जेठ १२,काठमाडौँ । धादिङ सिस्नेखोलादेखि काठमाडौं सतुंगल जोड्ने निर्माणाधीन नागढुंगा सुरुङमार्ग आयोजनाको म्याद ८६ दिन (करिब तीन महिना) थपिएको छ। कोभिडको पहिलो तथा दोस्रो लहरका कारण आयोजना निर्माणको काम पछाडि धकेलिएको भन्दै जापानी कम्पनी हाज्मा आन्दो जेभीले म्याद थपको प्रस्ताव गरेको थियो। जापानी कम्पनी हाज्माले ४१६ दिन म्याद थप प्रस्ताव गरेको थियो। तर आयोजना कार्यालयलये ८६ दिन थप गर्ने भएको हो। लकडाउन अवधिमा काम हुन नसकेको दिन हिसाब गरेर म्याद थप गरिएको आयोजना प्रमुख नरेशमान शाक्यले बताए। यसको औपचारिक निर्माण २०७६ कात्तिक २८ गतेदेखि थालिएको हो। शाक्यका अनुसार हालसम्म सुरुङ…
Read MoreCategory: विकाश
धरान–चतरा–सिन्धुली–हेटौंडा सडक निर्माणको काम अन्तिम चरणमा
वैशाख २३,काठमाण्डौ । सरकारको मुख्य प्राथमिकतामा रहेको मदन भण्डारी राजमार्गअन्तर्गत धरान–चतरा–सिन्धुली–हेटौंडा सडक निर्माणको काम अन्तिम चरणमा पुगेको छ । राजमार्गको पश्चिम खण्डको काम तीव्र रूपमा भइरहेको तथा हालसम्म ९६ प्रतिशतभन्दा बढी निर्माण सम्पन्न भइसकेको सडक डिभिजन कार्यालय हेटौंडाअन्तर्गत मदन भण्डारी राजमार्ग योजनाले जनाएको छ । सुनसरी, उदयपुर, सिन्धुली र मकवानपुरका भित्री उपत्यका जोड्दै पूर्व(पश्चिम राजमार्गका रूपमा वैकल्पिक मार्गका रूपमा हेरिएको राजमार्गको पश्चिम खण्डअन्तर्गत सिन्धुलीको भिमानदेखि हेटौंडासम्मको झण्डै ९६ प्रतिशत सडक निर्माण सम्पन्न भइसकेको योजनाका प्रमुख राजेन्द्रप्रसाद दासले जानकरी दिए । साथै, सो राजमार्गको बाटोमा रहेको बागमती नदीमा पुलसमेत नौ वर्षपछि…
Read Moreनागढुङ्गा–सिस्नेखोला सुरुङ मार्गको निर्माण कार्य पुनः सुरु
बैशाख ५,काठमाडौँ । स्थानीयवासी र सुरुङ मार्ग आयोजनाबीच सहमति भएसँगै नागढुङ्गा–सिस्नेखोला सुरुङ मार्गको निर्माण कार्य पुनः सुरु भएको छ । आयोजनाको कार्यालयमा स्थानीयवासीले आक्रमण गरेपछि एक हप्तादेखि थानकोट–नागढुङ्गा–सिस्नेखोला सुरुङ मार्गको निर्माण कार्य ठप्प भएको थियो । सुरुङ मार्ग आयोजना प्रमुख नरेशमान शाक्यले जिल्ला प्रशासन कार्यालय, काठमाडौँमा आयोजना कार्यालय र स्थनीयवासीबीच भएको सहमतिसँगै आइतबार साँझबाट नै सुरुङ मार्ग निर्माण कार्य पुनः सुरु भएको जानकारी दिए। चन्द्रागिरि नगरपालिकाका प्रमुख घनश्याम गिरी, काठमाडौँका प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजाल, काठमाडौँका सुरक्षा निकायका प्रमुख, सुरुङ मार्ग आयोजनाका प्रमुखलगायतको सहभागितामा भएको बैठकले सुरुङ मार्ग क्षेत्र बस्तीमा पानीको सुनिश्चितता…
Read Moreनागढुंगा सुरुङमार्गको काम ठप्प ! दैनिक करिब डेढ करोड रुपियाँ घाटा
बैशाख ४,काठमाडौँ । सुरुङमार्ग आयोजनाको कार्यालयमा स्थानीयले आक्रमण गरेपछि थानकोट–नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग निर्माणकार्य ठप्प भएको छ । सुरुङमार्ग आयोजना प्रमुख नरेशमान शाक्यले स्थानीयले आयोजनाको कार्यालय र कार्यरत जनशक्तिमाथि आक्रमण गरेपछि सुरक्षा अभावमा चैत २८ गतेदेखि नै सुरुङ निर्माणकार्य ठप्प भएको जानकारी दिए । उनले भने, “आयोजनाको कार्यालय, काम गरिरहेका जापानी इन्जिनियर र कामदारमाथि साङ्घातिक आक्रमण गर्नुका साथै गाडीलगायतका भौतिक संरचनामा समेत हानि पु(याएको भन्दै जापानी निर्माण कम्पनीले काम गर्न नमान्दा काम ठप्प भएको हो ।”आयोजना प्रमुख शाक्यका अनुसार करिब एक सय जनाको समूहमा आएका स्थानीयवासीले ढुङ्गामुढा, लाठी र लात्तीमुक्का प्रयोग गरी…
Read Moreबेनी–मालढुङ्गा सडक दैनिक पाँच घण्टा बन्द: वैकल्पिक सडक प्रयोग गर्न आग्रह
बैशाख ३,काठमाडौँ । म्याग्दी र मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी–मालढुङ्गा सडक स्तरोन्नतिका लागि आजदेखि दैनिक पाँच घण्टा बन्द गर्न थालिएको छ । मालढुङ्गा–बेनी सडक निर्माणको कामलाई गति दिन आउँदो वैशाख २५ गतेसम्म दैनिक पाँच घण्टा गाडीको आवतजावत बन्द गरिएको बेनी–जोमसोम–कोरला सडक आयोजनाले जनाएको छ । बिहान ११ बजेदेखि दिउँसो ४ बजेसम्म गाडी चलाउन रोकिएको छ । यसअघि गएको पुस १५ देखि माघ १४ गतेसम्म पनि दैनिक पाँच घण्टा गाडीको आवागमन बन्द गरिएको थियो । बेनी–मालढुङ्गा सडक बन्द हुने समयमा बेनी–रत्नेचौर–बाग्लुङ हुँदै मालढुङ्गा जोड्ने वैकल्पिक सडक प्रयोग गर्न सकिनेछ । एम्बुलेन्स…
Read Moreमेलम्चीको पानी सुरुङमा पठाइयो, वैशाख पहिलो हप्तादेखि वितरण
चैत्र २९,काठमाडौँ । मेलम्ची खानेपानी आयोजनाको मुख्य सुरुङमा पानी भर्न सुरु गरिएको छ । टनेल सफा गर्ने काम सकिएपछि आज मङ्गलवार बिहान ११ बजेर ५५ मिनेटमा सुरुङमा पानी पुनः पथान्तरण गरिएको हो । खानेपानी तथा सरसफाइ मन्त्री उमाकान्त चौधरीले आज एक नम्बर डाइभर्सन गेटबाट पानी पथान्तरण गरी ३८ नम्बरको गेट खोलेर उद्घाटन गर्नुभएको हो । दुई सय ६५ लिटर प्रतिसेकेन्डका दरले मुख्य सुरुङभित्र पानी पठाइएको आयोजनाले जनाएको छ । गएको असार १ गतेको बाढीले बहुप्रतिक्षित मेलम्ची खानेपानी आयोजनाको मुहानमा क्षति पुगेको थियो । मुख्य मुहानमा क्षतिसँगै मेलम्चीको पानी फेरि काठमाण्डौ…
Read Moreनागढुंगा–मुग्लिन सडकमा २४ नयाँ पुल निर्माण गरिने
चैत्र २६,काठमाडौँ । नागढुंगा–मुग्लिन सडकमा २४ नयाँ पुल निर्माण गरिने भएको छ । विस्तार र सुधारका क्रममा रहेको सो सडकमा दुई–दुई लेनका पुल निर्माण गर्न लागिएको हो । हाल सो सडक खण्डमा २७ पुल छन् । तीमध्ये तीन पुल नयाँ र फराकिला भएकाले त्यहाँ नयाँ पुल आबश्यक नभएको नागढुंगा–मुग्लिन सडक आयोजनाले जनाएको छ । पुराना पुल भएका स्थानमा तिनलाई मर्मत गर्नाका साथै सँगै नयाँ पुल पनि निर्माण गर्न लागिएको हो । सडकसँगै पुल निर्माण तीन वर्षमा सम्पन्न गरिने आयोजनाका प्रमुख किरण कार्कीले बताए । उनले भने, “सडकसँगै पुल निर्माण र…
Read Moreकाठमाडौमा फेरि मेलम्ची आउने ! औपचारिक उद्घाटन मङ्गलबार
चैत्र २६, काठमाडौ । मेलम्ची खानेपानी आयोजनाको औपचारिक उद्घाटन मङ्गलबार हुने भएको छ । मङ्गलबार सुन्दरीजलमा पूर्वप्रधानमन्त्री स्वर्गीय कृष्णप्रसाद भट्टराईको सालिक अनावरणसँगै प्रधानमन्त्री शेरबहादुर देउवाले मेलम्ची खानेपानी आयोजनाको औपचारिक उद्घाटन गर्नेछन् । खानेपानी मन्त्री उमाकान्त चौधरीले खानेपानी आयोजनाको सम्पूर्ण सफाइ पूरा भएको र यही चैत २९ गते मङ्गलबार प्रधानमन्त्रीबाट उद्घाटन हुने जानकारी दिए । उनले उपत्यकावासीलाई मेलम्चीको पानी सहज वितरण गर्न सम्पूर्ण तयारी पूरा भएको समेत जानकारी दिए । मङ्गलबार सुन्दरीजलमा पूर्वप्रधानमन्त्री स्वर्गीय कृष्णप्रसाद भट्टराईको सालिक अनावरणसँगै प्रधानमन्त्री शेरबहादुर देउवाले मेलम्ची खानेपानी आयोजनाको औपचारिक उद्घाटन गर्नेछन् । खानेपानी मन्त्री उमाकान्त…
Read Moreदार्चुला र धादिङको विविध परियोजनाको लागि भारतले ७ करोड ८ लाख आर्थिक सहयोग गर्ने
चैत्र २४,काठमाडौँ । जनविकास माध्यमिक विद्यालय, इरकोट स्वास्थ्य चौकी भवन र महेशफाँट सिँचाइ परियोजनाको निर्माणका लागि भारतीय राजदूतावास तथा नेपाल सरकार सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय एवम् क्रमशः दुहँ गाउँपालिका, दार्चुला, नौगाड गाउँपालिका, दार्चुला र गल्छी गाउँपालिका, धादिङ्काबीच तीनवटा समझदारीपत्रमा हस्ताक्षर सम्पन्न भएको छ । भारत सरकारको आर्थिक सहयोगमा भारत–नेपाल विकास सहकार्य अन्तर्गत निर्माण हुन लागेका माथि उल्लिखित सामुदायिक विकास परियोजनाहरुको कूल अनुमानित लागत ७ करोड ८ लाख रहेको छ । ३ करोड ३७ लाख लागतमा जनविकास माध्यमिक विद्यालय, २ करोड ५३ लाख लागतमा इरकोट स्वास्थ्य चौकी भवन र…
Read Moreप्रधानमन्त्रीले गरे चोभार सुक्खा बन्दरगाहको उद्धघाटन, तीन वटा कन्टेनर भित्रिए
चैत्र २२,काठमाडौँ । चोभारमा बनेको सुक्खा बन्दरगाह आज मङ्गलवारदेखि सञ्चालनमा आएको छ । बन्दरगाहको आज प्रधानमन्त्री शेरबहादुर देउवाले उद्घाटन गरे । प्रधानमन्त्री देउवाले वीरगञ्ज नाका हुँदै काठमाण्डौका लागि मालवस्तु बोकेर आएका तीन वटा कन्टेनरलाई भित्राएर बन्दरगाहको उद्घाटन गर्नुभएको हो । अब नेपालका विभिन्न देशबाट भित्रिएका ट्रक तथा कन्टेनरलाई सिधै चोभारमा ल्याएर भन्सार जाँच पास गर्न सकिने भएको छ । यस्तै विदेश निर्यात गर्ने सामानको भन्सार जाँच पास पनि चोभारबाटै हुनेछ । यसअघि काठमाण्डौ र आसपासका जिल्लाका लागि आयात भएका सामान पनि सीमावर्ती क्षेत्रका भन्सारमै जाँच पास गर्नुपर्दा लोडर अनलोड लगायतको…
Read More