असार १२, काठमाडौ । प्रधानमन्त्री शेरबहादुर देउवाले आइतबार नियुक्त गरेका मन्त्रीहरुको सपथ भोलि हुने भएको छ । आइतबार साँझ देउवाले कांग्रेस, माओवादीका मन्त्रीलाई यथावत् राख्दै एकीकृत समाजवादीका पाँच नयाँ मन्त्रीमा नियुक्त गरेका छन् । राष्ट्रपति कार्यालयका प्रेस सल्लाहकार टिका ढकालका अनुसार नव नियुक्त मन्त्रीहरुको शपथ सोमबार गराउने तयारी भइरहेको छ । एकीकृत समाजवादीका मन्त्रीहरुले आजै पदबाट राजीनामा दिएका थिए । एकीकृत समाजवादीका जीवनराम श्रेष्ठलाई संस्कृति, पर्यटन तथा नागरिक उडड्यन, मेटमणि चौधरीलाई सहरी विकास, भवानीप्रसाद खापुङलाई बढुवा गर्दै स्वास्थ्य तथा जनसंख्या, शेरबहादुर कुँवरलाई श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री, हिराचन्द्र केसीलाई स्वास्थ्य…
Read Moreहवाई इन्धनको मूल्य नघटाएको भन्दै सरकारप्रति आपत्ति प्रकट
असार १२, काठमाडौ । वायुसेवा सञ्चालकहरुले हवाई इन्धनको मूल्य नघटाएको भन्दै सरकारप्रति आपत्ति प्रकट गरेका छन् । नेपाल आयल निगमले पेट्रोल र डिजेल तथाच मट्टीतेलको मूल्य भारी कटौती गरेको छ । तर, हवाई इन्धनमा उच्च नाफा राखिरहेपछि वायुसेवा सञ्चालक संघले एक विज्ञप्ती जारी गर्दै विरोध जनाएको हो । यसबाट हवाई यात्रा महँगो पर्न जाने र पर्यटन क्षेत्र नै प्रभावित हुने संघको भनाइ छ । विदेशी पर्यटक नआउँदा वायुसेवा कम्पनीले न्यूनतम मूल्यमा नेपाली यात्रुलाई सेवा दिइरहेको स्मरण गराउँदै संघले ध्यानाकर्षण गराएको हो । संघका प्रवक्ता योगराज कँडेलका अनुसार हवाई सेवा सञ्चालनमा…
Read Moreनिलकण्ठमा ७ दिने क्रिष्टल माला बनाउने तालिम सम्पन्न
असार १२,निलकण्ठ । गरिबी निवारणको लागि लघु उद्यम विकास कार्यक्रम अन्तर्गत ७ दिने क्रिष्टल माला बनाउने तालिम आज सम्पन्न भएको छ । निलकण्ठ नगरपालिकाले आयोजना गरेको सो तालिममा १९ जना महिलाको सहभागिता रहेको थियो । तालिमको समापन गर्दै नगरपालिकाको उपप्रमुख दिपक विश्वकर्माले लघु उद्यमको लागि क्रिष्टल माला बनाउने तालिम उपयोगी हुने बताए । असार ५ गते देखि ७ दिन चलेको तालिममा महिलाहरुले क्रिष्टलबाट माला बनाउन सिकेका छन् । तालिमपछि सहभागीहरु क्रिष्टल मालाको व्यवसाय गर्न उत्साहित भएको उद्यम विकास सहजकर्ता राधिका अर्यालले अनलाइनकेन्द्रलाई बताइन् ।
Read Moreसाताको पहिलो दिन नेप्सेमा बहार ! २३ वटा कम्पनीको शेयरमा सर्किट
असार १२,काठमाडौँ । नेप्सेमा बहार आएको छ । हप्ताको पहिलो दिन शेयर बजार झन्डै ९५ अङ्कले बढेर हरियाली देखिएको छ । शेयर बजार परिसूचक नेप्से आज आइतवार ९४ दशमलव ९२ अङ्कले बढेर एक हजार नौ सय ५६ दशमलव ९८ विन्दुमा पुगेको छ । आज सबै समूहको शेयर बढेकोमा जलविद्युत्, विकास बैंक, बीमा, लघुवित्त र उत्पादन समूहको शेयर उच्च अङ्कले बढेको छ । लामो समयपछि आज कारोबार रकम पनि दुई अर्ब रुपैयाँभन्दा माथि पुगेको छ । दुई सय ३० वटा कम्पनीको ६३ लाख ६३ हजार कित्ता शेयर दुई अर्ब १९ करोड…
Read Moreबेलकोटगढीमा टेलिकमको समस्या समाधान गर्न निरन्तर पहल, ७ दिनभित्र रिपोर्ट बुझाउने
असार १२,नुवाकोट । बेलकोटगढी नगरपालिकाको कार्यालय आसपासको क्षेत्र र बेलकोटगढीका सबै ठाउँहरुमा टेलिकमको समस्या भएपछि बेलकोटगढीका जनप्रतिनिधिले नेपाल टेलिकम नुवाकोटसंग छलफललाई निरन्तरता दिएको छ । आज आइतबार सदरमुकाम विदुरमा समस्या समाधान गर्नको लागि बेलकोटगढीका प्रमुख जगत बहादुर गुरुङ र टेलिकमको नुवाकोट शाखा प्रमुख बिकाश महर्जन र कार्यलयको टेक्निसियन समूह र बेनपा ३ का अध्यक्ष र नगर प्रबक्ता कृष्ण बहादुर भुजेल लगायतको टिमबीच छलफल भएको हो । छलफलपछि नगरपालिकामा भएको समस्या पहिचान गरि ७ दिन भित्र रिपोर्ट बुझाउने र आवश्यक कार्य थालनी गरि दशैँ अगाडि काम सम्पन्न गर्ने प्रतिबद्धता टेलिकम प्रमुख…
Read Moreराष्ट्रिय क्रिकेट टोलीले क्यानडामा एकदिवसीय क्रिकेट शृङ्खला मात्रै खेल्ने
असार १२,काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टोलीले क्यानडामा एकदिवसीय क्रिकेट शृङ्खला मात्रै खेल्ने भएको छ । विश्व कप क्रिकेट लिग डिभिजन–२ अन्तर्गत आयरल्यान्डमा त्रिदेशीय शृङ्खला खेल्नुअघि नेपालले क्यानडामा टी–२० र एकदिवसीय खेल्ने योजना थियो । तर भिसालगायतका कारण नेपालले क्यानडामा तीन खेलको एकदिवसीय शृङ्खला मात्रै खेल्ने भएको हो । जसमा क्यानडाको राष्ट्रिय टोलीसँग दुई खेल र स्थानीय क्लबसँग एक खेलको तालिका रहेको छ । नेपालले आउँदो जुलाई १ तारिख अर्थात् असार १७ गते ओन्टारियो क्लबसँग तथा ४ र ५ तारिख अर्थात् असार २० र २१ गते क्यानडाको राष्ट्रिय टोलीसँग एकदिवसीय…
Read More‘मन्त्रीको कुर्सीमा बसिसकेपछि हट्नै नचाहने प्रवृत्ति छ’: अध्यक्ष नेपाल
असार १२,काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले केही मन्त्रीहरूले आफूलाई राजीनामा पत्र बुझाइसकेको बताएका छन् । आज आइतवार अखिल नेपाल महिला सङ्घ (समाजवादी) को केन्द्रीय समितिको तेस्रो पूर्ण बैठकलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले केही मन्त्रीहरूले सरकारबाट फिर्ता हुनका लागि आफूलाई राजीनामा पत्र बुझाइसकेको बताएका हुन्। मन्त्रिपरिषद् पुनर्गठनका लागि पार्टीले पठाएको पत्र पर्याप्त रहेको भन्दै त्यसकै आधारमा सरकारले तुरुन्त मन्त्रिपरिषद् पुनर्गठन गर्नुपर्ने उनको भनाइ छ । उनले भने, ‘मानिसहरूमा मन्त्रीको कुर्सीमा बसिसकेपछि हट्नै नचाहने प्रवृत्ति छ । इमानदार कार्यकर्ताले पार्टीको निर्णय थाहा पाउने बित्तिकै सम्मान गर्न, पालन गर्न…
Read Moreअझै १५ लाख थान पाठ्यपुस्तक छाप्न बाँकी
असार १२, काठमाण्डौ । सरकारले असारको दोस्रो साता बितिसक्दा पनि अझै विद्यार्थीको हातहातमा पाठ्यपुस्तक पुर्याउन सकेको छैन । राष्ट्रिय सभा बैठकमा शिक्षा विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलले १५ लाख थान पाठ्यपुस्तक छाप्न बाँकी रहेको जानकारी दिए । उनले भने, ‘जनक शिक्षा सामाग्रिबाट कक्षा ४ देखि १० सम्म १ करोड ९६ लाख थान छपाइ गर्नुपर्नेमा हालसम्म १ करोड ८१ लाख थान छपाइ गरी वितरण भइसकेको छ। निजी प्रकाशनबाट पनि छपाइ तथा वितरणको व्यवस्था मिलाइएको छ ।’
Read Moreलागूपदार्थको दुर्व्यसनबाट युवालाई बचाउनु सबैको दायित्व हो: गृहमन्त्री खाण
असार १२,काठमाडौँ । गृहमन्त्री बालकृष्ण खाणले लागू पदार्थको दुर्व्यसनबाट युवा पुस्ताको सुन्दर भविष्य बचाउन र नागरिकको रक्षा गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन् । लागूऔषध दुरुपयोग तथा ओसारपसारविरुद्धको अन्तर्राष्ट्रिय दिवसका अवसरमा गृह मन्त्रालयले आइतबार काठमाडौँमा गरेको कार्यक्रममा गृहमन्त्री खाणले लागू पदार्थको दुर्व्यसनबाट युवालाई बचाउनु सबैको दायित्व भएको बताए । लागूपदार्थको दुर्व्यसनका कारणले समाजलाई गम्भीर असर पारेको र त्यो असर सबैभन्दा बढी युवा पुस्तामा परिरहेको उनले बताए । गृहमन्त्री खाणले युवा पुस्तालाई दुर्व्यनीबाट बचाउनु सरकार र समाज सबैको दायित्व भएको धारणा राखे । युवा पुस्ताको भविष्य सुन्दर बनाउन सरकारले आगामी दिनमा…
Read More