इन्डियन आईपीएल क्रिकेटमा आज दिल्ली क्यापिटल्स र सनराइजर्स हैदराबाद खेल्दै

बैशाख २२,काठमाण्डौ । इन्डियन प्रिमियर लिग आईपीएल क्रिकेटमा आज दिल्ली क्यापिटल्स र सनराइजर्स हैदराबाद खेल्दैछन् । खेल बेलुका पौने आठ बजे मुम्बईमा हुनेछ । हैदराबादले ९ खेलमा ५ मा जित निकालेको छ । हैदराबाद १० अङ्ककासाथ अङ्क तालिकाको पाँचौँ स्थानमा छ । त्यस्तै दिल्लीले समान खेलमा ४ मा जितसहित ८ अङ्क जोडेको छ ।

दिल्ली अङ्क तालिकाको सातौँ स्थानमा छ । आईपीएल क्रिकेटमा गएराति भएको खेलमा रोयल च्यालेञ्जर्स बेङ्ग्लोर चेन्नई सुपर किङ्ग्सलाई १३ रनले हराउँदै चौथो स्थानमा उक्लिएको छ ।

संम्बन्धित समचार

Leave a Reply