२१ वर्षीय युवाले गरे २५ वर्षीया युवतीलाई जबरजस्ती करणी, धन बहादुर खड्का पक्राउ

बैशाख ८, दैलेख । २५ वर्षीया युवतीलाई जबरजस्ती करणी गरेको आरोपमा एक युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुराँस गाउँपालिका ४ मुङग्रा बस्ने २१ वर्षीय धन बहादुर खड्का रहेका छन् । उनलाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको हो । खड्काले ती युवतीलाई डुङ्गेश्वर गाउँपालिका ६ लटालीस्थित बाटो मुनी लगि जबरजस्ती करणी गरेको भन्ने उजुरी परेको अस्थायी प्रहरी पोष्ट घोडाबासले जनाएको छ । युवतीलाई स्वास्थ्य परीक्षणका लागि अस्पताल पठाइएको छ भने घटनाबारे प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

पुरा पढ्नुहाेस्

चक्कुले हानेर बुवाको हत्या

बैशाख ८, काठमाडौँ । आफ्नै बुवाको हत्या गरेको आरोपमा प्रहरीले एक युवालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा म्याग्दे गाउँपालिका ६ बस्ने २६ वर्षीय दिपक विक रहेका छन् । उनलाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको हो । ७६ वर्षीय बुवा राप बहादुर विकलाई धारिलो हतियार चक्कु प्रहार गरी हत्या गरेको आरोपमा उनलाई प्रहरीले पक्राउ गरेको हो ।

पुरा पढ्नुहाेस्

ग्लोबल आइएमई बैंकको नयाँ एक्सटेन्सन काउन्टर तुल्सीपुरस्थित मालपोत कार्यालयमा

बैशाख ८, काठमाण्डौँ । ग्लोबल आइएमई बैंक लिमिटेडले तुल्सीपुर उप–महानगरपालिका वडा नं. ६, मदनआश्रित चोक, तुल्सीपुरस्थित मालपोत कार्यालयमा नयाँ एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याएको छ । तुल्सीपुर उप–महानगरपालिका प्रमुख टिकाराम खड्काले एक समारोहकाबिच उक्त एक्सटेन्सन काउन्टरको समुद्घाटन गरेका छन् ।सेवाग्राहीको बढ्दो चाप र आवश्कतालाई मध्यनजर गर्दै बैंकले नयाँ एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याइएको हो ।यो काउन्टर सञ्चालनमा आएसँगै बैंकका एक्सटेन्सन तथा राजश्व संकलन काउन्टरहरुको संख्या ६८ पुगेको छ । नयाँ एक्सटेन्सन काउन्टरबाट निक्षेप सङ्कलन, नगद भुक्तानी, मोबाइल तथा अनलाइन बैंकिङ्ग सेवा, रेमिट्यान्सको सुविधा लगायत सबै किसिमका साधारण बैंकिङ्ग सेवाहरु उपलब्ध हुनेछन् ।ग्लोबल…

पुरा पढ्नुहाेस्

हिन्दी गीत ‘मेरे ख्वाब’ मा सुरेश  र स्मारिकाको रोमान्स ( भिडियो )

काठमाडौं –  भारतीय फिल्म पार्श्वगायक  नकाश अजिजको सुमधुर स्वरमा सजिएको ‘मेरे ख्वाब’ बोलको गीत म्युजिक भिडियो सहित सार्वजनिक भएको छ।  यस गीतमा शब्द, संगीत हङकङ निवासी तवला वादक, संगीतकार तथा गायक कृष्ण भक्त महर्जनको रहेको छ।  गीतलाई प्रियदर्शी बराइलीले संगीत संयोजन गरेका हुन्। म्युजिक भिडियोमा सुरेश कोहली र स्मारिका ढकाल बीचको अन्स्क्रिन प्रेम र रोमान्स देख्न सकिन्छ।  बिशाल थापाले छायाँकन गरेको यस गीतको भिडियोलाई बिजेश पौडेलले सम्पादन गरेका हुन्।  भिडियो सोनाम पाख्रिनको निर्देशनमा तयार पारिएको हो।  भिडियो संगीतकार  महर्जनको युट्युव च्यानल ‘कृष्ण भक्त महर्जन’ मार्फत सार्वजनिक भएको हो।   भिडियो: https://youtu.be/JK5_DbreRic?si=xi9PrsrygzCi21Hh

पुरा पढ्नुहाेस्

गरिमा विकास बैंक र ट्रेकिङ एजेन्सी टान गण्डकी बीच व्यवसायिक सम्झौता

बैशाख ८, काठमाण्डौँ । गरिमा विकास बैंक लिमिटेड र ट्रेकिङ एजेन्सी एसोसिएसन अफ नेपाल (टान) गण्डकी बीच सदस्य संस्थाहरुलाई बैंकको विभिन्न प्रकारका कर्जाहरुमा सहुलियत सहितको सेवा उपलब्ध गराउने सम्झौता भएको छ । उक्त सम्झौता पत्रमा बैंकको तर्फबाट क्षेत्रिय कार्यालय पोखराका क्षेत्रिय प्रबन्धक भोला प्रसाद तिवारी र टान गण्डकीको तर्फबाट अध्यक्ष धर्मराज पन्थीले हस्ताक्षर गर्नु भएको छ । उक्त सम्झौता अनुसार टानका सदस्यहरूलाई गरिमा विकास बैंक लिमिटेडले अधिकतम रु ५० लाख सम्म गरिमा सरल एसएमई आवधिक र ओभरड्राफ्ट कर्जा नियम अनुसार सहुलियत ब्याजदरका साथ उपलब्ध गराउनेछ र साथै रु ५ लाख…

पुरा पढ्नुहाेस्

बन्द भएका उद्योग सञ्चालन गर्न सरकारले नयाँ नीति ल्याउँछः मन्त्री भण्डारी

बैशाख ८, काठमाण्डौँ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले विभिन्न कारणले बन्द हुन पुगेका र रुग्ण अवस्थाका उद्योग सञ्चालनका लागि सरकारले चाँडै नयाँ नीति ल्याउने बताएका छन्। उद्योग वाणिज्य सङ्घ र कम्प्युटर एशोसिएशन नेपाल महासङ्घ, चितवनले भरतपुर महानगरपालिका–१० मा आयोजना गरेको पाँच दिने औद्योगिक प्रदर्शनी तथा सूचना प्रविधि मेलाको उद्घाटन कार्यक्रममा उनले विभिन्न समयमा बन्द भएका र रुग्ण उद्योग सञ्चालन कसरी गर्न सकिन्छ भने मिहीन ढङ्गले छलफल गरी नीति ल्याइने बताए। मन्त्री भण्डारीले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटबाट प्रत्येक प्रदेशमा कम्तीमा पनि एउटा औद्योगिक क्षेत्र बिस्तारको…

पुरा पढ्नुहाेस्

जसपाको गण्डकी प्रदेशस्तरिय किसान महासङ्घ र खस सङ्घ गठन

बैशाख ८, काठमाण्डौँ । जनता समाजवादी पार्टी (जसपा) नेपालका दुई भ्रातृसङ्गठन  किसान महासङ्घ र खस सङ्घ गठन गरिएको छ । शुक्रबार पोखरामा आयोजित प्रदेशस्तरिय भेलाबाट यामप्रसाद आचार्यको अध्यक्षता १३ सदस्यीय समाजवादी किसान महासङ्घ गठन भएको छ । त्यस्तै सोही भेलाबाट हस्तबहादुर कुँवरको अध्यक्षतामा १५ सदस्यीय समाजवादी खस सङ्घ, नेपाल गण्डकी प्रदेश समिति गठन गरिएको हो । पार्टीका राजनीतिक समिति सदस्य एवं समाजवादी खस सङ्घका केन्द्रीय अध्यक्ष प्रेमनारायण थापा प्रमुख अतिथि रहेका थिए । पार्टीका राजनीतिक समिति सदस्य निर्मल जिसी महेन्द्रले समितिको नामावली घोषणा गरेका थिए । कार्यक्रममा पार्टीका राजनीतिक समिति…

पुरा पढ्नुहाेस्

ग्रीन हाइड्रोजन उत्पादनका लागि बुद्धभूमि हाइड्रो र केयूबीच सम्झौता

बैशाख ८, काठमाण्डौँ । काभ्रेपलाञ्चोकको धुलिखेलस्थित काठमाडौँ विश्वविद्यालय (केयू) सँग ग्रीन हाइड्रोजन उत्पादनका लागि नुवाकोटको बुद्धभूमि नेपाल हाइड्रो कम्पनीले आज सम्झौता गरेको छ । निजी क्षेत्रमा पहिलोपटक उक्त कम्पनीले ग्रीन हाइड्रोजन परियोजना दुप्चेश्वर गाउँपालिकास्थित आफ्नो तल्लो ताँदी जलविद्युत् आयोजनामा सञ्चालन गर्ने जनाएको छ । दुई पक्षबीच भएको तीनबुँदे सम्झौतामा ग्रीन हाइड्रोजन उत्पादन गर्न केयूका प्रावधिकले तीन महिना सम्भाव्यता अध्ययन गर्ने र अध्यनअनुसार प्रतिवेदनका आधारमा जलविद्युत् परियोजनाको क्षमताका अनुसार उत्पादन सुरु गर्ने जनाइएको छ । उक्त परियोजनाले हाल तीन हजार दुई सय किलोवाट विद्युत् उत्पादन गर्दै आएको छ । सम्झौतामा कयूका…

पुरा पढ्नुहाेस्

नेपाल मेडिकल कलेजका विद्यार्थीलाई अभिमुखीकरण

बैशाख ८, काठमाण्डौँ । नेपाल मेडिकल कलेजले नयाँ शैक्षिक सत्रमा स्नातकोत्तर तहमा भर्ना भएका विद्यार्थीहरुलाई अभिमुखीकरण कार्यक्रम गरेको छ । अभिमुखीकरण कार्यक्रममा बोल्दै कलेजका अध्यक्ष डा. भोला रिजालले स्नातकोत्तर कार्यक्रममा भर्ना हुन आएका विद्यार्थीहरुलाई स्वागत गर्दै मेहनत गरेर अध्ययन गर्न सुझाए । डा. रिजालले आफुले मेडिकल शिक्षा अध्ययन गर्दाको समयमा स्नातकोत्तर तह अध्ययन गर्न ४० वर्ष पुरा भएको हुनुपर्ने मान्यता अहिले हटेको बताए । ‘आज २८ वर्ष उमेरका विद्यार्थीहरु पोस्ट ग्राजुएट गर्न आएको देख्दा मलाई गर्व लागेको छ । हाम्रो पालामा ४० नकटी पोस्ट ग्राजुएट गर्न हुँदैन भन्ने मान्यता राखिन्थ्यो…

पुरा पढ्नुहाेस्

गुणस्तर परीक्षणको नयाँ प्रावधान लागू गरेर नेपाली चियाको निर्यात बन्द

बैशाख ८, काठमाण्डौँ । भारतले पटके गुणस्तर परीक्षणको नयाँ प्रावधान लागू गरेर नेपाली चियाको निर्यात रोकेको छ । नेपालका चिया उद्यमीहरुले यसबाट गम्भीर संकट निम्तिने बताएका छन् । पूर्वीनाका काँकडभिट्टाबाट जाँचपास भएर भारतीय सीमावर्ती पानीटंकी नाका पुगेको १७ ट्रक तयारी चिया शुक्रबार भारतले रोकेको हो । चिया निर्यातको अनुमति नपाएर रोकिएका ती ट्रकहरु पानीटंकीको सडकमा असुरक्षित अवस्थामा रहेको चिया व्यवसायी एवम् भन्सार प्रतिनिधि रोशन अग्रवालले जानकारी दिए । मेची भन्सार कार्यालय काँकडभिट्टाका प्रमुख रामप्रसाद रेग्मीले भारतीय भन्सारमा नेपाली चिया रोकिएको स्वीकार गर्दै त्यसलाई खुलाउन स्थानीय र केन्द्रीय तहबाट प्रयास भइरहेको…

पुरा पढ्नुहाेस्