जेठ १४, काठमाण्डौ । ‘कबड्डी’को चौंथो श्रृंखलाले नेपाली बक्सअफिसमा ओपनिङ कीर्तिमान कायम गरेको छ । मुलुकका डेढ सय हलबाट रिलिज भएको फिल्मले पहिलो दिन शुक्रबार २ करोड ९० लाख रुपैयाँ कमायो । यो कमाइ कुनै नेपाली फिल्मले घरेलु बक्सअफिसमा कायम गरेको ओपनिङको व्यवसायिक कीर्तिमान हो । यसअघि ‘छक्कापञ्जा २’ ले फिल्म रिलिज भएको पहिलो दिन १ करोड ८० लाख रुपैयाँ कमाएको थियो ।
Read MoreCategory: मनोरन्जन
नेपाली विभिन्न मनोरन्जन जानकारी
चर्चित फिल्म श्रृङखला ‘कबड्डी’को चौथो भाग ‘कबड्डी ४ द फाइनल म्याच’ आजबाट प्रदर्शनमा
जेठ १३, काठमाडौ । राम बाबु गुरुङ निर्देशित सर्वाधिक चर्चित फिल्म श्रृङखला ‘कबड्डी’को चौथो भाग ‘कबड्डी ४ द फाइनल म्याच’ आजबाट प्रदर्शनमा आएको छ। फिल्म आज शुक्रबारबाट देशभित्र र देशबाहिर प्रदर्शनमा आएको हो । फिल्ममा दयाहाङ राई, सौगात मल्ल, मिरुना मगर मुख्य भूमिकामा छन्। सँगै, गौमाया गुरुङ, बुद्धि तामाङ, विजय बराल, कमल मनी नेपाल, जयानन्द लामा, पुस्कर गुरुङ, कविता आलेलगायतका कलाकारको अभिनय छ। फिल्मलाई सैलेन्द्र डि कार्कीले खिचेका छन्। फिल्मको सम्पादन भने निमेश श्रेष्ठको रहेको छ। त्यस्तै, फिल्मको पार्श्व ध्वनी रोहित शाक्य र सैलेश श्रेष्ठले गरेका छन्।
Read Moreआजदेखि सिनेमा हलमा २ नेपाली चलचित्र प्रदर्शन
वैशाख २३, काठमाडौ । आजदेखि सिनेमा हलमा २ नेपाली चलचित्र प्रदर्शन भएका छन् । हास्यकलाकार शिवहरी पौडेलको निर्देशन डेब्युमा बनको लक्का जवान र षड्कोण प्रदर्शन भएको हो । पारिवारिक कथालाई व्यंग्यात्मक रूपमा प्रस्तुत गरिएको चलचित्रमा निर्देशक पौड्यालकै कथा र पटकथा रहेको छ। चलचित्रमा दिलिप रायमाझी, सलोन बस्नेत, प्रियंका कार्की, वर्षा शिवाकोटी, शिवहरि पौड्याल, किरण केसी, राजाराम पौडेल, मदनकृष्ण श्रेष्ठ लगायतको अभिनय गरेका छन् । चलचित्रमा डीपी खनाल र बाबुल गिरीको गीत, बाबुल गिरीको संगीत, कविराज गहतराजको कोरियोग्राफी, पुरुषोत्तम प्रधानको छायांकन र मित्र डी। गुरुङको सम्पादन रहेको छ। लक्का जवान विशुद्ध…
Read Moreमदनकृष्ण श्रेष्ठको गीत ‘एउटा सपना छ’ सार्वजनिक (भिडियोसहित)
वैशाख २०, काठमाण्डौ । वरिष्ठ हास्य कलाकार एवम् गायक मदनकृष्ण श्रेष्ठको स्वरमा रहेको ‘एउटा सपना छ’ बोलको गीतको लेजेन्डरी भर्सन सार्वजनिक भएको छ । श्रेष्ठको ७२औँ जन्मजयन्तीको अवसरमा गीतको लेजेन्डरी भर्सन सार्वजनिक गरिएको हो । गीतमा कलाकार श्रेष्ठ र अभिनेत्री आँचल शर्माको अभिनय रहेको छ । गीतमा आँचल मदनकृष्णकी नातिनीको भूमिकामा देखिएकी छन् । बिरामीका कारण स्मरण शक्ति गुमाएका हजुरबुबालाई भेट्न गाउँ फर्किएकी नातिनी र हजुरबुबाको कथामा गीत समेटिएको छ ।
Read Moreस्थानीय तहमा उम्मेदवारी दिन के-के कागजात चाहिन्छ, शुल्क कति लाग्छ ?
बैशाख १०,काठमाडौँ । वैशाख ३० मा हुने स्थानीय तह निर्वाचनका लागि निर्वाचन आयोगले आइतबार र सोमबार मनोनयन दर्ताको समय तोकेको छ । स्थानीय तहको प्रमुख, उपप्रमुख, वडाध्यक्ष र वडा सदस्यमा उम्मेदवारी दिन चाहनेले आइतबार सोमबार सम्बन्धित पालिकाको निर्वाचन कार्यालयमा उम्मेदवारी दर्ता गराउन सक्नेछन् । निर्वाचन आयोगले स्थानीय तहको निर्वाचनमा उम्मेदवार हुने व्यक्तिले मनोनयनपत्र दाखिला गर्दा पेश गर्नुपर्ने कागजातको सूची नै सार्वजनिक गरेको छ । उम्मेदवारी दर्ता गराउन पहिले त सम्बन्धित स्थानीय तहको मतदाता नामावलीमा नाम हुनुपर्छ । त्यसपछि सम्बन्धित पालिकाका मतदातामध्येबाट एक जना प्रस्ताव र एक जना समर्थक आवश्यक पर्ने…
Read Moreपल शाह प्रकरण: नाबालिकाका बाबुले बयान फेर्दे भने–’अहिले बुझ्दै जाँदा यथार्थ विवरण थाहा भयो’
बैशाख ६,काठमाडौँ । अभिनेता कलाकार पल शाहमाथि जबर्जस्ती करणीको आरोपमा जाहेरी दिने नाबालिकाका बाबुले पनि बयान फेरेका छन् । जिल्ला अदालत तनहुँमा बकपत्र गर्ने क्रममा उनले मंगलबार सुरुमा आफूले जाहेरी दिएको तर पछि बुझ्दै जादा त्यो कुरा यथार्थ नभएको भनी बकपत्र गरेका हुन् । ‘जाहेरी मैले नै दिएको हुँ, सबै विवरण मैले लेखेको हो, त्यसमा शंका छैन,’ पीडितका बाबुको बकपत्र उधृत गर्दै स्रोतले भन्यो, ‘अहिले बुझ्दै जाँदा यथार्थ विवरण थाहा भयो । घटना भएको भनिए पनि त्यस्तो केही होइन रहेछ ।’ बालिकाका बाबुको जाहेरीका आधारमा नै प्रहरीले अभिनेता पल शाहलाई…
Read Moreपल शाह प्रकरण: पिडित भनिएकी नाबालिग गायिकाले बयान फेरिन्
बैशाख ४,काठमाडौँ । अभिनेता पल शाहले बलात्कार गरेको आरोप लगाउँदै अदालत गएकी एक नाबालिग गायिकाले अदालतमा बयान फेरेकी छन् । तनहुँ जिल्ला अदालतमा आज आइतवार नाबालिगको तर्फबाट बकपत्र भएको थियो । त्यही क्रममा अदालतमा उनले आफूमाथि कलाकार पल शाहले बलात्कार नगरेको बयान दिएकी हुन् । अरू बयान भने यथावत् रहेको तनहुँका जिल्ला न्यायाधिवक्ता रामचन्द्र शर्माले जानकारी दिए । नाबालिगले बयानका क्रममा अरूको उक्साहटमा जाहेरी दिएको बताएकी छिन् । दबाब र प्रलोभनमा परेर बालिकाले बयान फेरेको हुन सक्ने कानुन व्यवसायीले बताएका छन् । नाबालिगका बुबा, आमालगायतको बकपत्र भने बाँकी छ ।…
Read More‘ए मेरो हजुर ४’ को घरेलु बक्स अफिसमा उत्साहजनक सुरुवात
बैशाख ४,काठमाडौँ । झरना थापा निर्देशित ‘ए मेरो हजुर ४’ले घरेलु बक्सअफिसमा उत्साहजनक सुरुवात गरेको छ । बिहिबार रिलिज भएको फिल्मले तीन दिनमै २ करोड ४३ लाख रुपैयाँ ग्रस कलेक्सन गरेको छ । अनमोल केसी र सुहाना थापा स्टारर फिल्मले पहिलो दिन ८८ लाख, शुक्रबार ६६ लाख र शनिबार ८९ लाख ग्रस कमाइ गर्यो । चौथो दिन आइतबार फिल्मले ३ करोडको आँकडा पार गर्ने अनुमान छ । ‘कमाइलाई लिएर उत्साहित छौं’ वितरक गोविन्द शाहीले भने, ‘मोफसलमा दर्शकको मागको आधारमा अझै सोजहरू आजदेखि थपिने तयारीमा छन् ।’ ३ करोड लगानी बताइएको…
Read Moreसुजन चापागाईको लोक सांगीतिक चलचित्र ‘घुमी घुमी’ सार्बजनिक
चैत्र २७,काठमाडौँ । ‘घुमी घुमी झर्यो, ओरालीको बाटो तिमी आउनु त्यही बाटो, अरु आउनु साटो’ शनिबार गायक सुजन चापागाईंको युट्युब च्यानलबाट सार्वजनिक भएको म्युजिकल फिल्म ‘घुमी घुमी’का शब्द हुन् यी । ‘तीनपाते’बाट चिनिएका गायक सुजनका पछिल्ला गीत उतिकै मनप्रिय छन् । यतिबेला उनको स्वर र संगीतमा नयाँ गीत ‘घुमी घुमी’ युट्युवमा लोकप्रिय बन्दै गइरहेको छ । सुजन र गायिका शान्तिश्री परियारको युगल आवाजको गीतका शब्द यसरी बगेका छन्- सुस्ताइ सुस्ताइ चढ्यो, उकालीको बाटो बोकी आउनु एक मुठ्ठी माया, रित्तै आउनु साटो शब्द गीतकार हर्क साउदका हुन् । १७ मिनेट २८…
Read Moreटीका प्रसाईंको ‘तिमी बिना’ सार्वजनिक (भिडियोसहित)
चैत्र २७,काठमाडौँ । गायिका टीका प्रसाईंको स्वरमा रहेको गजल ‘तिमी बिना’ को म्युजिक सार्वजनिक भएको छ । गणेश श्रेष्ठको शब्द, सन्तोष दुमेको संगीत तथा आदेश गुर्माचनले एरेञ्ज गीतमा छ । लोकभाका, आधुनिक, सेमी–क्लासिकल, डान्सिङ्ग नम्बर जस्ता हिट गीत स्रोता तथा दर्शकमाझ पस्किएकी टीकाले अहिले फरक खालको गति ल्याएकी छन् । लोकभाका, आधुनिक, डान्सिङ लगायतका धेरै विधाका गीतहरू स्रोता तथा दर्शकमाझ ल्याएको थिए । यसपटक मैले एक गजल लिएर आएकी छु’ टीकाले भनिन् ‘गीत राम्रो बनाउन मेहनत गरेका छौं । सबैको माया पाउने अपेक्षा गरिएको छ ।’ गायिका टीकाको यस अघि…
Read More