आजदेखि सिनेमा हलमा २ नेपाली चलचित्र प्रदर्शन

वैशाख २३, काठमाडौ । आजदेखि सिनेमा हलमा २ नेपाली चलचित्र प्रदर्शन भएका छन् । हास्यकलाकार शिवहरी पौडेलको निर्देशन डेब्युमा बनको लक्का जवान र षड्कोण प्रदर्शन भएको हो । पारिवारिक कथालाई व्यंग्यात्मक रूपमा प्रस्तुत गरिएको चलचित्रमा निर्देशक पौड्यालकै कथा र पटकथा रहेको छ।

चलचित्रमा दिलिप रायमाझी, सलोन बस्नेत, प्रियंका कार्की, वर्षा शिवाकोटी, शिवहरि पौड्याल, किरण केसी, राजाराम पौडेल, मदनकृष्ण श्रेष्ठ लगायतको अभिनय गरेका छन् । चलचित्रमा डीपी खनाल र बाबुल गिरीको गीत, बाबुल गिरीको संगीत, कविराज गहतराजको कोरियोग्राफी, पुरुषोत्तम प्रधानको छायांकन र मित्र डी। गुरुङको सम्पादन रहेको छ। लक्का जवान विशुद्ध अर्गानिक फिल्म भएको शिवहरिले बताए । यस्तै, कर्मा र भोलाराज सापकोटाको मुख्य भूमिका रहेको चलचित्र षड्कोण पनि शुक्रबारदेखि नै प्रर्दशन हुँदै छ ।

 

संम्बन्धित समचार

Leave a Reply