सुदूरपश्चिममा नाउपाका दुई मन्त्रीलाई मन्त्रालयको जिम्मेवारी

चैत्र १५, काठमाण्डौँ । नागरिक उन्मुक्ति पार्टी नाउपाले सुदूरपश्चिमका दुई बिना विभागीय मन्त्रीहरूले कार्यभार पाएका छन् । नाउपाभित्र विवाद बढिरहेको बेला मुख्यमन्त्री कमलबहादुर शाहले नाउपाका दुई मन्त्री लक्ष्मण किशोर चौधरी र खुसीराम डगौरा थारूलाई मन्त्रालयको जिम्मेवारी दिएका हुन् । मुख्यमन्त्री शाहले लक्ष्मण किशोर चौधरीलाई सामाजिक विकास तथा खुसीरामले उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी दिएका छन्। उनीहरुले आजै पदभार ग्रहण गर्दैछन् । सुदूरपश्चिममा नाउपाका ७ सांसद छन् । तीमध्य पाँचजना मन्त्री नियुक्त भएका छन् ।

पुरा पढ्नुहाेस्

‘संघर्ष र आन्दोलनबाट प्राप्त दूरगामी महत्त्वका उपलब्धीको रक्षा गर्नुपर्छ’ : प्रधानमन्त्री दाहाल

चैत्र १५, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सबै संघर्ष र आन्दोलनबाट प्राप्त दूरगामी महत्त्वका उपलब्धीको रक्षा गर्दै निराशा चिर्ने र भरोसा जगाउने कार्य सरकारको मुख्य चुनौती भएको बताएका छन् । सिंहदरबार आज आयोजित राष्ट्रिय विकास समस्या समाधान समितिको ५२ औँ बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले जनतामा भरोसा जगाउनेगरी सेवा प्रवाहमा ध्यान दिन निर्देशनसमेत दिए । अनुगमन तथा मूल्यांकनलाई थप वस्तुनिष्ठ, प्रभावकारी, नतिजामूलक बनाउनुपर्नेमा जोड दिँदै प्रधानमन्त्री दाहालले राष्ट्रिय गौरव तथा रूपान्तरणकारी आयोजना र पहिलो प्राथमिकता प्राप्त ठूला आयोजनाको निर्धारित लागत र समयसीमा भित्रै सम्पन्न गर्नुपर्ने बताए । उनले राष्ट्रिय…

पुरा पढ्नुहाेस्

राष्ट्रिय सभा उपाध्यक्ष अर्यालले दिइन् राजीनामा, अब कुन दलले पाउँछ ?

चैत्र १५, काठमाडौँ । राष्ट्रिय सभा उपाध्यक्ष उर्मिला अर्यालले राजीनामा दिएकी छन् । उनले राष्ट्रिय सभा अध्यक्ष नारायण दाहाललाई राजीनामा पत्र बुझाएकी हुन् । सत्ता गठबन्धनमा राष्ट्रिय सभा अध्यक्ष माओवादी केन्द्रले लिने सहमति भएको थियो । सो सहमति अनुसार नारायण दाहाल राष्ट्रिय सभा अध्यक्ष भइसकेका छन् । अब राष्ट्रिय सभा उपाध्यक्ष पद सत्ता गठबन्धनकै अर्को कुनै दललाई दिनुपर्ने भएपछि अर्यालले राजीनामा दिएकी हुन् ।

पुरा पढ्नुहाेस्

राप्रपाले इलाम-२ मा लक्ष्मी गुरुङलाई उम्मेदवार बनाउने

चैत्र १५, काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीले इलाम–२ मा लक्ष्मी गुरुङलाई उम्मेदवार चयन गरेको छ । बिहीबार बसेको पार्टीको संसदीय समितिको बैठकले गुरुङलाई उम्मेदवार चयन गरेको राप्रपा प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए ।

पुरा पढ्नुहाेस्

नेपाल–भारत विद्युत् आयात सम्झौता नवीकरण, असार दोस्रो सातापछि के हुन्छ ?

चैत्र १५, काठमाडौँ । नेपाल र भारतबीच विद्युत् आयात सम्झौता नवीकरण भएको छ । सम्झौता अनुसार भारतको एक्सचेन्ज मार्केटबाट आगामी तीन महिनासम्म ५ सय ५४ मेगावाट विद्युत् आयात गर्न पाइने छ । एक वर्षका लागि हुनुपर्ने सम्झौता २०८१ असार दोस्रो सातासम्मका लागि मात्र भएको हो । त्यसमध्ये ५ सय मेगावाट ढल्केबर–मुजफ्फरपुर प्रसारण लाइन र ५४ मेगावाट टनकपुरबाट आयात गरिने छ । अहिले नेपालले भारतबाट ६ सय ५० मेगावाट विद्युत् आयात गर्न पाउने व्यवस्था छ ।

पुरा पढ्नुहाेस्

किरियापुत्री दाजुभाइले दिए एसइई परीक्षा

चैत्र १५, काठमाण्डौँ । पुतलीबजार नगरपालिका ४ मा रहेको सरस्वती मावि परिक्षा केन्द्रबाट दुई जनाले माध्यमिक शिक्षा परीक्षा एसइई दिएका छन् । फेदिखोला ४ घर भई सिद्धार्थ मावि फेदिखोला १ मा अध्ययनरत सङ्गम क्षेत्री र सौगात क्षेत्री दुई दाजुभाइले परीक्षा दिएका हुन् । बाबाको मृत्यु भएका चौथो दिनमा परीक्षा दिएका सङ्गमको ०४३००५६५ आई र सौगातको ०४३००५६८ एल सिम्बोल नम्बर छ । शिक्षा विकास तथा समन्वय एकाइ स्याङ्जाका प्रमुख विश्वराज आचार्यले पहिलो दिनको परीक्षामा चार हजार ९९ जना परीक्षार्थी सहभागी भएको र ३४ जना अनुपस्थित रहेको बताउनुभयो । परीक्षामा १९ छात्रा…

पुरा पढ्नुहाेस्

एकीकृत समाजवादीबाट इलाम-२ मा जीतबहादुर र बझाङ-१ मा दिलबहादुर उम्मेदवार

चैत्र १५, काठमाडौँ । नेकपा एकीकृत समाजवादीले आगामी बैशाख १५ गते हुने उपनिर्वाचनका लागि उम्मेद्वारको टुंगो लगाएको छ । पार्टीले इलाम क्षेत्र नम्बर–२ मा जीतबहादुर राईलाई टिकट दिएको छ । यस्तै, बझाङ–१ ‘क’मा दिलबहादुर सिंहलाई उमेदवार तय गरिएको हो ।

पुरा पढ्नुहाेस्

प्रतिकूल मौसम : आन्तरिक र अन्तर्राष्ट्रिय हवाई उडान प्रभावित

चैत्र १५, काठमाडौँ । प्रतिकूल मौसमका कारण मुलुकको हवाई उडान सामान्य प्रभावित भएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका अनुसार ‘भिजिबिलिटी’ कमजोर हुँदा आन्तरिक र अन्तर्राष्ट्रिय दुवैतर्फको उडान प्रभावित भएको हो । विमानस्थलका प्रवक्ता सुवास झाले भिजिबिलिटी कमजोर हुदाँ केही अन्तर्राष्ट्रिय उडान प्रभावित भएको बताए । उनका अनुसार एयर चाइनाको जहाज ‘डाइभर्ट’ भएको छ भने अन्य जहाज आकाशमा फन्को लगाउने होल्ड भएका छन् । अहिले पनि सिचुवना एयरलाइन्सको जहाज होल्डमा रहेको छ । “प्रतिकूल मौसमले विमानस्थलको भिजिबिलिटी कमजोर रहेको छ । एक घण्टा अगाडि एक हजार छ सय मिटरमात्रै भिजिबिलिटी रहेकामा…

पुरा पढ्नुहाेस्

सुनको मूल्य १ हजार १०० रुपैयाँ बढ्यो, तोलाको कतिमा हुँदैछ कारोवार ?

चैत्र १५, काठमाडौँ । नेपाली बजारमा सुनको मूल्य तोलामा १ हजार १०० रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार तोलामा १ लाख २६ हजार ८०० रुपैयाँमा कारोबार भएको छापावाल सुन बिहीबार बढेर तोलामा १ हजार २७ हजार ९०० रुपैयाँ कायम भएको हो । यस्तै तेजावी सुन तोलामा १ लाख २७ हजार ३०० रुपैयाँमा कारोबार हुँदा चाँदीको मूल्य तोलामा १ हजार ५१० रुपैयाँ कायम भएको छ। बुधबार चाँदीको मूल्य १ हजार ४९० रुपैयाँ कामय भएको थियो ।

पुरा पढ्नुहाेस्

बीपीको शालिकमा माल्यार्पण गर्दै गगन थापाले पुन: सुरु गरे संवाद यात्रा

चैत्र १५, काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले रोकिएको ‘संवाद यात्रा’ फेरि सुरु गरेका छन् । केन्द्रीय सदस्य केशवकुमार बुढाथोकीको निधनपछि स्थगित गरिएको संवाद यात्रा रोकिएको ठाउँबाट सुरु गरिएको हो । नवलपरासीको गोपीगञ्जमा रहेको बीपी कोइरालाको शालिकमा माल्यार्पण गर्दै सुरु भएको हो । गत १३ माघमा थापाले यात्रा सुरु गरेका थिए । २३ माघबाट यात्रा रोकिएको थियो । यो हुलाकी राजमार्ग केन्द्रित यात्रा हो । यसअघि गत माघ १३ गते झापाको मेची पुलबाट सुरु भएको संवाद यात्रा माघ २२ गते नवलपरासीको गोपीगञ्जमै पुगेर रोकिएको थियो ।

पुरा पढ्नुहाेस्