गाजामा बन्धक बनाइएका एक इजरायली–अमेरिकी व्यक्तिको नयाँ भिडियो सार्वजनिक

बैशाख १३,काठमाडौँ । प्यालेस्टिनी लडाकू समूह हमासले बुधबार गाजामा बन्धक बनाइएका एक इजरायली–अमेरिकी व्यक्तिको नयाँ भिडियो सार्वजनिक गरेको छ । भिडियो गत अक्टोबर ७ मा हमासले गरेको आक्रमणका क्रममा दक्षिणी इजरायलको नोभा म्युजिक फेस्टिभलबाट अपहरणमा परेका हर्श गोल्डबर्ग–पोलिनको भएको इजरायली सञ्चारमाध्यमले बताएका छन् । भिडियोमा बोल्ने व्यक्तिले भनेका छन्,’त्यो दिन म आफ्ना साथीहरूसँग टहलिन कार्यक्रमस्थलमा गएको थिएँ । कार्यक्रमस्थलमा एक्कासी आक्रमण भयो । म होसमा आउँदा मैले मेरो शरीरभरि गम्भीर चोट लागेको थाहा पाएँ भने आफुलाई चोटका कारण जीवन र मरणको दोसाँधमा सङ्घर्ष गरिरहेको भेटेँ । यद्यपि भिडियोको प्रामाणिकता र…

पुरा पढ्नुहाेस्

उपनिर्वाचनमा आजदेखि प्रचारप्रसार गर्न नपाइने

बैशाख १३,काठमाडौँ । यही वैशाख १५ गते हुने इलामको प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नं २ र बझाङको प्रदेशसभा सदस्य निर्वाचन क्षेत्र नं १ को उपनिर्वाचनका लागि निर्वाचन आचारसंहिताअनुसार आजदेखि प्रचारप्रसार गर्न निषेध गरिएको छ । निर्वाचन आयोगले मतदान हुने दिन यही वैशाख १५ गतेभन्दा ४८ घण्टा अघि अर्थात् गएराति १२ बजेदेखि मतगणनाको कार्य सम्पन्न नभएसम्म प्रचारप्रसार गर्न निषेध गरिएको जनाएको छ । आयोगले यस अवधिमा उपनिर्वाचन हुने सम्बन्धित जिल्लामा आचारसंहिता प्रतिकूल हुने गतिविधिको निगरानी तथा नियन्त्रणका लागि सूक्ष्म अनुगमन गरी आचारसंहिता पालना गराउने व्यवस्थासमेत मिलाइसकेको छ । निर्वाचन आचारसंहिताबमोजिम प्रचारप्रसार…

पुरा पढ्नुहाेस्

आज दिउँसो देशका पहाडी भूभागमा आंशिक बदली

बैशाख १३,काठमाडौँ । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले हाल देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागको मौसम मुख्यतया सफा रहेको छ। आज दिउँसो देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने छ । कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भूभागका एक–दुई स्थानमा चट्याङ्गसहित छिटपुट देखि हल्का वर्षाको सम्भावना रहेको छ। गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा छिटपुट देखि हल्का हिमपातको सम्भावना रहेको छ। लुम्बिनी प्रदेशको केही स्थानहरू साथै…

पुरा पढ्नुहाेस्

स्वदेश फर्किए कतारका अमिर थानी

बैशाख १२, काठमाडौँ । नेपालको दुईदिने राजकीय भ्रमणमा आएका कतारका अमिर तमिम बिन हमाद अल थानी स्वदेश फर्किएका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा राष्ट्रपति रामचन्द्र पौडेलले उनलाई बिदाई गरेका हुन् । मंगलबार काठमाडौं आआएका कतारका अमिर थानीले राष्टपति रामचन्द्र पौडेलसँग शितल निवासमा भेटवार्ता गरेका थिए । .

पुरा पढ्नुहाेस्

कतारी राजाको नेपाल भ्रमण : दुई देशबीच एक सम्झौता, सात समझदारीपत्रमा हस्ताक्षर

बैशाख १२, काठमाडौँ । नेपाल र कतार दुई देशबीचमा सहकार्य गर्न विभिन्न सात समझदारीपत्रमा हस्ताक्षर र एउटामा सम्झौता भएको छ । दुई दिने राजकीय नेपाल भ्रमणमा रहेका कतारका अमिर शेख तमिम बिन हमाद अल थानी र प्रधानमन्त्री पुष्पकमल दाहाल नेतृत्वको प्रतिनिधिमण्डलबीच आज भएको भेटवार्तापछि सम्झौता र समझदारीपत्रमा हस्ताक्षर भएको प्रधानमन्त्री सचिवालयले जनाएको छ । बुधबार दुई पक्षबीचमा सरकारी तहमा ६ वटा र निजी क्षेत्रसँग दुईवटा क्षेत्रमा काम गर्ने समझदारी भएको छ । नेपालको राष्ट्रिय समाचार समिति र कतार न्युज एजेन्सीबीचमा समाचार आदान प्रदान गर्ने एकमात्र सम्झौता भएको हो । यस्तै,…

पुरा पढ्नुहाेस्

प्रधानमन्त्री र कतारी अमिरबीच द्विपक्षीय भेटवार्ता

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र कतारका राजा शेख तमिम बिन हमाद अल थानीबीच द्विपक्षिय भेटवार्ता सुरु भएको छ । मंगलबार नेपाल आइपुगेका कतारका राजा थानी र प्रधानमन्त्री प्रचण्डबीच होटल सोल्टीमा द्विपक्षिय भेटवार्ता सुरु भएको हो । यसअघि प्रधानमन्त्री प्रचण्ड र कतारी अमिर थानीबीच वान टू वान भेटवार्ता भएको थियो ।

पुरा पढ्नुहाेस्

‘अब हरेक स्वास्थ्य चुनौतीको सामना गर्न सक्ने पूर्वाधार विकास गर्नुपर्छ’ : प्रधानमन्त्री दाहाल

बैशाख १२, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्वास्थ्य क्षेत्रमा नयाँ नयाँ चुनौतीहरू देखा परिरहेको उल्लेख गर्दै चुनौतीको सामना गर्न सक्ने गरी पूर्वाधार विकास गर्नुपर्नेमा जोड दिएका छन् । पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रथम दीक्षान्त समारोहलाई बुधबार बिहान सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले भने, ‘स्वास्थ्य क्षेत्रमा आउन सक्ने जस्तोसुकै चुनौतीको सामना र व्यवस्थापनका लागि प्रतिष्ठानले थप पूर्वाधारहरूको विकास गर्नुपर्छ ।’ दाहालले प्रतिष्ठानको सेवालाई गुणस्तरीय बनाउन सरकारले थप ध्यान दिने उल्लेख गरेका छन् । ‘अस्पतालको सेवालाई अझ गुणस्तरीय र प्रभावकारी बनाउन विशेष जोड दिइनेछ ।’ दाहालले भने ।

पुरा पढ्नुहाेस्

झापामा तीन जना चढेको मोटरसाइकललाई जीपले ठक्कर दिंदा सबैको मृत्यु

बैशाख १२, झापा । पूर्व–पश्चिम राजमार्गअन्तर्गत झापाको झिलझिलेमा आज बिहान मोटरसाइकल दुर्घटना हुँदा तीन जनाको ज्यान गएको छ । दुर्घटनामा पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको मे ३ प ५००१ नम्बरको मोटरसाइकलमा सवार तीनै जनाको मृत्यु भएको हो । विपरीत दिशाबाट आएको प्रदेश १– ००१–००१ च ९३२९ नम्बरको बोलेरो जीप अनियन्त्रित भई मोटरसाइकललाई ठक्कर दिँदा उनीहरू गम्भीर घाइते भएका थिए । तीनै जनालाई उपचारका लागि बीएण्डसी अस्पताल लगिएकोमा उनीहरूको उपचारको क्रममा निधन भएको अस्पतालका जनसम्पर्क अधिकारी प्रमिस गिरीले जानकारी दिए । प्रहरीका अनुसार मोटरसाइकल चालकले बिना हेल्मेट मोटरसाइकल चलाइरहेका थिए । मृतक…

पुरा पढ्नुहाेस्

कतारी राजा थानी र प्रधानमन्त्री दाहालबीच भेटवार्ता हुँदै

बैशाख १२, काठमाडौँ । नेपाल भ्रमणमा रहेका कतारका राजा शेख तमिम बिन हमाद अल थानी र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच आज बुधबार द्विपक्षीय वार्ता हुँदैछ । दुईदिने नेपाल भ्रमणका लागि मंगलबार नेपाल पुगेका थानीलाई प्रधानमन्त्री प्रचण्डले स्वागत गर्दै भेटवार्ता गर्न लागेका हुन् । थानीलाई होटेल सोल्टीमा राखिएको छ । प्रधानमन्त्री दाहालले बुधबार बिहान १० बजे सोल्टीमै पुगेर उनीसँग भेटवार्ता गर्ने र त्यही विभिन्न सम्झौताहरूमा हस्ताक्षर गर्ने कार्यक्रम रहेको छ ।

पुरा पढ्नुहाेस्

गोरखा भूकम्पको ९ वर्ष पूरा

बैशाख १२, काठमाडौँ । वैशाख १२ को विनाशकारी गोरखा भूकम्पको आज ९ वर्ष पूरा भएको छ । २०७२ वैशाख १२ गते मध्यान्ह ११ बजेर ५६ मिनेट जाँदा गोरखाको बारपाक केन्द्र बनाएर ७।६ रेक्टर स्केलको भूकम्प गएको थियो । भूकम्पमा आठ हजार ९७० जनाले ज्यान गुमाएका थिए भने २२ हजार भन्दा बढी घाइते भएका थिए । भूकम्पबाट पाँच लाख ११ हजार ३९० घर पूर्ण रुपमा क्षति भएको थियो भने दुई लाख ८६ हजार ७६७ घरमा आंशिक क्षति पुर्‍याएको थियो । यो विनाशकारी भूकम्पको नौ वर्ष पूरा भएको छ । सोही दिनको…

पुरा पढ्नुहाेस्