अभियान लघुवित्तले लाभांश नदिने

बैशाख ६, काठमाण्डौँ । अभियान लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आवका लागि लाभांश नदिने घोषणा गरेको छ । वैशाख ५ गते बसेको संस्थाको सञ्चालक समितिको बैठकले आव २०७९र८० को मुनाफाबाट सेयरधनीहरुलाई कुनै पनि प्रकारको लाभांश वितरण नगर्ने निर्णय गरेको हो । उक्त बैठकले गत आवको वित्तीय विवरणहरु पारित गर्दै लाभांश नदिने प्रस्तावसहितका वित्तीय विवरणहरु स्वीकृतिको लागि राष्ट्र बैंकमा पठाउने निर्णय गरेको छ ।

पुरा पढ्नुहाेस्

अन्तरबैंक ब्याजदर घट्यो, एकैदिन बैंकिङ प्रणालीको निक्षेप पनि ८ अर्बले गिरावट

बैशाख ६, काठमाण्डौँ । बैंकिङ प्रणालीको निक्षेप एकै दिन ८ अर्ब रुपैयाँले घटेको छ । नेपाल राष्ट्र बैंकको तथ्यांक अनुसार वैशाख २ गते बैंकिङ प्रणालीबाट ८ अर्ब रुपैयाँ बाहिरिएको हो । वैशाख १ गते ६१ खर्ब ५१ अर्ब रुपैयाँ निक्षेप संकलन रहेको बैंकिङ प्रणालीमा वैशाख २ गतेसम्म भने ६१ खर्ब ४३ अर्ब रुपैयाँ निक्षेप रहेको छ । यस्तै अन्य वित्तीय संस्थाको निक्षेप पनि २ अर्बले घट्दै ७ खर्ब १७ अर्ब रुपैयाँमा सीमित भएको छ । बैंकिङ क्षेत्रको कुल कर्जा प्रवाह पनि घटेको छ । वेशाख १ गते ५१ खर्ब १८…

पुरा पढ्नुहाेस्

पश्मिना उद्योगको प्रवर्द्धनमा सरकार प्रतिबद्ध छ : मन्त्री भण्डारी

बैशाख ६, काठमाण्डौँ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले पश्मिना उद्योगको उत्पादन र निर्यात प्रवर्द्धनका लागि सरकारले निजी क्षेत्रसँग सहकार्य गर्नुपर्नेमा जोड दिएका छन् । पश्मिना फाइबर प्रशोधनसम्बन्धी तालिमका सहभागीलाई ललितपुरमा प्रमाणपत्र वितरण गर्दै उनले पश्मिना उद्योगका क्षेत्रमा देखिएका समस्या समाधान गर्न सरकार तयार रहेको बताए ।  नेपालबाट निर्यात हुने महत्वपूर्ण उत्पादनमध्ये च्याङ्ग्राको भुवा बाट बन्ने पश्मिना पनि रहेकाले यस क्षेत्रका लागि आवश्यक पूर्वाधार निर्माण र अन्य क्षमता विकासका कार्यमा सहयोग गर्न सरकार तयार रहेको मन्त्री भण्डारीले उल्लेख गरे । उनले फाइबर प्रशोधन केन्द्रको निरीक्षण गरी पश्मिना फाइबर प्रशोधनको…

पुरा पढ्नुहाेस्

जसपाको महाधिवेशन एकताको महाधिवेशन : अध्यक्ष यादव

बैशाख ६, काठमाण्डौँ । जनता समाजवादी पार्टी (जसपा) नेपालको महाधिवेशन एकताको प्रथम राष्ट्रिय महाधिवेशन हुने भएको छ । बालकुमारीमा बुधबार प्रचार प्रसार तथा प्रकाशन विभागका प्रमुख पूर्ण बस्नेतको अध्यक्षतामा बसेको प्रचार प्रसार तथा प्रकाशन विभाग र सूचना, सञ्चार, विज्ञान तथा प्रविधि विभागको संयुक्त बैठकमा पार्टीका अध्यक्ष उपेन्द्र यादवले पार्टीको आगामी महाधिवेशन एकताको महाधिवेशन हुने बताएका हुन् । जसपा विभिन्न राजनीतिक दल, घटक सङ्गठन, मोर्चा, आन्दोलन र अभियान मिलेर बनेको भन्दै अध्यक्ष यादवले एकता महाधिवेशनले सबैको भावना समेट्ने कुरा बताएका हुन् । त्यस्तै अध्यक्ष यादवले महाधिवेशन केन्द्रित प्रचार प्रसारका सामग्रीहरु प्रचार,…

पुरा पढ्नुहाेस्

जगदम्बा मोबाइल्स बोल्टका लागि नेपालको आधिकारिक वितरकमा नियुक्त

बैशाख ६, काठमाण्डौँ । शंकर ग्रुपको सहायक कम्पनी जगदम्बा मोबाइल्स प्रा.लि.ले भारतीय वेरेबल ब्राण्ड बोल्टसँग विशेष सहकार्य गरेको छ । योेसँगै जगदम्बा मोबाइल्स अब नेपालको लागि बोल्टको आधिकारिक वितरक भएको छ । यो सहकार्यले नेपालमा स्मार्टवाच र इयरबड्स्जस्ता वेरेबल उत्पादनहरुको बजारलाई नयाँँ आयाम दिने विश्वास कम्पनीले लिएको छ ।यो सहकार्यसँगै अब नेपाली उपभोक्ताहरूको विभिन्न आवश्यकता र प्राथमिकता अनुसारका स्मार्टवाच र टिडब्लुएस् (ट्रू वायरलेस स्टेरियो) इयरबडहरु बजारमा उपलब्ध रहेका छन् । बोल्टका स्मार्टवाच अन्तर्गत रिपल, क्राउन आर प्रो, ड्रिफ्ट टु, क्राउन र डाइभ एक्स मोडलहरु उपलब्ध रहेका छन् भने टिडब्लुएस् इयरबड्स्…

पुरा पढ्नुहाेस्

शिक्षाको गुणस्तर सुधार गर्न आधारभूत तहबाटै थालनी गर्नुपर्छ : मन्त्री चौधरी

बैशाख ६, काठमाण्डौँ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री भगवती चौधरीले गुणस्तरीय शिक्षाको विकास गर्न आधारभूत तहबाटै शिक्षामा लगानी गर्न आवश्यक रहेको बताएकी छन् । शुक्रबार स्वर्गीय दुर्गा दाहालको ७२ औँ जन्म जयन्तीको सन्दर्भमा दुर्गा दाहाल स्मृति कोष व्यवस्थापन समिति धनकुटाले काठमाडौंमा गरेको कार्यक्रममा मन्त्री चौधरीले यस्तो बताएकी हुन् ।  ‘अझैपनि हाम्रो शिक्षा गुणस्तरीय छैन । हाम्रा पाठ्यक्रमहरू गुणस्तरीय छैनन् । तर पनि डम्बर चेम्जोङ जस्तो व्यक्तिहरू अमेरिकासम्म पुगेर पीएचडी गर्नु समाजका लागि निकै ठुलो कुरा हो’, मन्त्री चौधरीले भनिन्, ‘आधारभूत शिक्षा आधारभूत विद्यार्थीले सिक्ने ‘चाइल्ड सेन्ट्रिक मेथोलोजी हो कि, टिचर सेन्ट्रिक हो’ त्यसमा हामीले…

पुरा पढ्नुहाेस्

ग्लोबल आइएमई बैंक र हब इन्टरनेशनल एजुकेशनबिच समझदारी

बैशाख ६, काठमाण्डौँ । ग्लोबल आइएमई बैंक लिमिटेड र हब इन्टरनेशनल एजुकेशन प्रा. लि. बिच भारतमा उच्च शिक्षाका लागि जाने विद्यार्थीहरुलाई शैक्षिक कर्जा सहजरुपमा प्रवाह गर्ने सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर भएको छ । उक्त समझदारी पत्रमा बैंकका नायव प्रमुख कार्यकारी अधिकृत सुमन पोखरेल तथा हब इन्टरनेशनल एजुकेशन प्रा. लि.का संस्थापक तथा अध्यक्ष उद्धव बहादुर खड्काले हस्ताक्षर गर्नुभएको छ ।समझदारी अनुसार बैंकले हब इन्टरनेशनल एजुकेशन प्रा. लि.ले सिफारिस गरेका विद्यार्थीहरुलाई भारतका विश्वविद्यालयहरुमा उच्च शिक्षाका निमित्त आवश्यक वित्तीय दायित्व वहन गर्न आवश्यक शैक्षिक कर्जा सहजरुपमा प्रवाह गर्नेछ । हब इन्टरनेशनल एजुकेशनमार्फत सिफारिस…

पुरा पढ्नुहाेस्

नेपाल इन्भेष्टमेण्ट मेगा बैंकको संस्थापक सेयर बिक्रीमा

बैशाख ६, काठमाडौँ । नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेडले संस्थापक सेयर बिक्रीमा ल्याएको छ । यस सेयर सेयरधनी बाहेक अन्य व्यक्ति वा संस्थाले मात्रै खरिद आवेदन दिन पाउने छन् । सेयर खरिद गर्न इच्छुकले आवश्यक कागजातसहित ७ दिनभित्र बैंकको काठमाडौं लाजिम्पाटमा रहेको सेयर शाखामा निवेदन दिन सक्नेछन् । नेपाल राष्ट्र बैंकको निर्देशन अनुसार बैंकले यसअघि संस्थापक सेयरधनीले मात्रै खरिद गर्न पाउने गरी फागुन ३० गते उक्त सेयर बिक्रीमा ल्याएको थियो ।

पुरा पढ्नुहाेस्

डिडिसीले किसानको बक्यौता रकम भुक्तानी गर्दै

बैशाख ६, काठमाडौँ । दुग्ध विकास संस्थान डिडिसीले सहुलियत ऋणमा सरकारले दिएको ३० करोडमा १० करोड थपेर डिडिसीले ४० करोड रुपियाँ भुक्तानी गर्ने भएको छ । डिडिसीका निमित्त उपमहानिर्देशक राजेन्द्रप्रसाद अधिकारीले आज देखि बक्यौता रकमको भुक्तानी सुरु गरिने बताए ।

पुरा पढ्नुहाेस्

आज घट्यो सुनको मूल्य, प्रतितोला कतिमा भईरहेको छ कारोबार ?

बैशाख ६, काठमाण्डौँ । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । अघिल्लो दिन स्थिर रहेको सुनको मूल्य आज भने घटेको हो ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला ६ सय रुपैयाँले घटेर प्रतितोला १ लाख ३८ हजार ६ सय रुपैयाँ कायम भएको छ । त्यस्तै, आज तेजावी सुनको मूल्य पनि ६ सय रुपैयाँले घटेर प्रतितोला १ लाख ३७ हजार ९५० रुपैयाँ कायम भएको छ । आज चाँदीको मूल्य भने बढेका छ। चाँदीको मूल्य १० रुपैयाँले बढेर प्रतितोला १ हजार ७२५ रुपैयाँमा कारोबार भईरहेको छ ।

पुरा पढ्नुहाेस्