स्रष्टा पदयात्रा टोलीले खोटाङको विभिन्न भागको यात्रा गरी ८०औं शृङ्खला भव्य रुपमा सम्पन्न

-जयराम बिडारी ‘’स्वास्थ्य र सिर्जनाको लागि पदयात्रा’’ भन्ने मूल नाराका साथ नेपाली साहित्यिक क्षेत्रमा क्रियाशील स्थापित लेखक समूहको निरंतरताको ८० औं पदयात्रा शृङ्खला खोटाङको चार दिने भ्रमणका लागि नेपाल प्रज्ञा प्रतिष्ठानका सदस्य सचिव डा. धनप्रसाद सुवेदीको नेतृत्वमा सम्पन्न गरिएको छ । भाषा साहित्य ,कला ,संस्कृतिमा प्राकृतिकताको भरपूर सुगन्ध छर्ने उद्देश्यका साथ संस्कृतिविद् साहित्यकार,पत्रकार कवि तथा लेखकहरुको सामुहिक टोली, खोटाङ जिल्लाका बिभिन्न स्थानको स्थलगत पदयात्रा (भ्रमण) गरि विविध साहित्यिक कार्यक्रम गोष्ठी, अन्तरक्रिया गरि सम्पन्न गरेको छ । प्रत्येक महिनाको पहिलो शनिवार देशका विभिन्न स्थानको सामूहिक भ्रमण गरी तत्स्थानका विशेषतालाई सृजनामा उतार्न…

पुरा पढ्नुहाेस्

‘नेपालमा चलचित्र पर्यटनको प्रचुर सम्भावना छ’: पर्यटनमन्त्री तामाङ

चैत्र ६,काठमाडौँ ।संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री हितबहादुर तामाङले नेपालमा नेपालमा चलचित्र पर्यटनको प्रचुर सम्भावना रहेको बताए । चलचित्रका माध्यमबाट नेपाली कला र संस्कृतिको लागि विश्वव्यापीकरण गर्न सक्ने उनले उल्लेख गरे । काठमाण्डौ जारी सातौं नेपाल अन्तर्राष्ट्रिय फिल्म महोत्सव (निफ) समापन समाहरोहमा प्रमुख अतिथिका रुपमा सहभागी तामाङले निफले नेपाली कला, संस्कृति र पर्यटन प्रवद्धनमा ठूलो भुमिका खेलेको बताए । निफले विश्वभरका नेपाली चलचित्र समुदायको प्रतिनिधित्व गर्दै आएको र यो नेपालका चलचित्रहरूका लागि मात्र नभई विश्वभरका चलचित्रहरूको लागि साझा मञ्च बनेको उनले बताए। ४० देशका चलचित्रकर्मीहरु सहभागी भएको महोत्सवमा यतिधेरै…

पुरा पढ्नुहाेस्

पोखरालाई पर्यटकीय राजधानी घोषणा

चैत्र ४, काठमाडौँ । कास्कीको पोखरालाई पर्यटकीय राजधानी घोषणा गरिएको छ । आज पोखरा महोत्सवको अवसरमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पोखरालाई नेपालको पर्यटन राजधानी घोषणा गरेका छन् ।प्रधानमन्त्री प्रचण्डले पर्यटकीय राजधानी पोखराको विकासका लागि सरकारले प्राथमिकतापूर्वक आवश्यक सहयोग, समन्वय तथा सहकार्य गर्ने बताए । पोखरालाई अझ सुन्दर, सुरक्षित, हरियाली, व्यवस्थित र समुन्नत शहरको रूपमा विकास गर्न सरकारले उच्च प्राथमिकता दिने उनले विश्वास दिलाए ।

पुरा पढ्नुहाेस्

पिंक टुरिजम कन्फ्रेन्सका लागि एम्बेसडर र स्टार प्रमोटर घोषणा

 मायाको पहिचान नेपालले पिंक टुरिजम इन्टरनेसनल कन्फ्रेन्सका लागि रेहान श्रेष्ठलाई राजदूत घोषणा गरेको छ। नेपालमा पहिलो पटक हुन लागेको कन्फ्रेन्सका लागि फेसन डिजाइनर श्रेष्ठ राजदूत घोषणा भएका हुन् ।  नेपाल पर्यटन बोर्डसँगको सहकार्यमा मायाको पहिचान नेपालले टुरिजम कन्फ्रेन्समा स्टार प्रमोटर पनि घोषणा गरेको छ। पराक्रम राणा र डा. मौसम बोहरा टुरिजम इन्टरनेसनल कन्फ्रेन्सका स्टार प्रमोटर घोषणा भएका हुन्।  रेहान श्रेष्ठ भिजिट नेपाल २०-२० को एम्बेसडर थिए। पिंक टुरिजम इन्टरनेसनल कन्फ्रेन्स २०२४ का लागि श्रेष्ठ एम्बेसडर घोषणा भएका हुन्। डा. मौसम बोहरा सफल महिला उद्यमी हुन्। निजी क्षेत्रलाई पिंक टुरिजम प्रमोसनका लागि सहयोगी भूमिका…

पुरा पढ्नुहाेस्

पर्यटकका लागि अनलाइनमार्फत् रुट परमिट

फागुन १३,काठमाडौँ । अध्यागमन विभागले पर्यटकका लागि विद्युतीय माध्यम अर्थात् अनलाइनमार्फत् रुट परमिट दिन थालेको छ । ट्रेकिङ एजेन्सीज् एसोसिएसन अफ नेपाल (टान) को पहलमा विभागले निषेधित क्षेत्रमा घुम्न जाने पर्यटकलाई अनुमतिपत्र प्राप्त गर्ने प्रक्रियालाई सहज बनाउन अनलाइन ‘रुट परमिट’ लिनसक्ने व्यवस्था गरेको हो । विभागका निमित्त महानिर्देशक कृष्णबहादुर कटुवालले अनलाइनमार्फत परमिट खुला गरेसँगै लामो समय लगाएर प्राप्त गरिने प्रक्रियाको अन्त्य भएको बताए । अब पर्यटकले सहजै आफ्नो कम्पनी तथा व्यक्तिगत खाताबाट ‘क्यूआर पेमेन्ट’ गरी परमिट लिन सक्ने उनको भनाइ छ । निषेधित क्षेत्रमा जाने पर्यटकलाई यसअघि अध्यागमन विभागले कागजी…

पुरा पढ्नुहाेस्

भरतपुर भ्रमण वर्ष २०२४ को तयारी तीब्र

माघ २२, काठमाण्डौँ । भरतपुर भ्रमण वर्ष २०२४ को तयारीलाई तीब्र पारिएको छ । भ्रमण वर्षको उद्घाटन हुने स्थल नारायणी नदी किनारमा अहिले ल्याण्ड फिलिङ गरी दुबो लगाउने काम भइरहेको छ । किनारमा सरसफाईको थप आर्कषक बनाउन सरसफाई पनि गरिएको छ ।भ्रमण वर्षलाई लक्ष्ति गर्दै पुलचोक गोन्द्राङ ६ लेन सडकको निर्माण कार्यलाई तीब्र गतिमा अगाडि बढाइएको छ । निर्माण कम्पनीले एक पत्रे कालोपत्रे सम्पन्न हुने गरी कार्यलाई युद्धस्तरमा काम गरिरहेको छ ।भ्रमण वर्षमा भरतपुर आउने पाहुनालाई स्वागत गर्न विभिन्न ५ वटा पोइन्टमा स्वागतद्धारा निमार्ण गर्न लागिएको भरतपुर महानगरपालिकाका पर्यटन विज्ञ…

पुरा पढ्नुहाेस्

सन् २०२४ को जनवरीमा ७९ हजार १ सय विदेशी पर्यटक नेपाल भित्रिए

माघ १८, काठमाण्डौँ । सन् २०२४ को पहिलो महिना जनवरीमा ७९ हजार १ सय विदेशी पर्यटक नेपाल आएका छन् । नेपाल पर्यटन बोर्डका अनुसार यो गत वर्ष यसै महिनाको तुलनामा २४ हजार २६ ले बढी हो । २०२३ जनवरीमा ५५ हजार ७४ पर्यटक नेपाल भ्रमणमा आएका थिए । सरकारले यसपालि गत वर्षको तुलनामा दोब्बरले पर्यटक बढाउने घोषणा गरिसकेको छ । बोर्डका अनुसार जनवरीमा भारतीय पर्यटक आगमन पहिलो स्थानमा छ । भारतबाट २४ हजार १ सय ३९ नेपाल भ्रमणमा आएका छन् । चीनबाट ७ हजार २ सय ६७ आएका छन् ।…

पुरा पढ्नुहाेस्

भ्रमण भ्रमण वर्ष २०२४ का लागि चितवन राष्ट्रिय निकुञ्जको यस्तो छ तयारी

माघ ११, काठमाण्डौँ । चितवन राष्ट्रिय निकुञ्जमा भरतपुर भ्रमण वर्ष २०२४ को लागि तयारी थालिएको छ । फागुन १८ गतेदेखि सुरु हुने भरतपुर भ्रमण वर्षको लागि निकुञ्जसँगै जोडिएका मध्यवर्ती क्षेत्रमा रहेका सामुदायिक वनमा पनि तयारीलाई तीब्र पारिएको हो ।चितवन राष्ट्रिय निकुञ्जका सहायक संरक्षण अधिकृत गणेश तिवारीका अनुसार मध्यवर्ती क्षेत्रमा रहेका सामुदायिक वन, बाटुली पोखरी, किङ फिसर ताल, बीस हजारी तालमा सरसफाईको काम भइसकेको छ।भरतपुर भ्रमण वर्षको मुख्य पर्यटकीय गन्तव्य रहेको निकुञ्ज हो । निकुञ्जले यहाँ रहेका जीप सफारीको पुराना रुटमा पनि सरसफाई गरिसकेको छ । निकुञ्जका सूचना अधिकारी तिवारीले पर्यटकीय…

पुरा पढ्नुहाेस्

संसारकै लामो पोखरादेखि मुक्तिनाथसम्म केवलकार बन्ने, ५५ अर्ब खर्च हुने अनुमान

काठमाडौँ । पोखरादेखि मुक्तिनाथसम्म यात्रुवाहक केवलकार निर्माण गर्न वातावरणीय प्रभाव मूल्यांकनसहितको विस्तृत अध्ययन प्रतिवेदन तयार भएको छ । मुक्तिनाथ दर्शन प्रालिले केवलकार निर्माणका लागि तयार गरिएको अध्यावधिक डिपीआर लगानी बोर्डमा बुझाएको छ । सो प्रतिवेदन अनुासर कास्कीको सेराबेसीबाट मुस्ताङको मुक्तिनाथ मन्दिर नजिकै रानीपौवासम्म ८१.०१४ किलोमिटर केवलकार बन्नेछ । यदि यो केवलकार निर्माण भए नेपालमा मात्रै होइन, संसारकै सबैभन्दा लामो यात्रुवाहक केवलकार बन्नेछ । डिपीआरमा केवलकार निर्माणका लागि ५५ अर्ब १८ करोड रुपैयाँ खर्च हुने अनुमान गरिएको छ ।

पुरा पढ्नुहाेस्

न्युयोर्क टाइम्सको घुम्नै पर्ने ३७ गन्तव्यको सूचीमा नेपालको ‘मुस्ताङ’

पौष २५, काठमाडौँ । अमेरिकी समाचारमाध्यम न्युयोर्क टाइम्सले सन् २०२४ मा घुम्नै पर्ने विश्वका ३७ गन्तव्यको सूचीमा नेपालको मुस्ताङलाई पनि राखेको छ । न्यूयोर्क टाइम्सले सार्वजनिक गरेको सूचीमा मुस्ताङको प्राकृतिक सुन्दरता र ऐतिहासिक महत्त्वको संक्षिप्त वर्णन गर्दै संसारका ३७ स्थानहरूमध्ये नेपालको मुस्ताङ पनि सन् २०२४ मा घुम्नै पर्ने पर्यटकीय स्थलको रूपमा रहेको जनाएका छन् । हिमालपारीको जिल्लाको नामबाट परिचित मुस्ताङ धैलागिरी र निलगिरी दुई अग्ला हिमशिखको बीचमा अवस्थित रहेको छ । करिब ३ हजार वर्ष भन्दा अगाडिको पुरातात्विक उत्खनन अनुसार यहाँबाट नेपाल र तिब्बत वीचको व्यापारिख मुख्य नाका रहेको थियो…

पुरा पढ्नुहाेस्