आईपीएलः दिल्लीले हैदरावादलाई हरायो

बैशाख २३, काठमाडौं । दिल्ली क्यापिटल्सले इन्डियन प्रिमियर लिग (आईपीएल) टी-ट्वान्टी क्रिकेटमा हैदरावादलाई हराएको छ । मुम्बईमा बिहीबार राति भएको खेलमा दिल्लीले सनराईजर्स हैदरावादलाई २१ रनले हराएको हो ।

दिल्लीले दिएको २ सय ८ रनको लक्ष्य पछ्याएको हैदरावादले २० ओभरमा ८ विकेट गुमाएर १ सय ८६ रन बनाउन सक्यो । हैदरावादका लागि निकोलस पुरनले ६२ रनको अर्धशतकीय इनिङ खेले । यस्तै एडिन मार्रक्रमले ४२ रन जोड्दा राहुल त्रिपाठीले २२ रन जोडे ।

दिल्लीका खलिल अहमेदले ३ तथा शार्दुल ठाकुरले २ विकेट लिए ।

यसअघि पहिले ब्याटिङ गरेको दिल्लीले २० ओभरमा ३ विकेट गुमाएर २ सय ७ रन जोडेको थियो । दिल्लीका लागि डेभिड वार्नरले अविजित रहदै ९२ रनको अर्धशतकीय इनिङ खेले । रोभम्यान पावेलले ६७ रनको अर्धशतकीय इनिङ खेल्दा ऋषव पन्तले २६ रन बनाए ।

हैदरावादका भुवनेश्वर कुमार, सिन अब्बोट र श्रेयस गोपालले १/१ विकेट लिए ।

यस जितसँगै दिल्ली पाँचौं स्थानमा उक्लिएको छ । दिल्लीले १० खेलमा १० अंक जोडेको छ । हैदरावाद १० खेलमा १० अंक जोडेर छैटौं स्थानमा रहेको छ ।

संम्बन्धित समचार

Leave a Reply