भाद्र ३, काठमाण्डौ । भारतीय कम्पनी एनएचपीसी लिमिटेड इन्डियाले ७५० मेगावाटको जलाशययुक्त पश्चिम सेती जलविद्युत् आयोजना र ४५० मेगावाटको सेती नदी एसआर ६ जलविद्युत् आयोजनाको सर्वेक्षण अनुमतिपत्र पाएको छ । बिहीबार होटल सोल्टीमा भएको विशेष कार्यक्रममा पश्चिम सेती परियोजना भारतीय कम्पनीलाई दिने गरी समझदारीपत्रमा हस्ताक्षर भएको छ । लगानी बोर्ड नेपालले प्रधानमन्त्री शेरबहादुर देउबाको उपस्थितिमा समझदारीपत्रमा हस्ताक्षर गराएको हो । २३ साउन बोर्डले समझदारीपत्रको मस्यौदा स्वीकृत गरेको थियो ।
Read Moreहिन्दुराष्ट्रका नाममा राप्रपाले थाल्यो चन्दा संकलन !
भाद्र ३, काठमाडौं । हिन्दुराष्ट्रको पक्षमा जनमत बढाउन भन्दै राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले चन्दा संकलन अभियान सुरु गरेको छ । प्रदेश र प्रतिनिधि सभा निर्वाचनको मुखैमा थालिएको यो अभियानलाई राप्रपाले ‘कोष वृद्धि अभियान’ भनेको छ । काठमाडौंमा बिहीबार आयोजित एक कार्यक्रममा पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनले अभियानको घोषणा गरे । आर्थिक स्रोत व्यवस्थापनको जिम्मा महामन्त्री डा। धवल शमशेर राणालाई दिइएको छ ।
Read Moreतनहुँमा करेन्ट लागेर बाबु–छोराको मृत्यु
भाद्र ३, काठमाण्डौ । तनहुँको शुक्लागण्डकी नगरपालिका–२ कोत्रेस्थित गुहेखोलामा माछा मार्ने क्रममा करेन्ट लागेर बिहीबार बाबु–छोराको मृत्यु भएको छ । उक्त घटनामा आमा घाइते भएकी छिन्। विद्युतीय तार प्रयोग गरी माछा मार्ने क्रममा करेन्ट लागेर उनीहरुको मृत्यु भएको हो। मृत्यु हुनेमा पाल्पाको निस्दी गाउँपालिका–५ घर भई शुक्लागण्डकी नगरपालिका–२ कोत्रेमा बङ्गुर फार्ममा काम गर्दै आएका २२ वर्षीय चित्रबहादुर ब्याम्बो र नौ महिनाका आदि ब्याम्बो प्रहरी नायब उपरीक्षक युवराज खड्काले जानकारी दिए। करेन्ट लागेर १९ वर्षीया दिलमाया ब्याम्बो घाइते भएकी छिन्।
Read Moreपरीक्षामा लापरवाही गर्नेलाई कारबाहीको माग गर्दै विश्वविद्यालयमा फेरि तालाबन्दी
भाद्र ३, काठमाण्डौ । परीक्षामा लापरवाही गर्नेलाई कारबाहीको माग गर्दै विद्यार्थीले पुनः त्रिभुवन विश्वविद्यालयमा ताला लगाएका छन् । विद्यार्थीको तालाका कारण विश्वविद्यालयको आर्थिक तथा प्रशासनिक काम प्रभावित भएको छ । पछिल्लो समय नेपाल विद्यार्थी सङ्घको अगुवाइमा त्रिविका रजिष्ट्रार, मानविकी तथा सामाजिक शास्त्र, व्यवस्थापन सङ्कायका डिन एवं केन्द्रीय लेखा र कर्मचारी प्रशासन महाशाखाको कार्यालयमा ताला लगाइएको छ । गत असार २७ गते लगाइएका ती ताला खुलाउने विषयमा त्रिवि नेतृत्व र विद्यार्थीबीच संवाद भएको छैन । तालाका कारण विश्वविद्यालयका कर्मचारीलाई तलब वितरण, बजेटअनुसार कार्यक्रम सञ्चालनका लागि अख्तियारी दिने लगायतका काम प्रभावित भएका…
Read Moreआज श्रीकृष्ण जन्माष्टमी पर्व मनाईदै
भाद्र ३, काठमाण्डौ । भाद्रकृष्ण अष्टमी अर्थात् श्रीकृष्ण जन्माष्टमी। सनातन धर्मावलम्बी शुक्रबार भगवान् कृष्णको जन्मदिन मनाउँदैछन्। पुराणहरूका अनुसार द्वापरयुगमा भाद्र कृष्ण पक्षको अष्टमीको मध्यरातमा रोहिणी नक्षत्रमा भगवान् विष्णुका आठौँ अवतारका रूपमा कृष्णको जन्म भएको हो। लोकमा अधर्म बढ्दै जाँदा भगवानले विभिन्न रूप लिने क्रमअनुरूप कंसलगायत दानवको अन्त्यका लागि विष्णुले कृष्णको रूप लिएको बताइन्छ। कंसको कालकोठरीमा वासुदेव र देवकीको पुत्रका रूपमा जन्मिएका कृष्णले मथुरामा देखाएको बाललीला र महाभारत युद्धमा अर्जुनलाई दिएको गीताज्ञान प्रसिद्ध छ। आफूले कर्मअनुसार नै फल प्राप्त हुन्छ। गरिसकेको कामबारे आशक्ति राखी चिन्तित नहुनु भन्ने गीताको सन्देश छ।
Read Moreजिम्बाब्वेविरुद्धको पहिलो एकदिवसीयमा भारत १० विकेटले विजयी
भाद्र ३, काठमाण्डौ । जिम्बाब्वेविरुद्धको एकदिवसीय सिरिजको पहिलो खेलमा भारत १० विकेटले विजयी भएको छ । बिहीबार सम्पन्न खेलमा जिम्बाब्वेले दिएको १९० रनको लक्ष्य भारतले ३०।५ ओभरमा बिनाविकेटको क्षतिमा पूरा गर्यो । उसका लागि शुभमन गिल र शिखर धवनले उत्कृष्ट ब्याटिङ गरे । ७२ बलको सामना गरको गिलले १० चौका र एक छक्कासहित अविजित ८२ रन बनाए । धवनले ११३ बलमा ९ चौकासहित नटआउट ८१ रन बनाए । त्यसअघि हरारे स्पोर्ट्स क्रिकेट क्लबमा टस हारेर पहिला ब्याटिङ गर्ने मौका पाएको जिम्बाब्वेले ४०.२ ओभरमा सबै विकेट गुमाउँदै १ सय ८९ रन…
Read Moreमेरो सेयरको वेबसाइट अवरुद्ध हुने
भाद्र २,काठमाडौँ । सिडिएस एन्ड क्लियरिङ लिमिटेड (सिडिएसिसी) ले सञ्चालन गरेको मेरो सेयरको वेबसाइट बेलुका ५ः ३० बजेबाट अवरुद्ध हुने भएको छ। डाटा नयाँ सर्भरमा माइग्रेसन गर्नुपर्ने भएकाले सेवा अवरुद्ध हुने सिडिएसिसीले जनाएको छ। सिंहदरबारस्थित राष्ट्रिय सूचना प्रविधि केन्द्रमा रहेको डाटा सेन्टरमा जडान गरेका उपकरणहरु नयाँ सर्भरमा स्थानान्तरण गर्नुपर्ने भएकोले सेवा बन्द हुने जनाइएको छ।
Read Moreभारतीय व्यवसायीलाई जलविद्युत र पर्यटन पूर्वाधारको क्षेत्रमा लगानी गर्न चन्द्र ढकालको आग्रह
भाद्र २,काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले नेपाल भ्रमणमा रहेका भारतीय व्यवसायी प्रतिनिधिलाई नेपालको जलविद्युत र पर्यटन पूर्वाधारको क्षेत्रमा लगानी गर्न आग्रह गरेका छन् बिहीबार राजधानीमा आयोजित एक कार्यक्रममा नेपाल भ्रमणमा आएका उत्कल चेम्बर अफ कमर्स एन्ड इन्डस्ट्री, उडिसाका प्रतिनिधि र नेपाली उद्योगी र व्यवसायीबीचको अन्तरक्रियालाई सम्बोधन गर्दै नेपाल उद्योग वाणिज्य महासंघका कार्यवाहक अध्यक्ष समेत रहेका ढकालले यस्तो आग्रह गरेका हुन् । नेपालको जलविद्युत, सूचना प्रविधि र पर्यटन क्षेत्रमा लगानीको ठूलो सम्भावना भएको भन्दै ढकालले सो क्षेत्रमा लगानी गर्न व्यवसायीहरुलाई आह्वान गरेका हुन् । सोही अवसरमा…
Read Moreमाओवादी केन्द्रमा पदाधिकारीको लगभग टुंगो लाग्यो,देव गुरुङ महासचिव हुने पक्का
भाद्र २,काठमाडौँ । नेकपा माओवादी केन्द्रमा पदाधिकारीको लगभग टुंगो लागेको छ । नेताहरुका अनुसार आज (बिहीबार) बस्ने बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पदाधिकारीको प्रस्ताव गर्ने छन् । देव गुरुङ महासचिव हुने पक्का जस्तै छ । महासचिवका दावेदारद्वय वर्षमान पुन र जनार्दन शर्मासँगै गिरिराजमणि पोखरेल उमहासचिव बन्ने भएका छन् । उपाध्यक्षमा दिनानाथ शर्मा, कृष्णबहादुर महरा, गणेश साह, पम्फा भुसाल र हरिबोल गजुरेलको सम्भावना छ ।
Read Moreथप ५४२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि
भाद्र २,काठमाडौँ । पछिल्लो २४ घण्टामा थप ५४२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार दुई हजार ८२ पीसीआर परीक्षणमा २२४ र दुई हजार ८४८ एन्टिजेन परीक्षणमा ३१८ जना गरी ४२१ जनामा संक्रमण पुष्टि भएको हो हो । पछिल्लो २४ घण्टामा ४२१ जना कोरोना संक्रमणमुक्त भएका छन् । कोरोना संक्रमणबाट पछिल्लो २४ घण्टामा मृत्यु भएको छैन । हाल देशभर सक्रिय संक्रमितको संख्या पाँच हजार २६५ जना रहेको छ ।
Read More