निर्वाचन निष्पक्ष र भयरहित वातावरणमा गराउन राष्ट्रपतिको आग्रह

बैशाख २२, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले स्थानीय तहको निर्वाचन स्वच्छ, स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा गराउन आयोगससिहत सम्बद्ध पक्षलाई आग्रह गरेकी छिन् ।

निर्वाचनको तयारीलगायत सन्दर्भमा निर्वाचन आयोगका पदाधिकारीसँग बुधबार भएको भेटमा राष्ट्रपति भण्डारीले यस्तो आग्रह गरेकी हुन् । उनले निर्वाचनको तयारी सन्तोषजनक रहेको र उम्मेदवारलाई मताधिकारको निर्वाध प्रयोगका लागि सुरक्षा प्रबन्धममा विशेष सावधानी अपनाउन र आवधिक निर्वाचन गराउने वैधानिक दायित्व निर्वाह गर्न आयोगलाई आग्रह गरिन् ।

भेटमा प्रमुख आयुक्त दिनेशकुमार थपलियाले स्थानीय तहको निर्वाचनका लागि गत चैतमा निर्वाचन आचारसंहिता लागू भई तयारीको काम भइरहेको जानकारी दिए ।

राष्ट्रपतिसँगको भेटमा आयुक्तहरु इश्वरीप्रसाद पौड्याल, रामप्रसाद भण्डारी, डा।जानकी कुमारी तुलाधर र सगुनशमशेर जबरा पनि उपस्थित थिए ।

संम्बन्धित समचार

Leave a Reply