प्रधानमन्त्री दाहाल र झलनाथ खनालबीच वार्ता

बैशाख ४, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेकपा एकीकृत समाजवादीका नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालसँग वार्ता गरेका छन् । आज बिहान दुई नेताबीच करिब एक घण्टा वार्ता भएको थियो । वार्तामा पछिल्लो राजनीतिक घटनाक्रम र समसामयिक विषयवस्तुमा छलफल भएको थियो । वर्तमान समीकरण र सुदूरपश्चिमको समस्या समाधानका विषयमा पनि छलफल केन्द्रित रहेको जनाइएको छ ।

पुरा पढ्नुहाेस्

इलाम र बझाङबाहेकका जिल्लामा मतदाता नामावली अद्यावधिक गरिँदै

बैशाख ४, काठमाडौँ । निर्वाचन आयोगले उपचुनाव हुने इलाम र बझाङबाहेकका जिल्लामा आजदेखि मतदाता नामावली दर्ता र अद्यावधिक शुरु गरेको छ । आयोगले उपचुनाव प्रयोजनका लागि गएको फागुन १४ गतेदेखि मतदाता नमावली दर्ता कार्य स्थगित गरेको थियो । आयोगले उपचुनाव हुने इलाम र बझाङमा यही वैशाख २५ गतेदेखि प्रदेश तथा जिल्ला निर्वाचन कार्यालयबाट साविकमा झैँ मतदाता नामावली दर्ता तथा अद्यावधिक कार्य शुरु गर्ने जनाएको छ ।

पुरा पढ्नुहाेस्

बारामा ट्यांकरको ठक्करबाट प्रहरी जवानको मृत्यु

बैशाख ४, जनकपुरधाम । बाराको जितपुर सिमरा उपमहानगरपालिकामा तेल ट्यांकरले मोटरसाइकललाई ठक्कर दिँदा एक प्रहरी जवानको मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्ला प्रहरी कार्यालय पर्सामा कार्यरत प्रहरी जवान २९ वर्षीय दिनेश परियार छन् । सोमबार राति १० बजेर ४० मिनेटको समयमा परियार चढेको ग १४ प ५९७२ नम्बरको मोटरसाइकललाई सोही दिशातर्फ जाँदै गरेको ना ७ ख ३०२६ नम्बरको ट्याङ्करले जितपुर सिमरा उपमहानगरपालिका–२ सञ्चार नजिक पछाडिबाट ठक्कर दिएको थियो । उनको उपचारको क्रममा परवानीपुरस्थित एल।एस। न्युरो हस्पिटलमा राति १ बजेर २२ मिनेटमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ…

पुरा पढ्नुहाेस्

गड्डाचौकी र ब्रह्मदेव नाका आजदेखि तीन दिन बन्द

बैशाख ४, कञ्चनपुर । कञ्चनपुरको गड्डाचौकी र ब्रह्मदेव नाका तीन दिन बन्द हुने भएको छ । जिल्ला प्रशासन कार्यालयले आज एक सूचना जारी गरी भारतको उत्तराखण्ड प्रदेशसित जोडिएका गड्डाचौकी र ब्रह्मदेव नाका बन्द हुने जानकारी दिएको छ । उत्तराखण्ड चम्पावत जिल्लासँग जोडिएका दुई नाका मंगलबार साँझ सवा ५ बजेदेखि बन्द हुने सूचनामा उल्लेख छ । कञ्चनपुरका निमित्त प्रमुख जिल्ला अधिकारी धर्मराज जोशीले भारतमा लोकसभा निर्वाचनअन्तर्गत चम्पावत जिल्लामा प्रथम चरणको मतदान हुने भएकाले नाका गर्न लागिएको बताए ।

पुरा पढ्नुहाेस्

गुल्मीमा डढेलो निभाउने क्रममा भिरमा खसेर एकको मृत्यु, एक घाइते

गुल्मी । गुल्मीमा डढेलो निभाउने क्रममा भिरमा लड्दा एक जनाको ज्यान गएको छ । घटनामा अर्का एक जना घाइते भएका छन् । मुसिकोट नगरपालिका–१ का ५८ वर्षीय महले घर्तीको घर नजिकै जंगलमा लागेको डढेलो निभाउने क्रममा भिरबाट लडेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ । सोमबार स्थानीय सर्वोदय मावि नजिकै सल्लाघारीमा लागेको डढेलो निभाउने क्रममा लडेर घर्ती गम्भीर घाइते भएका थिए । भिरबाट झण्डै डेढ सय मिटर जति तल खसेका घर्तीलाई तत्काल उद्धार गरी स्थानीयले जिल्ला अस्पताल तम्घास पुर्‍याएका थिए । उपचारकै क्रममा उनको मृत्यु भएको जिल्ला प्रहरी…

पुरा पढ्नुहाेस्

दुई जना डिआइजीलाई एआइजीमा बढुवा गर्न सिफारिस

बैशाख ४, काठमाडौँ । नेपाल प्रहरीका दुई जना डिआइजीलाई एआइजीमा बढुवा गर्न सिफारिस गरिएको छ । प्रहरी प्रधान कार्यालयले डिआइजी उमेशराज जोशी र भीमप्रसाद ढकाललाई एआइजी बढुवाका लागि सिफारिस गरेको हो । एआइजीद्धय मिरा चौधरी र सन्दीप भण्डारी यही साता अवकाशमा जाँदैछन् । भण्डारी मंगलबार र चौधरी वैशाख ६ गतेबाट अवकाशमा जाने तयारीमा छन् । सोही रिक्त पदमा प्रहरी प्रधान कार्यालयले दुई जनालाई बढुवा गर्न सिफारिस गरेको हो । त्यस्तै, प्रहरी प्रधान कार्यालयले प्राविधिकतर्फ दुई जना प्रहरी वरिष्ठ उपरीक्षकहरूलाई डिआइजी पदमा बढुवाका लागि सिफारिस गरेको छ । बढुवा सिफारिस हुनेमा…

पुरा पढ्नुहाेस्

आज चैते दशैं पर्व मनाइँदै

४ वैशाख, काठमाडौं । प्रत्येक वर्ष चैत्र शुक्ल अष्टमीका दिन मनाइने चैते दशैँ पर्व आज नेपालीले घर घरमा नवदुर्गा भगवतीको पूजा आराधना गरी मनाउँदैछन् । वर्षमा चार नवरात्र पर्छन् । आषाढ र पौष शुक्ल पक्षमा पर्ने नवरात्र धेरै प्रचलनमा छैन । केही साधकले भने आषाढ र पौष शुक्ल पक्षको नवरात्रमा पनि शक्ति स्वरुपा देवीको आराधना गर्छन् । आश्विन शुक्ल पक्षको नवरात्रमा प्रतिपदाका दिनदेखि नै घटस्थापना गरेर जमरा राखिन्छ । यसैले आश्विन शुक्ल पक्षको दशैँलाई बडादशैँ भनिन्छ । बडादशैँमा दशमी तिथिका दिन मान्यजनबाट टीका र जमरा लगाउने गरिन्छ । यो क्रम…

पुरा पढ्नुहाेस्

मधेशका मुख्यमन्त्री यादवले आज विश्वासको मत लिँदै

बैशाख ४, जनपुरधाम । मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले आज विश्वासको मत लिँदै छन् । विश्वासको मत लिनका लागि आज दिउँसो १ बजे प्रदेश सभा बैठक बस्दै छ । केन्द्रमा सत्ता समीकरण फेरिएपछि मधेश सरकारबाट गत चैत ५ गते कांग्रेस बाहिरिएको थियो भने एमाले सहभागी भएको थियो । कांग्रेसले सरकारबाट बाहिरिँदै चैत ९ गते सरकारलाई दिएको समर्थनसमेत फिर्ता लिएपछि मुख्यमन्त्री यादवले विश्वासको मत लिन लागेका हुन् । सरकारमा रहेका दलले समर्थन फिर्ता लिएपछि ३० दिनभित्र विश्वासको मत लिनुपर्ने प्रावधान छ । मुख्यमन्त्री यादवले १५ महिनामा विश्वासको मत लिन लागेको यो…

पुरा पढ्नुहाेस्

‘नेपालको शिक्षा, स्वास्थ्य प्रभावकारी होस’ : भारतीय महावाणिज्य दुत मिना

दिपू वर्णवाल बैशाख ४, वीरगञ्ज । नेपाल भारत मैत्री विकास साझेदारी कार्यक्रम अन्तर्गत बस तथा एम्बुलेन्स वितरण कार्यक्रममा बोल्दै नेपालको शिक्षा स्वास्थ्य प्रभावकारी होस वीरगञ्ज भारतीय महावाणिज्य दुत देवि सहाय मिनाले बताएका छन् । शिक्षा स्वास्थ्य क्षेत्रमा बस तथा एम्बुलेन्सको पहिचान गरि वितरण गरिएको भारतिय महावाणिज्य दुत मिनाले बताए । वीरगञ्ज महावाणिज्य दुतवासले वितरण गरेको सवारी साधनको सदुपयोग होस भनेर कामना गरे । सन १९९४ देखि भारत सरकारले भारतीय स्वतन्त्र र गणतन्त्र दिवसको अवसरमा नेपाललाई उपाहार स्वरूप सवारी साधनहरू वितरण गर्दै आएको महावाणिज्य दुत देवि सहाय मिनाले बताएका छन् ।…

पुरा पढ्नुहाेस्

आज देशका पहाडी भूभागमा वर्षा, यी चार प्रदेशमा हावाहुरीको सम्भावना

बैशाख ४, काठमाडौँ । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेश लगायत देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा आंशिक बदलीदेखि मुख्यतया सफा रहेको छ । आज दिउँसो देशको पहाडी भूभागमा आंशिकदेखि साधरणतया बदली रहने छ। देशका पहाडी भूभागको थोरै स्थानहरूमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । गण्डकी, लुम्बिनी, कर्णाली तथा सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा हावा हुरीको सम्भावना रहेको छ। देशको उच्च पहाडी तथा हिमाली भूभागको थोरै स्थानहरूमा…

पुरा पढ्नुहाेस्