राष्ट्रपति पौडेल र कतारका राजाबीच शीतलनिवासमा भेटवार्ता

बैशाख ११, काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेल र कतारका अमिर शेख तमिम बिन हमाद अल थानीबीच राष्ट्रपति कार्यालय शीतल निवासमा भेटवार्ता सुरु भएको छ । अपराह्न कतारका अमिर राष्ट्रपति निवास शीतल निवास पुग्दा राष्ट्रपति पौडेलले उनलाई स्वागत गरेका थिए । शीतल निवासको गण्डकी हलमा सुरु भएको भेटवार्तामा उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ, सवारी व्यवस्थापनको जिम्मेवारीमा रहनुभएका ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्तेतलगायत विशिष्ट पदाधिकारीहरु संलग्न छन् । उनहरुबीच द्विपक्षीय हित र चासोसहित कूटनीतिक सम्बन्धका विषयमा छलफल हुने बताइएको छ । कतारका अमिर अल थानी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सिधै शीलत निवास…

पुरा पढ्नुहाेस्

गेष्ट हाउसमा महिला र पुरुष मृत फेला, छोरी सकुशल

बैशाख ११, जनकपुरधाम । जनकपुरधामको रामानन्द चोकस्थित होटल होलिडे एण्ड गेस्ट हाउसमा महिला र पुरूष मृत फेला परेका छन् । होटलको कोठामा भित्रबाट चुकुल लगाएको अवस्थामा उनीहरू एकसाथ झुण्डिएको अवस्थामा फेला परेको प्रहरीले जानकारी दिएको छ । मृत फेला पर्नेमा लोहारपट्टी नगरपालिका(४ महोत्तरीकी २५ वर्षीया प्रियंका कापर र पिपरा गाउँपालिका ३ महोत्तरी ३१ वर्षीय हितेन्द्र पासवान छन् । प्रियंका विवाहित हुन् भने युवक अविवाहित । प्रियंकाको माइत पीपरा हो । प्रहरीले दिएको जानकारी अनुसार उनीहरू प्रियंककी नाबालिग छोरीसहित केही दिनदेखि गेष्ट हाउसमा बसिरहेका थिए । छोरी भने सकुशल छिन् ।…

पुरा पढ्नुहाेस्

काठमाडौं उत्रिएका कतारका राजा शेखको टोलीमा को–को छन् ?

बैशाख ११, काठमाडौँ । कतारका राजा शेख तमिम बिन हमाद अल थानी नेपाल आइपुगेका छन् । राष्ट्रपति रामचन्द्र पौडेलको मैत्रीपूर्ण निमन्त्रणामा दुई दिने भ्रमणमा आएका थानी ३ बजेर ३५ मिनेटमा काठमाडौं उत्रिएका हुन् । राजाको भ्रमण टोलीमा क्याबिनेट मन्त्रीदेखि उच्चपदस्थ व्यक्तिहरू सहभागी रहेको परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ। परराष्ट्र स्रोतका अनुसार राजा थानीको भ्रमणमा टोलीमा अमिरी दिवानका प्रमुख शेख साउद बिन अब्दुल रहमान अल्थानी, यातायात मन्त्री जसिम बिन सिफ अल सुलैती, उद्योग तथा वाणिज्य मन्त्री शेख मोहम्मद बिन हमाद बिन क्वासिम अल्थानी, सहायक विदेशमन्त्री सुल्तान बिन साद अल मुराखी र…

पुरा पढ्नुहाेस्

कतारका अमिर थानी काठमाडौँमा !

बैशाख ११, काठमाडौँ । कतारका अमिर शेख तमिम बिन हमाद अल थानी दुईदिने भ्रमणका क्रममा काठमाडौँ आइपुगेका छन् । थानी चढेको विमान ३ स्४२ मिनेटमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएको छ । अमिर थानीलाई स्वागत गर्न राष्ट्रपति रामचन्द्र पौडेल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पुगेका छन् । उनलाई विमानस्थलमै २१ तोपको सलामी दिएर सम्मान गरिने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

पुरा पढ्नुहाेस्

‘नवीन समझदारी गरेर राजसंस्थाको पुनःस्थापना गरौँ’ : राजेन्द्र लिङ्देन

बैशाख ११, काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेनले नयाँ समझदारी गरेर हिजोको अन्तर्राष्ट्रिय गौरव पुनर्स्थापित गर्न अभिभावकीय राजसंस्थाको पुनःस्थापना गर्न आग्रह गरेका छन् । अध्यक्ष लिङदेनले सामाजिक सञ्जालमार्फत आज नेपाल आउन लाग्नुभएका कतारका अमिर शेख तमीम विन हमद अल थानीलाई स्वागत गर्दै सरकारले उनलाई गर्ने सम्मान राजतन्त्रप्रतिको सम्मान भएको उल्लेख गरेका हुन् । लिङदेनले सरकारले अमिर थानीको सम्मानमा आज सार्बजनिक बिदा दिएको र उनलाई २१ तोपको सलामी दिने कार्यक्रम रहेको भन्दै यो राजसंस्थाप्रतिको अन्तर्राष्ट्रिय मर्यादा र सम्मान भएको बताएका छन् ।

पुरा पढ्नुहाेस्

ब्राउन सुगरसहित धादिङका एक युवक पक्राउ

बैशाख ११, काठमाडौँ । प्रहरीले लागुऔषध ब्राउन सुगरसहित २० वर्षीय विनोद तामाङलाई पक्राउ गरेका छ । भारतबाट पैदल आउँदै गर्दा मेचीनगर नगरपालिका ६ स्थित मेचीपुलमा जाँचका क्रममा उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यलय झापाका सूचना अधिकारी कृष्णकुमार चन्दले जानकारी दिए । धादिङ जिल्ला खन्याबास गाउँपालिका ५ बस्ने तामाङको साथबाट ४३.१५ ग्राम ब्राउनसुगर फेला परेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

पुरा पढ्नुहाेस्

कतारी राजाको स्वागतमा सिँगारियो काठमाडौँका यी ठाउँ {तस्वीरहरु}

बैशाख ११, काठमाडौँ । कतारका अमिर शेख तमिम बिन हमाद अल थानीको स्वागतका लागि सङ्घीय राजधानी काठमाडौँ सिँगारिएको छ । कतारका अति विशिष्ठ पाहुनाको स्वागतका लागि काठमाडौँको मुख्य सडक, चोकमा स्वागतद्वार, तुल ब्यानरसहित चिटिक्क पारिएको हो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलदेखि तीनकुने, नयाँ बानेश्वर, बबरमहल, माइतीघर, त्रिपुरेश्वर, कालीमाटी, जमल, लैनचौर, त्रिपुरेश्वरलगायत क्षेत्रमा स्वागतद्वारसहित सडक सफाइलगायतका व्यवस्थापन गरिएको छ । काठमाडौँ महानगरपालिकाले काठमाडौँका विभिन्न स्वागतद्वारा निर्माण, सडक सरसफाइलगायतका काम गरेको हो । महानगरपालिकाका प्रवक्ता नवीन मानन्धरले कतारका अमिरको स्वागतका लागि महानगरपालिकाले सडक सौन्दर्य, सरसफाइ, हरियाली कायम राख्नेदेखि शान्ति सुरक्षामा समेत व्यवस्थापकीय काम…

पुरा पढ्नुहाेस्

पैसा काट्यो तर एटीएमबाट आएन, कति दिनमा आउँछ फिर्ता ?

बैशाख ११, काठमाण्डौँ । कार्ड प्रयोग गरेर एटीएमबाट पैसा निकाल्दा कुनै प्राविधिक समस्याले नगद निकाल्न नसक्दा कहिलेकाहीँ खाताबाट मौज्दात घट्न सक्छ । यस्तो अवस्थामा रकम फिर्ता गर्नका लागि ग्राहकले खबर गरेमा वा नगरेमा राष्ट्र बैंकले हिसाब मिलायनुपर्ने व्यवस्था गरेको छ । राष्ट्र बैंकले गरेको व्यवस्था अनुसार कार्ड जारी गर्ने संस्था र कार्ड प्रयोग भएको एटीएम एउटै संस्थाको भएमा कारोबार भएपछिको एकदिन टी प्लस वान हिसाब मिलाउनुपर्छ । त्यस्तै कार्ड जारी गर्ने संस्था र कार्ड प्रयोग भएको एटीएम फरक संस्थाको भई दुवै नेपाली संस्था भएमा कारोबार भएपछिको ३ दिनभित्र हिसाब मिलाउनु…

पुरा पढ्नुहाेस्

पोलिसी सरेण्डर रकम फिर्ता गर्न जीवन बीमा कम्पनीहरुले नदिने ! कम्पनी नै डुब्ने डर बढ्यो !

बैशाख ११, काठमाण्डौँ । जीवन बीमा कम्पनीहरुले नेपाल बीमा प्राधिकरणलाई बीमालेख सरेण्डर गरेबापतको रकम बीमितलाई फिर्ता गर्न नसकिने लिखित जवाफ दिएका छन् । जीवन बीमक संघले पहिलो ३ वर्षभित्र बीमालेख समर्पण गरेबापत रकम सम्बन्धीत बीमितलाई फिर्ता गर्न नसकिने जवाफ पत्रमार्फत पेश गरेको हो । यसअघि संसदको सार्वजनिक लेखा समितिले गत पौष १२ गते नेपाल बीमा प्राधिकरणलाई ३ वर्षभित्रै बीमालेख समर्पण गर्ने बीमितलाई न्यूनतम सञ्चालन शुल्क २५ प्रतिशत रकम लिई बाँकी रकम सम्बन्धीत बीमितलाई फिर्ता गरिदिनु भन्ने निर्देशन दिएको थियो । लेखा समितिको निर्देशनलाई आधार मानेर प्राधिकरणले जीवन बीमा कम्पनीहरुलाई यस…

पुरा पढ्नुहाेस्

ह्वाइट लोटस पावर लिमिटेडले साधारण शेयर निष्काशन गर्ने

बैशाख ११, काठमाण्डौा । ह्वाइट लोटस पावर लिमिटेडले आफ्नो जारी पूँजीको २६% अर्थात प्रतिशेयर अंकित मुल्य रु. १००।– दरका १२,००,००० कित्ता स ाधारण शेयर आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरु तथा सर्वसाधारणमा निष्काशन तथा विक्रि गर्नको लागि नेपाल एसबिआई मर्चेण्ट बैकिङ्ग लिमिटेडलाई निष्काशन तथा बिक्रि प्रबन्धकको रुपमा नियुक्त गरेको छ । सम्वन्धि सम्झौतापत्रमा नेपाल एसबिआई मर्चेण्ट बैकिङ्ग लिमिटेडका तर्फबाट प्रबन्ध सञ्चालक तथा प्रमुख कार्यकारी अधिकृत श्री लेखनाथ पोख्रेल र ह्वाइट लोटस पावर लिमिटेडका तर्फबाट कार्यकारी निर्देशक श्री सुमन कुमारी जोशी ले हस्ताक्षर गर्नुभयो । ह्वाइट लोटस पावर लिमिटेडले लमजुङ्ग जिल्लाको भुलभुले…

पुरा पढ्नुहाेस्