मुस्ताङमा सडक र पुल निर्माणमा ढिलाइ, पाँच वर्षअघि सकिनु पर्ने काम अझै अधुरै

कार्तिक २, म्याग्दी । पाँचौँ पटक ठेक्का सम्झौताको म्याद थप भएको मुस्ताङको थासाङ गाउँपालिकाको छयो–कुञ्जो जोड्ने कालीगण्डकी नदीको मोटरेबल पुलको हालसम्मको भौतिक प्रगति ३० प्रतिशत छ । सय मिटर लामो केवल स्टेट प्रविधिको मोटरेबल पुल निर्माणका लागि २०७३ भदौ २२ गते तत्कालीन जिल्ला विकास समिति मुस्ताङ र स्वच्छन्द निर्माण सेवाबीच सम्झौता भएको थियो । योजनाको निर्माण अवधिसँगै लागत पनि बढेर पछिल्लो पटक भेरियस अर्डर गरी १४ करोड १९ लाख ६५ हजार पुगेको छ । कुञ्जोतर्फको पिल्लर कालीगण्डकीको बाढीले कटान गरेर जोखिम बनाएको छ । डिजाइनको समस्याले दुई वर्ष रोकिएको यो…

पुरा पढ्नुहाेस्

पटक–पटक म्याद थप्दा पनि नारायणगढ–बुटवल सडकको काम ४१ प्रतिशत मात्रै

असोज २५, काठमाडौँ । नारायणगढ–बुटवल सडक खण्ड विस्तार आयोजना अन्तर्गत पूर्वी खण्डमा अहिलेसम्म ४१ दशमलव १७ प्रतिशत मात्र भौतिक प्रगति भएको छ । पूर्व पश्चिम राजमार्गको बुटवल–नारायणघाट सडक खण्डको नवलपरासी (बर्दघाट सुस्तापूर्व) को गैँडाकोट देखि दाउन्ने सम्मको ६४ दशमलव ४२ किलोमिटर को भौतिक प्रगति मात्रै ४१ दशमलव १७ प्रतिशत पुगेको हो । साढे तीन वर्षमा सडक निर्माणको काम सक्ने र पाँच वर्षसम्म निर्माण कम्पनीले नै मर्मतको काम गर्ने गरी सम्झौता भएपछि २०७५ चैत ८ शिलान्यास गरिएको सडकको पटक– पटक म्याद थप्दा पनि भौतिक प्रगतिले अपेक्षित गति लिन नसकेको हो ।…

पुरा पढ्नुहाेस्

२ सय १६ मेगावाट क्षमताको माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनाको शिलान्यास

भाद्र २६,काठमाडौँ । २ सय १६ मेगावाट क्षमताको माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनाको शिलान्यास भएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले नेपालको आन्तरिक खपतका लागि कोरियन कम्पनीहरूको प्रत्यक्ष वैदेशिक लगानीमा रसुवामा निर्माणाधीन अहिलेसम्मकै ठूलो मेगावाट क्षमताको जलविद्युत आयोजनाको शिलान्यास गरेका हुन् । मन्त्री बस्नेतले काठमाण्डौमा आज मङ्गलवार आयोजित विशेष समारोहबीच आयोजनाको बाँधलगायतका संरचना (हेडवर्क्स) निर्माण कार्यको शिलान्यास गरे । रसुवाको आमाछोदिङमो गाउँपालिका–१ हाकूमा बाँधलगायतका संरचना र उत्तरगया गाउँपालिका–१ मा भूमिगत विद्युत् गृहलगायतका संरचनाहरू निर्माणाधीन छन् ।

पुरा पढ्नुहाेस्

सरकारले एकवर्षमा आठ सय २० किमी सडक कालोपत्र गर्‍यो

साउन ३२,काठमाडौँ । सरकारले गएको वर्ष देशभरमा आठ सय २० किमी सडक कालोपत्र र दुई सय २२ वटा पुल निर्माण गरेको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका अनुसार एक वर्षमा दुई सय ४९ किमी सडक पुनःनिर्माण भएको छ । गएको वर्ष दुई सय ४३ किमी नयाँ ट्र्याक खुलेको र छ सय २८ किमी खण्डास्मित भएको विभागले जनाएको छ । गएको वर्ष सात सय ६१ किमी सडक आवधिक मर्मतको लक्ष्य रहेकोमा पाँच सय ३८ किमी सम्पन्न भएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव केशवकुमार शर्माले विभिन्न किसिमका अवरोध…

पुरा पढ्नुहाेस्

नागढुंगा–नौबिसे सुरुङमार्गको रेस्क्यु टनेलको ‘ब्रेक थ्रु’

साउन २२,काठमाडौँ । नागढुंगा–नौबिसे सुरुङमार्गको रेस्क्यु टनेलको सोमबार ‘ब्रेक थ्रु’ भएको छ । चार वर्ष अगाडि ४ कात्तिक २०७६ मा शिलान्यास भई निर्माण थालिएको रेस्क्यु टनेलको सुरुङमार्ग निर्माणको काम सोमबार पूरा भएको हो । आइतबार दिउँसोसम्म एक मिटर रेस्क्यु टनेलको काम बाँकी रहेकामा सोमबार भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाको उपस्थितिमा ‘ब्रेक थ्रु’ गरियो । यो रेस्क्यु टनेलको लम्बाइ २.५ किलोमिटर रहेको छ । २.६ किलोमिटर लम्बाइको मुख्य टनेलको काम अब १८ प्रतिशत बाँकी रहेको आयोजनाले जनाएको छ । मुख्य टनेलमा अब ५ सय ६ मिटर खन्न बाँकी रहेको छ…

पुरा पढ्नुहाेस्

४० मेगावाट क्षमताको अपर चमेलिया जलविद्युत् आयोजनाको परीक्षण शुरु

साउन ७,बैतडी। दार्चुला र बैतडीको सीमा भएर बग्ने चमेलिया नदीमा निर्माण भएको ४० मेगावाट क्षमताको अपर चमेलिया जलविद्युत् आयोजनाको परीक्षण शुरु गरिएको छ । कम्पनीका प्रबन्ध निर्देशक सञ्जीव न्यौपानेका अनुसार दार्चुलाको मार्मा गाउँपालिका–१, किमबगडमा बाँध बाँधेर छ किलोमिटर तल मार्मा गाउँपालिका–२, घट्टीगाडमा रहेको विद्युतगृहमा पानी खसालेर शुक्रवार हिजोदेखि परीक्षण शुरु गरिएको हो । उहाँले भन्नुभयो, ‘आयोजनाको छ हजार एक सय मिटर लामो पेन्सटक पाइप लाइन, तीनवटै टरबाइन, जेनरेटर र अन्य उपकरणको परीक्षण सफल भएको छ । शुक्रवार विद्युतगृहमा पानी खसालेर मेसिनको परीक्षण शुरु गरिएको हो ।’ शनिवार आजदेखि परीक्षणका रूपमा…

पुरा पढ्नुहाेस्

पोखरा विमानस्थल ‘बीआरआई’ परियोजनाअन्तर्गत हो : राजदूत सोङ

असार ६,पोखरा । नेपालका लागि चिनियाँ राजदूत छन सोङले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल बेल्ट एन्ड रोड इनिसिएटिभ ‘बीआरआई’ परियोजनाअन्तर्गत भएको दोहोर्‍याएका छन् । बुधवार पोखरा विमानस्थलमा भएको पहिलो अन्तर्राष्ट्रिय व्यावसायिक जहाज अवतरणपछि आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै राजदूत सोङले यस्तो बताएका हुन् । यसअघि विमानस्थल उद्घाटनको क्रममा पनि उनले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल ‘बीआरआई’ परियोजनाअन्तर्गत बनेको बताएका थिए। उनले भने, ‘पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको डिजाइन र निर्माण चीन सरकारको सहयोगमा भएको हो । चिनियाँ इन्जिनियहरूबाट यो निर्माण भएको हो । अन्ततः हामीले अन्तर्राष्ट्रिय उडानको सफल अवतरण गरेका छौँ । यो बीआरआई परियोजनाअन्तर्गतको हो ।’…

पुरा पढ्नुहाेस्

१ असारदेखि भदौं मसान्तसम्म सडक खन्न नपाइने

जेठ २५, काठमाडौँ । वर्षायामको समयमा सडक खनेमा कारबाही गरिने भएको छ । सडक विभागअन्तर्गतको संघीय सडक सुपरिवेक्षण तथा अनुगमन कार्यालयले ‘वर्षायाममा सडक खन्ने स्वीकृति नदिइनेबारे सार्वजनिक सूचना’ जारी गर्दै जबर्जस्ती गरेमा कारबाही गर्ने जनाएको हो । जारी सुचना अनुसार आगामी असर १ गतेदेखि भदौ मसान्तसम्म सडकमा खन्न पाइने छैन । ‘वर्षायाममा धारा, ढल, बिजुली, टेलिफोन आदि प्रयोजनका लागि सडक खन्दा तत्काल मर्मत–सम्भार गरी यथास्थितिमा ल्याउन नसकिने र सडक पनि थप बिग्रँदै जाने भएकोले यही २०६० साल असार १ गतेदेखि २०८० साल भाद्र मसान्तसम्म यस कार्यालय अन्तर्गतका सडक डिभिजनहरू मातहत…

पुरा पढ्नुहाेस्

पृथ्वीराजमार्ग विस्तार: डुम्रे बजारका घरटहरा भत्काउन थालियो

जेठ २२,काठमाडौँ । पृथ्वीराजमार्ग विस्तारका लागि तनहुँको बन्दीपुर गाउँपालिका–१ मा रहेको डुम्रे बजारका घरटहरा भत्काउन थालिएको छ । यो बजारमा रहेको सडक मापदण्डभित्रका घरटहरा भत्काउन सुरु गरिएको हो । मुग्लिन पोखरा सडक योजना (पूर्वी खण्ड) का इन्जिनियर विष्णु पाण्डेका अनुसार डुम्रे बजारका पाँच घर भत्काउने काम भइरहेको छ । डुम्रे बजार बन्दीपुरको प्रमुख व्यापारिक केन्द्र हो । डुम्रे बजार लमजुङ जिल्लाको प्रवेशद्वार पनि हो । ‘डुम्रे बजारका क्षेत्रमा रहेका सडक मापदण्डभित्र पर्ने घरटहरा भत्काउने काम भइरहेको छ, अहिलेसम्म पाँच वटा घर भत्काइएको छु, उनले भने, ‘सडक मापदण्डभित्र रहेका सबै संरचना…

पुरा पढ्नुहाेस्

सिस्नेखोला–दहचोक सुरुङमार्ग: अहिलेसम्म के-के काम भयो ? कहिले निर्माण सम्पन्न हुन्छ ?(भिडियोसहित)

जेठ १२,काठमाडौँ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वाला तथा विश्व बैंकका उच्च अधिकारीसहितको टोलीले आज नागढुंगा सुरुङमार्गको अनुगमन तथा निरिक्षण गरेको छ । मन्त्री ज्वालाले सुरुङमार्गमा भएको प्रगति र अवस्थाबारे जानकारी लिएका छन् । सुरुङमार्गको मुख्य टनेल छ सय मिटर र रेस्क्यु टनेल दुई सय मिटर खन्न बाँकी छ ।

पुरा पढ्नुहाेस्