अहिलेकै परिस्थितीमा कम्युनिष्ट एकता सम्भव छैन् :उपाध्यक्ष पाण्डे

बैशाख ८,काठमाडौँ । नेकपा एकिकृत समाजवादीका उपाध्यक्ष राजेन्द्र पाण्डेले अहिलेकै परिस्थितीमा कम्युनिष्ट एकता सम्भव नभएको बताएका छन् । शनिबार राजधानीमा धादिङ–काठमाडौँ सम्पर्क मञ्चले आयोजना गरेको एक कार्यक्रममा बोल्दै पाण्डेले नेकपा एमालेका केही नेताहरुले नेकपा एससंग एकता चाँडे हुने हल्ला चलाएको तर यसमा कुनै सत्यता नरहेको बताएका हुन् । पाण्डेले नेपालका कम्युनिष्ट पार्टीहरु अहिलेको अवस्थामा कसैले कसैसंग एकता गर्ने अवस्थामा नरहेको बताए । उनले भने–’कम्युनिष्ट एकता हुन्, विचार,कार्यदिशा र सिदान्त मिल्न पर्यो नी, पार्टीहरुमा आ–आफ्नै विचार छ, साझा सिदान्तको छलफल समेत भएको छैन् ,अनि कसरी हुन्छ एकता ?’ उनले नेकपा एकिकृत…

पुरा पढ्नुहाेस्

सुनकोसी-मरिण डाइभर्सन: सुरुङ छिचोल्न ११० मिटर बाँकी, वैशाख २६ गते सुरुङ ब्रेक थ्रु गर्ने तयारी

बैशाख ८,सिन्धुली । राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको सुनकोसी मरिण डाइभर्सन परियोजनाको सुरुङ निर्माण अन्तिम चरणमा पुगेको छ । आयोजनाको सुरुङ खन्ने काम अब एक सय १० मिटर मात्रै बाँकी रहेको छ । तराई–मधेसका विभिन्न जिल्लामा १२ महिना नै सिँचाइ सुविधा पुर्‍याउने लक्ष्यका साथ सुरु गरिएको निर्माण प्रक्रियामा उल्लेख्य सफलता हासिल भएको छ । कुनै भौगोलिक जटिलता उत्पन्न नभएका खण्डमा यही वैशाख २६ गते विशेष समारोहको आयोजना गरी सुरुङ ब्रेक थ्रु गर्ने अन्तिम तयारी गरिएको आयोजनाले जनाएको छ । सुनकोसी मरिण डाइभर्सन आयोजनाका प्रमुख मित्र बरालका अनुसार कूल १३ दशमलव…

पुरा पढ्नुहाेस्

अरुण अर्धजलासययुक्त जलविद्युत आयोजनाको वित्तिय व्यवस्थापन विश्व बैंकले गर्ने

बैशाख ८, काठमाडौं । संखुवासभामा निर्माण हुने १ हजार ६३ मेगावाटको माथिल्लो अरुण अर्धजलासययुक्त जलविद्युत आयोजनामा वित्तीय व्यवस्थापन विषयमा सैद्धान्तिक सहमति जुटेको छ । अमेरिका भ्रमणमा रहेका अर्थमन्त्री वर्षमान पुन अनन्त र विश्व बैंक उच्च नेतृत्वबीच वासिन्टन डिसीमा भएको वार्तामा त्यसबारे सैद्धान्तिक सहमति भएको हो । मन्त्री पुन र विश्व बैंकका दक्षिण एसिया हेर्ने उपाध्यक्ष मार्टिन रेजरबीच माथिल्लो अरुणसहित विश्व बैंकको लगानीमा नेपालमा सञ्चालित आयोजनाबारे छलफल भएको थियो । माथिल्लो अरुणमा विश्व बैंकले वित्तीय व्यवस्थापनको नेतृत्व गर्ने विषयमा सैद्धान्तिक निस्कर्षमा पुगिएको मन्त्री पुनको भ्रमण टोली सदस्य एवं अर्थ मन्त्रालयको अन्तर्राष्टिय…

पुरा पढ्नुहाेस्

नेपालमा अघि बढ्यो पेट्रोलियम भण्डारण गृह निर्माण

बैशाख ८, काठमाडौँ । नेपालमा पेट्रोलियम भण्डारण गृह निर्माणको काम अघि बढेको छ । नेपाल आयल निगमले रुपन्देहीको रोहिणी खोलामा १३ विगाह क्षेत्रमा पेट्रोलियम भण्डारण गृह निर्माण गर्न लागिएको हो । अहिले इजरायल र हमासबीचको जारी युद्ध त्यस क्षेत्रमा विस्तार हुन खोजिरहेको छ । इरानले केही दिनअघि इजरायलमा मिसाइल हमला गरेपछि खाडी क्षेत्रमा युद्ध विस्तार हुने आँकलन गरिएको छ । सोही योजना अनुसार निगमले रुपन्देहीमा खरीद गरेको जग्गामा निर्माण कार्य अघि बढाउन थालिएको हो । गत बुधबार निगमले एक औपचारिक कार्यक्रम आयोजना गरेर ‘भूमि सम्याउने तथा रिटेनिङ्ग वाल निर्माण’को आरम्भ…

पुरा पढ्नुहाेस्

२१ वर्षीय युवाले गरे २५ वर्षीया युवतीलाई जबरजस्ती करणी, धन बहादुर खड्का पक्राउ

बैशाख ८, दैलेख । २५ वर्षीया युवतीलाई जबरजस्ती करणी गरेको आरोपमा एक युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुराँस गाउँपालिका ४ मुङग्रा बस्ने २१ वर्षीय धन बहादुर खड्का रहेका छन् । उनलाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको हो । खड्काले ती युवतीलाई डुङ्गेश्वर गाउँपालिका ६ लटालीस्थित बाटो मुनी लगि जबरजस्ती करणी गरेको भन्ने उजुरी परेको अस्थायी प्रहरी पोष्ट घोडाबासले जनाएको छ । युवतीलाई स्वास्थ्य परीक्षणका लागि अस्पताल पठाइएको छ भने घटनाबारे प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

पुरा पढ्नुहाेस्

चक्कुले हानेर बुवाको हत्या

बैशाख ८, काठमाडौँ । आफ्नै बुवाको हत्या गरेको आरोपमा प्रहरीले एक युवालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा म्याग्दे गाउँपालिका ६ बस्ने २६ वर्षीय दिपक विक रहेका छन् । उनलाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको हो । ७६ वर्षीय बुवा राप बहादुर विकलाई धारिलो हतियार चक्कु प्रहार गरी हत्या गरेको आरोपमा उनलाई प्रहरीले पक्राउ गरेको हो ।

पुरा पढ्नुहाेस्

ग्लोबल आइएमई बैंकको नयाँ एक्सटेन्सन काउन्टर तुल्सीपुरस्थित मालपोत कार्यालयमा

बैशाख ८, काठमाण्डौँ । ग्लोबल आइएमई बैंक लिमिटेडले तुल्सीपुर उप–महानगरपालिका वडा नं. ६, मदनआश्रित चोक, तुल्सीपुरस्थित मालपोत कार्यालयमा नयाँ एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याएको छ । तुल्सीपुर उप–महानगरपालिका प्रमुख टिकाराम खड्काले एक समारोहकाबिच उक्त एक्सटेन्सन काउन्टरको समुद्घाटन गरेका छन् ।सेवाग्राहीको बढ्दो चाप र आवश्कतालाई मध्यनजर गर्दै बैंकले नयाँ एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याइएको हो ।यो काउन्टर सञ्चालनमा आएसँगै बैंकका एक्सटेन्सन तथा राजश्व संकलन काउन्टरहरुको संख्या ६८ पुगेको छ । नयाँ एक्सटेन्सन काउन्टरबाट निक्षेप सङ्कलन, नगद भुक्तानी, मोबाइल तथा अनलाइन बैंकिङ्ग सेवा, रेमिट्यान्सको सुविधा लगायत सबै किसिमका साधारण बैंकिङ्ग सेवाहरु उपलब्ध हुनेछन् ।ग्लोबल…

पुरा पढ्नुहाेस्

हिन्दी गीत ‘मेरे ख्वाब’ मा सुरेश  र स्मारिकाको रोमान्स ( भिडियो )

काठमाडौं –  भारतीय फिल्म पार्श्वगायक  नकाश अजिजको सुमधुर स्वरमा सजिएको ‘मेरे ख्वाब’ बोलको गीत म्युजिक भिडियो सहित सार्वजनिक भएको छ।  यस गीतमा शब्द, संगीत हङकङ निवासी तवला वादक, संगीतकार तथा गायक कृष्ण भक्त महर्जनको रहेको छ।  गीतलाई प्रियदर्शी बराइलीले संगीत संयोजन गरेका हुन्। म्युजिक भिडियोमा सुरेश कोहली र स्मारिका ढकाल बीचको अन्स्क्रिन प्रेम र रोमान्स देख्न सकिन्छ।  बिशाल थापाले छायाँकन गरेको यस गीतको भिडियोलाई बिजेश पौडेलले सम्पादन गरेका हुन्।  भिडियो सोनाम पाख्रिनको निर्देशनमा तयार पारिएको हो।  भिडियो संगीतकार  महर्जनको युट्युव च्यानल ‘कृष्ण भक्त महर्जन’ मार्फत सार्वजनिक भएको हो।   भिडियो: https://youtu.be/JK5_DbreRic?si=xi9PrsrygzCi21Hh

पुरा पढ्नुहाेस्

गरिमा विकास बैंक र ट्रेकिङ एजेन्सी टान गण्डकी बीच व्यवसायिक सम्झौता

बैशाख ८, काठमाण्डौँ । गरिमा विकास बैंक लिमिटेड र ट्रेकिङ एजेन्सी एसोसिएसन अफ नेपाल (टान) गण्डकी बीच सदस्य संस्थाहरुलाई बैंकको विभिन्न प्रकारका कर्जाहरुमा सहुलियत सहितको सेवा उपलब्ध गराउने सम्झौता भएको छ । उक्त सम्झौता पत्रमा बैंकको तर्फबाट क्षेत्रिय कार्यालय पोखराका क्षेत्रिय प्रबन्धक भोला प्रसाद तिवारी र टान गण्डकीको तर्फबाट अध्यक्ष धर्मराज पन्थीले हस्ताक्षर गर्नु भएको छ । उक्त सम्झौता अनुसार टानका सदस्यहरूलाई गरिमा विकास बैंक लिमिटेडले अधिकतम रु ५० लाख सम्म गरिमा सरल एसएमई आवधिक र ओभरड्राफ्ट कर्जा नियम अनुसार सहुलियत ब्याजदरका साथ उपलब्ध गराउनेछ र साथै रु ५ लाख…

पुरा पढ्नुहाेस्

बन्द भएका उद्योग सञ्चालन गर्न सरकारले नयाँ नीति ल्याउँछः मन्त्री भण्डारी

बैशाख ८, काठमाण्डौँ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले विभिन्न कारणले बन्द हुन पुगेका र रुग्ण अवस्थाका उद्योग सञ्चालनका लागि सरकारले चाँडै नयाँ नीति ल्याउने बताएका छन्। उद्योग वाणिज्य सङ्घ र कम्प्युटर एशोसिएशन नेपाल महासङ्घ, चितवनले भरतपुर महानगरपालिका–१० मा आयोजना गरेको पाँच दिने औद्योगिक प्रदर्शनी तथा सूचना प्रविधि मेलाको उद्घाटन कार्यक्रममा उनले विभिन्न समयमा बन्द भएका र रुग्ण उद्योग सञ्चालन कसरी गर्न सकिन्छ भने मिहीन ढङ्गले छलफल गरी नीति ल्याइने बताए। मन्त्री भण्डारीले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटबाट प्रत्येक प्रदेशमा कम्तीमा पनि एउटा औद्योगिक क्षेत्र बिस्तारको…

पुरा पढ्नुहाेस्