छोटो अवधिमा बैंकहरुले कमाए ४८ अर्ब ७० करोड, सबैभन्दा बढि कमाउने बैँक कुन ?

बैशाख ७, काठमाडौँ । २१ वटा वाणिज्य बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमासको वित्तीय रिपोर्ट सार्वजनिक गरेका छन् । बैंकहरुले यस अवधिमा कुल ४८ अर्ब ७० करोड ४९ लाख ७१ हजार रुपैयाँ नाफा कमाएका छन् । अघिल्लो वर्ष सोही अवधिमा बैंकहरुले ४३ अर्ब ६१ करोड ३८ लाख ३१ हजार रुपैयाँ बराबर नाफा कमाएका थिए । अघिल्लो वर्षको तुलनामा समीक्षा अवधिमा बैंकहरुले ११.६७ प्रतिशतले बढी नाफा कमाएका हुन् । नबिल बैंकचैत मसान्तसम्म आइपुग्दा नबिल बैंकले ४ अर्ब ६६ करोड ८० लाख रुपैयाँ नाफा आर्जन गरेको छ । गत आवको सोही अवधिको…

पुरा पढ्नुहाेस्

प्रधानमन्त्रीलाई विपिनका परिवारले फेरि भेटे, रिहाइका लागि थप पहल गरिदिन आग्रह

बैशाख ७, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग हमासको कब्जामा रहेका विपिन जोशीको परिवारले भेट गरेको छ । शुक्रबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा जोशीका बुवा आमासहित परिवारले भेट गरेको छ । भेटमा जोशीको परिवारले विपिनको रिहाइका लागि थप पहल गरिदिन आग्रह गरिदिन प्रधानमन्त्रीलाई ध्यानाकर्षण गराएको थियो । सो क्रममा प्रधानमन्त्रीले आफू विपिनको रिहाइका लागि चिन्तित रहेको र रिहाइका लागि निरन्तर पहल गरिरहेको बताउँदै छिटै सकारात्मक परिणाम आउनेमा आशावादी रहेको बताए ।

पुरा पढ्नुहाेस्

कृषि विकास बैंकको नाफा करिब दोब्बर, निष्क्रिय कर्जा घट्यो !

बैशाख ७, काठमाडौँ । कृषि विकास बैंकका वित्तीय सूचकहरुमा सुधार देखिएको छ । बैंकले सार्वजनिक गरेको तेस्रो त्रैमासिक वित्तीय विवरणअनुसार साउनदेखि चैत मसान्तसम्म खुद नाफा २ अर्ब ५ करोड छ । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा नाफा करिब दोब्बर भएको हो । गत आर्थिक वर्षको तेस्रो त्रैमासमा यस्तो नाफा १ अर्ब ४ करोड थियो । खुद ब्याज आम्दानी बढ्नु, निष्क्रिय कर्जासँगै लोन लस प्रोभिजन घट्नुले बैंकको नाफामा उल्लेख्य वृद्धि भएको देखिन्छ । चालु आवको तेस्रो त्रैमासमा बैंकको खुद ब्याज आम्दानी ७ अर्ब २० करोड छ, पहिले ६ अर्ब २४…

पुरा पढ्नुहाेस्

राजनीतिक दलमा आवद्ध शिक्षकहरूलाई कारबाही गरेर देखाउन महासंघको चुनौति

बैशाख ७, काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले राजनीतिक दलमा आवद्ध शिक्षकहरूलाई कारबाही गर्ने प्रक्रिया अगाडि बढाएसँगै नेपाल शिक्षक महासंघ चिढिएको छ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले राजनीतिक दलमा आवद्ध शिक्षकहरूलाई पदबाटै बर्खास्त गर्नेसम्मको कारबाही गर्ने गरी नीतिगत निर्णय गरेसँगै यस कदमको चौतर्फी चर्चा र आलोचना भएको छ । मन्त्री श्रेष्ठले गत मङ्गलवार मन्त्रीस्तरिय निर्णयबाट दलमा आवद्ध शिक्षकहरुलाई कारबाही गर्ने प्रक्रिया अगाडि बढाएकी हुन् । शिक्षकहरू कुनै पनि राजनीतिक दलको समितिमा रहेको भेटिए कारबाही गर्न भन्दै मन्त्रालयले शिक्षा तथा मानव स्रोत विकास केन्द्रलाई पत्राचार गरेको छ…

पुरा पढ्नुहाेस्

एसीसी प्रिमियर कप टी–२० : यूएईविरुद्ध नेपालले पहिले ब्याटिङ गर्ने

बैशाख ७, काठमाडौँ । ओमानमा जारी एसीसी प्रिमियर कप टी–२० क्रिकेट प्रतियोगिताको संयुक्त अरब इमिरेट्स यूएई विरुद्धको सेमिफाइनल खेलमा नेपालले पहिले ब्याटिङ गर्ने भएको छ । यूएईले टस जिती नेपाललाई पहिले ब्याटिङको निम्तो दिएको हो । खेल नेपाल समय अनुसार, विहान ११ः ४५ बजे सुरु हुनेछ ।

पुरा पढ्नुहाेस्

सुनको मूल्य आज पनि बढ्यो, तोलाको कतिमा हुँदैछ कारोबार ?

बैशाख ७, काठमाडौं । नेपाली बजारमा सुनको मूल्य आज पनि बढेको छ । नेपाल सुन–चाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुन तोलामा ७ सय रुपैयाँले बढेर १ लाख ३९ हजार ३०० कायम भएको छ । यसै गरी, तेजाबी सुनको मूल्य तोलाको १ लाख ३८ हजार ६५० रुपैयाँ निर्धारण भएको छ । यसअघि बिहीबार छापावाल सुन प्रतितोला १ लाख ३८ हजार ६०० रुपैयाँ कारोबार भएको थियो भने तेजाबी सुनको मूल्य तोलाको १ लाख ३७ हजार ९५० रुपैयाँमा कारोबार भएको थियो । त्यसै गरी आज चाँदीको मूल्य भने सामान्य घटेको छ ।…

पुरा पढ्नुहाेस्

भारतमा लोकसभा चुनावको पहिलो चरणको मतदान शुरु

बैशाख ७,काठमाडौँ । भारतमा लोकसभा चुनावको पहिलो चरणको मतदान शुरु भएको छ । लोकसभाको ५ सय ४३ सिटका लागि डेढ महिना लगाएर सात चरणमा चुनाव हुनेछ । विश्वको सबैभन्दा ठूलो लोकतान्त्रिक अभ्यास मानिने भारतीय चुनावमा २५ सय भन्दा धेरै राजनीतिक दल सहभागी हुँदैछन् । भारतीय जनता पार्टी (भाजपा), भारतीय राष्ट्रिय कांग्रेस, आम आदमी पार्टी, द्रविड मुनेत्र कझगम (डीएमके), अखिल भारतीय तृणमूल कांग्रेस (टीएमसी) लगायत मुख्य दलहरुबीच नै प्रतिस्पर्धा हुने अनुमान छ । पहिलो चरणमा २१ राज्यका एक सय २ सिटमा मतदान हुन लागेको हो । पहिलो चरणमा तमिलनाडु, उत्तराखण्ड, अरुणाचल,…

पुरा पढ्नुहाेस्

नेपाल टेलिकममा जागिर खाने हो ? विभिन्न पदमा स्थायी कर्मचारी माग {सूचना हेर्नुहोस्}

बैशाख ७, काठमाण्डौँ । नेपाल टेलिकमले विभिन्न पदमा स्थायी नियुक्ति गर्नेगरी कर्मचारी माग गरेको छ । टेलिकमले खुला तथा समावेशी प्रतियोगितात्मक परीक्षाद्वारा पदपूर्ति गर्नेगरी दरखास्त आह्वान गरेको हो । उपप्रबन्धक, वरिष्ठ इन्जिनियर, वरिष्ठ लेखा अधिकृत, सहायक प्रशासकीय अधिकृतलगायतका १४ वटा पदका लागि इच्छुक उम्मेदवारले वैशाख २७ गतेभित्र अनलाइनमार्फत आवेदन दिन सक्नेछन् ।

पुरा पढ्नुहाेस्

सिन्धुपाल्चोक तौथलीमा जन्ती बस दुर्घटना हुँदा ३ जनाको मृत्यु !

बैशाख ७, काठमाण्डौँ । सिन्धुपाल्चोकको तौथलीमा जन्ती बोकेको बस दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ। दोलखाबाट सिन्धुपाल्चोकको त्रिपुरासुन्दरी गाउँपालिका वडा नम्बर ४ स्थित पिस्कर जान लागेको जन्ती बस शुक्रबार बिहान साढे सात बजे दुर्घटना भएको प्रमुख जिल्ला अधिकारी झक्कप्रसाद आचार्यले जानकारी दिए । घटनास्थलमै रहेका त्रिपुरासुन्दरी–५ का वडाध्यक्ष यादव श्रेष्ठले दुलहासहित ३२ जना घाइते भएको बताए । ‘दुलहासहित ३२ जना घाइते छन् । गम्भीर घाइते पाँच जनालाई सहाबहार अस्पताल खाडीचौर लगिएको छ । दुलहासहित अन्य घाइतेलाई वडा कार्यालयमै प्राथमिक उपचार भइरहेको छ,’ उनले भने ।

पुरा पढ्नुहाेस्

बेरोजगारीलाई अब स्वदेशमै जागिर ! सेनामा रिक्त २६ सय बढी पदमा आवेदन माग {सूचनासहित}

बैशाख ७, काठमाण्डौँ । नेपाली सेनाले ठूलो संख्यामा पदपूर्तिका लागि आवेदन माग गरेको छ । भर्ना छनोट निर्देशनालय जंगी अड्डाले शुक्रबार सार्वजनिक सूचना प्रकाशित गर्दै विभिन्न रिक्त पदमा दरखास्त माग गरेको हो । सैन्य तथा विभिन्न ट्रेडका फलोअर्स पदहरूमा जंगी अड्डाले २६ सय बढी रिक्त पदमा आवेदन मागेको छ ।जेठ ५ गतेसम्म आवेदन दिन सकिनेछ । दोब्बर दस्तुर तिरेर थप एक हप्ता फारम भर्न सकिनेछ ।

पुरा पढ्नुहाेस्