिनी हाइड्रोपावरले सर्वसाधारणका लागि आईपिओ निष्काशन गर्ने
जेठ १३, काठमाण्डौ । बिन्ध्यबासिनी हाइड्रोपावर कम्पनी लिमिटेडले जेठ २० गतेदेखि सर्वसाधारणका लागि साधारण सेयर आईपीओ निष्काशन गर्ने भएको छ । कम्पनीले यस अघि नै आयोजना प्रभावितहरुका लागि आईपीओ बिक्रि गरिसकेको छ । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरका १८ करोड रुपैयाँ बराबरको १८ लाख कित्ता आईपीओ निष्कासन गर्न लागेको हो । जसमध्ये जारी पूँजीको ४ प्रतिशत अर्थात ६० हजार कित्ता सेयर कर्मचारीहरुका लागि, ५ प्रतिशत अर्थात ७५ हजार कित्ता सेयर सामूहिक लगानी कोषका लागि र १३ लाख ६५ हजार कित्ता साधारण सेयर सर्वसाधारणका लागि छुट्याइएको छ ।
Read Moreराप्ती हाइड्रोले स्थानीय बासिन्दाका लागि आईपीओ ल्याउँदै
जेठ १३, काठमाडौं । राप्ती हाइड्रो एन्ड जनरल कन्स्ट्रक्सन लिमिटेडले आयोजनाबाट असर पर्नसक्ने स्थानीय बासिन्दाका लागि साधारण सेयर निष्कासन तथा बिक्री खुला गर्ने भएको छ । कम्पनीले यही जेठ २४ गतेदेखि प्रतिकित्ता रु १०० अंकित दरमा ६ करोड १२ लाख ७९ हजार ३०० मूल्य बराबरको ६ लाख १२ हजार ७९३ कित्ता प्रारम्भिक सार्वजनिक निष्कासन आईपीओ बिक्री खुला गर्ने भएको हो । आयोजनाबाट असर पर्ने रुकुमपूर्वी जिल्ला र रुकुमपश्चिम जिल्लाका बासिन्दाले आगामी असार ७ गतेसम्म र सो अवधिमा मोजिम आवेदन नपरे असार २२ सम्म न्यूनतम १० कित्तादेखि अधिकतम ६ लाख कित्ता…
Read Moreसेयर बजारमा दोहोरो अंकको गिरावट : नेप्से ०.७१ प्रतिशतले घट्दा एक अर्ब २९ करोड ८९ लाखको कारोवार !
जेठ १३, काठमाण्डौ । सेयर बजारमा दोहोरो अंकको गिरावट देखिएको छ । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०७८र७९ को मौद्रिक नीतिको तेश्रो त्रैमासिक समीक्षा आज सार्वजनिक गरेको छ । मौद्रिक नीतिको समिक्षामा कुनैपनि नीतिगत हेरफेर भएको छैन । यसअघिका अर्धवार्षिक नीतिहरूलाई निरन्तरता दिइएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार आज बिहीबार सेयर कारोबार मापक नेप्से परिसूचक १५.८२ अंकले घटेर २२२३.७८ विन्दुमा झरेको छ । नेप्से ०.७१ प्रतिशतले घटेको हो । यता सेन्सेटिभ परिसूचक पनि ३.४० अंकले घटेर ४३३.०७ विन्दुमा झरेको छ । कूल २२३ वटा कम्पनीको ४१ लाख ४०…
Read Moreविन्ध्यवासिनी हाइड्रोपावरको १५ करोड रुपैयाँ बराबरको आईपीओ आउँदै
जेठ १३, काठमाण्डौ । विन्ध्यवासिनी हाइड्रोपावरले १५ करोड रुपैयाँ बराबरको आईपीओ जारी गर्ने भएको छ । आइड्रोपावरले यहीँ जेठ २० गतेदेखि सर्वसाधारणका लागि १५ करोड रुपैयाँ बराबरको १५ लाख कित्ता साधारण सेयर आईपीओ जारी गर्ने भएको हो । कुल सेयरमध्ये ५ प्रतिशत अर्थात् ७५ हजार कित्ता सामुहिक लगानी कोष र ४ प्रतिशत अर्थात् ६० हजार कित्ता सेयर कर्मचारीहरुका लागि छुट्याएर बाँकी रहेको १३ लाख ६५ हजार कित्ता सेयर सर्वसाधारणका लागि जारी गरिने कम्पनीले जानकारी दिएको छ ।
Read Moreरिभर फल्स पावर कम्पनीको आईपीओले कति पाउला ओपनिङ्ग रेञ्ज ?
जेठ १३, काठमाण्डौ । रिभर फल्स पावर कम्पनी लिमिटेडले वैशाख २८ गते, बुधबारदेखि जेठ ४ गते, बुधबारसम्म सर्वसाधारणका लागि निष्कासन तथा बिक्री खुल्ला गरेको साधारण सेयर आईपीओको बाँडफाँड जेठ ९ गते, सोमबार नै सम्पन्न भइसकेको छ । कम्पनीको आईपीओ बाँडफाँड भएपछि आईपीओ पर्ने लगानीकर्ताहरूलाई कम्पनीको आईपीओले कति ओपनिङ्ग रेञ्ज पाउला भन्ने चासोको विषय बनेको छ । त्यसैले यहाँ हामी सोही विषयमा कुरा गर्नेछौँ । नेप्सेले कम्पनीको पहिलो कारोबारका लागि प्रति सेयर न्युनतम ८७ रूपैयाँ ९८ पैसादेखि अधिकतम २ सय ६३ रुपैयाँ ९४ पैसासम्म ओपनिङ रेञ्ज निर्धारण गर्ने सम्भावना रहेको छ…
Read Moreनबिल बैंक आईजे ग्लोबल म्यागेजिनको शीर्ष २० बैंकहरूको सुचिमा सुचीकृत
जेठ १३, काठमाण्डौ । नबिल बैंक ग्लोबल इन्फ्रास्ट्रक्चर एण्ड प्रोजेक्ट फाइनान्स श्रेणी अन्तर्गत IJ Global पत्रिकाद्वारा प्रकाशित शीर्ष २० बैंकहरूको exclusive league तालिकामा सुचीकृत भएको छ । बैंकका अनुसार IJ Global Euromoney संस्थागत लगानीकर्ता व्यवसायको एक हिस्सा हो, र विश्वको सबैभन्दा ठूलो पूर्वाधार र परियोजना वित्त डेटा स्रोत मानिन्छ। IJ global तथ्यांकले ३२,००० भन्दा बढी कारोबारहरू, २६,००० परियोजनाहरू र २,१०० कोषहरू समावेश गर्दछ जुन शीर्ष परियोजना वित्त ऋणदाताहरूको ८०%, शीर्ष कानून फर्महरूको ९०%, र शीर्ष वित्तीय सल्लाहाकारको ८५% को बजार कभरेजको साथ दैनिक आधारमा अद्यावधिक गरिन्छ। बैंकले भनेको छ यो…
Read More