माछापुच्छ्रे बैंकको खुद नाफामा ३६.७२ प्रतिशतले घट्यो, रिजर्भ आकार वृद्धि !

बैशाख ७, काठमाण्डौँ । माछापुच्छ्रे बैंक लिमिटेडले चालु आवको तेस्रो त्रैमाससम्म ८५ करोड ५४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो रकम गत आवको सोहि अवधिको तुलनामा ३६.७२ प्रतिशतले कम हो । गत आवको तेस्रो त्रैमाससम्म बैंकले १ अर्ब ३५ करोड रुपैयाँ खुद नाफा कमाएको थियो ।समीक्षा अवधिसम्म बैंकले ३ अर्ब ८४ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । जुत रकम गत आवको सोहि अवधिको तुलनामा ६९.०८ प्रतिशतले कम हो । बैंकको इम्प्येरमेन्ट चार्ज पनि ८१ करोड ९५ लाखबाट बढेर ९४ लाख ४३ हजार रुपैयाँ पुगेको छ…

पुरा पढ्नुहाेस्

आजको विदेशी मुद्राको विनिमय दर कति छ ?

बैशाख ७, काठमाडौँ । नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । जसअनुसार भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ रहेको छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ । यस्तै, आज अमेरिकी डलरको खरिद दर १३३ रुपैयाँ ३७ पैसा र बिक्री दर १३३ रुपैयाँ ९७ पैसा रहेको छ । आज युरो एकको खरिद दर १४२ रुपैयाँ ३२ पैसा र बिक्री दर १४२ रुपैयाँ ९६ पैसा रहेको छ। यस्तैगरी, बेलायती पाउण्ड एकको खरिद दर १६६ रुपैयाँ ३५ पैसा र बिक्री दर १६७…

पुरा पढ्नुहाेस्

नेपालले कतारसँग नयाँ श्रम सम्झौता गर्ने

बैशाख ७, काठमाडौँ । नेपालले कतारसँग नयाँ श्रम सम्झौता गर्ने प्रस्ताव गरेको छ । सन् २००५ मा भएको श्रम सम्झौतालाई समयानुकूल परिमार्जन गर्नुपर्ने भन्दै नेपालले नयाँ श्रम सम्झौताको प्रस्ताव गरेको हो । उक्त प्रस्तावमा दुवै देशका अधिकारीहरूबिच छलफल अघि बढेको छ । गत मंगलबार श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डीपी अर्याल र नेपालका लागि कतारी राजदूत मिशाल बिन मोहम्मद एल एई अन्सारीबिच भेटवार्ता भएको थियो । उक्त भेटको क्रममा मन्त्री अर्यालले श्रम सम्झौता गर्न नेपाल तयार रहेको सन्देश दिएका दिए ।

पुरा पढ्नुहाेस्

आजको मौसम : पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव, चार प्रदेशमा वर्षाको सम्भावना

बैशाख ७, काठमाडौँ । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ । आज दिउँसो देशका पहाडी भूभागमा आंशिक देखि साधरणतया बदली रही बाँकी भूभागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने छ । कोशी प्रदेशको पहाडी भूभागका थोरै स्थानहरू तथा बागमती, गण्डकी र कर्णाली प्रदेशको पहाडी भूभागको एक–दुई स्थानमा चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ । देशको उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई…

पुरा पढ्नुहाेस्

एसीसी प्रिमियर कपको सेमिफाइनलमा आज नेपाल र यूएई भिड्दै

बैशाख ७, काठमाडौँ । ओमानमा जारी एसीसी पुरुष प्रिमियर कप क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा नेपालले शुक्रबार चिर प्रतिद्वन्द्वी संयुक्त अरब इमिरेट्स यूएई को सामना गर्दैछ । नेपाल र यूएईबिचको पहिलो सेमिफाइनल खेल नेपाली समयअनुसार, बिहान ११ः४५ बजे सुरु हुनेछ । प्रतियोगिताको दोस्रो सेमिफाइनल खेल पनि शुक्रबार नै आयोजक ओमान र हङ्कङबिच खेलिने छ । सेमिफाइनलमा विजयी हुने दुई टोलीबिच आइतबार फाइनल खेल खेलिने छ । त्यसअघि सेमिफाइनलमा पराजित हुने दुई टोलीबिच शनिबार तेस्रो स्थानका लागि खेल हुनेछ । नेपालका लागि यूएई पुरानो प्रतिद्वन्द्वी हो । अघिल्लो वर्ष घरेलु मैदानमा आयोजित एसीसी…

पुरा पढ्नुहाेस्

आज शेयर बजारमा धेरै कमाउने कम्पनीहरु कुन-कुन छन् ?

बैशाख ६, काठमाण्डौँ । यो दिन गोर्खाज फाइनान्सको सर्वाधिक सेयर कारोबार भएको छ । आज यो कम्पनीको १७ करोड ८२ लाख बढीको सेयर कारोबार भएको छ । त्यस्तै सूर्यज्योति लाइफ इन्स्यारेन्सको १० करोड ५१ लाख,पोखरा फाइनान्स ७ करोड ३७ लाख,शिवम् सिमेन्टको ५ करोड ४५ लाख र हिमालयन रि इन्स्योरेन्सको ५ करोड ३० लाख बढीको सेयर कारोबार भएको छ । यो दिन खानीखोला हाईड्रोको सेयरमूल्य सर्वाधिक अर्थात ७.६४ प्रतिशतले बढ्यो । यो दिन पोखरा फाइनान्सको सेयरमूल्य ६.२१ प्रतिशत,मध्य भोटेकोशीको ५.७० र पिपुल्स पावरको सेयरमूल्य ५.५९ प्रतिशतले बढ्यो । आज रुरु जलविद्युत…

पुरा पढ्नुहाेस्

आजको शेयर बजार घट्यो : सबैभन्दा धेरै कारोवार हुने कम्पनी कुन ?

बैशाख ६, काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज पनि ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक १९ दशमलव ५६ अंकले ओरालो लागेर एक हजार नौ सय ७२ दशमलव १४ मा सिमित भएको छ । ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक तीन दशमलव शुन्य चार अंकले ओरालो लागेर तीन सय ५० दशमलव ४७ मा पुगेको छ । कूल ५३ लाख ४४ हजार छ सय १३ कित्ता शेयर रु दुई अर्ब नौ करोड ३६ लाख १२ हजार सात सय ९२ मूल्यमा खरिद बिक्री भएका…

पुरा पढ्नुहाेस्

सुदूरपश्चिमको मुख्यमन्त्रीमा सोडारीको दाबी

बैशाख ६, काठमाण्डौँ । एकीकृत समाजवादीका संसदीय दलका नेता दीर्घबहादुर सोडारीले सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीका लागि दाबी पेश गरेका छन् । बिहिबार माओवादी केन्द्र, एमाले, नागरिक उन्मुक्ति पार्टी, एकीकृत समाजवादीको समर्थनसहित सोडारीले प्रदेश प्रमुख नजिर मियाँ समक्ष मुख्यमन्त्रीका लागि दाबी पेश गरेका हुन्। प्रदेशमा बहुमतका लागि २७ सांसद आवश्यक पर्दछ । सुदूरपश्चिममा काँग्रेसका १८, माओवादी केन्द्रका ११, एमालेका १०, नागरिक उन्मुक्तिका ७, एकीकृत समाजवादीका ४, राप्रपाका एक र एक जना स्वतन्त्र प्रदेशसभा सदस्य छन्। सोडारीले एमालेका ११, माओवादीका १०, एकीकृत समाजवादीका ४, नाउपा रन्जिता पक्षका २ र एक स्वतन्त्र सांसद गरि…

पुरा पढ्नुहाेस्

उपनिर्वाचनका लागि इलाम –२ मा मतदाता शिक्षा सुरु

बैशाख ६, इलाम । वैशाख १५ मा हुने उपनिर्वाचनका लागि इलाम –२ मा मतदाता शिक्षा सुरु भएको छ । जिल्ला निर्वाचन कार्यालयले निर्वाचन हुने ६ पालिकामा एक–एक जना निर्वाचन सम्पर्क व्यक्ति तोकेको छ । सम्पर्क व्यक्तिमार्फत स्वास्थ्य स्वयंसेविकालाई मतदाता शिक्षाका लागि खटाइएको छ । वैशाख ११ गतेसम्म सञ्चालन हुने मतदाता शिक्षा कार्यक्रमका लागि इलाम– २ मा ८६ जना स्वास्थ्य स्वयंसेविका खटेका छन् । प्रत्येक निर्वाचन सम्पर्क व्यक्तिले आफ्नो पालिकामा खटिने स्वयंसेविकालाई मतदाता शिक्षासम्बन्धी अभिमुखीकरण गरी मतदाता शिक्षामा खटाएको जिल्ला निर्वाचन कार्यालय इलामले जनाएको छ ।

पुरा पढ्नुहाेस्

कोशी प्रदेश सभामा पेश भयो संकल्प प्रस्ताव

बैशाख ६, विराटनगर । कोशी प्रदेशमा संकल्प प्रस्ताव भएको छ । नेकपा एमाले र माओवादी केन्द्रले प्रदेश सभाको विशेष अधिवेसनमा विहीबार संकल्प प्रस्ताव पेश गरेका हुन् । प्रदेश सभामा एमाले प्रमुख सचेतक रेवतीरमण भण्डारी प्रस्तावक, माओवादी केन्द्रका प्रदेशसभा सदस्य गणेशप्रसाद उप्रेती र एमालेका प्रदेशसभा सदस्य किशोरचन्द्र दुलाल समर्थक रहेको प्रस्ताव पेस भएको हो । संकल्प प्रस्तावमा मुख्यमन्त्री केदार कार्कीले विश्वासको मत लिनुपर्ने प्रस्ताव रहेको छ ।

पुरा पढ्नुहाेस्