राजनीतिक दलमा आवद्ध शिक्षकहरूलाई कारबाही गरेर देखाउन महासंघको चुनौति

बैशाख ७, काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले राजनीतिक दलमा आवद्ध शिक्षकहरूलाई कारबाही गर्ने प्रक्रिया अगाडि बढाएसँगै नेपाल शिक्षक महासंघ चिढिएको छ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले राजनीतिक दलमा आवद्ध शिक्षकहरूलाई पदबाटै बर्खास्त गर्नेसम्मको कारबाही गर्ने गरी नीतिगत निर्णय गरेसँगै यस कदमको चौतर्फी चर्चा र आलोचना भएको छ । मन्त्री श्रेष्ठले गत मङ्गलवार मन्त्रीस्तरिय निर्णयबाट दलमा आवद्ध शिक्षकहरुलाई कारबाही गर्ने प्रक्रिया अगाडि बढाएकी हुन् । शिक्षकहरू कुनै पनि राजनीतिक दलको समितिमा रहेको भेटिए कारबाही गर्न भन्दै मन्त्रालयले शिक्षा तथा मानव स्रोत विकास केन्द्रलाई पत्राचार गरेको छ…

पुरा पढ्नुहाेस्

एसीसी प्रिमियर कप टी–२० : यूएईविरुद्ध नेपालले पहिले ब्याटिङ गर्ने

बैशाख ७, काठमाडौँ । ओमानमा जारी एसीसी प्रिमियर कप टी–२० क्रिकेट प्रतियोगिताको संयुक्त अरब इमिरेट्स यूएई विरुद्धको सेमिफाइनल खेलमा नेपालले पहिले ब्याटिङ गर्ने भएको छ । यूएईले टस जिती नेपाललाई पहिले ब्याटिङको निम्तो दिएको हो । खेल नेपाल समय अनुसार, विहान ११ः ४५ बजे सुरु हुनेछ ।

पुरा पढ्नुहाेस्

सुनको मूल्य आज पनि बढ्यो, तोलाको कतिमा हुँदैछ कारोबार ?

बैशाख ७, काठमाडौं । नेपाली बजारमा सुनको मूल्य आज पनि बढेको छ । नेपाल सुन–चाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुन तोलामा ७ सय रुपैयाँले बढेर १ लाख ३९ हजार ३०० कायम भएको छ । यसै गरी, तेजाबी सुनको मूल्य तोलाको १ लाख ३८ हजार ६५० रुपैयाँ निर्धारण भएको छ । यसअघि बिहीबार छापावाल सुन प्रतितोला १ लाख ३८ हजार ६०० रुपैयाँ कारोबार भएको थियो भने तेजाबी सुनको मूल्य तोलाको १ लाख ३७ हजार ९५० रुपैयाँमा कारोबार भएको थियो । त्यसै गरी आज चाँदीको मूल्य भने सामान्य घटेको छ ।…

पुरा पढ्नुहाेस्

भारतमा लोकसभा चुनावको पहिलो चरणको मतदान शुरु

बैशाख ७,काठमाडौँ । भारतमा लोकसभा चुनावको पहिलो चरणको मतदान शुरु भएको छ । लोकसभाको ५ सय ४३ सिटका लागि डेढ महिना लगाएर सात चरणमा चुनाव हुनेछ । विश्वको सबैभन्दा ठूलो लोकतान्त्रिक अभ्यास मानिने भारतीय चुनावमा २५ सय भन्दा धेरै राजनीतिक दल सहभागी हुँदैछन् । भारतीय जनता पार्टी (भाजपा), भारतीय राष्ट्रिय कांग्रेस, आम आदमी पार्टी, द्रविड मुनेत्र कझगम (डीएमके), अखिल भारतीय तृणमूल कांग्रेस (टीएमसी) लगायत मुख्य दलहरुबीच नै प्रतिस्पर्धा हुने अनुमान छ । पहिलो चरणमा २१ राज्यका एक सय २ सिटमा मतदान हुन लागेको हो । पहिलो चरणमा तमिलनाडु, उत्तराखण्ड, अरुणाचल,…

पुरा पढ्नुहाेस्

नेपाल टेलिकममा जागिर खाने हो ? विभिन्न पदमा स्थायी कर्मचारी माग {सूचना हेर्नुहोस्}

बैशाख ७, काठमाण्डौँ । नेपाल टेलिकमले विभिन्न पदमा स्थायी नियुक्ति गर्नेगरी कर्मचारी माग गरेको छ । टेलिकमले खुला तथा समावेशी प्रतियोगितात्मक परीक्षाद्वारा पदपूर्ति गर्नेगरी दरखास्त आह्वान गरेको हो । उपप्रबन्धक, वरिष्ठ इन्जिनियर, वरिष्ठ लेखा अधिकृत, सहायक प्रशासकीय अधिकृतलगायतका १४ वटा पदका लागि इच्छुक उम्मेदवारले वैशाख २७ गतेभित्र अनलाइनमार्फत आवेदन दिन सक्नेछन् ।

पुरा पढ्नुहाेस्

सिन्धुपाल्चोक तौथलीमा जन्ती बस दुर्घटना हुँदा ३ जनाको मृत्यु !

बैशाख ७, काठमाण्डौँ । सिन्धुपाल्चोकको तौथलीमा जन्ती बोकेको बस दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ। दोलखाबाट सिन्धुपाल्चोकको त्रिपुरासुन्दरी गाउँपालिका वडा नम्बर ४ स्थित पिस्कर जान लागेको जन्ती बस शुक्रबार बिहान साढे सात बजे दुर्घटना भएको प्रमुख जिल्ला अधिकारी झक्कप्रसाद आचार्यले जानकारी दिए । घटनास्थलमै रहेका त्रिपुरासुन्दरी–५ का वडाध्यक्ष यादव श्रेष्ठले दुलहासहित ३२ जना घाइते भएको बताए । ‘दुलहासहित ३२ जना घाइते छन् । गम्भीर घाइते पाँच जनालाई सहाबहार अस्पताल खाडीचौर लगिएको छ । दुलहासहित अन्य घाइतेलाई वडा कार्यालयमै प्राथमिक उपचार भइरहेको छ,’ उनले भने ।

पुरा पढ्नुहाेस्

बेरोजगारीलाई अब स्वदेशमै जागिर ! सेनामा रिक्त २६ सय बढी पदमा आवेदन माग {सूचनासहित}

बैशाख ७, काठमाण्डौँ । नेपाली सेनाले ठूलो संख्यामा पदपूर्तिका लागि आवेदन माग गरेको छ । भर्ना छनोट निर्देशनालय जंगी अड्डाले शुक्रबार सार्वजनिक सूचना प्रकाशित गर्दै विभिन्न रिक्त पदमा दरखास्त माग गरेको हो । सैन्य तथा विभिन्न ट्रेडका फलोअर्स पदहरूमा जंगी अड्डाले २६ सय बढी रिक्त पदमा आवेदन मागेको छ ।जेठ ५ गतेसम्म आवेदन दिन सकिनेछ । दोब्बर दस्तुर तिरेर थप एक हप्ता फारम भर्न सकिनेछ ।

पुरा पढ्नुहाेस्

भारतद्वारा नेपालको दार्चुला जिल्लामा उच्च प्रभाव सामुदायिक विकास परियोजनाको शिलान्यास

बैशाख ७, काठमाण्डौँ । शैल्यशिखर नगरपालिकाका मेयर बिजय सिंह धामी र भारतीय राजदूतावास, काठमाडौंका द्वितीय सचिव प्रशान्त कुमार सोनाले नेपाल–भारत विकास सहकार्य अन्तर्गत भारत सरकारको नेरु २.७३ करोड आर्थिक सहयोगमा निर्माण हुने दार्चुला जिल्लाको शैल्यशिखर नगरपालिकास्थित गलैनाथ माध्यमिक विद्यालयको विद्यालय भवनको शिलान्यास गरेका छन् । उक्त कार्यक्रममा राजनीतिक प्रतिनिधि, सरकारी अधिकारी, समाजसेवी, विद्यालय व्यवस्थापनका प्रतिनिधि, शिक्षकरशिक्षिका, अभिभावक तथा विद्यार्थीहरुको पनि उपस्थिति रहेको थियो । ‘नेपाल–भारत विकास सहकार्य’ अन्तर्गतको भारत सरकारको अनुदान सहयोग यस विद्यालयलाई आवश्यक अन्य सुविधासँगै दुई तल्ले विद्यालय भवन, शौचालय, कार्यालय भवनको निर्माण र फर्निचरमा उपयोग गरिनेछ ।…

पुरा पढ्नुहाेस्

आजपनि बालबालिकालाई भिटामिन र जुकाको औषधि खुवाइँदै

बैशाख ७, काठमाण्डौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयअन्तर्गत स्वास्थ्य सेवा विभागले पाँच वर्ष मुनिका बालबालिकाका लागि राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रम सञ्चालन गरिरहेको छ । बिहीबारदेखि सुरु भएको भएको कार्यक्रम आज पनि जारी रहने मन्त्रालयले जनाएको छ । कार्यक्रममा भिटामिन ‘ए’ क्याप्सुल छ महिनादेखि ५९ महिनाका बालबालिका र जुकाको औषधि एक वर्षदेखि पाँच वर्षसम्मका बालबालिकालाई खुवाइन्छ ।विभागका पोषण शाखा प्रमुख लीलाविक्रम थापाले करिब ३२ लाखलाई भिटामिन ए र करिब २९ लाख बालबालिकालाई जुकाको औषधि खुवाउने योजना रहेको जानकारी दिए । कार्यक्रमका लागि ५२ हजार महिला स्वास्थ्य स्वयंसेविका र १० हजार स्वास्थ्यकर्मी…

पुरा पढ्नुहाेस्

प्रभु बैंकको खुद नाफा कति ? ब्याज आम्दानी २६.६१ प्रतिशतले वृद्धि

बैशाख ७, काठमाण्डौँ । प्रभु बैंक लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । जसअनुसार बैंकले १ अर्ब ८१ करोड रुपैयाँ खुद नाफा कमाएको छ । यो रकम गत आवको सोहि अवधिको तुलनामा ७।२७ प्रतिशतले कम हो । अघिल्लो आवको तेस्रो त्र्रमाससम्म बैंकले १ अर्ब ९४ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । तेस्रो त्रैमाससम्म बैंकले ८ अर्ब ४३ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । यो रकम अघिल्लो आवको सोहि अवधिको ६ अर्ब ६१ करोड रुपैयाँको तुलनामा २६.३१ प्रतिशतले बढी हो ।…

पुरा पढ्नुहाेस्