बुधबार कृष्ण भगवानको पूजा कसरी गर्ने ?

बैशाख १२, काठमाण्डौँ । हिन्दु धर्ममा, हप्ताको हरेक बारलाई देवी देवताको बार मान्ने गरिन्छ । विशेष व्रत र उपवास बाहेक, अधिकांश हिन्दु धर्मावलम्बीहरूले हप्ताको कुनै एक वा दुई दिन सोहि बारअनुसारको देवताको पूजा गरि व्रत बस्ने गर्दछन् । कतिपयलाई ज्ञान नहुनसक्छ बुधबार कुन देवताको पुजा गर्ने भन्ने । ‘बुध’ ग्रहको लागि समर्पित बार नै बुधबार हो । यस दिन विशेष गरी कृष्णको अवतारको पूजा गरिन्छ । पुजा गर्दा तुलसीको पातले गर्नुपर्दछ । कुनै नयाँ काम थालनीको लागि बुधबार अति नै शुभ मानिन्छ । साथै यस दिन कृष्ण भगवानको व्रत बस्नाले…

पुरा पढ्नुहाेस्

इलाम र बझाङको उपनिर्वाचन : प्रचारप्रसारको आज अन्तिम दिन

बैशाख १२, काठमाडौँ । यही वैशाख १५ गते इलाम र बझाङमा हुन लागेको उपनिर्वाचन प्रचारप्रसारका लागि आज अन्तिम दिन हो । निर्वाचन कार्यतालिकाअनुसार आज राति १२ बजेबाट उपनिर्वाचनको प्रचारप्रसार गर्न पाइँदैन । निर्वाचन आचारसंहिताअनुसार निर्वाचन हुने ४८ घण्टाअघिदेखि चुनावको प्रचारप्रसार गर्न पाइँदैन । प्रतिनिधि सभातर्फ इलाम–२ र प्रदेश सभातर्फ बझाङ १ को क मा उपनिर्वाचन हुँदै छ। इलाममा १९ र बझाङमा ११ उमेदवार चुनावी मैदानमा छन् ।

पुरा पढ्नुहाेस्

आजको विदेशी मुद्राको विनिमय दर कति छ ?

बैशाख १२, काठमाडौँ । नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । जसअनुसार भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ रहेको छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ । यस्तै, आज अमेरिकी डलरको खरिद दर १३३ रुपैयाँ ०६ पैसा र बिक्री दर १३३ रुपैयाँ ६६ पैसा रहेको छ । आज युरो एकको खरिद दर १४१ रुपैयाँ ९८ पैसा र बिक्री दर १४२ रुपैयाँ ६२ पैसा रहेको छ। यस्तैगरी, बेलायती पाउण्ड एकको खरिद दर १६४ रुपैयाँ ८४ पैसा र बिक्री दर १६५…

पुरा पढ्नुहाेस्

आजको मौसम : चार प्रदेशमा चट्याङ्गसहित हल्का वर्षाको सम्भावना, तराईमा हावाहुरी

बैशाख १२, काठमाडौँ । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले हाल देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागको मौसम मुख्यतया सफा रहेको छ। आज दिउँसो कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागमा आंशिक देखि साधरणतया बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने छ । कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा चट्याङ्गसहित छिटपुट देखि हल्का वर्षाको सम्भावना रहेको छ। कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको…

पुरा पढ्नुहाेस्

राष्ट्रपति पौडेल र कतारका राजाबीच शीतलनिवासमा भेटवार्ता

बैशाख ११, काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेल र कतारका अमिर शेख तमिम बिन हमाद अल थानीबीच राष्ट्रपति कार्यालय शीतल निवासमा भेटवार्ता सुरु भएको छ । अपराह्न कतारका अमिर राष्ट्रपति निवास शीतल निवास पुग्दा राष्ट्रपति पौडेलले उनलाई स्वागत गरेका थिए । शीतल निवासको गण्डकी हलमा सुरु भएको भेटवार्तामा उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ, सवारी व्यवस्थापनको जिम्मेवारीमा रहनुभएका ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्तेतलगायत विशिष्ट पदाधिकारीहरु संलग्न छन् । उनहरुबीच द्विपक्षीय हित र चासोसहित कूटनीतिक सम्बन्धका विषयमा छलफल हुने बताइएको छ । कतारका अमिर अल थानी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सिधै शीलत निवास…

पुरा पढ्नुहाेस्

गेष्ट हाउसमा महिला र पुरुष मृत फेला, छोरी सकुशल

बैशाख ११, जनकपुरधाम । जनकपुरधामको रामानन्द चोकस्थित होटल होलिडे एण्ड गेस्ट हाउसमा महिला र पुरूष मृत फेला परेका छन् । होटलको कोठामा भित्रबाट चुकुल लगाएको अवस्थामा उनीहरू एकसाथ झुण्डिएको अवस्थामा फेला परेको प्रहरीले जानकारी दिएको छ । मृत फेला पर्नेमा लोहारपट्टी नगरपालिका(४ महोत्तरीकी २५ वर्षीया प्रियंका कापर र पिपरा गाउँपालिका ३ महोत्तरी ३१ वर्षीय हितेन्द्र पासवान छन् । प्रियंका विवाहित हुन् भने युवक अविवाहित । प्रियंकाको माइत पीपरा हो । प्रहरीले दिएको जानकारी अनुसार उनीहरू प्रियंककी नाबालिग छोरीसहित केही दिनदेखि गेष्ट हाउसमा बसिरहेका थिए । छोरी भने सकुशल छिन् ।…

पुरा पढ्नुहाेस्

काठमाडौं उत्रिएका कतारका राजा शेखको टोलीमा को–को छन् ?

बैशाख ११, काठमाडौँ । कतारका राजा शेख तमिम बिन हमाद अल थानी नेपाल आइपुगेका छन् । राष्ट्रपति रामचन्द्र पौडेलको मैत्रीपूर्ण निमन्त्रणामा दुई दिने भ्रमणमा आएका थानी ३ बजेर ३५ मिनेटमा काठमाडौं उत्रिएका हुन् । राजाको भ्रमण टोलीमा क्याबिनेट मन्त्रीदेखि उच्चपदस्थ व्यक्तिहरू सहभागी रहेको परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ। परराष्ट्र स्रोतका अनुसार राजा थानीको भ्रमणमा टोलीमा अमिरी दिवानका प्रमुख शेख साउद बिन अब्दुल रहमान अल्थानी, यातायात मन्त्री जसिम बिन सिफ अल सुलैती, उद्योग तथा वाणिज्य मन्त्री शेख मोहम्मद बिन हमाद बिन क्वासिम अल्थानी, सहायक विदेशमन्त्री सुल्तान बिन साद अल मुराखी र…

पुरा पढ्नुहाेस्

कतारका अमिर थानी काठमाडौँमा !

बैशाख ११, काठमाडौँ । कतारका अमिर शेख तमिम बिन हमाद अल थानी दुईदिने भ्रमणका क्रममा काठमाडौँ आइपुगेका छन् । थानी चढेको विमान ३ स्४२ मिनेटमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएको छ । अमिर थानीलाई स्वागत गर्न राष्ट्रपति रामचन्द्र पौडेल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पुगेका छन् । उनलाई विमानस्थलमै २१ तोपको सलामी दिएर सम्मान गरिने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

पुरा पढ्नुहाेस्

‘नवीन समझदारी गरेर राजसंस्थाको पुनःस्थापना गरौँ’ : राजेन्द्र लिङ्देन

बैशाख ११, काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेनले नयाँ समझदारी गरेर हिजोको अन्तर्राष्ट्रिय गौरव पुनर्स्थापित गर्न अभिभावकीय राजसंस्थाको पुनःस्थापना गर्न आग्रह गरेका छन् । अध्यक्ष लिङदेनले सामाजिक सञ्जालमार्फत आज नेपाल आउन लाग्नुभएका कतारका अमिर शेख तमीम विन हमद अल थानीलाई स्वागत गर्दै सरकारले उनलाई गर्ने सम्मान राजतन्त्रप्रतिको सम्मान भएको उल्लेख गरेका हुन् । लिङदेनले सरकारले अमिर थानीको सम्मानमा आज सार्बजनिक बिदा दिएको र उनलाई २१ तोपको सलामी दिने कार्यक्रम रहेको भन्दै यो राजसंस्थाप्रतिको अन्तर्राष्ट्रिय मर्यादा र सम्मान भएको बताएका छन् ।

पुरा पढ्नुहाेस्

ब्राउन सुगरसहित धादिङका एक युवक पक्राउ

बैशाख ११, काठमाडौँ । प्रहरीले लागुऔषध ब्राउन सुगरसहित २० वर्षीय विनोद तामाङलाई पक्राउ गरेका छ । भारतबाट पैदल आउँदै गर्दा मेचीनगर नगरपालिका ६ स्थित मेचीपुलमा जाँचका क्रममा उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यलय झापाका सूचना अधिकारी कृष्णकुमार चन्दले जानकारी दिए । धादिङ जिल्ला खन्याबास गाउँपालिका ५ बस्ने तामाङको साथबाट ४३.१५ ग्राम ब्राउनसुगर फेला परेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

पुरा पढ्नुहाेस्