चैत्र ६, काठमाण्डौँ । नेपालको पहिलो डिजिटल वालेट आइएमई पे ले सञ्चालनमा ल्याएको रिफन्डेबल फिचर मार्फत आन्तरिक हवाई टिकट काट्नेको कुल संख्या हजारौं पुगेको छ । सहज फिचर सगसगै प्रयोगकर्ताहरूले कल तथा इमेल मार्फत पाउने ग्राहकमैत्री सेवा र तत्कालै हुने रिफन्डले गर्दा आइएमई पे ले उपलब्ध गराएको यो सेवामा ग्राहकको संख्या बढेको हो । आइएमई पे एप मार्फत प्रयोगकर्ताहरूले आन्तरिक तथा अन्तर्राष्ट्रिय हवाई टिकट काट्दा आन्तरिक हवाई टिकटमा क्यास ब्याक, रिवार्ड पोइन्ट र टिकट(रिफन्डेबल फिचर पनि पाउन सक्छन् । आइएमई पे का प्रमुख कार्यकारी अधिकृत प्रविण रेग्मीले आन्तरिक हवाई टिकटमा…
पुरा पढ्नुहाेस्अफरोड ट्रयाकमा एमजी ४ इभिको ‘स्ट्रेन्थ टेस्ट’
चैत्र ६, काठमाण्डौँ । एमजीको नेपालका लागि आधिकारीक वितरक पारामाउन्ट मोटर्स प्रा.लिले एमजी फोर ईभीको स्ट्रेन्थ टेस्ट गरेर ग्राहक वर्गमा सो ई.भिको अविश्वसनीय सम्भावनाहरूको परीक्षण गरेको छ । “एमजी ४ स्ट्रेंन्थ टेस्टः इन्डुरेन्स इन एड्भरसिटी ” नामको यो इभेन्ट नेपालमा आयोजना गरिएको पहिलो ई.भी स्ट्रेन्थ टेस्ट हो । गत चैत १ गते बिहिबार धुलिखेलमा रहेको ‘डर्ट टेम्पल’मा विशेष कार्यक्रम आयोजना गरी कम्पनीले विभिन्न सेलिब्रेटी, मिडियाकर्मी, ग्राहकवर्ग तथा सामाजिक संजालका प्रभावकर्ताहरू सहभागी गराएको हो । धुलिखेलमा रहेको डर्ट टेम्पलमा एमजी४ इभिको ‘इन्डुरेन्स’ गरिएको थियो । त्यहाँको डर्ट ट्रयाकमा सहभागीहरुले हिलो बाटो,…
पुरा पढ्नुहाेस्कोका-कोलाको ‘काठमाडौँ इज कुकिङ’ मा २५ बढी मोमो स्टल, १७ हजारबढी दर्शक
चैत्र ६, काठमाण्डौँ । कोका-कोलाले आयोजना गरेको ‘काठमाडौँ इज कुकिङ’को दोस्रो संस्करणमा १७ हजारभन्दा बढी दर्शकहरूले सहभागिता जनाएका छन् । २५ भन्दा धेरै मोमो स्टलहरू राखिएको सो कार्यक्रममा विभिन्न भारतीय तथा नेपाली कलाकारहरूले प्रस्तुति दिएका थिए । उक्त कन्सर्टमा चर्चित भारतीय गायक पापोन सहित प्रजिना, जोन एन्ड द लोकल्स, भेक, द एलिमेन्ट्स र सुशान्त घिमिरे जस्ता नेपाली कलाकारहरूका प्रस्तुति रहेको कोकाकोलाले जनाएको छ । उक्त कात्यक्रममा फोहोर व्यवस्थापन कै लागि भनेर छुट्टै फोहोर व्यवस्थापनको समूह परिचालन गरिनुको साथै कुहिने र नकुहिने फोहोर को लागि छुट्टा छुट्टै बिनहरूसमेत राखिएको थियो।
पुरा पढ्नुहाेस्देशप्यापी वित्तीय साक्षरता अभियानमा राष्ट्रिय वाणिज्य बैंक
चैत्र ६, काठमाण्डौँ । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले देशव्यापी रुपमा वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरेको छ । ग्लोबल मनी वीक २०२४ लाई सफल बनाउने उद्धेश्यले बैंकले देशैभरीका सातै प्रादेशिक कार्यालय र सबै शाखा कार्यालय मार्फत वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गर्ने भएको छ । यही चैत्र ६ गतेदेखि ११ गतेसम्म ग्लोबल मनी वीक सप्ताहव्यापी कार्यक्रम सञ्चालन गरिदै छ । ग्लोबल मनी वीक वित्तीय साक्षरताको महत्वका बारेमा जागरण ल्याउने उद्धेश्यले वार्षिक रुपमा मनाउँदै आएको साप्ताहिक अन्तर्राष्ट्रिय अभियान हो । नेपाल राष्ट्र बैंकले जारी गरेको वित्तीय साक्षरता मार्गदर्शन, २०७८ बमोजिम बैकको देशैभरीका शाखा…
पुरा पढ्नुहाेस्पहिलो पटक काठमाडौं जिल्लामा अधिकृत समाज गठन
चैत्र ६, काठमाण्डौँ । गत साता दक्षिणकालीमा आयोजित अधिकृत समाज काठमाडौंको प्रथम साधारण सभाबाट गोबिन्दराज आचार्यको अध्यक्षतामा कार्यसमिति गठन भएको छ । आजका मितिसम्म काठमाडौं जिल्लाका सरकारी कार्यालयमा काम गर्ने कर्मचारीहरुको साझा संस्था नभएको र सोको कारण अन्तर कार्यालय समन्वयमा समस्या देखिएकोले जिल्ला भित्रका कार्यालयबीच आपसी सम्बन्ध र समन्वय भई कार्य सम्पादन प्रभावकारी हुने महसुस गरि काठमाडौं जिल्लाका प्रमुख जिल्ला अधिकारीकै पहलमा सो समाज गठन गरिएको हो ।समाजका संरक्षक काठमाण्डौ जिल्लाका प्रमुख जिल्ला अधिकारी श्री जितेन्द्र बस्नेतको प्रमुख आतिथ्यतामा कार्यक्रम आयोजना गरिएको सो कार्यक्रममा एक सय जना भन्दा बढि अधिकृत…
पुरा पढ्नुहाेस्स्काइवाक टावरको टिकटमा नबिल बैंकका ग्राहकलाई विशेष छुट
चैत्र ६, काठमाण्डौँ । नबिल बैंक लिमिटेडका ग्राहकले स्काइवाक टावरको टिकटमा विशेष छुट पाउने भएका छन् । आफ्ना ग्राहकलाई विभिन्न क्षेत्रमा छुट तथा सुविधा विस्तारको लागि सक्रियता देखाउँदै आएको नेपालको अग्रणी वित्तीय संस्था, नबिल बैंक लिमिटेडले स्काइवाकको टिकटमा छुट दिन वन्डर्स नेपाल प्रालिसँग दुई पक्षीय समझदारी गरेको छ । यस सम्झौताअनुसार नबिल बैंकका ग्राहकले वन्डर्स नेपाल प्रालिको स्वामित्वमा रहेको स्काइवाक टावरको टिकट खरिद गर्दा १० प्रतिशत छुट पाउनेछन् । छुट सुविधा प्राप्त गर्न बैंकका ग्राहकले टिकट खरिद गर्दा नबिल बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड अथवा एनबैंक एपबाट भुक्तानी गर्नुपर्ने हुन्छ…
पुरा पढ्नुहाेस्निराशा, पतन नभई भरोसाको जगमा टेकेर स्वच्छ पार्टी एकतामा लैजाने गठबन्धनको सङ्कल्प {पूर्णपाठसहित}
चैत्र ६, काठमाडौँ । सत्तारुढ गठबन्धनले सरकारको न्यूनतम नीतिगत प्राथमिकता र साझा सङ्कल्प सार्वजनिक गरेको छ । आज प्रधानमन्त्री कार्यालय सिंहदरबारमा आयोजित कार्यक्रममा ‘निराशा चिर्दै, भरोसा जगाउँदै’ लैजाने प्रतिबद्धतासहित न्यूनतम कार्यक्रम सार्वजनिक गरिएको हो । नीति तथा कार्यक्रममा संविधानको मर्म र भावनाविपरीत राज्यसञ्चालनमा देखिएका विचलन रोकी सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई सुदृढ गर्न विद्यमान आर्थिक शिथिलता, दण्डहीनता एवम् व्यावसायिक निराशालाई चिर्दै जनतामा राज्यप्रति आशा र भरोसा पैदा गर्ने प्रतिबद्धता व्यक्त गरिएको छ।
पुरा पढ्नुहाेस्‘रवि लामिछानेमाथि छानबिन गर्न संसदीय समिति गठन गरिँदैन’ : अध्यक्ष ओली
चैत्र ६, काठमाडौँ । प्रमुख सत्तासाझेदार नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सहकारी रकम हिनामिनामा मुछिएका उपप्रधानमन्त्री रवि लामिछानेमाथि छानबिन गर्न संसदीय समिति बनाउन नपर्ने बताएका छन् । मंगलबार बसेको प्रतिनिधिसभा बैठकमा सहकारीको रकम हिनामिनामा गृहमन्त्री लामिछानेमाथि अनुसन्धान गर्न पर्याप्त प्रमाण रहेको दाबी गर्दै कांग्रेसले छानबिनका लागि संसदीय समिति गठन गर्न माग गरेको थियो । यसपछि सोही बैठकमा सहभागी भएर बाहिरिने क्रममा उनले कांग्रेसले उपप्रधानमन्त्री लामिछानेविरुद्ध प्रतिशोधपूर्ण अभिव्यक्ति दिएको र संसदीय छानबिन समिति बनाउनु पर्ने अवस्था नरहेको बताएका हुन् ।
पुरा पढ्नुहाेस्‘नेपालमा चलचित्र पर्यटनको प्रचुर सम्भावना छ’: पर्यटनमन्त्री तामाङ
चैत्र ६,काठमाडौँ ।संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री हितबहादुर तामाङले नेपालमा नेपालमा चलचित्र पर्यटनको प्रचुर सम्भावना रहेको बताए । चलचित्रका माध्यमबाट नेपाली कला र संस्कृतिको लागि विश्वव्यापीकरण गर्न सक्ने उनले उल्लेख गरे । काठमाण्डौ जारी सातौं नेपाल अन्तर्राष्ट्रिय फिल्म महोत्सव (निफ) समापन समाहरोहमा प्रमुख अतिथिका रुपमा सहभागी तामाङले निफले नेपाली कला, संस्कृति र पर्यटन प्रवद्धनमा ठूलो भुमिका खेलेको बताए । निफले विश्वभरका नेपाली चलचित्र समुदायको प्रतिनिधित्व गर्दै आएको र यो नेपालका चलचित्रहरूका लागि मात्र नभई विश्वभरका चलचित्रहरूको लागि साझा मञ्च बनेको उनले बताए। ४० देशका चलचित्रकर्मीहरु सहभागी भएको महोत्सवमा यतिधेरै…
पुरा पढ्नुहाेस्प्रतिनिधि सभामा प्रधानमन्त्री दाहालसँग प्रश्नोत्तर {पूर्णपाठसहित}
चैत्र ६, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मङ्गलबारको प्रतिनिधि सभाको बैठकमा सांसदको प्रश्नको जवाफ दिएका छन् । बैठकमा प्रधानमन्त्री प्रचण्डले २३ जना सांसदको प्रश्नको जवाफ दिएका हुन् । प्रधानमन्त्री प्रचण्डले उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेको राजीनामा माग, भ्रष्टाचार, सुन तस्करी, जग्गा हिनामिना लगायतका विषयमा सांसदले उठाएका प्रश्नको जवाफ दिएका थिए । कांग्रेसले संसदमा गृहमन्त्री लामिछानेको राजीनामा माग गरिरहेकोमा अनुसन्धानबाट दोषी प्रमाणित भए कारबाही गरिने प्रतिबद्धता जनाएका छन् ।
पुरा पढ्नुहाेस्