सिलिचुङ चुचुरोमा सुम्निमा–पारुहाङ र साल्पा पोखरीमा नछुङको प्रतिमा स्थापना

बैशाख ११, काठमाण्डौँ । सृष्टिको उत्पत्ति केन्द्र, मुन्दुमको प्राण, साल्पा–सिलिचुङ क्षेत्र तथा पर्यटकीयस्थल सिलिचुङमा किराती पूर्खा ‘सुम्निमा–पारुहाङ’ को प्रतिमा स्थापना गरिएको छ । साथै साल्पा पोखरी छेउमा नछुङ (धामी) को प्रतिमा स्थापना गरिएको छ । खोटाङ, भोजपुर, सङ्खुवासभा र सोलुखुम्बुको सिमानामा रहेको सिचिलुङमा सुम्निमा र पारुहाङ तथा साल्पा पोखरीमा नछुङको प्रतिमासमेत स्थापना गरिएको छ । साल्पा सिलिचुङ सरोकार संरक्षण तथा प्रवद्र्धन केन्द्र अन्तर्राष्ट्रिय समितिको आयोजना र साल्पा सिलिछो गाउँपालिकाको संरक्षण तथा सह–आयोजनामा यही २०८० बैशाख ७ गते बिहान ६ः३० बजे  ‘सुम्निमा–पारुहाङ’ को प्रतिमा र बिहान करिब ११ बजे नछुङ (धामी)…

पुरा पढ्नुहाेस्

धादिङको गजुरीमा केमिकल बोकेको ट्रकमा आगलागी

बैशाख ११, काठमाण्डौा । रूपन्देहीको सुनौलीबाट औषधिमा प्रयोग हुने केमिकल काठमाडौंतर्फ जाँदै गरेको ना४ख ८६१७ नम्बरको ट्रकमा आज बिहान आगलागी भएको छ । पृथ्वी राजमार्गअन्तर्गत धादिङको गजुरी गाउँपालिका–६ बन्छेटारमा उक्त ट्रकमा एक्कासि आगो लागेको हो । केमिकल एकापसमा ठोक्किएर आगो सल्किएको हुनसक्ने चालक सुशील बिकले बताए ।

पुरा पढ्नुहाेस्

अभ्यासका क्रममा दुई सैन्य हेलिकप्टर ठोक्किँए, १० जनाको मृत्यु

बैशाख ११, काठमाडौँ । मलेसियामा दुई सैनिक हेलिकप्टर एक आपसमा ठोक्किँदा १० जनाको मृत्यु भएको छ । ९०औं सैनिक दिवस मनाउन अभ्यासरत दुई सैन्य विमान ठोक्किँएको मलेसियाका सञ्चारमाध्यमले जनाएका छन् । रोयल मलेसियन नेभी परेडका क्रममा एउटा हेलिकप्टर अर्को हेलिकप्टरको पङ्खामा ठोक्किएपछि दुवै हेलिकप्टर जमिनमा खसेका थिए । एउटा हेलिकप्टरमा सात जना र अर्कोमा तीन जना सवार थिए। हेलिकप्टरमा सवार दश जनाकै ज्यान गएको रक्षा मन्त्रालयले जनाएको छ ।

पुरा पढ्नुहाेस्

काठमाण्डौको बाइसधारामा आजदेखि पाँच दिने मेला सुरु

बैशाख ११, काठमाण्डौँ । काठमाण्डौको बालाजु बाइसधारामा आज बिहानदेखि ‘बालाजु बाइसधारा मेला लागेको छ । प्रत्येक वर्ष चैत शुक्ल पूर्णिमाका दिन यहाँ मेला लाग्दै आएको छ । मेला पाँच दिनसम्म चल्नेछ । बालाजु बाइसधारा मेला व्यवस्थापन समितिका संयोजक गौतम प्रजापतिले बालाजु बाइसधारा मेला भर्नका लागि बिहानैदेखि बालाजु बाइसधारामा भक्तजनको घुईंचो लागेको बताए ।

पुरा पढ्नुहाेस्

एकैदिन २७ सय घट्यो सुनको मूल्य, तोलाको कतिमा हुँदैछ कारोबार ?

बैशाख ११, काठमाडौँ । नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार आज छापावाल सुनको मूल्य तोलामा २७ सय रुपैयाँले घटेर १ लाख ३५ हजार ५०० मा कारोबार भइरहेको छ । त्यस्तै, तेजावी सुनको मूल्य तोलाको १ लाख ३४ हजार ८५० रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि सोमबार छापावाल सुन तोलाको एक लाख ३८ हजार २ सयमा कारोबार भएको थियो भने तेजावी सुन तोलाको एक लाख ३७ हजार ५५० मा कारोबार भएको थियो । त्यसैगरी, आज चाँदीको मूल्य पनि घटेको छ । महासंघका अनुसार आज चाँदीको मूल्य…

पुरा पढ्नुहाेस्

आज सेयर बजारदेखि बैंक तथा वित्तीय संस्था बन्द

बैशाख ११, काठमाडौँ । आज मंगलबार वैशाख ११ सेयर बजार बन्द हुने भएको छ । सेयर बजारसँगै बैंक–वित्तीय संस्था र सार्वजनिक कार्यालय पनि बन्द हुनेछन् । कतारका राजा अमिरले नेपालको राजकीय भ्रमण गर्न लागेको अवसरमा सरकारले सार्वजनिक विदा दिएकाले आज सेयर बजार बन्द हुने भएको हो । अब बजार वैशाख १२ गते बिहान ११ बजे खुल्नेछ । यसअघि सोमबार बजार १५.४१ अंकले घटेर १९६९.०२ अंकमा बन्द भएको थियो । उक्त दिन २ अर्ब ५ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको थियो ।

पुरा पढ्नुहाेस्

आज लोकतन्त्र दिवस, २०६२/०६३ को जनआन्दोलन सफल भएको दिन

बैशाख ११, काठमाडौँ । वैशाख ११ गते, २०६२र०६३ को जनआन्दोलन सफल भएको दिन आज लोकतन्त्र दिवस परेको छ । २०६३ वैशाख ११ गते लोकतन्त्र स्थापना भएको सम्झनामा आज यो दिवस मनाइन्छ । २०६३ साल वैशाख ११ गते राति तत्कालीन राजा ज्ञानेन्द्र शाहले २०५९ साल जेठ ८ गते विघटन भएको संसद् पुनःस्थापना गरेका थिए । राजनीतिक दलको माग बमोजिम ज्ञानेन्द्रले संसद् पुनःस्थापना गरेका थिए । पुनःस्थापित संसद्को जेठ ४ गतेको बैठकले राजसंस्थालाई निलम्बन गर्दै कार्यवाहक राष्ट्राध्यक्षको अधिकारसमेत प्रधानमन्त्रीलाई दिएको थियो ।जनआन्दोलनमा कमाण्डरसमेत रहेका नेपाली कांग्रेसका तत्कालीन सभापति गिरिजाप्रसाद कोइरालाको नेतृत्वमा बनेको…

पुरा पढ्नुहाेस्

गाजामा ज्यान गुमाउने प्यालेस्टिनीको सङ्ख्या ३४ हजार नाघ्यो

बैशाख ११, काठमाण्डौँ । गाजापट्टीमा जारी इजरायलको आक्रमणमा परी मृत्यु हुने प्यालेस्टिनीको सङ्ख्या ३४ हजार नाघेको छ ।गाजामा ज्यान गुमाउनेको संख्या ३४ हजार १५१ पुगेको हमासशासित प्यालेस्टिनी स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ । ‘इजरायली सेनाको आक्रमणमा पछिल्लो २४ घण्टामा ५४ जना प्यालेस्टिनीको मृत्यु हुनुका साथै १०४ जना घाइते भएका छन्’, मन्त्रालयद्वारा जारी विज्ञप्तिमा भनिएको छ । भारी बमबारी र उद्धारकर्मीको अभावका बीच केही पीडितहरू भग्नावशेषमुनि रहेको विज्ञप्तिमा उल्लेख गरिएको छ । इजरायलले सन् २०२३ अक्टोबर ७ मा दक्षिणी इजरायली सीमामा भएको हमासको आक्रमणको बदला लिन गाजापट्टीमा हमासविरुद्ध ठूलो मात्रामा आक्रमण…

पुरा पढ्नुहाेस्

आज मंगलबार गणेशको पूजा कसरी गर्ने ?

बैशाख ११, काठमाडौँ । आज २०८१ साल वैशाख ११ गते मंगलबार तदनुसार सन् २०२४ अप्रिल २३ तारिख । चैत शुक्ल पक्षको पूर्णिमा तिथि । लोकतन्त्र र विश्व पुस्तक तथा प्रतिलिपि अधिकार दिवससमेत आजै परेका छन् । मंगलबार भगवान गणेशको पूजा, अर्चना र व्रत बस्दा राम्रो फल प्राप्त हुने हिन्दू धर्म शास्त्रमा उल्लेख गरिएको छ । कुनै पनि शुभ कार्यको सुरुवात गर्दा सबैभन्दा पहिले भगवान गणेशको पूजा गर्ने प्रचलन छ । मंगलबार भगवान श्री गणेशको सबैभन्दा प्रिय दिन मानिन्छ। सुख, शान्ति र समृद्धिका लागि शुद्ध मनले यस दिन भगवान श्रीगणेशको पूजा…

पुरा पढ्नुहाेस्

कतारका अमिर आज नेपाल आउँदै, नेपालभर सार्वजनिक बिदा

बैशाख ११, काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलको निमन्त्रणामा कतारका अमिर शेख तमिम बिन हमाद अल थानीले वैशाख ११ गतेदेखि दुईदिने नेपालको राजकीय भ्रमण गर्दै छन् । दुई दिने भ्रमणका क्रममा उनी मंगलबार अपराह्न काठमाडौँ आइपुग्ने परराष्ट्र मन्त्रालयले जनाएको छ । राष्ट्रपतिको कार्यालयका अनुसार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उनलाई स्वागत गर्न स्वयं राष्ट्रपति पौडेल जानेछन् । कतारी अमिरको राजकीय भ्रमणका क्रममा उनको सम्मानमा नेपाली सेनाले २१ तोपको सलामी दिने बताइएको छ । मध्यपूर्व एसियाबाट नेपालमा पहिलो पटक यो उच्चस्तरको भ्रमण हुन लागेको हो । नेपाल सरकार, मन्त्रिपरिषद् बैठकले उनको नेपाल भ्रमण कार्यक्रम…

पुरा पढ्नुहाेस्