प्रभु बैंकको खुद नाफा कति ? ब्याज आम्दानी २६.६१ प्रतिशतले वृद्धि

बैशाख ७, काठमाण्डौँ । प्रभु बैंक लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । जसअनुसार बैंकले १ अर्ब ८१ करोड रुपैयाँ खुद नाफा कमाएको छ । यो रकम गत आवको सोहि अवधिको तुलनामा ७।२७ प्रतिशतले कम हो । अघिल्लो आवको तेस्रो त्र्रमाससम्म बैंकले १ अर्ब ९४ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । तेस्रो त्रैमाससम्म बैंकले ८ अर्ब ४३ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । यो रकम अघिल्लो आवको सोहि अवधिको ६ अर्ब ६१ करोड रुपैयाँको तुलनामा २६.३१ प्रतिशतले बढी हो ।…

पुरा पढ्नुहाेस्

माछापुच्छ्रे बैंकको खुद नाफामा ३६.७२ प्रतिशतले घट्यो, रिजर्भ आकार वृद्धि !

बैशाख ७, काठमाण्डौँ । माछापुच्छ्रे बैंक लिमिटेडले चालु आवको तेस्रो त्रैमाससम्म ८५ करोड ५४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो रकम गत आवको सोहि अवधिको तुलनामा ३६.७२ प्रतिशतले कम हो । गत आवको तेस्रो त्रैमाससम्म बैंकले १ अर्ब ३५ करोड रुपैयाँ खुद नाफा कमाएको थियो ।समीक्षा अवधिसम्म बैंकले ३ अर्ब ८४ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । जुत रकम गत आवको सोहि अवधिको तुलनामा ६९.०८ प्रतिशतले कम हो । बैंकको इम्प्येरमेन्ट चार्ज पनि ८१ करोड ९५ लाखबाट बढेर ९४ लाख ४३ हजार रुपैयाँ पुगेको छ…

पुरा पढ्नुहाेस्

आजको विदेशी मुद्राको विनिमय दर कति छ ?

बैशाख ७, काठमाडौँ । नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । जसअनुसार भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ रहेको छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ । यस्तै, आज अमेरिकी डलरको खरिद दर १३३ रुपैयाँ ३७ पैसा र बिक्री दर १३३ रुपैयाँ ९७ पैसा रहेको छ । आज युरो एकको खरिद दर १४२ रुपैयाँ ३२ पैसा र बिक्री दर १४२ रुपैयाँ ९६ पैसा रहेको छ। यस्तैगरी, बेलायती पाउण्ड एकको खरिद दर १६६ रुपैयाँ ३५ पैसा र बिक्री दर १६७…

पुरा पढ्नुहाेस्

आज शेयर बजारमा धेरै कमाउने कम्पनीहरु कुन-कुन छन् ?

बैशाख ६, काठमाण्डौँ । यो दिन गोर्खाज फाइनान्सको सर्वाधिक सेयर कारोबार भएको छ । आज यो कम्पनीको १७ करोड ८२ लाख बढीको सेयर कारोबार भएको छ । त्यस्तै सूर्यज्योति लाइफ इन्स्यारेन्सको १० करोड ५१ लाख,पोखरा फाइनान्स ७ करोड ३७ लाख,शिवम् सिमेन्टको ५ करोड ४५ लाख र हिमालयन रि इन्स्योरेन्सको ५ करोड ३० लाख बढीको सेयर कारोबार भएको छ । यो दिन खानीखोला हाईड्रोको सेयरमूल्य सर्वाधिक अर्थात ७.६४ प्रतिशतले बढ्यो । यो दिन पोखरा फाइनान्सको सेयरमूल्य ६.२१ प्रतिशत,मध्य भोटेकोशीको ५.७० र पिपुल्स पावरको सेयरमूल्य ५.५९ प्रतिशतले बढ्यो । आज रुरु जलविद्युत…

पुरा पढ्नुहाेस्

आजको शेयर बजार घट्यो : सबैभन्दा धेरै कारोवार हुने कम्पनी कुन ?

बैशाख ६, काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज पनि ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक १९ दशमलव ५६ अंकले ओरालो लागेर एक हजार नौ सय ७२ दशमलव १४ मा सिमित भएको छ । ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक तीन दशमलव शुन्य चार अंकले ओरालो लागेर तीन सय ५० दशमलव ४७ मा पुगेको छ । कूल ५३ लाख ४४ हजार छ सय १३ कित्ता शेयर रु दुई अर्ब नौ करोड ३६ लाख १२ हजार सात सय ९२ मूल्यमा खरिद बिक्री भएका…

पुरा पढ्नुहाेस्

अभियान लघुवित्तले लाभांश नदिने

बैशाख ६, काठमाण्डौँ । अभियान लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आवका लागि लाभांश नदिने घोषणा गरेको छ । वैशाख ५ गते बसेको संस्थाको सञ्चालक समितिको बैठकले आव २०७९र८० को मुनाफाबाट सेयरधनीहरुलाई कुनै पनि प्रकारको लाभांश वितरण नगर्ने निर्णय गरेको हो । उक्त बैठकले गत आवको वित्तीय विवरणहरु पारित गर्दै लाभांश नदिने प्रस्तावसहितका वित्तीय विवरणहरु स्वीकृतिको लागि राष्ट्र बैंकमा पठाउने निर्णय गरेको छ ।

पुरा पढ्नुहाेस्

अन्तरबैंक ब्याजदर घट्यो, एकैदिन बैंकिङ प्रणालीको निक्षेप पनि ८ अर्बले गिरावट

बैशाख ६, काठमाण्डौँ । बैंकिङ प्रणालीको निक्षेप एकै दिन ८ अर्ब रुपैयाँले घटेको छ । नेपाल राष्ट्र बैंकको तथ्यांक अनुसार वैशाख २ गते बैंकिङ प्रणालीबाट ८ अर्ब रुपैयाँ बाहिरिएको हो । वैशाख १ गते ६१ खर्ब ५१ अर्ब रुपैयाँ निक्षेप संकलन रहेको बैंकिङ प्रणालीमा वैशाख २ गतेसम्म भने ६१ खर्ब ४३ अर्ब रुपैयाँ निक्षेप रहेको छ । यस्तै अन्य वित्तीय संस्थाको निक्षेप पनि २ अर्बले घट्दै ७ खर्ब १७ अर्ब रुपैयाँमा सीमित भएको छ । बैंकिङ क्षेत्रको कुल कर्जा प्रवाह पनि घटेको छ । वेशाख १ गते ५१ खर्ब १८…

पुरा पढ्नुहाेस्

जगदम्बा मोबाइल्स बोल्टका लागि नेपालको आधिकारिक वितरकमा नियुक्त

बैशाख ६, काठमाण्डौँ । शंकर ग्रुपको सहायक कम्पनी जगदम्बा मोबाइल्स प्रा.लि.ले भारतीय वेरेबल ब्राण्ड बोल्टसँग विशेष सहकार्य गरेको छ । योेसँगै जगदम्बा मोबाइल्स अब नेपालको लागि बोल्टको आधिकारिक वितरक भएको छ । यो सहकार्यले नेपालमा स्मार्टवाच र इयरबड्स्जस्ता वेरेबल उत्पादनहरुको बजारलाई नयाँँ आयाम दिने विश्वास कम्पनीले लिएको छ ।यो सहकार्यसँगै अब नेपाली उपभोक्ताहरूको विभिन्न आवश्यकता र प्राथमिकता अनुसारका स्मार्टवाच र टिडब्लुएस् (ट्रू वायरलेस स्टेरियो) इयरबडहरु बजारमा उपलब्ध रहेका छन् । बोल्टका स्मार्टवाच अन्तर्गत रिपल, क्राउन आर प्रो, ड्रिफ्ट टु, क्राउन र डाइभ एक्स मोडलहरु उपलब्ध रहेका छन् भने टिडब्लुएस् इयरबड्स्…

पुरा पढ्नुहाेस्

ग्लोबल आइएमई बैंक र हब इन्टरनेशनल एजुकेशनबिच समझदारी

बैशाख ६, काठमाण्डौँ । ग्लोबल आइएमई बैंक लिमिटेड र हब इन्टरनेशनल एजुकेशन प्रा. लि. बिच भारतमा उच्च शिक्षाका लागि जाने विद्यार्थीहरुलाई शैक्षिक कर्जा सहजरुपमा प्रवाह गर्ने सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर भएको छ । उक्त समझदारी पत्रमा बैंकका नायव प्रमुख कार्यकारी अधिकृत सुमन पोखरेल तथा हब इन्टरनेशनल एजुकेशन प्रा. लि.का संस्थापक तथा अध्यक्ष उद्धव बहादुर खड्काले हस्ताक्षर गर्नुभएको छ ।समझदारी अनुसार बैंकले हब इन्टरनेशनल एजुकेशन प्रा. लि.ले सिफारिस गरेका विद्यार्थीहरुलाई भारतका विश्वविद्यालयहरुमा उच्च शिक्षाका निमित्त आवश्यक वित्तीय दायित्व वहन गर्न आवश्यक शैक्षिक कर्जा सहजरुपमा प्रवाह गर्नेछ । हब इन्टरनेशनल एजुकेशनमार्फत सिफारिस…

पुरा पढ्नुहाेस्

नेपाल इन्भेष्टमेण्ट मेगा बैंकको संस्थापक सेयर बिक्रीमा

बैशाख ६, काठमाडौँ । नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेडले संस्थापक सेयर बिक्रीमा ल्याएको छ । यस सेयर सेयरधनी बाहेक अन्य व्यक्ति वा संस्थाले मात्रै खरिद आवेदन दिन पाउने छन् । सेयर खरिद गर्न इच्छुकले आवश्यक कागजातसहित ७ दिनभित्र बैंकको काठमाडौं लाजिम्पाटमा रहेको सेयर शाखामा निवेदन दिन सक्नेछन् । नेपाल राष्ट्र बैंकको निर्देशन अनुसार बैंकले यसअघि संस्थापक सेयरधनीले मात्रै खरिद गर्न पाउने गरी फागुन ३० गते उक्त सेयर बिक्रीमा ल्याएको थियो ।

पुरा पढ्नुहाेस्