जगत लामाको राजनीतिक इतिहास: बेलकोटगढीमा किन दिए मेयर पदमा उम्मेदवारी ?

अनलाइनकेन्द्र

जगत बहादुर गुरुङ नुवाकोटको साविकको कुमरी गाँउ विकास समिती हाल बेलकोटगढीका स्थायी बासिन्दा हुन् । बुवा सुकमान गुरुङ र आमा सुनलक्ष्मी गुरुङको साँइलो सन्तानको रुपमा २०२७ साल असार १३ गते जन्मिएका गुरुङ एउटा सामान्य परिवारमा जन्मिएका हुन् । गुरुङको बाल्यकाल खासै सुखद हुन सकेन् । विकट गाँउ त्यसमाथी सामान्य परिवारमा जन्मिएका जगत गाँउमा बुवाआमालाई सघाउने र कमरीकै विरेन्द्र माध्यामिक बिद्यालयमा अध्ययन गर्न थाले । उनको अध्ययन प्रवेशिका परिक्षासम्म गाँउमै भयो । बिरेन्द्र मावीबाट एसएलसी दिएका जगतलाई अब उच्च शिक्षा अध्ययन गर्न जानु थियो । गाँउमा एसएलसीसम्म मात्रै अध्ययनको सुविधा थियो । यद्यपी उच्चशिक्षा हासिल गर्न उनलाई सहर पस्नु अनिवार्य थियो । परिवारले उनलाई सहरमा राखेर पढाउन सक्ने अवस्था थिएन् । तर जहाँ इच्छा त्यँहा उपाय भनेझै उनि कुमरीमा रोकिएनन् । उच्च शिक्षा अध्ययनको लागि काठमाडौँ हानिए । उनि ५० रुपैया लिएर काठमाडौँ छिरेका थिए ।

काठमाडौँमा पनि उनले संघर्षपुर्ण जिवन बिताए । उनले होटलमा भाँडा माझ्नेदेखि लिएर,गलैचा कारखानामा समेत काम गरे । उनले काठमाडौँका चोकचोकमा पत्रिका बेच्ने काम पनि गरे । झण्डै ६ महिना उनले काठमाडौँमा कठोर दिनहरु बिताए । अन्तत उनि एउटा पर्यटक कम्पनीमा ठोक्किन पुगे । त्यस कम्पनीले भरियाको खोजी गरिरहेको रहेछ । उनि भरिया बन्न राजी भए । हिमालको चुचुरोहरुमा उनि ६०÷७० केजिको सामान बोकेर जाने गर्थे । झण्डै ३ बर्ष जगतले सो काम गरे । सोही समयमा उनले विदेशी पर्यटकहरुसंग राम्रो सम्बन्ध बनाए । अंग्रेजी भाषा पनि सिक्दै गए । उनले आफुलाई भरियाबाट पथपर्दशकको रुपमा स्थापित गरे । आज उनि एक सफल पर्यटन व्यवसायी समेत बन्न पुगेका छन् ।

गुरुङको राजनीतिक यात्रा

जगतको राजनीतिमा बाल्यकालदेखि नै रुची थियो । बिरेन्द्र मावीमा पढदाखेरी नै त्यहाँका प्रधानध्यापक डा.चन्द्रकान्त पौडेलले राजनीतिमा लाग्न प्ररित गरेको उनि बताउछन् । समाजमा भएको शोषण,उत्पीडन,वर्गिय विभेद,जातिय छुवाछुत र सामन्तवादको अन्त्यको लागि राजनीतिमा आउनपर्छ भन्ने विचार उनलाई विस्तारै आइसकेको थियो । उनि २०४६ सालभन्दा अघि बिद्यालयमा अखिल क्रान्तिकारीको प्रारम्भिक कमिटीको कोषाध्यक्ष भइसकेका थिए । उनले २०४७ को जनआन्दोलनमा नुवाकोटबाट बिद्यार्थी संगठनको तर्फबाट सहभागिता जनाएका थिए । २०४७ पछि जगत अर्ध भुमिगत शैलीमा राजनीतिमा सक्रिय हुन थाल्यो ।

उनि २०४८ पछि अर्धभुमिगत शैलीमै माओवादीमा प्रवेश गरे । उनि २०५२ सालपछि पुर्णरुपमा नेकपा माओवादीमा सक्रिय भए । २०६० सालमा पार्टीको संगठित सदस्य लिएका जगत २०६२/६३ को जनआन्दोलनमा नुवाकोटको कुमरीबाट युवाको नेतृत्वदायी भुमिकामा रहे । उनले २०६४ मा नेकपा माओवादीलाई नुवाकोटमा विजयी गराउन उल्लेखनिय भुमिका खेलेका थिए । गुरुङ २०७१ म पार्टीको जिल्ला सदस्य भए । २०७४ को स्थानीय निर्वाचन हुँदा जगत बलेकोटगढीको नगरप्रमुखको उम्मेदवार भए । झिनो मतान्तरले पराजित भएका जगत जनप्रतिनिधि नभएपनि कुमरीको हरेक विकास,निर्माण र सामाजिक कार्यमा उत्तिकै सक्रिय भए ।

उनि २०७६ मा नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीचको एकतापछि बनेको नेकपाको जिल्ला सचिवालय सदस्य समेत भएका थिए भने हाल उनि माओवादी केन्द्रको पर्यटन तथा नागरिक उडड्यन विभागको केन्द्रिय सदस्य छन् भने पार्टीको जिल्ला समन्वय कमिटीको सदस्य रहेका छन् । जगतको यही सक्रियताले फेरि उनि बेलकोटगढीको मेयरमा नेकपा माओवादी केन्द्रबाट प्रतिस्पर्धामा उत्रिएका छन् । उनलाई यसपालीको निर्वाचनमा कांग्रेस र नेकपा एकिकृत समाजवादीको समेत साथ रहेको छ ।

सामाजिक कार्यमा जगतको लगाव

ज्गत बहादुर गुरुङले समग्र नुवाकोट अझ भन्ने हो भने विशेषगरी साविकको कुमरी हाल बेलकोटगढीलाई शिक्षा र स्वास्थ्यमा अब्बल बनाउन २०६५ मा नेपालको लागि स्वास्थ्य र शिक्षा नामक संस्था सञ्चालन गरी सामाजिक कार्यमा प्रवेश गरेका हुन् । सोही संस्थाबाट उनले कुमरीमा सुकमान मेमोरियल सामुदायिक पोलिक्लिनिक स्थापना गरे । यो स्वास्थ्य संस्था २०६५ देखि निरन्तर सञ्चालनमा आइरहेको छ । जगतले बेलकोटगढीका विभिन्न स्वास्थय चौकीलाई स्वास्थ्य सामाग्री उपलब्ध गराएका छन् ।

२०७२ सालको भुकम्पपछि उनले करिब ३ हजार भन्दा बढी परिवारलाई राहात सामाग्री उपलब्ध गराएका थिए भने त्यसबेला उनले स्वास्थ्य सामाग्री प्रदान,स्वास्थ्य सेवा समेत दिएका थिए । उनले भुकम्पपछि मात्रै झण्डै १ दर्जन बिद्यालय निर्माा गर्न निर्माण सामाग्री प्रदान गरेका थिए । बेलकोटगढीमा आम जनताको आशाको रुपमा रहेका जगतले विकासका हरेक क्षेत्रमा व्यक्तिगत पहल गरेका छन् । उनले सडक निर्माण गर्नेदेखि लिएर सडक मर्मतको लागि समेत आफ्नै पहलमा सहयोग गरेका छन् ।

जगत लामाको एउटै उदेश्य भनेको बेलकोटगढीमा शिक्षा र स्वास्थ्यबाट कोही नागरिक बञ्चित नहुन् र भौतिक तथा पुर्वाधार विकासमा बेलकोटगढी पछि नपरोस् भन्ने नै हो । सोही कारण पनि उनि आफुले फेरि एकपटक नगरप्रमुखको उम्मेदवारी दिएको बताउछन् । जनतालाई वास्तविक नगरप्रमुख चुन्न अपिल गर्छन् ।

संम्बन्धित समचार

Leave a Reply