बञ्चरेडाँडामा फोहोर फाल्न नदिने स्थानीयको चेतावनी !

असोज २, नुवाकोट । काठमाडौंको फोहोर विसर्जनका लागि तयार पारिँदै आएको बञ्चरेडाँडामा फोहोर व्यवस्थापन गर्न मिल्ने संरचना बनिनसकेको भन्दै त्यहाँका स्थानीयले आपत्ति जनाएका छन् । आज भएको एक कार्यक्रममा धुनिबेसी नगर प्रमुख बालकृष्ण आचार्य, स्थानीयबासी,सरसफाइ अभियन्ताको उपस्थित रहेको थियो । सो क्रममा आचार्यले बन्चरे डाडामा सम्पुर्ण संरचना नबनेसम्म अव्यवस्थित फोहोर फाल्न नपाइने बताए । सरकारी निकायहरुले बञ्चरेडाँडामा फोहोर विसर्जनका लागि तयार भइसकेको र फोहोर फाल्न मिल्ने बताएपछि आवश्यक संरचना नै नबनाइ फोहोर फाल्न लागिएको भन्दै स्थानीयहरुले आपत्ति जनाएका हुन् । सरकारले काठमाडौंको फाहोर व्यवस्थापनका लागि अहिलेसम्म नुवाकोटको ओखरपौवास्थित सिसडोल ल्याण्डफिल्ड…

Read More

तीन दिनभित्रै सरकार विस्तार हुन्छ : प्रचण्ड

असोज २, जनकपुर । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले तीन दिनभित्रै सरकार विस्तार हुने बताएका छन् । प्रदेश २ को अस्थायी राजधानी जनकपुरधाममा शनिबार उनले असोज ४ या ५ गतेसम्म सरकार विस्तार हुने बताएका हुन् । प्रदेशका नेता÷कार्यकर्तालाई प्रशिक्षण दिएर यहाँबाट फर्किने क्रममा संचारकर्मीसँग कुरा गर्दै अध्यक्ष प्रचण्डले प्राविधिक कारण सरकार विस्तार हुन नसकेको बताए । आफ्नो दलसहितको वर्तमान गठबन्धन अहिलेको लागि अपरिहार्य भएको उनले बताए । एमसीसीकै कारण गठबन्धनमा कुनै असर नपर्ने पनि प्रचण्डले बताए । संविधान लोकतन्त्र, गणतन्त्र, संविधानको रक्षाका लागि यो गठबन्धन बनेको चर्चा गर्दै…

Read More

ग्लोबल आइएमईको ऋणपत्र नेप्सेमा सूचीकृत, ६/६ महिनामा व्याज भुक्तानी

असोज २, काठमाडौँ । ग्लोबल आइएमई बैंक लिमिटेडको “८.५५ ग्लोबल आइएमई बैंक डिबेन्चर २०८६/८७” ऋणपत्रको ३० लाख इकाई नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा सूचीकृत भएको छ । १० वर्ष अवधि रहेको यस ऋणपत्रमा बार्षिक ८.५० प्रतिशतका दरले प्रत्येक आर्थिक वर्षको ६/६ महिनामा व्याज प्रदान गर्ने बैंकले जनाएको छ । यस ऋणपत्रलाई रेटिङ एजेन्सी इक्रा नेपाल लिमिटेडले ([ICRANP-IR] LA) रेटिङ्ग प्रदान गरेकोे छ । यस रेटिङले ऋणपत्रमा गरिएको लगानीमा जोखिम अत्यन्तै न्युन रहेको जनाउँदछ । ग्लोबल आईएमई बैंक लिमिटेडको रेटिंगलाई पनि रेटिङ एजेन्सी इक्रा नेपाल लिमिटेडले हालै  [ICRANP-IR] A- बाट [ICRANP-IR] A…

Read More

परियोजनामा आधारित कर्जा प्रवाहको माग

असोज २, काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले परियोजनामा आधारित कर्जा प्रवाह गर्नुपर्ने धारणा व्यक्त गर्दै आएको छ । कोभिड १९ को प्रभावले थलिएको अर्थतन्त्रको पुनरुत्थानसँगै साना मझौला उद्यम (एमएसएमई) र स्टार्ट अपको विस्तारका लागि पनि केही ठोस काम गर्नुपर्ने आवश्यकताको आधारमा महासंघले सम्भाव्यता अध्ययन गरेको परियोजना धितो कर्जालाई राष्ट्र बैंकले प्राथमिकतामा राखेर कार्यान्वयन गर्नुपर्ने सुझाव सम्भाव्यता अध्ययनको प्रतिवेदन महासंघले नेपाल राष्ट्र बैंकमा पेस गरेको छ । महासंघका अध्यक्ष शेखर गोल्छाले उक्त प्रतिवदेन गभर्नर महाप्रसाद अधिकारीलाई पेस गरेका हुन् । उक्त प्रतिवेदन हस्तान्तरण गर्दै महासंघका अध्यक्ष गोल्छाले प्रतिवेदनको प्राथमिकताका साथ…

Read More

कांग्रेस काठमाडौंको वडा अधिवेशन असोज ५ गते हुने

असोज २, काठमाडौँ । नेपाली कांग्रेस काठमाडौंको वडा अधिवेशन यही असोज ५ गते हुने भएको छ । सबैभन्दा धेरै निर्वाचन क्षेत्र र क्रियाशील सदस्यता रहेको काठमाडौंको सदस्यता विवाद मिलेसँगै शुक्रबार बसेको कांग्रेस काठमाडौं जिल्ला समितिको बैठकले असोज ५ गते वडा अधिवेशन प्रारम्भ गर्ने निर्णय गरेको हो । कांग्रेस काठमाडौंका सभापति सबुज बानियाँले पार्टीको केन्द्रीय निर्वाचन समितिले क्रियाशील सदस्यता टुङ्ग्याएर जिल्लालाई पठाइसकेकाले वडा अधिवेशन गर्न लागेको जानकारी दिए । काठमाडौंमा १० निर्वाचन क्षेत्र र २० प्रदेश निर्वाचन क्षेत्र छन् । काठमाडौं महानगरपालिकासहित ११ स्थानीय तह रहेको काठमाडौंमा १३८ वडा छन् ।…

Read More

ठड्याइयो इन्द्रध्वजा, सुरु भो इन्द्रजात्रा

असोज २, काठमाडौं । वर्षा र सहकालका देवता इन्द्रको नाममा गरिने इन्द्रजात्राको इन्द्रध्वजोत्थान शनिबार बिहान गरिएको छ । ६:५१ बजेको शुभ साइतमा इन्द्रध्वजोत्थान गरिएको हो । इन्द्रध्वजोत्थान गरेपछि जात्राको मुख्य दिन असोज ३ गते कुमारीलाई तल्लो टोल यात्रा गराइन्छ । असोज ४ गते माथिल्लो टोल यात्रा गराइने कार्यक्रम रहेको हनुमानढोका दरबार हेरचाह अड्डाका कार्यालय प्रमुख सन्दीप खनालले जानकारी दिए । असोज ८ गते नानिचा यात्रा गरिनेछ । त्यसै दिन राति १०:३६ बजे इन्द्रध्वज पतन अर्थात् लिङ्गो ढालिने साइत छ । यसरी करिब १५ दिन लामो इन्द्रजात्राको कार्यक्रम समापन गरिन्छ ।…

Read More

खिलराज रेग्मीको प्रश्न: संवैधानिक अभ्यास कता जाँदै छ ?

असोज २, काठमाडौं । तत्कालीन मन्त्रिपरिषद्का अध्यक्ष खिलराज रेग्मीले संविधान जारी भएको सातौँ वर्षसम्म आइपुग्दा हाम्रा संवैधानिक अभ्यास कतातिर लम्किँदै छन् भनी फर्केर हेर्न जरुरी भएको बताएका छन् । संविधान दिवस २०७८ का अवसरमा राष्ट्रिय समचार समिति(रासस)का प्रतिनिधिसँग कुराकानी गर्दै उनले नेपालीको सुखद् भविष्यका लागि असल अभ्यासका साथ संविधानका उद्देश्य र लक्ष्य साकार तुल्याउन एकजुट भई अघि बढन सबैसँग आग्रह गरे । पूर्वप्रधानन्यायाधीश रेग्मीले भने, “विकास र आर्थिक समृद्धि प्राप्तिका लागि राजनीतिक स्थायित्व, शासन प्रणालीको कुशल व्यवस्थापन र सञ्चालनमा हामीले ध्यान केन्द्रित गर्नुपर्छ ।” दिगो विकास र उत्पादकत्व वृद्धितर्फ भन्दा…

Read More

अनेरास्ववियुको सचिवालय बैठक बस्दै, नेतृत्व पुनर्गठन हुने

भदौ २, काठमाडौं । नेकपा (एमाले)को विद्यार्थी संगठन अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु)को सचिवालय बैठक आज बस्दैछ । बैठकबाट अनेरास्ववियुको नेतृत्व पुनर्गठन हुने भएको छ । बैठकबाट नेतृत्व पुनर्गठन गर्न लागिएको अनेरास्ववियुका इन्चार्ज एवं अखिलका पूर्व अध्यक्ष खिमलाल भट्टराईले जानकारी दिए । बैठक तुल्सीलाल स्मृति प्रतिष्ठान, च्यासल, ललितपुरमा विहान ११ बजे बस्ने अनेरास्ववियुले जनाएको छ । अनेरास्ववियुको राष्ट्रिय महाधिवेशन आगामी चैतमा गर्ने तय भएसँगै वर्तमान नेतृत्वलाई बिदा गरेर संगठन पुनर्गठन गर्न लागिएको उनले बताए । महाधिवेशनसम्म भए पनि अखिलको नेतृत्वका लागि संगठनका पदाधिकारीहरुबीच तीव्र प्रतिस्पर्धा देखिएको छ । इन्चार्ज…

Read More

बँदेललाई थापेको पासोमा परेर एकै परिवारका तीन जनाको मृत्यु

असोज २, काठमाडौं । बर्दियामा जंगली जनावरलाई थालेको पासोमा परेर एकै परिवारका तीन जनाको मृत्यु भएको छ । बँदेललाई थापेको विद्युतीय पासोमा परेर ठाकुरबाबा नगरपालिका-३ गोदाना भन्ने ठाउँका ३५ वर्षीय बालकृष्ण थारु, उनकी ३० वर्षीय श्रीमती सुनिता थारु र ४५ वर्षीय भाउजु बेलमती थारुको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रमुख, प्रहरी उपरीक्षक (एसपी) ईश्वर कार्कीले जानकारी दिए । एसपी कार्कीका अनुसार शुक्रबार राति खेतमा पानी हेर्न गएका बेला उनीहरू छिमेकीले बँदेलका लागि धान खेतमा थापेको विद्युतीय पासोमा परेका हुन् । खेतमा विद्युतीय पासो थाप्ने छिमेकी ८३ वर्षका राजबहादुर शाहीलाई…

Read More

सातैवटा प्रदेशमा हाम्रो सहभागीता रहनेछ : माधव नेपाल

असोज १, काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधव कुमार नेपालले सातैवटा प्रदेशमा पनि हाम्रो सहभागीता रहने बताएका छन् । मिनभवनस्थित केन्द्रीय कार्यालय उदघाटन गरेपछि पत्रकारहरुलाई प्रतिक्रिया दिंदै नेपालले बताएका हुन् । मन्त्रिपरिषद्लाई कहिले पूर्णता दिने भनेर पत्रकारहरुले सोधेको प्रश्नमा उनले भने ‘म प्रधानमन्त्री भएको भए ठ्याक्कै भनिदिन्थें, आशा गरौं, यो हप्ताभित्र हुने छ ।’ उनले सरकारमा जान आफूहरु आज भने आजै, भोलि भने भोलि नै तयार रहेको पनि बताए । उनले संसद र सरकारमा आफूहरुको भूमिका सत्तापक्षको रुपमा रहने बताए । सत्ता गठबन्धनको महत्वपूर्ण हिस्सा एकीकृत समाजवादी भएको बताउँदै…

Read More