शिक्षाको गुणस्तर सुधार गर्न आधारभूत तहबाटै थालनी गर्नुपर्छ : मन्त्री चौधरी

बैशाख ६, काठमाण्डौँ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री भगवती चौधरीले गुणस्तरीय शिक्षाको विकास गर्न आधारभूत तहबाटै शिक्षामा लगानी गर्न आवश्यक रहेको बताएकी छन् । शुक्रबार स्वर्गीय दुर्गा दाहालको ७२ औँ जन्म जयन्तीको सन्दर्भमा दुर्गा दाहाल स्मृति कोष व्यवस्थापन समिति धनकुटाले काठमाडौंमा गरेको कार्यक्रममा मन्त्री चौधरीले यस्तो बताएकी हुन् ।  ‘अझैपनि हाम्रो शिक्षा गुणस्तरीय छैन । हाम्रा पाठ्यक्रमहरू गुणस्तरीय छैनन् । तर पनि डम्बर चेम्जोङ जस्तो व्यक्तिहरू अमेरिकासम्म पुगेर पीएचडी गर्नु समाजका लागि निकै ठुलो कुरा हो’, मन्त्री चौधरीले भनिन्, ‘आधारभूत शिक्षा आधारभूत विद्यार्थीले सिक्ने ‘चाइल्ड सेन्ट्रिक मेथोलोजी हो कि, टिचर सेन्ट्रिक हो’ त्यसमा हामीले…

पुरा पढ्नुहाेस्

ग्लोबल आइएमई बैंक र हब इन्टरनेशनल एजुकेशनबिच समझदारी

बैशाख ६, काठमाण्डौँ । ग्लोबल आइएमई बैंक लिमिटेड र हब इन्टरनेशनल एजुकेशन प्रा. लि. बिच भारतमा उच्च शिक्षाका लागि जाने विद्यार्थीहरुलाई शैक्षिक कर्जा सहजरुपमा प्रवाह गर्ने सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर भएको छ । उक्त समझदारी पत्रमा बैंकका नायव प्रमुख कार्यकारी अधिकृत सुमन पोखरेल तथा हब इन्टरनेशनल एजुकेशन प्रा. लि.का संस्थापक तथा अध्यक्ष उद्धव बहादुर खड्काले हस्ताक्षर गर्नुभएको छ ।समझदारी अनुसार बैंकले हब इन्टरनेशनल एजुकेशन प्रा. लि.ले सिफारिस गरेका विद्यार्थीहरुलाई भारतका विश्वविद्यालयहरुमा उच्च शिक्षाका निमित्त आवश्यक वित्तीय दायित्व वहन गर्न आवश्यक शैक्षिक कर्जा सहजरुपमा प्रवाह गर्नेछ । हब इन्टरनेशनल एजुकेशनमार्फत सिफारिस…

पुरा पढ्नुहाेस्

नेपाल इन्भेष्टमेण्ट मेगा बैंकको संस्थापक सेयर बिक्रीमा

बैशाख ६, काठमाडौँ । नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेडले संस्थापक सेयर बिक्रीमा ल्याएको छ । यस सेयर सेयरधनी बाहेक अन्य व्यक्ति वा संस्थाले मात्रै खरिद आवेदन दिन पाउने छन् । सेयर खरिद गर्न इच्छुकले आवश्यक कागजातसहित ७ दिनभित्र बैंकको काठमाडौं लाजिम्पाटमा रहेको सेयर शाखामा निवेदन दिन सक्नेछन् । नेपाल राष्ट्र बैंकको निर्देशन अनुसार बैंकले यसअघि संस्थापक सेयरधनीले मात्रै खरिद गर्न पाउने गरी फागुन ३० गते उक्त सेयर बिक्रीमा ल्याएको थियो ।

पुरा पढ्नुहाेस्

डिडिसीले किसानको बक्यौता रकम भुक्तानी गर्दै

बैशाख ६, काठमाडौँ । दुग्ध विकास संस्थान डिडिसीले सहुलियत ऋणमा सरकारले दिएको ३० करोडमा १० करोड थपेर डिडिसीले ४० करोड रुपियाँ भुक्तानी गर्ने भएको छ । डिडिसीका निमित्त उपमहानिर्देशक राजेन्द्रप्रसाद अधिकारीले आज देखि बक्यौता रकमको भुक्तानी सुरु गरिने बताए ।

पुरा पढ्नुहाेस्

आज घट्यो सुनको मूल्य, प्रतितोला कतिमा भईरहेको छ कारोबार ?

बैशाख ६, काठमाण्डौँ । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । अघिल्लो दिन स्थिर रहेको सुनको मूल्य आज भने घटेको हो ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला ६ सय रुपैयाँले घटेर प्रतितोला १ लाख ३८ हजार ६ सय रुपैयाँ कायम भएको छ । त्यस्तै, आज तेजावी सुनको मूल्य पनि ६ सय रुपैयाँले घटेर प्रतितोला १ लाख ३७ हजार ९५० रुपैयाँ कायम भएको छ । आज चाँदीको मूल्य भने बढेका छ। चाँदीको मूल्य १० रुपैयाँले बढेर प्रतितोला १ हजार ७२५ रुपैयाँमा कारोबार भईरहेको छ ।

पुरा पढ्नुहाेस्

मनकामना केबलकार भोलि बन्द हुने

बैशाख ६, चितवन । मनकामना केबलकार शुक्रबार एक दिनका लागि बन्द हुने भएको छ ।केबलकार टावरमा सामान्य मर्मत गर्नुपर्ने भएकाले यही वैशाख ७ गते भोलि केबलकारको सेवा बन्द गर्न लागिएको मनकामना दर्शन प्रालिले जनाएको छ । सेवा शनिबारदेखि नियमित सञ्चालनमा आउने प्रालिका नायब महाप्रबन्धक उज्ज्वल शेरचनले जानकारी दिए । चितवनको इच्छाकामना गाउँपालिका ४ कुरिनटारबाट गोरखाको सहिदलखन गाउँपालिका ३ स्थित प्रसिद्ध धार्मिकस्थल मनकामनामाइको मन्दिर जाने भक्तजनको सहजताका लागि विसं २०५५ मा उक्त केबलकार सञ्चालनमा ल्याइएको हो ।

पुरा पढ्नुहाेस्

अन्जान शाक्य राष्ट्रिय सभा सदस्यमा मनोनीत

बैशाख ६, काठमाडौँ । राष्ट्रिय सभा सदस्यमा डा। अन्जान शाक्य मनोनीत भएकी छन् । मन्त्रिपरिषद्को सिफारिसका आधारमा बिहीबार राष्ट्रपति रामचन्द्र पौडेलले शाक्यलाई मनोनीत गरेका हुन् ।

पुरा पढ्नुहाेस्

एन्फा उपाध्यक्ष दावा लामा छुटे

बैशाख ६, काठमाडौँ । लागू औषध मुद्दामा फरार रहेको भन्दै पक्राउ परेका अखिल नेपाल फुटबल संघ एन्फा उपाध्यक्ष दावा लामा छुटेका छन् । काठमाडौं जिल्ला अदालतले बिहीबार लामालाई छाडेको हो । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले लामालाई बुधबार पक्राउ गरेको थियो । लामालाई ५ वर्ष कैद सजाय भएको र ४ वर्षभन्दा बढी कैद भुक्तान हुन बाँकी रहेको भन्दै प्रहरीले उनलाई पक्राउ गरेको थियो ।स्रोतका अनुसार लामाले आफूसँग स्टे अर्डर भएको प्रमाण प्रस्तुत गरेका थिए । पुनरावेदनको विषयलाई लिएर अदालतले छाडेको बुझिएको छ ।

पुरा पढ्नुहाेस्

जनकपुरमा २३ वर्षीया युवती र नौं महिनाकी बालिका जलेको अबस्थामा शव फेला !

बैशाख ६, काठमाण्डौँ । जनकपुरधाम उपमहानगरपालिका–१६ पुल चोकको रेल्वे लिक नजिकैको पोखरीको डिलमा एक युवती र बालिका जलिरहेको अवस्थामा मृत भेटिएका छन् । युवती र बालिका जलिरहेको अवस्थामा देखेपछि स्थानीयले बुधवार राति करिब ९ बजे प्रहरीलाई खबर गरेको थियो । प्रहरी पुग्दासम्म युवती र बालिकाको ज्यान गइसकेको थियो । राति नै दुवैको शव पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुरधाम लगिएका थियो । मृतक युवती महोत्तरीको मनरासिसा नगरपालिका–२ की २३ वर्षीया मप्रियंका महतो रहेको धनुषाका प्रहरी प्रवक्ता डिएसपी रञ्जन अवाले जानकारी दिएका छन् । जलेर मृत्यु भएकी बालिका करिब ८,९ महिनाकी छन्…

पुरा पढ्नुहाेस्

लुम्बिनी प्रदेश : टुंगियो भागबण्डा, कुन दललाई कति मन्त्रालय ?

बैशाख ६, बुटवल । लुम्बिनी प्रदेशमा आज सरकार विस्तार हुने भएको छ । चैत २३ गते मुख्यमन्त्री बनेका जोखबहादुर महराले अहिलेसम्म भागबण्डा मिलाउन नसक्दा सरकार विस्तार गर्न सकेका थिएनन् । सत्ता समीकरणमा रहेका दलहरुबीच भागबण्डा मिलेपछि मुख्यमन्त्री महराले आज सरकार विस्तार गर्दै ११ सदस्यीय मन्त्रिपरिषद् बनाउने तयारी गरेका हुन । भागबण्डामा एमालेले पाँच मन्त्रालय पाउने भएको छ भने माओवादी केन्द्रले मुख्यमन्त्रीसहित तीन मन्त्रालय पाउने सहमति भएको छ । त्यस्तै नाउपा, जसपा र स्वतन्त्र सांसदले एक(एक मन्त्रालय पाउने भएका छन् । कुन दलले कुन मन्त्रालय पाउने भन्ने अझै नटुंगिएको बताइएको छ…

पुरा पढ्नुहाेस्